बडा दशैंको शुभकामना

बडादशैंको हार्दिक मंगलमय शुभकामना !

विजया दशमी २०८३ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस दशैंले हामी सबैमा नयाँ प्रविधि सिक्ने, ज्ञान बाँड्ने र डिजिटल रूपमा सशक्त नेपाल निर्माण गर्ने ऊर्जा प्रदान गरोस् ।

                                -टेक-चौतारी परिवार 




- टेक-चौतारी परिवार-चौतारी परिवारको तर्फबाट बडादशैंको हार्दिक मंगलमय शुभकामना !


विजया दशमी २०८३ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।


यस दशैंले हामी सबैमा नयाँ प्रविधि सिक्ने, ज्ञान बाँड्ने र डिजिटल रूपमा सशक्त नेपाल निर्माण गर्ने ऊर्जा प्रदान गरोस्।


- टेक-चौतारी परिवार


धितोपत्र बोर्डद्वारा निर्देशन संशोधन, संस्थापकको शेयर बिक्री सीमा १५ प्रतिशत कायम

काठमाडौँ, असोज २३ गते , नेपाल धितोपत्र बोर्डले संस्थापक शेयरधनीले शेयर बिक्री गर्दा दिनुपर्ने पूर्वजानकारी सम्बन्धी निर्देशनमा संशोधन गरेको छ । बोर्डको नियमन विभागले असोज २३ गते सबै सूचीकृत कम्पनीहरुलाई पत्राचार गर्दै गत भदौ ९ गते जारी गरेको निर्देशनलाई परिमार्जन/संशोधन/थप गरेको जनाएको छ । धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन र धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबारको नियमन तथा अनुगमन गर्ने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त संशोधन गरिएको बोर्डले जनाएको छ ।



साविकको निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचीकृत भएका कम्पनीका कुनै पनि आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नु भन्दा ५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराई सो सूचना नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । सूचनाको वैधता तीन महिना कायम रहने व्यवस्था थियो ।
संशोधित निर्देशन अनुसार अब धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको लक इन अवधि समाप्त भए पश्चात् प्रारम्भिक सार्वजनिक निष्कासनको बखत कायम रहेका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भएमा ५ कारोबार दिन अगाडि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । सूचीकृत कम्पनीले धितोपत्र बिक्री सूचना प्राप्त भए पश्चात् यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज लि. मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्नेछ । उक्त बिक्री आशयको सूचनाको वैधता तीन महिना कायम रहने बोर्डले स्पष्ट पारेको छ ।
साथै बोर्डले निर्देशनमा १ (क) थप गरेको छ । जस अनुसार निर्देशन नं. १ बमोजिम धितोपत्र बिक्री गर्ने आशयले सूचीकृत कम्पनी मार्फत सूचना प्रवाह गरेका शेयरधनीले आफूले बिक्री गर्न चाहेको शेयर बिक्री नगरेको वा पूर्ण रुपमा बिक्री नगरिसकेको अवस्थामा पुनः सोही कम्पनीको शेयर खरिद गर्न चाहेमा कारोबार सम्पन्न भए पश्चात् यथाशीघ्र मूल्य तथा परिमाण उल्लेख गरी सूचीकृत कम्पनीमा जानकारी गराउनुपर्नेछ र सूचीकृत कम्पनीले प्राप्त धितोपत्र खरिद सम्बन्धी जानकारी यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
कार्यकारी निर्देशक विनयदेव आचार्यद्वारा हस्ताक्षरित उक्त परिपत्र नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ लि. लगायतलाई बोधार्थ दिइएको छ ।

रसुवा भोटेकोशीको महाबाढी : जलवायु न्यायको मुद्दा र ५ अर्ब डलरको क्षति

मकाउ २१ सितंबर । भदौ १० गते  रसुवा भोटेकोशीमा आएको भयावह बाढीबारे विज्ञहरुको प्रस्तुतीकरणमा जलवायु परिवर्तनका कारण उत्पन्न उक्त विपद्ले मुलुकको अर्थतन्त्र र ऊर्जा सुरक्षामा गम्भीर धक्का दिएको निष्कर्ष निकालिएको छ ।
प्रस्तुतीकरणमा सहभागी विज्ञहरुले दिएको जानकारी अनुसार चेतावनी प्रणाली हुँदाहुँदै पनि चेतावनीपछि के गर्ने भन्ने स्पष्ट कार्ययोजना नहुँदा यसको प्रभावकारिता नदेखिएको बताइएको छ । अब नेपालले Next Generation Warning System निर्माणमा पहल गर्नुपर्ने, नेपाल, भारत, चीन र बंगलादेशबीच trans-border data sharing लाई विशेष महत्व दिनुपर्ने आवश्यकता औँल्याइएको छ । उक्त घटनालाई जलवायु न्यायको विषयका रूपमा अन्तर्राष्ट्रिय फोरममा जोडतोडका साथ उठाउनुपर्ने र भोटेकोशी बाढीलाई full-proof legal evidence का रूपमा प्रस्तुत गर्न गृहकार्य गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

सरकारको कूटनीतिक फेरबदल : १३ देशका लागि विज्ञ राजदूत सिफारिस

मकाउ, १९ सितंबर । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि प्रस्तावित राजदूत सिफारिस गरेसँगै नेपालको कूटनीतिमा नयाँ बहस सुरु भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डेलाई भारत, सिनोलोजिस्ट डा. कल्याणराज शर्मालाई चीन, सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिका, पूर्व प्रधानसेनापति गौरव शम्शेर राणालाई बेलायत, नेपाल-जापान सम्बन्ध विज्ञ जिग्यान कुमार थापालाई जापान, आईटी तथा बैंकिङ विज्ञ सुरेशकुमार कर्णलाई इजरायल, अन्तर्राष्ट्रिय विकास विज्ञ प्राप्ति शेरचनलाई स्पेन, आप्रवासन विज्ञ शारू जोशीलाई जर्मनी, दिगो विकास विज्ञ डा. पद्माक्षी राणालाई ओमान, शिक्षाविद् चूडामणि खरेललाई मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठलाई दक्षिण कोरिया, सुशासन विज्ञ डा. मंचल झालाई श्रीलंका र समाजशास्त्री गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि सिफारिस गरेको हो। अब यी नाम संसदीय सुनुवाइका लागि पठाइनेछ।

शेयर बजारमा सुधारको अपेक्षा: आईपीओ, ब्रोकर सेवा र लाभकरसम्बन्धी नयाँ नीतिहरू सार्वजनिक

मकाउ, १४ सितंबर । अर्थ मन्त्रालयद्वारा सार्वजनिक "पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३" ले देशको अर्थतन्त्र र पुँजी बजारमा आएको शिथिलतालाई चिर्दै बजारलाई चलायमान, पारदर्शी र लगानीमैत्री बनाउने लक्ष्य राखेको छ। हालैको प्राकृतिक प्रकोप तथा बाढीका कारण भौतिक पूर्वाधार र पुँजी बजारमा परेको असरलाई मध्यनजर गर्दै मन्त्रालयले यो तत्कालीन सुधार योजना अगाडि बढाएको हो।
यस कार्ययोजनाले पुँजी बजारका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण सुधारका बुँदाहरू समेटेको छ। प्राथमिक बजारमा आईपीओ निष्कासनका लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका ल्याइने तथा क्षेत्रगत समूहका लागि विशेष योग्यता र मूल्य अन्वेषण प्रणाली २०८३ पुस मसान्तभित्र लागू गर्ने उल्लेख छ। म्युचुअल फन्ड र कर्पोरेट बन्ड बजारलाई दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउन आवश्यक नीतिहरू तर्जुमा गरिनेछ। साथै, धितोपत्र दलाल व्यवसायीहरूलाई आधुनिक र प्रविधिमैत्री बनाउन संस्थागत सुधार नीति ल्याई मार्जिन कारोबारलाई व्यवस्थित बनाइनेछ।

जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको जहाज सम्पर्कविहीन

मकाउ, १३ सितंबर ।  इन्डोनेसियाको जाभा सागरमा कम्तीमा २४० जनाभन्दा बढी यात्रु तथा चालक दलका सदस्य बोकेको एक यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। पूर्वी जाभाको सुरबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालिमन्तानको बान्जर्मसिनेतर्फ प्रस्थान गरेको उक्त जहाजसँगको सम्पर्क टुटेसँगै अधिकारीहरूले आपतकालीन खोजी अभियान सुरु गरेका छन्।
घटनाको विवरण र पृष्ठभूमि प्राप्त विवरण अनुसार, उक्त जहाजले शनिबार पूर्वी जाभाको मुख्य बन्दरगाह सहर सुरबायाबाट आफ्नो यात्रा सुरु गरेको थियो। यो जहाज बोर्नियो टापुको दक्षिण कालिमन्तान प्रान्तस्थित बान्जर्मसिन बन्दरगाह तर्फ जाँदै गर्दा जाभा सागरको मध्य भागमा पुगेपछि रडार तथा सञ्चार माध्यमबाट सम्पर्कविहीन बन्न पुगेको हो। जहाजमा कुल २४३ जना मानिसहरू (यात्रु र चालक दलका सदस्यहरू) सवार रहेको बताइएको छ।

मलेसिया रोजगारीमा सिन्डिकेटको त्रास: २५ मुख्य संस्था छानबिनमा

मकाउ , १३ सितंबर ।  वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको मलेसियाको श्रम बजारमा एकाधिकार (सिन्डिकेट) र विचौलियातन्त्र अन्त्य गर्ने उद्देश्यले सरकारले कडा कदम चालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देश तथा गत भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सँग जोडिएका विवादास्पद संस्थाहरूमाथि व्यापक छानबिन र कारबाहीको डन्डा चलाएको छ।