मकाउ, २७। स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च, बेल्जियमले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेका आरोप र उनको राजीनामाको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसलाई प्रतिशोधपूर्ण कदमको रूपमा टिप्पणी गरेको छ।
मञ्चका प्रमुख कृष्ण दाहाल र सचिव डा. गोकर्ण पाण्डेद्वारा जारी विज्ञप्तिमा, गुरुङले कार्यकालमा गरेका सुधारका कार्यबाट त्रसित स्वार्थ समूहले षड्यन्त्रपूर्वक उनलाई पदत्याग गर्न बाध्य पारेको ठहर गरिएको छ।
विधिको शासन र निष्पक्ष अनुसन्धानबिना केवल आरोपकै भरमा राजीनामा माग्ने प्रवृत्तिले सक्षम व्यक्तिहरू सार्वजनिक सेवामा आउन डराउने र राज्य प्रणाली नै अस्थिर हुने भन्दै मञ्चले दोषी प्रमाणित नभएसम्म कसैलाई अपराधी झैँ व्यवहार नगर्न र घटनाको पारदर्शी छानबिन गर्न माग गरेको छ।


No comments:
Post a Comment