Saturday, June 28, 2025

सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छु : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मकाउ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ ।

आज काठमाण्डौमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताउनुभयो ।

Monday, June 23, 2025

मकाउमा नेपाली चलचित्र 'तेल भिषा' को विशेष प्रदर्शन हुने

मकाउ, नेपाल चेम्बर अफ कमर्स, मकाउले प्रवासी नेपालीहरूको हृदयस्पर्शी कथा बोकेको चलचित्र 'तेल भिषा' को विशेष शो आयोजना गर्ने तयारी गरेको छ। निर्देशक शङ्कर घिमीरेको यस कृति ६ जुलाई मा साँझ ८:३० बजे, CINE TEATRO Macau (Rua de Santa Clara N.13) मा प्रदर्शन हुनेछ।