ठूलो आँधी विपा मकाउ-हङकङतर्फ बढ्दै, सतर्कता जारी


मकाउ १९ जुलाई , फिलिपिन्स नजिकै उब्जिएको आँधी ("विपा") अहिले तीव्र बलियो हुँदै मकाउ र हङकङतर्फ बढिरहेको छ। क्षेत्रीय मौसम कार्यालयहरूले यसले यसै सप्ताहन्त मकाउलाई असर गर्ने बताएका छन्। मकाउको मौसम विभागले यो आँधी शनिबार बिहान नै मकाउभन्दा ८०० किलोमिटरभित्र पुग्ने बताएको छ। यसकारण चक्रवात चेतावनी नं. १ जारी गरेको छ । आँधी अहिले चीनको ग्वाङ्डोङ क्षेत्रतर्फ बढिरहेको छ। मकाउमा अर्को २-३ दिन धेरै गर्मी रहनेछ। आँधी नजिकिँदै जाँदा बादल लाग्ने, मेधगर्जनसँगै पानी पर्ने सम्भावना रहनेछ ।

मकाउमा नेपाली कामदारको मृत्यु

मकाउ, १२ जुलाई ।  वैदेशिक रोजगारीको क्रममा  मकाउमा रहनु भएकानेपाली कामदार श्री गंगा प्रसाद दाहालको मृतक शरीर स्थानीय आवासमा फेला परेको जानकारी  एनआरएनए मकाउ राष्ट्रिय समन्वय परिषद मकाउले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । यस दुःखद घटनाले मकाउमा कार्यरत नेपाली समुदायलाई ठूलो सदमामा पारेको छ। घटनाको तत्काल जानकारी पाएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ शाखा र नेपाल महावाणिज्य दूतावास (हङकङ/मकाउ)ले मृतकका परिवार, मकाउ प्रशासनसँगसमन्वय गरी कानुनी र मानवीय सहयोग प्रक्रिया सुरु गरेको प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।  

प्रविधि, श्रम र बजारको एकीकृत मञ्च

नमस्ते, म राम पन्त

यो मेरो व्यक्तिगत ब्लग हो जहाँ म प्रविधि, मकाउको कार्य अनुभव र नेपाली शेयर बजारका बारेमा आफ्ना अनुभवहरू साट्ने गर्छु।

मेरो लेखहरू पढ्नुहोस्

हाम्रो नारा

"सिक्दै र सिकाउँदै अघि बढौँ।"


मकाउमा रहेर नेपाली बजारको अध्ययन र प्रविधिको विकासमा मेरो लगाव छ।