गृहमन्त्री र संयुक्त हिन्दु मोर्चाबिच १३ बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

मकाउ, २ अगष्ट ।  मधेस प्रदेशमा  हालै विकसित धार्मिक द्वन्द्व र त्यसपछिको संवेदनशील परिस्थितिलाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आन्दोलनरत पक्षसँग लामो र गहन छलफल भएको छ। दुवै पक्षबीच भएको घनिभूत वार्तापछि आज औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा हस्ताक्षर भएसँगै आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले पूर्वघोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिबाट तत्कालका लागि स्थगित गरिएको घोषणा गरेको छ। तराई क्षेत्रमा साम्प्रदायिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न गृहमन्त्रीको प्रत्यक्ष पहलमा भएको उक्त छलफलपछि सरकार र मोर्चाबीच १३ बुँदे सहमति जुटेको हो।


 गृहमन्त्रीको उपस्थितिमा भएको यो ऐतिहासिक सम्झौता र हस्ताक्षरपछि तराई क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनः कायम हुने विश्वास लिइएको छ।



No comments: