मकाउ २९ जनवारी ! सन् जनवारी ११, २०२५ मा Salomon The King of Macau Uraban Trail Race (KOMH) २०२५ को ५३ किमी पुरुष तर्फको ऐतिहासिक विजय हासिल गरेका एक सदस्य केशर जंग आले लागि Mocha Brotherhood macau ले २९ जनवरी २०२५ का दिन एक कार्यक्रमका बिच सम्मान तथा प्रशंसा-पत्र दिएको छ । टीम ७ स्टार्स नेपाल नामबाट प्रतियोगितामा सहभागी हुनुभएका आलेसंगै बिरू राई र लीलबहादुर गुरुङ टोली सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो । उहाँहरूको टोलीले उक्त प्रतियोगितामा ४ घण्टा ५३ मिनेटको नयाँ रेकर्ड कायम गर्दै यस प्रतियोगिताको ४ वर्षे इतिहासमा सबैभन्दा छिटो टीम दौड पुरा गर्ने टोली बनेको थियो ।
उक्त कार्यक्रम लागि संबोधन गर्दै Mocha brotherhood Macau का संयोजक श्री प्रशन गुरुङले आफ्नो व्यस्त कामकाज र कठोर प्रशिक्षण बीच सन्तुलन कायम गर्दै लगनशीलताका साथ मकाउको खेल संस्कृति, विश्वभरि खेलकुदलाई युवा सशक्तिकरणको साधन बनाउने प्रयासहरू, युवाहरूलाई प्रेरणा दिने केसरको प्रतिबद्धताको उच्च सराहना गर्दै आगामी दिनहरूको शुभकामना साथै मायाको चिनो र प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । Mocha Brotherhood Macau का महासचिव श्री सुरेश सुनारले आफूहरूले खेलकूद क्षेत्र उच्च प्रथमिकता राखेको र वैदेशिक रोजगारीकै सिलसिलामा मकाउ, हांगकांग र चाईनामा धेरै म्याराथुन प्रतियोगितामा सहभागीता जनाई सक्नु भएका आलेले खेलकुद मार्फत युवाहरूलाई प्रेरणा दिनु भएको र आमागी दिनहरूमा अझ ससक्त भएर लाग्नु हुने विश्वास सहित बदाई तथा शुभकामना दिनु भएको थियो ।
ऐतिहासिक विजयी हासिल गर्दाको क्षणलाई स्मरण गर्दै आलेले हाम्रो रणनीति चेकप्वाइन्ट ३ पछि शान्त रहने थियो। हामीले आफ्नो प्रशिक्षण र टीमवर्कमा विश्वास गर्यौं र यो जित सबैको लागि हो जसले सपनालाई वास्तविकता बनाउन विश्वास गर्छन् भन्दै आफ्ना अनुभवहरू कार्यक्रममा सहभागी हरूसँग सटासाट गर्नु भएको थियो । केशर जंग आले हाल G4S Secure Solutions, Macau मा सुरक्षागार्डको रूपमा हुनुहुन्छ। उक्त कार्यक्रम Mocha brotherhood Macau का संयोजक श्री प्रशन गुरुङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment