धादिङमा अब घरमै आइपुग्नेछ राहदानी (पासपोर्ट)
एजेन्सी । जिल्लाका बासिन्दाहरूले अब आफ्नो राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालयसम्म धाइराख्नु नपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले हुलाक सेवामार्फत नागरिकको घरदैलोमै राहदानी पुर्याउने नयाँ व्यवस्थाको सुरुवात गरेको छ। नेपाल सरकारको 'शासकीय सुधार सम्बन्धी १०० कार्यसूची' अन्तर्गत सरकारी सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्य अनुरुप यो सेवा सुरु गरिएको हो। यसका लागि जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालय धादिङबीच २०८३ वैशाख १५ गते औपचारिक सम्झौता सम्पन्न भएको छ।
के छ नयाँ व्यवस्थामा?
सूचना अनुसार, अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले दुईवटा विकल्प रोज्न पाउनेछन्:
२. स्वयम् उपस्थित भएर: पहिलेकै जस्तै जिल्ला प्रशासन कार्यालयमा पुगेर राहदानी बुझ्ने।
प्रशासनले सेवाग्राहीहरूलाई आवेदन दिने समयमै आफूलाई कुन माध्यमबाट राहदानी लिन सहज हुन्छ, सो कुरा स्पष्ट पार्न अनुरोध गरेको छ।
महत्त्वपूर्ण जानकारी:
आवेदन मिति: यो नयाँ व्यवस्था २०८३ वैशाख १५ गतेपछिका आवेदनहरूमा लागू हुनेछ।
पुरानो आवेदन: २०८३ वैशाख ७ गतेभन्दा अगाडि राहदानीको आवेदन दिएका सेवाग्राहीहरूले भने साविक बमोजिम जिल्ला प्रशासन कार्यालयबाटै आफ्नो राहदानी बुझ्नुपर्ने सूचनामा उल्लेख छ।
हुलाक सेवालाई आधुनिकरण गर्दै 'Government Courier Service' का रूपमा विकास गरी राहदानी, नागरिकताका प्रतिलिपि र लाइसेन्स जस्ता सरकारी कागजात घरमै पुर्याउने सरकारको नीति अन्तर्गत धादिङमा यो प्रक्रिया अघि बढाइएको प्रशासकीय अधिकृत राममणी मिश्रले जानकारी दिनुभयो।
