Saturday, March 22, 2025

नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरलाई १-० ले हरायो

मकाउ, नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हरायो ।

नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।

भारतीय समकक्षीसँग भेट - परराष्ट्रमन्त्री देउवा

मकाउ, परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा भारत नरहेको आफूले पाएको बताएकी छिन् । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् । नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन् ।