नेपालले एसियाली खेलकुद छनोटको उपाधि जित्यो

मकाउ, ०८, जुन। सिङ्गापुरमा आयोजित एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि चुमेको छ। वर्षाले प्रभावित बनेको खेलमा डीएलएस नियमअनुसार नेपाल विजयी भएको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको थियो। कुशल भुर्तेलले ६५ र रोहित पौडेलले नटआउट ३५ रनको योगदान दिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो। अंशुमन रथले ८० र शाहिद वासिफले ५५ रन बनाए। नेपालका शेर मल्लले उत्कृष्ट ४ विकेट लिए।


त्यस्तै, मलेशियाले ओमानलाई ८ विकेटले हराउँदै तेस्रो स्थान हासिल गरेको छ। यस प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एसियाली खेलकुदका लागि छनोट भएका छन्। यी चार टोलीमा एसियाका पूर्ण सदस्य राष्ट्र अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र आयोजक राष्ट्र जापान पनि सहभागी हुनेछन्। पुरुष ट्वान्टी–२० प्रतियोगिता २४ सेप्टेम्बरदेखि सुरु भई ३ अक्टोबरमा फाइनल हुनेछ।

No comments: