नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यसमा कैँयौको हार कैँयौको जित भयो नै, दार्जिलिङको आफ्नो लडाइँमा अहिलेसम्म नेपालीको हार नै भएको छ, गोर्खाल्यान्डको मागमा। गोर्खाल्यान्ड भनेर चिनिने दार्जिलिङबाट एक समय अम्बर गुरुङ सपरिवार नेपाल लागे।अर्को समय गीतकार कवि नगेन्द्र थापाको आग्रहमा गोपाल योञ्जन नेपाल आए। बाँकी रहेका शान्ति ठटाल, कर्म योञ्जन अनि मणिकमल क्षत्रीले आ–आफ्नो कित्तामा उभिएर दार्जिलिङभित्र र दार्जिलिङ वरपर बसेर संगीत गरे। बाँकी केही नाम जो आए र गए पनि।
Ram Prasad Panta
Wednesday, August 06, 2025
Saturday, July 19, 2025
ठूलो आँधी विपा मकाउ-हङकङतर्फ बढ्दै, सतर्कता जारी
Sunday, July 13, 2025
मकाउमा नेपाली कामदारको मृत्यु
मकाउ, १२ जुलाई । वैदेशिक रोजगारीको क्रममा मकाउमा रहनु भएकानेपाली कामदार श्री गंगा प्रसाद दाहालको मृतक शरीर स्थानीय आवासमा फेला परेको जानकारी एनआरएनए मकाउ राष्ट्रिय समन्वय परिषद मकाउले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । यस दुःखद घटनाले मकाउमा कार्यरत नेपाली समुदायलाई ठूलो सदमामा पारेको छ। घटनाको तत्काल जानकारी पाएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ शाखा र नेपाल महावाणिज्य दूतावास (हङकङ/मकाउ)ले मृतकका परिवार, मकाउ प्रशासनसँगसमन्वय गरी कानुनी र मानवीय सहयोग प्रक्रिया सुरु गरेको प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।
Saturday, July 05, 2025
पोखरामा ग्रासरुट फुटबलको नयाँ अध्याय: रामघाट युवा क्लबले सुरु गर्यो प्रशिक्षण
मकाउ । पोखरा महानगरपालिका वडा नं. १० स्थित रामघाट युवा क्लबले पोखरा रंगशालामा आजबाट ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रुपमा सुरुवात गरेको छ। क्लबका संरक्षक नुना गुरुङले विभिन्न सहयोगीहरुबाट खेल सामग्री प्राप्त गर्दै सुरु गरिएको यस प्रशिक्षणको मुख्य उद्देश्य फुटबलमा क्लबको विगतको गौरवशाली इतिहास (धेरै जितहरु) फिर्ता ल्याउनु र स्थानीय युवाहरुमाझ खेलकुदको अभियान स्थापना गर्नु बताए। उनले भने, "हामीले विगतका जितहरु युवा पुस्तासम्म हस्तान्तरण गर्न चाहन्छौं। यो कार्यक्रम कास्कीमा खेलाडी उत्पादनको कोसेढुङ्गा हुनेछ।"
Saturday, June 28, 2025
सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छु : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
मकाउ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ ।
आज काठमाण्डौमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताउनुभयो ।
Monday, June 23, 2025
मकाउमा नेपाली चलचित्र 'तेल भिषा' को विशेष प्रदर्शन हुने
मकाउ, नेपाल चेम्बर अफ कमर्स, मकाउले प्रवासी नेपालीहरूको हृदयस्पर्शी कथा बोकेको चलचित्र 'तेल भिषा' को विशेष शो आयोजना गर्ने तयारी गरेको छ। निर्देशक शङ्कर घिमीरेको यस कृति ६ जुलाई मा साँझ ८:३० बजे, CINE TEATRO Macau (Rua de Santa Clara N.13) मा प्रदर्शन हुनेछ।
Sunday, June 01, 2025
भोटो जात्रा: सहस्त्रौं वर्षे परम्परा, सांस्कृतिक एकताको प्रतीक
मकाउ, २ जेठ २०८१ - लिच्छविकालदेखि नै चलिआएको, भोटो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्राचीन र आकर्षक धार्मिक-सांस्कृतिक पर्वहरू मध्ये एक हो। यो जात्रा विशेषगरी काठमाडौंको दक्षिणी भागमा (इतिहासमा यम्भु वा यल) धेरै उत्साह र श्रद्धाभावका साथ मनाइन्छ। यसको ऐतिहासिक र सांस्कृतिक महत्व अपार छ।
Subscribe to:
Posts (Atom)