Saturday, May 14, 2011

बेकारमा किन गर्ने अर्काको अपमान

यो हप्ता दुई विषयले अनलाइनमा हलचल मच्चायो, विरोधका आवाज घन्कायो। पश्चिमाले पूर्वीयहरुको आस्थामाथि संवेदनहीन ढंगले गरेको प्रहार थियो दुवै विषय। एउटा विषयले भारतमा निकै चर्चा पायो र मिडियामा ठाउँ पायो। नेपालमा भने त्यसको खासै चर्चा भएन।
अर्को विषय भने अलि पुरानो थियो, सन् २००७ को। तैपनि आजभोलि विशेष गरी सामाजिक सञ्जालका साइटहरु ट्विटर र फेसबुकमा नेपालीहरुको चरम आक्रोशको पोखिँदैछ। पालैसँग दुवैको चर्चा गरौँला है त।
दायाँ देखिरहनुभएको फोटो अस्ट्रेलियाली डिजाइनर लिसा बुर्केले डिजाइन गरेको स्विमसुटको हो। लिसा ब्ल्यु स्विमवेयरको नाममा उनले डिजाइन गरेका सामाग्री बिक्री हुन्छ। गत शुक्रबार सकिएको फेसन सप्ताहमा उनले यो डिजाइन लगाएका मोडललाई र्‍याम्पमा क्याटवाक गर्न लगाइन्। यो सेक्सी वन पिस पौडी खेल्दा लगाउने लुगामा थियो- हिन्दु देवी लक्ष्मीको चित्र !
सबभन्दा पहिले अस्ट्रेलियामा बस्ने भारतीय हिन्दु समुदायले यसको विरोध गर्‍यो। नेपाली हिन्दुहरुलाई खासै वास्ता नभए पनि अमेरिकी हिन्दु नेताले वक्तव्य निकाले। भारतको अमृतसरमा शिवसेनाको अगुवाईमा विरोध प्रदर्शन भयो। For More Visit My Sansar.com

तालिका सहित लोडसेडिङ फेरि घट्यो

बैशाख २५ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ थप घटाएको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन १० घण्टा र तीन दिन साढे १० घण्टा लोडसेडिङ हुनेछ। यसअघिको तालिकामा हप्ताका ५ दिन ११ घण्टा र दुई दिन १२ घण्टा लोडसेडिङ हुन्थ्यो। तालिका शुक्रबार र शनिबार दुई दिनमात्र लागू भयो। यो भन्दा अगाडि १४ घण्टा लोडसेडिङ हुने गरेको थियो ।