मकाउ, २९ जुन । फिफा विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न अन्तिम ३२ (राउन्ड अफ ३२) को पहिलो रोमाञ्चक खेलमा सह–आयोजक क्यानाडाले दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै इतिहासमै पहिलोपटक अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एञ्जलस रङ्गशालामा भएको उक्त अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यानाडालाई जिताउन मध्यपङ्क्तिका खेलाडी स्टेफन इस्टाकियोले खेलको अतिरिक्त समयको (९०+२') मिनेटमा निर्णायक गोल गरे।
खेलको आधिकारिक विवरण र खेलपछिको तथ्याङ्क अनुसार, दक्षिण अफ्रिकाले खेलभरि ५८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर ८६ प्रतिशतको सटिकताका साथ ५३८ पासहरू खेले तापनि गोल गर्न भने सकेन। यसको विपरीत, रक्षात्मक र काउन्टर–अट्याक रणनीति अपनाएको क्यानाडाले मात्र ४२ प्रतिशत बल नियन्त्रणमा लिएर विपक्षीको पोस्टमा १४ पटक प्रहार गरेको थियो, जसमा ७ वटा प्रहार सिधै टार्गेटमा थिए। दक्षिण अफ्रिकाले भने मात्र ६ प्रहार गर्दा २ प्रहार टार्गेटमा राखेको देखिन्छ।
दक्षिण अफ्रिकी टोलीको तिव्र पासिङ लयलाई रोक्न क्यानाडाले खेलभरि निकै आक्रामक रक्षापङ्क्ति प्रस्तुत गर्दै १५ वटा फल गर्यो र दुईवटा पहेँलो कार्डसमेत प्राप्त गर्यो। बल नियन्त्रणमा चुस्त देखिए पनि दक्षिण अफ्रिकाले क्यानाडाको बलियो रक्षापङ्क्तिलाई तोड्न सकेन। यो ऐतिहासिक जितसँगै क्यानाडा प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने उत्कृष्ट प्रदर्शनका बावजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ।

No comments:
Post a Comment