Monday, November 10, 2025

विदेशी कामदार अपराध रोकथाम र नागरिक रक्षा अभियान सफलतापूर्वक सम्पन्न|

मकाउ, मकाउमा आयोजना हुँदै आएको "२०२५ दक्षिणपूर्वी एसिया विदेशी कामदार अपराध रोकथाम र नागरिक रक्षा जागरूकता अभियान" सफलतापूर्वक सम्पन्न भएको छ। यस महत्वपूर्ण कार्यक्रममा मकाउ सरकारका विभिन्न विभागहरूले सह-आयोजकको भूमिका निर्वाह गरेका छन्।
कार्यक्रममा प्रहरी मुख्यालय, SPU 治安警察局 प्रहरी विभाग, श्रम मामिला ब्यूरो, स्वास्थ्य ब्यूरो, न्यायिक प्रहरी, दमकल सेवा, नगरपालिका विभाग, र वातावरणीय संरक्षण एजेन्सी लगायतका प्रमुख विभागहरूको उपस्थिति रहेको थियो।

विशेषगरी, गैर-आवासीय नेपाली संघ (NRNA) को राष्ट्रिय समन्वयन परिषद् मकाउ शाखाले पनि यस कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो। विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको नेपाली डायसपोराको प्रतिनिधित्व गर्ने NRNA NCC ले  सम्बन्धित देशहरूको सरकारद्वारा आयोजित विभिन्न जनचेतनामूलक कार्यक्रमहरू र  नेपाल सरकारको दूतावास /महावाणिज्य दूतावासद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा  यसले दुई देशहरू बीच मध्यस्थकर्ताको रूपमा काम गर्ने संस्थाको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।
कार्यक्रमका क्रममा नेपाली समुदायका प्रतिनिधि संस्था NRNA NCC मकाउ ले विशेष प्रशासनिक क्षेत्र (एसएआर) सरकारले बनाएका नीति र नियमहरूको पालना गर्ने र अपराध रोकथाममा समुदायले खेल्न सक्ने भूमिकाबारे नेपाली समुदायले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्दै स्वच्छ मकाउ अभियानमा सधैं सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ।


यस अभियानको मुख्य उद्देश्य विदेशी कामदारहरूमा अपराध रोकथाम सम्बन्धी जागरूकता बढाउनु र साथै नागरिक सुरक्षाको महत्वबारे जनचेतना फैलाउनु रहेको छ। कार्यक्रमका विभिन्न पलहरू विभिन्न देशका सांस्कृतिक नृत्य र गीतहरू मकाउ सरकारको राष्ट्रिय सञ्चार माध्यमहरूद्वारा कभरेज गरिएको छ भने सम्बन्धित समाचार भिडियोहरू पनि सार्वजनिक गरिएका छन्।


यस्तो सामुदायिक सहभागिताले बहु-सांस्कृतिक समाजमा सद्भावना र सहयोगको वातावरण कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

No comments: