सेयर बजारमा सुधार: नेप्से परिसूचक झण्डै ९ अङ्कले बढ्यो

काठमाडौँ संवाददाता , २२ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले बढेर २ हजार ७ सय १२ दशमलव ८६ को विन्दुमा पुगेको छ।

आजको कारोबारमा नेप्से परिसूचकमा ० दशमलव ३२ प्रतिशतको वृद्धि देखिएको हो। कुल ३ सय ३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटक खरिद–बिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारको मुख्य तथ्याङ्क:
 नेप्से परिसूचक: २,७१२.८६ (८.७८ अङ्कको वृद्धि)
 कुल कारोबार रकम: रु. ३,४३,९०,६८,३९२.७७
 बढेका कम्पनी: १६२
 घटेका कम्पनी: ९०
स्थिर रहेका कम्पनी:  १६


आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था (ULHC) का लगानीकर्ताले सबैभन्दा धेरै ११ दशमलव १६ प्रतिशत नाफा कमाएका छन्। सोल्टी होटल लिमिटेड (SOHL) को सर्वाधिक २३ करोड ५७ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १६२ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन।

टिप्पणी गर्नुहोस्