ट्रम्प-पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको बताएका छन् ।रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ । ‘हामीले युक्रेन युद्धबारे बढी कुराकानी गर्यौं, उहाँ मद्दत गर्न चाहनुहुन्छ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘तर, मैले मलाई सहयोग गर्नुअघि म तपाईंको युद्ध अन्त्य गर्न चाहन्छु भनें ।’ एक अन्य सवालको जवाफमा अमेरिकी राष्ट्रपतिले पुटिनले इरानमा ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रियामा सहभागी हुन चाहेको पनि बताए । ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रिया भनेको प्राकृतिक युरेनियमभित्र रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार एक लामो टेलिफोन वार्ता भएको छ। करिब डेढ घण्टा चलेको उक्त वार्तामा दुवै नेताले युक्रेन र इरानको जारी युद्धबारे गम्भीर छलफल गरेको क्रेमलिनले जनाएको छ।                  ट्रम्पले वार्तालाई ‘निकै राम्रो’ भन्दै मुख्य रूपमा युक्रेन युद्धवारे गहन छलफल भएको बताए। उनले पुटिनलाई युक्रेनमा ‘सानो युद्धविराम’को प्रस्ताव गरेको र रुसी नेताले त्यसबारे सकारात्मक सोचेको बताए। यद्यपि, क्रेमलिनका सहयोगी युरी उसाकोभले ट्रम्पको अनुरोधमा पुटिनले युक्रेन अग्रपंक्तिको अवस्था र रुसी सेनाको आक्रामक रणनीतिबारे जानकारी गराएको बताए।


सबैभन्दा महत्त्वपूर्ण सहमतिका रूपमा, पुटिनले मे ९ मा मनाइने ‘विजय दिवस’ (Victory Day) का अवसरमा युक्रेनमा अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। ट्रम्पले यस प्रस्तावलाई सक्रिय समर्थन जनाएका छन्। विजय दिवस सोभियत संघको नाजी जर्मनीमाथिको विजयको स्मृतिमा मनाइन्छ।वार्तामा दुवै नेताले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भूमिकाप्रति समान धारणा राखेको क्रेमलिनले जनाएको छ। उसाकोभका अनुसार, युरोपेली शक्तिहरूको समर्थनमा जेलेन्स्कीले द्वन्द्व लम्ब्याउने नीति अँगालेको आशंकामा दुवै सहमत थिए।इरान युद्धको सन्दर्भमा, पुटिनले ट्रम्पको इरानसँगको युद्धविराम थप विस्तार गर्ने फैसलालाई सही करार गरेका छन्। यसले वार्तालाई नयाँ मौका दिने र अवस्था स्थिर बनाउन मद्दत पुर्याउने उनको तर्क थियो। तर, पुटिनले अमेरिका र इजरायलले पुनः बल प्रयोग गरेमा इरान मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन्।ट्रम्पले पारस्परिक छलफलमा इरानको युरेनियम प्रशोधन समस्या समाधानमा पुटिनले सहयोगको प्रस्ताव गरेको, तर आफूले भने पुटिनलाई युक्रेन युद्ध अन्त्यमा केन्द्रित हुन आग्रह गरेको खुलासा गरे।वार्ताको मुख्य उद्देश्य द्वन्द्व न्यूनीकरण र सम्भावित समाधान खोजी रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर, रुसले डोनबास क्षेत्रमा नियन्त्रण गरेको भूभागलगायत आफ्ना शर्तहरूमा अडान लिइरहेको र जेलेन्स्कीले कुनै पनि किसिमको क्षेत्रीय समर्पणलाई अस्वीकार गरेका कारण वार्ता अघि बढ्ने सम्भावना भने आशलङ्कनात्मक नै छ।
टिप्पणी गर्नुहोस्