मकाउ। हङकङ सरकारले नेपाली नागरिकहरुलाई हङकङ हुँदै यात्रा गर्दा लिनुपर्ने ट्रान्जिट भिसाको प्रावधान हटाएको छ। यसको मतलब, अब नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्ने नेपाली राहदानी बाहक यात्रुले अत्यावश्यक ट्रान्जिट भिसा लिनु पर्ने बाध्यता रहने छैन। नेपाली महावाणिज्य दूतावास हङकङले यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने जानकारी दिएको छ।
यो सकारात्मक कदम नेपाल र हङकङबीच भइरहेका निरन्तर कूटनीतिक पहल र अनुरोधको फल स्वरूप सञ्चालनमा आएको हो। सन् २००५ जुन देखि लागू भएको यो भिसा नियमले गर्दा नेपाली यात्रुहरुले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। व्यस्त हङकङ विमानस्थल हुँदै यात्रा गर्ने नेपालीहरुको लागि यो बाध्यता हटेपछि यात्रा प्रक्रिया झन् सहज र सुविधाजनक हुने अपेक्षा छ। यसले दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई मजबूत पार्ने विश्वास पनि व्यक्त गरिएको छ।

No comments:
Post a Comment