Wednesday, June 13, 2018

पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास

मकाउ, एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् ।कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ ।एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ ।मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेका थिए । 

Monday, May 28, 2018

पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने । Read More...

Wednesday, May 02, 2018

काठमाडौंको वैकल्पिक विमानस्थल ?????

गत वर्ष ६२ लाख यात्रु आवागमन भएको त्रिभुवन विमानस्थलको बढदो हवाई चापलाई स्थानन्तरण गर्ने उद्देश्यले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले मंगलबार काभ्रेको नागीडाँडा र ठूलीचौरको स्थलगत अवलोकन गरेको छ । गएको चैत १६ गते पर्यटन मन्त्रालयले सयदिने कार्यक्रममार्फत लुक्लालगायत काठमाडौं पूर्वका लागि हुने आन्तरिक उडानलाई यहाँबाट सञ्चालन गर्नका लागि छुट्टै विमानस्थल निमार्ण गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसैको कार्य प्रगति हेर्न मन्त्री अधिकारी ३३ औं दिनमा काभ्रेका जनप्रतिनिधि, वायुयान सञ्चालक, विमानस्थल निर्माण र सञ्चालन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सञ्चारकर्मीसहित स्थलगत अवलोकनका लागि यहाँ आइपुगेका हुन् । Read More ...

Wednesday, April 25, 2018

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै

काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।
महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ । अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरुको भनाइ छ । ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो । नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा विभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर नगरिसकेको भए पनि आन्तरिक दस्तावेजले चाडै नै उनले हस्ताक्षर गर्ने स्पष्ट संकेत गरेको वासिङटन पोष्टले जनाएको छ । नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ । धेरैजसो नेपालीहरु न्यूयोर्क शहरमा बस्दछन् । अनलाइनखबर