सिन्धुपाल्चोक, फागुन १६ – आज बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्डलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार, उक्त भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, भक्तपुर, ललितपुर लगायतका क्षेत्रमा महसुस गरिएको छ।