रसुवा बाढीपीडितका लागि मकाउवासी नेपालीको सहयोग

मकाउ ३१, भदौ । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि मकाउमा सक्रिय नेपाली समुदायले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आपत् विपद्को यस घडीमा परदेशमा रहेका नेपालीहरूले जुटाएको यो सहयोगले पीडितहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
मकाउवासी नेपाली समुदाय, मकाउ भलिबल खेलाडी र समाजसेवी उदय वाग्लेको संयुक्त पहलमा उक्त राहत रकम संकलन गरिएको हो। अभियान मार्फत् कुल रू ५,६१,८६६ (पाँच लाख एकाउन्न हजार आठ सय छैसट्ठी रुपैयाँ) संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोष (Prime Minister’s Disaster Relief Fund) मा हस्तान्तरण गरिएको छ।
विदेशमा रहेर पनि जन्मभूमिको दुःखमा हातमा हात मिलाएर सहयोग गर्ने मकाउका नेपालीहरूको यो कदमले सामाजिक उत्तरदायित्व र परोपकारी भावनाको गतिलो उदाहरण प्रस्तुत गरेको छ। संकलित यो रकम रसुवाका बाढीपीडित परिवारहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका निम्ति पारदर्शी रूपमा खर्च हुने विश्वास लिइएको छ।

No comments: