
राष्ट्रपति समक्ष प्रधानमन्त्रीले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको छ । गठबन्धनका प्रमुख तीन दल माओवादी एमाले तथा फोरमबीच प्रधानमन्त्रीको शपथ अगाडि नै मन्त्रालय बाँडफाँडको टुंगो लगाउने तयारी भए पनि गठबन्धन दलभित्रै पनि सरकारमा को को सहभागी हुने भन्ने आन्तरिक खिचातानी भएकाले आजै मन्त्रीको टुंगो लाग्ने सम्भावना कम रहेको छ । अन्य दलभित्र सहमति भई मन्त्रालय टुंगो नलगाए भोलिसम्म माओवादीले आफ्नो पार्टीका मन्त्रीलाई मात्र लिएर सरकार गठन गर्ने तयारी भएको बताइएको छ । पछि थप्ने गरी तत्काल माओवादीले आफ्नो तर्फबाट डा। बाबुराम भट्टराईलाई अर्थ रामबहादुर थापालाई रक्षा तथा कृष्णबहादुर महरा पम्फा भूसाल जयपुरी घर्तीको मन्त्रालय टुंगो नलागेको लगायतलाई लिएर सरकार गठन गर्ने बुझिएको छ ।त्यस्तै एमालेभित्र सुरेन्द्र पाण्डे भीम रावल रामचन्द्र झा पृथ्वीसुब्बा गुरुङको टुंगो लागे पनि सरकारमा कसले प्रतिनिधित्व गर्ने नेताहरुमा नै खिचातानी भइरहेको छ । विष्णु पौडेल वामदेव गौतम अमृत बोहरा ईश्वर पोखरेल कसले सरकारमा एमालेको नेतृत्व गर्ने खिचातानी भएको छ ।त्यस्तै फोरममा पनि उपेन्द्र यादवले विजय गच्छेदारले नेतृत्व गर्ने वा अन्य नेताले नेतृत्व गर्ने भन्ने विषयमा विवाद उत्पन्न भइरहेको छ । मालेबाट सीपी मैनाली आफैं जाने भन्दै भूमिसुधार मन्त्रालय दाबी गरेका छन् ।यसैबीच नवनिर्वाचित प्रधानमन्त्री दाहालले कोट पाइन्टमा नै शपथ लिने भएका छन् । एमाले शीर्ष नेतासँग आइतबार भएको छलफलमा कानुनी व्यवस्था परिवर्तन नगरेसम्म दौरासुरुवालमा शपथ लिने कानुनी र विगतका प्रचलनलाई अंगाल्न सुझाव दिइएको भए पनि अन्तर्राष्ट्रिय मान्यताको उदाहरण दिँदै दाहालले कोट पाइन्ट लगाउने जानकारी दिएका थिए ।
No comments:
Post a Comment