Tuesday, December 16, 2025

हुन्डीमार्फत नेपाल पैसा नपठाउ - नेपाली दूतावासहरू

मकाउ। विदेशमा रोजगारी र बसोबास गर्ने नेपालीहरूलाई हुन्डी वा अनौपचारिक हवाला प्रणालीमार्फत नेपालमा पैसा पठाउनबाट टाढा रहन दूतावासहरूले आग्रह गरेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशमा रहेका नेपाली दूतावासहरूले यस विषयमा सार्वजनिक सूचना जारी गरी हुन्डी कारोबार निरुत्साहित गर्न तथा कानूनी माध्यमबाट रेमिट्यान्स पठाउन अनुरोध गरेका छन्।