Monday, December 22, 2025

"हामी देशको शान्तिका निम्ति अचानो बन्न तयार छौँ, सबै दल चुनावमा आइदिनुहोस् देश सम्झेर" -प्रधानमन्त्री कार्की

मकाउ । प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा अध्यक्षीय समापन मन्तव्य दिँदै एक नेताले सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गर्दै देशको शान्ति र स्थिरताका लागि आफू अचानो (बलिदान) बन्न तयार रहेको बताए आज सिंहदरबारमा आयोजित उक्त छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न दलका नेता र २ जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखे।
             नेताले भने, "सबैको धारणा हेर्दा निर्वाचन हुनुपर्छ भन्ने आएको छ। निर्वाचन हुनुहुँदैन भन्ने कसैको पनि भावना रहेको छैन।" उनले भदौ २३ र २४ को घटनालाई "कहालीलाग्दो" भनेर सम्बोधन गर्दै यसले गर्दा राष्ट्रले परिवर्तनको आवश्यकता महसुस गरेको र युवा शक्ति अगाडि आएको बताए। जेनजीको माग पूरा गर्नुपर्ने र तिनको प्रश्नको समाधान हुनुपर्ने विषयमा सबै एकमत रहेको उनले जनाए।  संविधानको व्यवस्था अनुसार ६ महिनाभित्र नयाँ संसद गठन हुनुपर्ने हुँदा निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई संकटको सट्टा "खुसीको घडी, उत्साह र परिवर्तनको मार्ग" बताए। निर्वाचनबाट मात्र शान्तिपूर्ण सत्ता हस्तान्तरण र प्रणालीगत सुधार सम्भव रहेको बताए।
           "हामी जेनजीका रगतमा ऐश-आराम गर्न आएका होइनौँ," भन्दै उनले आफूहरूले राजनीतिक दलको रूपमा ऐश गरेको दावी खण्डन गरे। उनले सबै राजनीतिक दल एकताबद्ध भएमा देशमा कुनै आतंककारी हमला हुन नसक्ने दाबी गर्दै ११४ वटा दललाई शान्तिको निम्ति एकजुट हुन आह्वान गरे।
अनियमितताका मुद्दाहरू सीआईबीले पिछा गरिरहेको र ३९-४० मुद्दा दर्ता भइसकेको जानकारी दिँदै उनले दुई-अढाई महिना समयलाई पर्याप्त र काम गर्ने अवसर बताए । "हामीले देशको लागि गरेका हौँ," भन्दै उनले आफ्नो भाषण समापन गरे।

No comments: