मकाउ । पोखरा महानगरपालिका वडा नं. १० स्थित रामघाट युवा क्लबले पोखरा रंगशालामा आजबाट ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रुपमा सुरुवात गरेको छ। क्लबका संरक्षक नुना गुरुङले विभिन्न सहयोगीहरुबाट खेल सामग्री प्राप्त गर्दै सुरु गरिएको यस प्रशिक्षणको मुख्य उद्देश्य फुटबलमा क्लबको विगतको गौरवशाली इतिहास (धेरै जितहरु) फिर्ता ल्याउनु र स्थानीय युवाहरुमाझ खेलकुदको अभियान स्थापना गर्नु बताए। उनले भने, "हामीले विगतका जितहरु युवा पुस्तासम्म हस्तान्तरण गर्न चाहन्छौं। यो कार्यक्रम कास्कीमा खेलाडी उत्पादनको कोसेढुङ्गा हुनेछ।"
संरक्षक गुरुङले नेपाली खेलकुदमा फोहोर राजनीतिको प्रभावले खेलकुद क्षेत्र पछि पर्नु र युवा पलायन हुनुको समस्यालाई उजागर गर्दै भने, "खेलकुदलाई बलियो बनाउन खेलकुद क्षेत्रकै व्यक्तिले खेलकुद हाक्नु पर्छ। राम्रो कामका लागि अब फोहोरमा हात हाल्ने समय आएको छ।" कार्यक्रममा उपस्थित जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले पनि रंगशालालाई साझा मैदानको रुपमा विकास गर्ने र क्लबसंग सहकार्य गरेको जानकारी दिए।
क्लबले २० जना युवा खेलाडीहरुलाई लिएर सुरु गरेको यस प्रशिक्षणमा मुख्य प्रशिक्षक सन्तोष केसी र सहायक प्रशिक्षक चिना राना, प्रकाश तामाङ र विजय गुरुङ रहनेछन्। कार्यक्रम सञ्चालनको जिम्मेवारी खेलकुद उपसमिति संयोजक धिरज गुरुङ र सहसंयोजक नुना गुरुङलाई दिइएको छ। कार्यक्रममा विभिन्न सहयोगीहरुद्वारा खेल सामग्री र नगद सहयोग पनि गरिएको थियो। -News Sources pokharasports.com
No comments:
Post a Comment