गृहमन्त्री गुरुङ र विज्ञान मन्त्री पुनद्वारा पद तथा गोपनीयताको शपथ

मकाउ १०, जुन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच उहाँहरूले आफ्नो पदको शपथ लिनुभएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनर्गठन गर्दै गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्न सिफारिस गर्नुभएको थियो। सोही सिफारिस बमोजिम राष्ट्रपति पौडेलले उहाँहरूलाई नयाँ जिम्मेवारी तोक्दै शपथ गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

त्यस्तै, समारोहमा अन्य मन्त्रीगण, संसद् सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूका साथै राज्यका उच्च पदस्थ अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

No comments: