मकाउ, २६ जुन । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, मलेखु स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवनको एक विशेष समारोहका बीच उद्घाटन सम्पन्न भएको छ। पशुपति शिक्षा प्रसार समिति, नेपाल (सार्वजनिक शैक्षिक गुठी) को व्यवस्थापनमा सञ्चालित यस विद्यालयको भौतिक संरचना निर्माणमा सेवा इन्टरनेशनल नेपाल, प्रदेश तथा स्थानीय सरकार र विभिन्न दाताहरूको आर्थिक एवम् भौतिक सहयोग रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर कँडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा सेवा इन्टरनेशनल USA का प्रतिनिधि डा. सुरेश जैन र पशुपति शिक्षा प्रसार समिति नेपालका अध्यक्ष एवम् सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेनाको उपस्थिति रहेको थियो। स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा वक्ताहरूले यस सुविधासम्पन्न नवनिर्मित भवनले क्षेत्रको शैक्षिक पूर्वाधार विकासमा महत्त्वपूर्ण इँटा थपेको र यसले विद्यार्थीहरूका लागि सहज सिकाइको वातावरण तयार गरी समग्र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

No comments:
Post a Comment