मकाउ । प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा अध्यक्षीय समापन मन्तव्य दिँदै एक नेताले सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गर्दै देशको शान्ति र स्थिरताका लागि आफू अचानो (बलिदान) बन्न तयार रहेको बताए आज सिंहदरबारमा आयोजित उक्त छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न दलका नेता र २ जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखे।
Monday, December 22, 2025
रास्वपा सभापति र काठमाडौं महानगरपालिका मेयरबीच भेटवार्ता
मकाउ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज महत्वपूर्ण भेटवार्ता भएको छ। स्रोतहरूका अनुसार, यो भेटवार्ता हाल सम्म जारी छ र दुवै पक्षबीच सहमतिका विभिन्न मुद्दाहरूमा छलफल भइरहेको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् भने महानगरपालिकाका तर्फबाट मेयर बालेन्द्र शाह र उनका सहयोगी कुमार बेन छलफलमा सहभागी भएका छन्।
Subscribe to:
Comments (Atom)