Wednesday, May 21, 2025
नेपाली भाषामै वेबसाइटको डोमेन
मकाउ 21 May, अब नेपाली भाषामै वेबसाइटको डोमेन लिन पाइने भएको छ । सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को पहलपछि अब नेपाली भाषामै डोमेन लिन पाइने भएको बताए । उनले संवाददातासँग भने, ‘क्यान महासंघ र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा युनिभर्सल एक्सेप्टेन्स (यूए) डेको अवसरमा आधिकारिक रुपमा नेपाली डोमेन दर्ता भएको छ । यसले अब नेपली भाषामा डोमेन लिने पाउने बाटो खुलेको छ।’उनले अंग्रेजी भाषामा दक्ष नभएका नेपालीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए । ‘करिब प्रतिशत नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढै छन् । नेपाली भाषामा डोमेन तथा इमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्छ,’ उनले संवाददातासँग भने । उनले नेपाली भाषामै डोमेन लिन पाउनेगरी विभागले आवश्यक कार्यविधि बनाउने तयारी भइरहेको बताए । ‘हामीले नेपाली भाषामा डोमेन लिन आवश्यक निर्देशिका र कार्यविधिको ड्राफ्ट बनाइसकेका छौं ।
Subscribe to:
Posts (Atom)