Monday, December 22, 2025

रास्वपा सभापति र काठमाडौं महानगरपालिका मेयरबीच भेटवार्ता

मकाउ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज महत्वपूर्ण भेटवार्ता भएको छ। स्रोतहरूका अनुसार, यो भेटवार्ता हाल सम्म जारी छ र दुवै पक्षबीच सहमतिका विभिन्न मुद्दाहरूमा छलफल भइरहेको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् भने महानगरपालिकाका तर्फबाट मेयर बालेन्द्र शाह र उनका सहयोगी कुमार बेन छलफलमा सहभागी भएका छन्।
            स्रोतहरूले यो भेटवार्ता स्थानीय तहमा सहकार्य बढाउने, काठमाडौं महानगरको विकासका लागि साझा अभियानहरू र स्थानीय सरकारसँग केन्द्रीय राजनीतिक दलहरूको समन्वय जस्ता विषयहरूमा केन्द्रित रहेको बताएका छन्। यस भेटवार्ताको परिणामस्वरूप दुवै पक्षबीच केही सहमतिहरू हुन सक्ने सम्भावना रहेको छ।
Pic Source - Internet

राजनीतिक विश्लेषकहरूले यो भेटवार्तालाई स्थानीय तहमा बहुदलीय सहकार्यको महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गर्दै महानगरको विकासका लागि यसले सकारात्मक योगदान दिन सक्ने बताएका छन्। भेटवार्ता सम्बन्धि औपचारिक विज्ञप्ति चाँहि थोरै समयमा निकालिने स्रोतहरूले जनाएका छन्। यस भेटवार्ताले आगामी दिनहरूमा स्थानीय राजनीतिमा के प्रभाव पार्छ, त्यसमा सबैको नियरित्ता रहेको छ।

No comments: