ूनानी ढोका खोलन । यतिबेलासम्म कति सुतिराखेको ू एकाबिहानै बाहिर कुनै बृद्धाले बॊलाएको आवाजले मेरो निद्रा भङ्ग भयो । मैले झ्यालको पर्दा खोलेर बाहिर नियालें । झट्ट हेर्दा कुप्रो शरिर मेरो अगाडी प्रतिबिम्बित थियो । प्रष्टसंग बृद्धालाई ठम्याउन त सकिन् तर औपचारिकता पुरा गर्न भित्र बोलाएँ । ूआउनुस् न आमा बस्नुस् । कताबाट आउनुभयो एकाबिहानै ूम घरैबाट नानी ।ूमैले आमालाई अलि ठम्याउन सकिन नीूम शहिद बिष्णुकी आमा भट्राइनी बुढी क्या । शहर पसेपछी मलाई के चिन्थ्यौ र नानीूआमाले आफ्नो परिचय दिएपछि त्यो बिगत मैले स्मरण गरें जुन बिगतमा उनै आमा हाम्री रक्षक भएकी थिइन् । यति धेरै समय भइसकेछ आमाको अनुहार पनि फेरिएछ । त्यसो त कोमल अबस्थाकी ममा पनि हल्का जवानीको रङ्ग चढ्दैछ । आमासंगको भेटले उत्साहित बनायो मलाई । उत्साह झट्टै पोखिहालें । ूओहो † आमा सन्चै हुनुहुन्छ के छ हालखबर ूके हुनु नानी लालाबाला गोठभरि छन् दमले थला परें बा । तातोपानी तताएर खान दिने मान्छे पनि कोही छैन । ूआमाको ब्यथा यति धेरै बल्झिएको छ भन्ने मैले सुनेकी मात्र थिएँ । माथी डाँडाघरे कान्छी औषधी गर्न काठ्माण्डौ गएकी थिई । त्यसैबखत सुनाएकी थिई उसले मलाई यी सब कुरा । आमालाई आफ्नै आँखा अगाडी त्यो हालत देखें मैले र अनभिज्ञता प्रकट गरें । ूओहो † त्यसो भए आजकल कमरेडहरु कोही आउँदैनन् ूकमरेडहरु सबै शहरमा छन् रे । गाउँमा कोही छैनन् आजकल । मत माया लागेर यी यिनै सेना कमरेडहरुको फोटो हेरेर बस्छु बा ।ूकमरेडहरुले आमासंग यति धेरै दुरी बढाएछन् । खोई बिगत त किन बिसे्र किन नदुखेको होला आमाको चोटले उनीहरुलाई म पनि त त्यसै ड्याङकी मुला हुँ । आमालाई शान्त पार्दै भनेंूआमा चिन्ता नमान्नुस् । गाउँमा नआई कसैलाई सुखै छैन नि ।ूखोइ नानी ू आमाको बोलीमा अविश्वास र निराशा देखियो ।यसपाला दशैंमा घर गएको मौका । गाउँले आमा र सखाहरु घरमै आए । आफ्नो अतितलाई सखाहरुको भेटले केहि क्षण भुलाउने कोसिस गर् यो । मलाई दशैंको नशाले घर पुर् याएको होइन मौका नै यही हो संगीसाथीहरुलाई भेट गर्ने । दशैं त कता-कता अमिलो र पिरो भयो । दशै-दशाले भरिएको मेरो गाउँमा दशैं गुलियो मिठो र चङगिलो हुने त कुरै भएन । यस्तै तितो र नमिठो लागेको छ दशैं भट्राइनी आमालाई पनि । म मनमनै गम्दै थिएँ । ूदशैं मान्न घर आएकी नानी ू-आमाको प्रश्नले म सोचबाट ´स्किएँ ।ूहोइन आमा होइन भनौं भने हाे हो भनौं भने होइन ।ू मेरो प्रतिकि्रया आमाले बुि´न् कि बुि´नन् थाह छैन । उनी त मसामु आफ्नै पिरलोहरु पोखिरहिन् ूमलाईं दशैं लागेन नानी कहिल्यै लागेन । मत शहिदकी आमा पो त मत फाल्गुन १ गते पर्खेर बसेकी छु । गुन्युको फेरबाट एउटा धमिलो फोटो झिकेर त्यस फोटोभित्रका आकृतिहरु चिनाउदै भनिन् ूहेर त यो मेरो जेठो छोरो बिष्णु यी माइली छोरी बिनिता अनि यी कान्छी छोरी प्रतिमा । प्रतिमा यी यीनी कान्छी छोरी । कमरेड क्रान्ति पनि भन्थे यिनलाई ।ू मैले गाउँ छोडेको धेरै बर्ष भएको थियो । सहकर्मिहरुको हत्याको खबर त सुनेकी थिएँ । मलाई त्यस खबरले यति मर्माहत बनाएको थियो म बर्णन गर्नै सक्दिन । संगै खेलेका साथीहरु । अझ प्रतिमा त स्कुले साथी पनि हुन् । त्यतिमात्र होइन डब्लुटी पनि त संगै भएको । स्कुले जिवनका क्षणहरु जसरी संगै हामीले रमाइलोसंग बितायौं त्यसरी युद्धकालका सहकार्यहरु पनि रमाइलै थिए । साँच्ची हाम्रो मित्रता यति घनिष्ठ थियो जस्तासुकै चुनौतिहरुको समाना गर्न तयार थियौं हामी । सुर्खेतमा संगै खुट्टामा गोली लाग्दाको क्षण होस् या दुश्मनले गाउँ घेर्दा काल्चे डाँडामा पाँच दिन सम्म भोकै जङगल बस्दाको क्षण । त्यतिखेर प्रतिमाले एक झोला अमिलिको पात टिपेर मेरो सुकेको मुखमा निचोरेर हालिदिएकी थिइन् । उनि शहिद भएको खबर पाएपनि घटनाको बिस्तृत बिबरण सुन्न पाएकी थिइन । गला अबरुद्ध भयो मेरो तैपनि सोधें । ूकहिले शहिद हुनुभयो आमा कमरेडहरु ूमारे नानी असती मोराहरुले । मिति थाहा छैन । यी छोरालाई दुईखुट्टा च्यातेर मारे रे यी दुइटी छोरीलाई इज्जत लुटेर मारे । गर्भेणी छोरी हुन् नानी दुबै । मारे पापीहरुले ति जन्मिन लागेकाहरुलाई पनि गर्भै मारे । तिनको के दोष थियो र ूआमाले यति भनेपछि संबेदना र भाबनाले लछप्पै छोप्यो मलाई । एकक्षण आमाको अनुहारलाई नियालें । आमाको अनुहार मौन छ । सायद आमा एउटा सपना हो र आमाले सपना फुलाउन हरबखत मलजल गरिरहन्छीन । आमाको अनुहारमा आशा झल्किएको छ । त्यो आशालाई प्राप्ती र उपलब्धीमा परिबर्तन गर्नके हामी सक्षम छौं यहि सोंच्दै थिएँ । केहि क्षणपछी बुढी बज्यैले चिया उमालेर ल्याइन । ूचिया खाऔं नानी । ूम झसङग भएँ । ू म त चिया खाँदिन नानी चियापत्तिले दम बढाउँछ रे । ूडाँडापारीकी घाम भइसकेकी आमाको करुण बोलीले भाबुक बनायो मलाई । क्रान्ति आन्दोलन शहिद र कमरेडहरुलाई यति माया गर्ने आमाका अगाडी म त्यसै त्यसै लज्जित भएँ । आमाको काखमा एकक्षण टाँस्सिएँ । आमा एकक्षण भएपनि शान्त होउन भन्ने मेरो अभिप्राय हो । मैले सोंचेजस्तो कहाँ हुन्छ र आमा न हुन् । आमा भएपछी थाहा हुन्छ आमा हुनुको िपंडा । एकहात च्यातेर पाएका छोराछोरी । तिनै छोराछोरीका लागी पल पल तड्पिएर बाँच्नु कति गाह्रो होला लाग्यो मनै आमा हुँ अर्थात शहिद आमा । मुटु भक्कानीयो बोली फुटेन । मलाई त यस्तो हुन्छ आमालाई कस्तो हुन्छ होला आमा हुनु गाह्रो हुन्छ । त्यो पुरुषहरुलाई के थाहा त्यसैले त मनभरी घाउ नै घाउका खाटा बसेका छन् ति कहिल्यै निको हुँदैनन् । ूए नानी यी घाउ पुर्ने मलम लिएर छिट्टै गाउँ फर्क हैू आमा धेरै भइसक्यो तड्पिन थालेको । कहिले गर्बमा त कहिले िपंडामा आमाका आँसु धेरै बगे । आमा फेरी सुँक्क-सुँक्क गर्दै रुन थालिन् । आमा रुनुको अर्थ मैले बुझें । तर सोचें आमा पहिले भन्दा यति धेरै रुनुको कारण के हो सत्य आमा आफ्ना सन्तान ढल्दाको समय यति रोएको मैले कहिल्यै देखेकी थिइन् । दिनरात खाजा भुटेर जङ्गल-जङ्गल पुर् याउँथिन् दुश्मनबाट कमरेडहरुलाई बचाउन कति रात त जाग्राम पनि बसिन् । साँच्ची १८ बर्षे तरुनी जस्तो आमाको जोस कम थिएन त्यतिखेर । अहँ आमा त्यसै रोएकी होइनन् । आमाको यत्रो बिशाल छातीभित्र सानोतिनो घाउले दुखाउनै सक्दैन । साँच्ची आमालाई हँसाउन एकछिन लुपुक्क टाँसिएर मात्र पुग्दैन । हामिले यिनै आमा सामु गरेका बाचा बन्धन कतै खुकुला त भएका छैनन् कतै-कतै म भित्र देखिने फोहोरी गन्ध पनि आमाले पखाइलिदिइन् । सत्य डिग्रीधारी शिक्षित र चेतनशिल गनिने हाम्रा अगाडी हाम्री आमा त्याग तपस्या बलिदान र क्रान्तिकी बिभिषिका हुन् । आमाले खबरदारी सहित भनिन् ूगोलीले नढलेका कमरेडहरु सुख सुबिधा पद र पैसामा नगलुनू । मैले आमाको भाबनालाई सम्बोधन गर्दै भनें ूतपाइहरु जस्तै धेरै आमाले हामिलाई बिग्रन नदिनु आमाू । शहिद आमा साँच्चीकै सचेत छिन् । नुनको अभाबमा तड्पिएको यो गाउँबाट टिका र माला लगाएर पठाएका कमरेडहरु गाउँ फर्किएर आएका छैनन् । ूकतै कमरेडहरुले बाटो बिराउने त होइनन् ू िहंजो राती आमाले कमरेडहरुले खोला तर्दा बिचैमा रोकिएको सपना देखिछन् । मुटु ढुक्क फुल्यो रे पसिना चिट्चिट् छुटेछन् । ूरणनीतिू ूकार्यनीतिू केही थाहा छैन आमालाई । आमाको गाउँलाई नुन र रोटी चाहिएको छ । ूबजारमा बस्ने कमरेडहरुलाई भनिदेउ है नानी । घरी घरी दमले सताउँछ । मेरो गाउँमा झिलिमिलि बत्ती नबल्दा सम्म मलाई कालले लाने छैन ।ू आमाले पछ्यौरीले निधारभरी बगेका पसिना पुछिन् । ूमेरो गाउँलाई नुनओखती र संगसंगै बिजयको रातो टिका लिएर सबै कमरेडहरु गाउँमा आउनु है । अनी म ढुक्कले मरुँला ।ू आमाको यो भनाईले बाटोभरी छट्पटाहट् छुट्यो । साँच्ची शहिद आमाहरुको दशैं कहिले आउला हँ म यहि गम्दै शहरको बाटो लाग्दैछु ।
Saturday, November 08, 2008
Friday, November 07, 2008
शहीदले बिर्सेको गाउँ

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।)
Thursday, November 06, 2008
भुँडी बढाउनु भनेको रोग बढाउनु- डा. अरुणा उप्रेती

Wednesday, November 05, 2008
प्रियाको सम्झना
लेखक -तीर्थराज वाग्ले
हिमाली काख, कलिलो घाम, बतासे डांडामा,
सुसेली हाल्दै, बजाई पात, नपर्खे सांझमा,
दूर छु म त, नगर दुर, यो साल आउन्न,
मायाले ति म्रै, सताए पनि, फर्कन पाउन्न ।।
सोच्दछु गम्छु, प्रेयसी तिमी, अधीर कतिछौ,
प्रियले भुल्यो, भनेर कतै, बिलौना गर्दैछौ,
एकाग्र म छु, सोच्दिन अरु, तिमी नै मेरी हौ,
विश्वास गर, अटुट प्यार, दृष्टि मै तिमी छौ ।।
दशैं नि गयो, तिहार आयो, खुशी कि आएन ?
आफैमा दंग, स्वतन्त्र संग, कि यादै आएन ?
कलेज विदा, भएको होला, गाउं मै गई हौ ?
विदेशी हाल, शहरी चाल, कि सूर्ता मानी छौ ?
यो मुटु दुख्छ, त्यो भाका सुके, गायौ कि गाइनौ ?
किनेर लुगा, लगाई, मिठो, खायौ कि खाइनौ ?
बेखर्ची थिएं, पठाउं पैसा, के गरी चलायौ ?
विरह गरी, कि आफै अझै, उदेक बनायौ ?
मेरो त यस्तै, व्यस्तको व्यस्तै, फुर्सदै हुंदैन,
यादले तिम्रै, पिरल्छ संधै, न्रि्राले छुंदैन,
फोनमा बोल्ने, धोको ता थियो, यो बोली खुल्दैन,
जाग्राम बस्ने, जागिरे छु म, पढेको मिल्दैन ।।
एकान्त बास, तस्वीर साथ, उमेर गएछ,
कागजी भाषा, प्रेमको लिला, उपाय रहेछ,
नजर घुम्दा, क्यै हल्ला चल्ला, बल्झेला भावना,
आत्मामा गाढा, हर्पल प्रिया, तिम्रै छ सम्झना ।।
Tuesday, November 04, 2008
आज छठ पर्व भव्यतापुर्वक मनाईंदै
काठमाडौ १९ कात्तिक । तराईवासी नेपालीको महान् चाड छठ पर्व आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अघ्र्य दिई सम्पन्न गिरंदै छ । पारिवारिक सुख शान्ति कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भनेर मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौंमा बस्ने तराईवासीले विगत केही वर्षदेखि रानीपोखरी र वाग्मती नदी किनारमा भेला भई सो पर्व मनाउने गर्दै आएका छन् । सूर्य आराधनाको यस पर्वलाई ुछठु भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ुचैती छठु र कात्तिक महिनाको शुक्लपक्षमा ुकात्तिकी छठु मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन् । यो पर्वलाई सूर्य षष्ठी स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ ।
उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफंैले बनाएको सात्विक भोजन गर्ने गर्छन् । ुखरनाु भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि ुखरनाुको प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन् । व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा पुरी चामलको पिठोको सख्खरसहितको लड्डु विभिन्न प्रकारका फलपुूल उखु नरिवल बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी नाङ्लो आदिमा राखेर नदी पोखरी नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।छठ पूजाले आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।राष्ट्रपति डा। रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छठ पर्वका अवसरमा आज समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई सुखसमृद्धि एवम् सुस्वास्थ्यको शुभकामना दिनुभएको छ । यो पर्व राष्ट्रिय एकता सहिष्णुता भ्रातृत्व एवम् सामाजिक सांस्कृतिक सद्भाव कायम गर्ने महत्वपूर्ण अवसर पनि हो भन्दै उहाँहरुले यो दिनले सबै देशवासीमा आत्मीयता आरोग्य र सद्भाव ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ । - मोहन चितवन

Monday, November 03, 2008
मलेखुको माछा आहा .............. कति मीठो
बन्दुकको नालबाट निस्कने किताब !

बान की मुनको सन्देश

राजेन्द्रको पुनरागमन
काठमाडाै/ राजेन्द्र भण्डारी नेपाली एथ्लेटिक्स क्षेत्रमा नौलो नाम होइन । मध्यम दूरीका दौडमा विशेष क्षमता प्रदर्शन गर्दै नेपाली खेलजगतमा एकछत्र राज गरेका भण्डारीले दुई वर्षअघि श्रीलंकामा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोग गरी दौडेको प्रमाणित भयो । र, उनीमाथि दुई वर्षको प्रतिबन्ध लाग्यो । गत महिनामात्र उनीमाथि लागेको दुई वर्षको प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्धपछि उनले पहिलो सहभागिता म्याराथनमा जनाए । लामो दूरीको दौडमा पनि आफू सक्षम रहेको प्रमाणित गर्दै सहभागी ६८ मध्ये पहिलो भए । काठमाडौं एथ्लेटिक्स क्लबले आयोजनामा शनिबार सम्पन्न खुला अन्तर्राष्ट्रिय काठमाडौं म्याराथनको उपाधि जितेका हुन् नेपाल आर्मीका धावक राजेन्द्र भण्डारीले । दुई वर्षपछि पहिलो सहभागिताका रूपमा रहेको म्याराथन दौड २ घन्टा २२ मिनेट १८ सेकेन्डमा पूरा गरेपछि उनले पाँच हजार अमेरिकी डलर पुरस्कार पनि पाएका छन् । 'दुई वर्षको प्रतिबन्धपछि सहभागितामै उपाधि जित्दा खुसी लागेको छ,' पहिलो मध्यम दूरीका धावक रहेका भण्डारीले भने, 'अब म लामो दूरीमा केही गर्ने सोचमा छु ।' प्रतिबन्धित अवधि समाप्त हुनेक्रम अघि बढ्दै जाँदा धावक भण्डारीले उत्कृष्ट पुनरागमन नगरेसम्म एक्लै प्रशिक्षण लिने र रंगशाला पनि नजाने 'कसम' खाएका थिए । त्यसैले चार महिनाअघिदेखि एक्लै प्रशिक्षण सुरु गरेका थिए उनले । 'जबसम्म पुनरागमनलाई सुखद बनाउन्न, तबसम्म अरूसँग प्रशिक्षण नलिने सोचाइ बनाएको थिएँ,' भण्डारी भन्छन् । प्रतिबन्धित अवधिमध्येको ६ महिना पाँचखालमा -सैनिक प्रशिक्षण केन्द्र) प्रशिक्षण, अनि ६ महिना हाइटीमा शान्ति स्थापना गर्न खटिए । 'त्यसपछि केही महिना घरपरिवारलाई दिइयो र पछिल्लो चार महिना प्रशिक्षणमा बिताइयो,' म्याराथनको तयारी धेरै नगरेको जानकारी दिन्छन् उनी । 'जित्छु भन्ने आत्मविश्वास कता-कता थियो, सधैं दौडिरहेका साथीहरूसँग दौडदै छु भन्ने सोच्दा बिहान डर पनि लागेको थियो,' उनी भन्छन्, 'तर पनि पार गरे स्वर्ण नत्र दुर्भाग्य भन्ने सोचेर दौडेँ ।' भण्डारीसँगै त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका अर्जुनकुमार बस्नेतले दोस्रो स्थान हासिल गरे । उनले २ घन्टा २४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गरे । 'दौड सुरु गर्दा पहिलो हुन्छु भन्ने लागेको थियो,' ३३ वषर्ीय अर्जुन भन्छन्, 'तर भक्तपुरबाट अलि पछि परियो, तर पनि आप\mनै साथीले जित्दा खुसी लागेको छ ।' गत महिना रियल काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमा पनि दोस्रो भएका अर्जुनले यसपटक दोस्रो भएर तीन हजार अमेरिकी डलर पुरस्कार पाए । त्यसअघि, बेइजिङ ओलम्पिकमा समेत सहभागी भएका धावक बस्नेत आगामी महिना पोखरामा हुने म्याराथनमा पनि सहभागिता जनाउने तयारीमा छन् । लगातारको सहभागिताले पनि पहिलो हुन नसकेको उनी स्विर्काछन् । पहिलो र दोस्रो मात्र होइन आर्मीका सात धावक शीर्ष दसभित्र परे । जेसु एन्ड नेपालय, पmान्सको प्रायोजनमा भएको दौडमा सशस्त्र प्रहरीका अर्जुन ढकाल तेस्रो भए । ढकालले २ घन्टा २८ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । म्याराथनमा ६८ धावकले सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत स्कुलस्तरीय छात्र तथा छात्रा ५ किमि दौड पनि सम्पन्न भयो । जसअन्तर्गत छात्रातर्फ वासु मावि भक्तपुरकी सरिता बासी २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरी पहिलो भइन् । यसैगरी, शारदा उच्चमावि भक्तपुरकी सुमित्रा कोजु २१ मिटर ३९ सेकेन्डमा दौड पूरा गरी दोस्रो र वासु माविकै अनु तजले २१ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । छात्रतर्फ ज्योतिदयका दीपक देशारले १६ मिनेट ३० सेकेन्डमा दौड पूरा गरी पहिलो भए । आदर्श आजाद भक्तपुरका सुरेन्द्र ग्वाचा १७ मिनेट ३० सेकेन्डमा दघूरी पार गरी तेस्रो र नालन्दा एकेडेमीका कृष्ण महर्जन १७ मिनेट ५४ सेेकेन्डमा दूरी पार गरी तेस्रो भए । विजेतालाई नेपालका लागि जापानका राजदूत ताजुओ मिजुनोले पुरस्कार वितरण गरे । यसैगरी, चौथोदेखि दसौं भएका खेलाडी र छात्रछात्रातर्फको विजेतालाई रिबोकद्वारा प्रायोजित खेलकुद सामग्री प्रदान गरियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठलगायतको उपस्थिति थियो ।
अब बिरूवाले पनि ब्लग लेख्छ रे
जापानमा बिरूवालाई आफ्ना भावना इन्टरनेट ब्लगमा लेख्न सिकाइएको छ । ४० सेन्टिमिटर लामो गमलामा रोपिएको बिरूवाले क्याफेमा बसेर आफ्नो भावनाको बारेमा नियमित रूपमा ब्लग लेखिरहेको छ । 'मोदिरी-सान' वा जापानी भाषामा हरियो नाम गरेको बिरूवालाई टोकियोको कामाकुरा क्याफेको काउन्टरमा राखिएको छ । यस बिरूवाले सेन्सरको सहयोगमा दैनिक रूपमा ब्लग लेखिरहेको छ । सेन्सरले इलेक्टि्रक सिङनलको मापन गर्छ । बिरूवाले लेखेको भावनालाई कम्युटर एलगोरिदमले जापानी भाषामा अनुवाद गर्छ । 'सुरुमा बिरूवाले कस्तो अनुभव गर्छ भन्नेमा हाम्रो रुचि थियो । हामीले नदेख्नेगरी उनीहरूले अभिव्यक्ति गरिरहेका छन्,' अनुसन्धानकर्ता सातोसी कुरिबायसीले भने । मादोरी-सानको मुटु आकारको पातको सतहमा इलेक्टि्रक संकेत दिइन्छ । यो उज्यालो र मानिसको छुवाइसँग निकै संवेदनशील रहन्छ । बिरूवासँग जोडिएको सेन्सरले बिरूवाको भावनाको मापन गर्छ । बिरूवाले अनुभव गरेका भावना क्याफेमा रहेको कम्युटरमा पठाइन्छ । बिरूवाले पठाएको संकेतलाई कम्युटरले एलगोरिथम्सको सहायताले जापानी भाषामा अनुवाद गर्छ । अनुदित शब्द आफसेआफ मिदोरिज ब्लगमा पोस्ट हुन्छन् । 'आज घमाइलो दिन थियो । मैले घाम ताप्ने धेरै मौका पाएँ । ....आज निकै रमाइलो भयो' गत साता मिदोरिज बिरूवाको ब्लगमा लेखिएको थियो । केही समयअगाडि मात्र मिदोरिजको ब्लगमा लेखिएको थियो 'आज निकै बादल लागेको दिन छ, आज निकै जाडो छ ।' आगामी दिनमा मिदोरिजका भावना अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुने वैज्ञानिक कुरिबायासीले बताएका छन् । जापानमा मोबाइल फोनद्वारा ब्लग लेख्ने प्रचलन निकै बढेको छ । सन् २००७ मा जापानी भाषामा सबैभन्दा बढी ब्लग पोस्ट भएको टेक्नोक्र्याटिकले उल्लेख गरेको छ । दोस्रोमा अंग्रेजी र तेस्रोमा चाइनिज छन् । युनिभर्सिटी अफ अक्सफोर्ड र ओभिडोको एक अध्ययनअनुसार जापानमा विश्वमा गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन रहेको छ ।
Subscribe to:
Posts (Atom)