मकाउ, ५ सितंबर । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालीहरूका लागि मकाउबाट विभिन्न अभियान मार्फत थप आर्थिक सहयोग जुट्ने क्रम जारी छ। यसैबीच, मकाउ निवासी चिनियाँ नागरिक चे लाई तुन (Ms. Che Lai Tun) को विशेष पहलमा पनि नेपालका बाढीपीडितहरूका लागि थप रु. ४,१०,००० (हङकङ डलर २०,०००) सहयोग प्राप्त भएको छ। बुद्धको जन्मस्थल नेपाल र यहाँका बौद्ध स्तूपहरूको निर्माणमा यस अघि पनि योगदान पुर्याउनु भएकी तुनको आह्वानमा मकाउ, हङकङ र चीनमा रहेका ७४ जना मनकारी व्यक्तिहरूबाट उक्त रकम सङ्कलन गरिएको हो। 

सङ्कलित सम्पूर्ण रकम पूर्ण पारदर्शिताका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको जनकारी दिईएको छ यसअघि, मकाउवासी नेपाली समुदाय, मकाउ भलिबल खेलाडी र समाजसेवी उदय वाग्लेको संयुक्त पहलमा रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि रु. ५,६१,८६६ (पाँच लाख एकाउन्न हजार आठ सय छैसट्ठी) सङ्कलन गरी नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरिएको छ।
No comments:
Post a Comment