मकाउ,आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा हुँदा शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेरले राष्ट्रिय टिमबाट विश्वकपमै डेब्यू गर्ने अवसर पाएका हुन् । उनले अब नेपाली सिनियर टोलीका लागि पहिलो खेल नै विश्वकपमा खेल्न सक्नेछन् । शेर मल्लसँगै बसिर अहमदको पनि टिममा पुनरागमन भएको छ । बसिरले गत असारमा भएको लिग २ शृंखलापछिको टी-२० शृंखलामा खेलेका थिए । त्यसपछि भएको टी-२० विश्वकप छनोटम भने मौका नपाएका बसिर एनपीएलमा गरेको प्रदर्शनपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा अटाउन सकेनन् ।
Ram Prasad Panta
Tuesday, January 06, 2026
Sunday, January 04, 2026
नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो ।क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।
Sunday, December 28, 2025
रास्वपा र बालेन बीच सहमत - भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
मकाउ, अन्तत लामो कसरत पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेनबीचमध्यरात ७ बुँदे सहमति भएको भएको छ । सहमतिअनुसार रास्वपा सभापति रवि लामिछाने पार्टी सभापति रहनेछन् भने बालेन रास्वपाकातर्फबाट फागुन २१ काे निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् ।यस्ता छन् ७ बुदाहरू
Monday, December 22, 2025
"हामी देशको शान्तिका निम्ति अचानो बन्न तयार छौँ, सबै दल चुनावमा आइदिनुहोस् देश सम्झेर" -प्रधानमन्त्री कार्की
मकाउ । प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा अध्यक्षीय समापन मन्तव्य दिँदै एक नेताले सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गर्दै देशको शान्ति र स्थिरताका लागि आफू अचानो (बलिदान) बन्न तयार रहेको बताए आज सिंहदरबारमा आयोजित उक्त छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न दलका नेता र २ जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखे।
रास्वपा सभापति र काठमाडौं महानगरपालिका मेयरबीच भेटवार्ता
मकाउ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज महत्वपूर्ण भेटवार्ता भएको छ। स्रोतहरूका अनुसार, यो भेटवार्ता हाल सम्म जारी छ र दुवै पक्षबीच सहमतिका विभिन्न मुद्दाहरूमा छलफल भइरहेको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् भने महानगरपालिकाका तर्फबाट मेयर बालेन्द्र शाह र उनका सहयोगी कुमार बेन छलफलमा सहभागी भएका छन्।
Subscribe to:
Comments (Atom)