काठमाडौँ, कात्तिक १० गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य समारोहका बीच सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज आयोजित उद्घाटन समारोहमा अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो।
प्रधानमन्त्री शाहलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो भने उहाँसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी हुनुहुन्थ्यो। समारोहमा प्रधानमन्त्री शाहले लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरूसँग हात मिलाउनुभएको थियो भने राष्ट्रिय गानपछि अम्पायरलाई क्रिकेट बल हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा उहाँले भन्नुभयो, “I welcome international players and commentators this season. Best of luck to our Nepalese cricket players, organizers, and the (CAN). The Nepal Premier League has quickly become one of the largest sporting events in the country,”।
आजै उद्घाटनकै दिन भएको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई मात्र ८७ रनमा अलआउट गरेको हो। लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो भने स्कोर बोर्डमा ८७/१० (१७.२) देखिएको थियो। जवाफमा लुम्बिनीले ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। तीन विकेट गुमाए पनि लुम्बिनी ९.५ ओभरमै ८८/३ बनाउँदै विजयी भएको थियो।
आधिकारिक नतिजा अनुसार सुदूरपश्चिम रोयल्स ८७ (१७.२ ओभर) विरुद्ध लुम्बिनी लायन्स ८८/३ (९.५ ओभर), लुम्बिनी ७ विकेटले विजयी भएको छ। यस खेलको प्लेयर अफ द म्याच लुम्बिनीका शेर मल्ल घोषित भएका छन्।



टिप्पणीहरू
Please,Comment what you think about post thing ?