Wednesday, March 26, 2025

नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन- पहाड छोड्ने धेरै

मकाउ, मुलुकमा बसाइँसराइको क्रम नरोकिएको खण्डमा पुख्यौली थाँतथलो सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए ।