नेपालले घातक बलिङ गरेपछि समूह विजेता

काठमाडौं/ नेपाल एसिसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको समूह 'बी'को विजेता भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार मलेसियाको सेलङ्गर टर्फ क्लबमा भएको खेलमा कुवेतलाई सात विकेटले पराजित गरेपछि नेपाल समूह 'बी'को विजेता भएको हो । नेपालले समूह 'बी'का चार खेलको नतिजा शतप्रतिशत आप\mनो पक्षमा पार्‍यो र आठ अंकका साथ समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो । यद्यपि, कुवेतसँगको खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता भएको नेपालले शुक्रबार साविक विजेता युएईसँग खेल्नेछ युएई समूह 'बी'को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह 'बी'को उपविजेता हङकङले सोही दिन समूह 'ए'को विजेता अफगानिस्तानविरुद्ध खेल्नेछ । शक्ति गौचन र मेहबुब आलमले घातक बलिङ गरेपछि नेपालले समूहको अन्तिम खेलमा शानदार जित हासिल गरेको हो । बुधबारको खेलमा टस जितेको कुवेतले पहिले ब्याटिङ गर्दै ३८ ओभर एक बलमा सम्पूर्ण विकेटको क्षतिमा एक सय तीन रनको योगफल तयार गरेको थियो । प्रत्युत्तरमा नेपालले २९ ओभरमै विजयी एक सय चार रनको लक्ष्य पूरा गर्‍यो । सो लक्ष्य तयार गर्ने क्रममा नेपालले मात्र तीन विकेट गुमाएको थियो । टोलीको जितमा अविजित रहेका शरद भेषवाकर -२८) र पारस खड्का -२६) ले उल्लेखनीय योगदान दिए । यसबाहेक प्रारम्भिक ब्याट्सम्यानका रूपमा आएका कनिष्क चौगाईंले १९ र मेहबुब आलमले ६ रन जोडेका थिए । दुवै ब्याट्सम्यान मोहम्मद जाभेदबाट एलबिडब्लू भएका थिए । अर्का ब्याट्सम्यान दीपेन्द्र चौधरी -३) लाई पनि उनै मोहम्मदले बोल्ड गरेका थिए । यसअघि, कुवेतका मोहम्मद मुराद -१९), साउद कमार -१८) र हिसाम मिर्जा -१६) ले मात्र टोलीका लागि तुलनात्मक राम्रो खेले । कुवेतका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न नदिने क्रममा मेहबुब आलम र शक्ति गौचनले तीन/तीन विकेट लिएका थिए । म्यान अफ द म्याच आलमले दस ओभरमा एक मेडन राखेर ३४ रन खर्चंदै तथा गौचनले आठ ओभरमा चार मेडन राखेर पाँच रन खर्चंदै सो विकेट लिएका हुन् । यसैगरी, कप्तान विनोद दासले दुई तथा पारस खड्का र राजकुमार प्रधानले एक/एक विकेट लिएका थिए ।

राष्ट्रिय सुरक्षामाथि खतरा

लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ' भनेझैं राष्ट्रपति चुनावमा तीन बल्ड्याङ खाएको माओवादी नेता प्रचण्ड–बाबुरामले सबैलाई उपयोग गर्दागर्दै अन्ततः उनीहरु नै विदेशी गुप्तचर सञ्जालबाट उपयोग भएको पत्तै पाएनन्। उनीहरुको यही उपयोगको नीतिले 'राजनीति' कमजोर 'उपयोगनीति' बलियो भएको कारण राष्ट्रियता नै धरापमा पर्ने खतरा बढेको छ। कुनै पनि मुलुकको राष्ट्रियताको प्रमुख मेरुदण्ड भनेको सेना र सुरक्षा हो। त्यसको समाप्तिपछि त्यहाँ वैदेशिक सुरक्षा प्रवेश गर्दछ। उदाहरणको लागि भुटान साक्षी छ। नेपालको राष्ट्रिय सुरक्षा समाप्त गर्न पछिल्लो पटक माओवादीको आडमा बेलायतको गुप्तचर संस्था 'एमआई (फाइभ) सक्रिय रहेको उच्च स्रोतले बताएको छ। नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था 'रअ' पहिला देखिनै सक्रिय थियो। माओवादीको आडमा बेलायती जासुसी संस्था एमआई (फाइभ), 'रअ' को गठबन्धनमा नेपाली सेनालाई कमजोर पार्ने योजना बन्दैछ। पछिल्लो पटक यो खेलमा अनमिन पनि सामेल भएको देखिन्छ। काठमाडौंस्थित बेलायती दूतावासका सैनिक सहचारी जेरेमी एलिस नेपाली सेना समाप्त गर्न सक्रिय भएको कुरा दृष्टिको असार १७ गतेको अंक ३३ मा समाचार प्रकाशित भइसकेको छ। उनले केही साता अघि बेलायतबाट उपमन्त्री लर्ड म्याकल ब्राउनलाई बोलाएर माओवादी नेताहरुसँग संवाद गराएको रहस्य खुलेको छ। माओवादी सेना समायोजनको आडमा एमआई (फाइभ)ले आ207ना गुप्तचर नेपाली सेनामा घुसाउने र माओवादी जनसेनालाई वैधानिकता दिने उद्देश्यअनुरुप बैंककमा सेनामा समायोजनबारे गोष्ठी आयोजना गर्दैछ। नेपाली सेनामा समावेशीका कुरा 'रअ'ले जेएनयुकी छात्रा इन्द्रा अधिकारीमार्फत् उठाउन लगाएको छ। यता ब्रिटिश दूतावासमार्फत् बेलायती मन्त्री ब्राउन (जो राष्ट्रसंघका पूर्व महासचिव समेत हुन्) ले काठमाडौंबाट फर्किएर राष्ट्रसंघमा अनमिनको म्याद थप्न दबाब दिएका छन्। नेपालको राष्ट्रिय सुरक्षा समाप्त गरेर नेपाललाई भुटान बनाउँदै चीनविरुद्ध सैन्य गुप्तचरी गर्न माओवादीको आडमा राष्ट्रसंघलाई रबरस्ट्याम्पको रुपमा मार्टिनजस्ता व्यक्तिको प्रयोग गरेका छन्। राष्ट्रिय सुरक्षा समाप्त पार्ने 'रअ', अनमिन, एमआई (फाइभ)को गठजोडदेखि नेपालका राजनीतिक दल समयमै सचेत हुन सकेन भने लोकतन्त्रसँगै राष्ट्रिय अस्मितानै समाप्त हुनेछ। सबैभन्दा प्रमुख प्रश्न हो, बेलायत र भारतजस्ता मुलुकलाई साम्राज्यवादी भन्ने नेकपा माओवादी आफ्ना सेना नेपाली सेनामा हुल्न किन कसरत गरिरहेका छन्? मार्टिन किन यो खेल खेलिरहेका छन्? यसभित्रको उद्देश्य स्पष्ट छ नेपाली सेना समाप्त गरेर नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्नु हो। यसबाट दुईटा फाइदा छ– एउटा माओवादी क्रान्तिकारी धार समाप्त हुनेछ, अर्कोतर्फ त्यसैको आडमा राष्ट्रिय सुरक्षा समाप्त हुनेछ। जसलाई माओवादी उपयोग बनेको छ। यहाँसम्मकि सुगौली सन्धिदेखि नेपालबाट भीसा दिँदै आएको ब्रिटिश दूतावासले लोकतन्त्र आएपछि अहिले यहाँको भीसा नयाँदिल्ली सारेर अन्तर्राष्ट्रिय रुपमा नेपाललाई भारतको अंग देखाउने दुस्साहस गरिराखेको छ। यसको स्पष्ट उद्देश्य राष्ट्रिय रुपमा गलत सन्देश दिएर नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने रणनीतिमा आधारित छ। यता मार्टिनले अनमिनको क्षेत्रलाई असीमित बनाएर नेपालको राष्ट्रिय सुरक्षा समाप्त गर्न केन्द्रित छ। चितवनको शक्तिखोरमा माओवादी क्याम्पभित्र व्यापारी रामहरि श्रेष्ठको हत्या हुँदा मार्टिनको अनमिन कहाँ थियो? के को निमित्त उसले असीमित अधिकार खोजेको छ? यतिबेला मार्टिन आफ्नो जागिर थाम्न अनेक बहाना बनाएका छन्। कुनै क्यारियर नभएको मार्टिनलाई शक्तिखोरको हत्याको घटनाले स्पस्ट पारेको छ– नेपालमा अनमिनको आवश्यकता छैन। यदि अनमिनको भूमिका कहीँ न कहीँ छ भने असफल मार्टिन जस्तोको आवश्यकता छैन भन्ने कुरा नेपाल सरकार र राजनीतिक दलले समयमै बुझ्न आवश्यक छ। दुई समानान्तर शक्तिकेन्द्र बन्न नदिने बरु भारतीय गुप्तचर संस्था 'रअ'को योजनामा एकल शक्तिकेन्द्र बन्ने प्रचण्ड–बाबुरामको रहर राष्ट्रपतिको पराजयपछि समाप्त भएको छ। राजाबाट राष्ट्राध्यक्ष खोसेर प्रचण्ड–बाबुराम डक्ट्रिनले सीआईएको वरिपरि पुर्‍याएको छ। अब हारजंग हत्यादेखि बाँदरमुडे हुँदै काजोल र रामहरि हत्याकाण्ड अन्तर्राष्ट्रिय अदालतमा पुग्ने सम्भावना नकार्न सकिँदैन। राष्ट्रपतिको चुनावपछि एकाएक नेपाली राजनीतिमा अमेरिका हावी भएको छ। प्रत्यक्ष रुपमा सीआईएको भूमिका प्रचण्ड निवासमा नदेखिए पनि 'रअ'का नेपाल प्रमुख आलोक जोशीलाई प्रयोग गरेर अमेरिकाले एमाले र माओवादीलाई नदीको दुई किनारा बनाउन सफल भएको छ। एमाले, माओवादीका नेताहरुले महिनौं लगाएर तयार पारेको सहमतिपत्रमा हस्ताक्षर हुन नदिनु नै अमेरिकीहरुको सफलता हो। नेपालको प्रमुख राष्ट्रपति कम्युनिष्ट नेतालाई बन्न नदिने योजनामा प्रचण्ड–बाबुरामलाई फसाउन सफल अमेरिका अहिले माओवादीको सरकार बन्न नदिने कुरामा केन्द्रित छ। कतै प्रचण्डले सरकारमा नजाने घोषणा गर्नुको पछाडि पनि तिनै अमेरिकीहरुलाई खुशी पार्ने योजना त होइन? वृष वृक्ष रोपेपछि फल पनि विष नै फल्छ। चुनवाङ बैठकबाट 'रअ' सँग नजिक बनेर राजतन्त्रविरुद्ध जाने लाइनले राजाबाट शक्तिकेन्द्र खोसेर पेन्टागनलाई बुझाएको छ। अब माओवादी विगतको हारजंग, कास्कीमा जस्तो अवस्था आएमा उम्कने सम्भावना रहने छैन। यसको श्रेय बाबुराम हुन्। उनले भनेका छन्– यो आ207नो नीतिगत विजय हो। यता 'रअ'को लाइनमा बाबुराम डक्ट्रिनका पुच्छर पुष्पकमल दाहालले 'रअ'का विश्वासपात्र रामराजालाई उम्मेदवार बनाउनु र तमलोपा, सद्भावनाजस्ता पार्टीको ध्रुवीकरणले उसको बचेखुचेको साख पूर्णरुपमा समाप्त भएको छ। यो घटना र राष्ट्रलाई माओवादीकै कारणबाट पुगेको क्षतिलाई समयमै माओवादीको देशभक्त धारले संघर्ष गरेन भने मोहन वैद्यको अवस्था मोहनचन्द्र र वीरगन्जमा पार्टीभित्रको 'रअ' धारको आक्रमणमा परेका 'विप्लव'को अवस्था रविन्द्र श्रेष्ठको भन्दा फरक बन्ने छैन। समग्रमा चुनवाङ बैठकले लिएको माओवादी धारले नेपाली माओवाद यहाँसम्म आइपुग्दा नयाँ महेन्द्र चौधरीको जन्म गराएर फिजी बनाएको छ। अब माओवादीको चुनवाङ बैठकको 'रअ' सँग घाँटी जोड्ने धारको आवश्यकता नेपालको राष्ट्रिय सुरक्षा समाप्त गरेर भुटान बनाउनेतिर उद्यत छ। त्यसपछि सिक्किम भारतमा विलय गरेपछि लेन्डुपको औचित्य समाप्त भएजस्तै बाबुराम–प्रचण्ड डक्ट्रिनको औचित्य पनि समाप्त हुनेछ। यसबाट पार्टीलाई बचाउन माओवादीले महाधिवेशनमार्फत् देशभक्त नेतृत्व चयन गरेर राष्ट्रियताको निमित्त देशभक्त मोर्चाको नेतृत्व गर्न सक्नु एक मात्र विकल्प हो। अर्जुन ज्ञवाली/दृष्टि साप्ताहिक

मेरो लासको डोली बाटो लाग्दा ...............

- राम प्रसाद पन्त " अंजन बनबासी" - इराक, बलाद तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा ! तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !! मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच ! अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !! शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु ! तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !! मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु ! मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !! मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु ! मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !! मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु ! तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !! मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु ! तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !! मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु ! म मर्दैमा के जान्छ र ! मलाई मर्न दिनु !! तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु

नरोउ आमा तिमी

गहभरी आंसु बोकी नरोउ आमा
तिमी तिम्रो आंसु पुस्न म चाडै फर्कदै छु
आएको थिएं पर्देसिएर बिरानो मुलुक मा
धन कमाइ तिमीलाई सुख दिने आसमा
आमा को मामता के हुन्छ बल्ल मैले बुझें
साथी सङ्गी दिदी दाजु भाई सम्झना बोकी
धन कमाउने आस लाई यही बिट मर्दै
गुन्द्रुक ढेंडो मै रमाउन् आफ्नै प्यारो नेपाल रोजें
तिम्रो यादले तड्पायो मलाई बिरानो मुलुकमा
बिरामी भएर थला पर्दा बाबु भन्ने कोही छैन
मन भरी पिडा बोकी गल्ली गल्ली भौंतारिदा
के भयो तिमीलाई भनी सोधीदिने कोही छैन ।
अब सुख दु:ख सबै तिमी सँगइ साट्नेछु
तिम्रै सामु अब म मात्री भुमी सिङार्ने छु
आफ्नै पौरख पसिना मा रम्न अब सिक्ने छु
तिम्रो आसु पुछी असल छोरो को परिचय दिने छु
गह भरी आसु बोकी नरोउ आमा तिमी
तिम्रा सपना साकार पार्न अब
मजन्म भुमी नेपाल को न्यानो माया सांची
नेपाली भुमी र आकाशमा रम्दै अघी बढ्ने छु

लम्तेरीको बयान

म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । 'रोयल फेमिली'सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड पmाइडे' मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।

'दरबार हत्याकान्डमा दीपेन्द्र पहिले मारिए

काठमाडौं, ७ साउन । नारायणहिटी हत्याकान्डका एक 'प्रत्यक्षदर्शी'ले दीपेन्द्र शाहको नकाव लगाएका व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, 'दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।' आफूलाई नेपाली सेनाको तत्कालीन हवल्दार र दरबार हत्याकान्डका प्रत्यक्षदर्शी बताउने लालबहादुर लम्तेरी मगरको बयानहरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । 'दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।' लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । 'मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।' लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । 'दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' उनले भने । वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । 'मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।' गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । 'ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।' खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।'आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको उनले बताए । तर 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए । 'पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।'आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, 'म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।' उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । 'गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,' उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । 'तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,' उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । 'ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । 'म निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।' उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । 'लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले नयाँ पत्रिकासँग भने, 'उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।' नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।

सैनिक व्यारेक राख्ने तयारी सबैतिर तीव्र विरोध

भरतपुर। गणतन्त्र बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको भरतपुर मैदानमा अनाधिकृत रुपमा नेपाली सेनाले व्यारेक राख्ने सुरसार गरिरहेको छ । नेपाली सेनाले देउखुरीको गढवाबाट व्यारेक उठाइसकेपछि कसैलाई जानकारी नै नदिई शनिबार बिहानैदेखि भरतपुर मैदानमा त्रिपाल र तारबार बार्नुका साथै धमाधम टहराहरु बनाउन शुरु गरेको छ । नेपाली सेनाको यस्तो गैरजिम्मेवारीपूर्ण कार्यको सबैतिरबाट तीव्र विरोध भइरहेको छ । स्थानीय बासिन्दा विद्यार्थी बुद्धिजीवी व्यापारी सबैले सेनाको उक्त कि्रयाकलापप्रति आक्रोश व्यक्त गरेका छन् । यसैबीच विभिन्न विद्यार्थी संघ संगठनहरुले संयुक्तरुपमा विज्ञप्ती निकाली नेपाली सेनाको उक्त कार्यप्रति आपत्ति प्रकट गरेका छन् । फिल्डलाई क्याम्पसको हितमा प्रयोग गर्नका लागि पहल भइरहेको साथै जिल्ला परिषद्ले स्टेडियम बनाउन प्रस्ताव पारित गरिसकेको अवस्थामा बिना कुनै जानकारी रातारात व्यारेक राख्न खोज्नु निन्दनीय भएको वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा क्याम्पसको पठनपाठनमा समेत असर पर्ने भएकोले त्यहाँबाट तत्काल सेना हटाउन जिल्ला प्रशासन र सैनिक व्यारेकमा अनुरोध पनि गरेका छन् । तत्काल सेना नहटेमा कडा आन्दोलनमा उत्रिने विद्यार्थीहरुले चेतावनीसमेत दिएका छन्

सभासद् खरिदबिक्री हुन थाल्यो भारतीय चलखेल तिब्र रुपमा

काठमाडौं । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिय निर्वाचनले हिजो पूर्णता पाउन सकेन । राष्ट्रपतिमा उम्मेदवार बनेका दुईमध्ये कसैले पनि स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले पुनः मतदान गर्नुपरेको छ भने उपराष्ट्रपतिमा मधेसी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेका परमानन्द झा विजयी भएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत रहेका झा राजनीतिमा प्रवेश गर्नेवित्तिकै उच्च राजनीतिक ओहोदामा पुगेका छन् । उनको प्रतिद्वन्द्वी माओवादीका तर्फबाट उम्मेदवार बनेकी शान्ता श्रेष्ठले २ सय ४३ मत प्राप्त गरेकी छिन् । सहमति भएपछि निस्क्रिय बनेका कांग्रेसका तर्फबाट उपराष्ट्रपति पदका अर्का उम्मेदवार मानबहादुर विश्वकर्मालाई २ र एमालेकी अष्टलक्ष्मी शाक्यलाई ४ मत परेको थियो ।
निर्वाचन परिणामअनुसार राष्ट्रपतिका लागि नेपाली कांग्रेस एमाले र मधेसी जनअधिकार फोरमका संयुक्त उम्मेदवार बनेका डा। रामवरण यादवले २ सय ८३ मत प्राप्त गरेका छन् ।
उता माओवादीका तर्फबाट उम्मेदवार बनेका रामराजाप्रसाद िसंहलाई २ सय ७० मत प्राप्त भएको छ । स्पष्ट बहुमत आउन २ सय ९८ मत प्राप्त हुनुपर्ने भएकाले त्यति मत नपाउँदासम्म मतदान प्रकि्रया जारी रहनेछ । कुल खसेको मतमध्ये रामवरण यादवको ७ मत र रामराजाप्रसाद िसंहको १८ मत बदर भएको थियो भने १६ सवासद्ले मतदान प्रकि्रयामा भाग लिएका थिएनन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपतिको टुंगो नलागेपछि भोलि सोमबार हुने अर्को निर्वाचनमा प्रभावित पार्न देशी-विदेशी शक्तिहरुको व्यापक चलखेल सुरु भएको छ । लामेा समयसम्म भारतको आश्रयमा बसेका रामराजाप्रसाद िसंहलाई जिताउन भारतीय राजदूतावास खुलेआम लागेको छ । भारतीय राजदूतावासले जुनसुकै हालतमा भए पनि रामराजाप्रसाद िसंहलाई जिताउन दलहरुलाई दबाब दिन थालेको छ भने सांसद खरिद बिक्रीको क्रम पनि त्यत्तिकै रुपमा बढेको छ । माओवादी र अन्य गठबन्धन तीन दलले आफ्ना उम्मेदवारलाई जिताउन साना दलहरुसँग छलफल अगाडि बढाइरहेका बेला विदेशी शक्तिहरुको चलखेल बढेकाले भोलि अप्रत्यासित परिणाम आउन सक्ने संकेतसमेत देखापरेको छ । स्वच्छ प्रतिस्पर्धा सहमतिको राजनीतिबाट हटेर सत्ता खिचातानीको प्रकि्रयामा प्रवेश गरेको मुलुकको राजनीतिमा सभासद् खरिदबिक्रीको यो चरणले राजनीतिक स्वच्छताको छविमाथि हिलो छ्यापिएको छ ।

कला महोत्सवमा नेपाली कलाकार

वाल्टिमोर अमेरिका जुलाई २० अमेरिकामा आफ्नै कला स्टुडियो साचालन गर्ने पहिलो नेपाली कलाकार पर्ल रेग्मीका कलाकृतिहरु वाल्टिमोरमा हरेक वर्ष आयोजना गरिने ३ दिने कला महोत्सवमा राखिएका छन् । पर्लको यो सहभागिताले नेपालको प्रतिनिधित्व भएको छ । वाल्टिमोर कला प्रवर्धन कार्यालयले प्रस्तुत गरेको अमेरिकाकै सवैभन्दा ठूलो कला महोत्सवमा ५०० भन्दा वढी कलाकारहरुको जमघट थियो । व्रोमो सेल्जर आर्टस् टावरमा अवस्थित कला स्टुडियो साचालक रेग्मीका कलाकूतिहरु उल्लेख्य संख्यामा विक्री समेत भएका थिए ।

Japan grants Rs 1.7b for road project

The government of Japan has agreed to provide Rs 1।77 billion in grants for improvement of the Kathmandu-Bhaktapur road।Japanese Ambassador to Nepal, Tatsuo Mizuno, and Secretary of the Ministry of Finance, Rameshore Prasad Khanal, signed the agreement to this effect and exchanged notes on behalf of their respective governments, in Kathmandu, on Thursday। Finance Minister Dr Ram Saran Mahat and visiting Japanese Deputy Foreign Minister Osamu Uno were also present at the signing ceremony The Japanese grant will be used to procure equipment and services necessary for implementation of the project. Approximately 9.1km segment of the Kathmandu-Bhaktapur Road section of the Araniko Highway will be upgraded by expanding the existing two-lane road to four-lanes. The Project will also take into consideration advanced traffic engineering so as to enable smooth traffic movement as well as protect commuters from traffic accidents, a statement issued by the Japanese embassy said

Maoists pick Ram Raja for President’s post

Maoist-backed Ram Raja Prasad Singh filed his nomination for the post of President today। Maoist leader Dr Baburam Bhattarai was among the five CA members who proposed his candidacy।Nepali Congress general secretary Dr Ram Baran Yadav and CPN-UML leader Ramprit Paswan also filed their nominations for the post on behalf of their respective parties.UML’s Astha Laxmi Shakya, NC’s Man Bahadur Bishowkarma, Maoist-backed Shanta Shrestha and former SC justice Parmananda Jha filed their nominations for Vice-President’s post. Jha is backed by United Democrartic Madhesi Front.The Maoists, who have 226 votes in the CA, today officially decided to back Singh and Shrestha for the posts of President and Vice-President. There are 594 voters in the CA, as the newly appointed CA members Biswa Nath Upadhyay and Padma Jyoti are yet to be sworn in and five constituencies remain vacant after winners from two seats vacated those constituencies.Maoists expect Madhesi parties to back Singh. MJF chairman Upendra Yadav, however, said his party would support Singh if the Maoists backed Jha for the Vice President’s post.“Or else, all the possibilities will be open for us,” Yadav said, adding that the politics was a game of possibilities.Earlier, Maoist leader Dr Bhattarai said they wanted to strike a balance between hilly region and Madhes and between men and women, and therefore decided to back Singh and Shrestha for the high offices.UDMF has 91 votes in the 601-member CA. Nepali Congress and the UML have 113 and 108 votes, respectively. Two out of the three CA members of NSP-A, two Nepali Janata Dal members and one CA member of Dalit Janajati Party are expected to side with the UDMF. The elections for the posts will be held on Saturday.

नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठ तथा सहायक प्रशिक्ष्ाक उपेन्द्रमान सिंह र बालगोपाल महर्जनले २५ सदस्यीय टोलीको छनोट गरेका हुन् । डिफेन्डर राकेश श्रेष्ठको नेतृत्वमा रहने टोलीको गोलरक्षकमा रितेश थापा, विकास मल्ल र समित राजभण्डारी रहेका छन् । यसैगरी, अन्य डिफेन्डरमा अन्जन केसी, लोकबन्धु गुरुङ, विराज महर्जन, सागर थापा, सुमन सुवेदी, चुनबहादुर थापा, रविन श्रेष्ठ र विकास सिंह क्षेत्री रहेका छन् । मिडफिल्डका लागि विजय गुरुङ, विसन गौचन, नीराजन खड्का, भोला सिलवाल, अनन्तराज थापा, पर्वत पाण्डे, रञ्जित श्रेष्ठ, राजु तामाङ र सन्दीप राई छन् । यसैगरी फरवार्डमा सन्तोष साहुखल, युगलकिशोर राई र नीराजन रायमाझी छन् । 'हाम्रो अवस्था, म्याचको नेचर र समूहका प्रतिद्वन्द्वीअनुसार खेलाडी छनोट गरेका छौं,' प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'खेलाडीको अनुभव, नेतृत्वक्षमता र पर्सनालिटीलाई पनि छनोटको आधार बनाइएको छ ।' प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, यसअघिका खेलमा गरेको प्रदर्शनलाई पनि छनोटको आधार बनाइएको श्रेष्ठले जानकारी दिए । 'हाम्रो लक्ष्य समूहबाट अगाडि बढ्नु रहेकाले सोहीअनुसार फाइटिङ स्पिरिटका खेलाडीलाई टोलीमा समावेश गरेका छौं,' श्रेष्ठले बताए, 'कठिन भए पनि समूह चरण पार गर्न सक्ने क्षमता टोलीसँग छ ।' छनोट भएका २५ खेलाडीसहितको नेपाली टोली २१ जुलाईमा कोलकाता प्रस्थान गर्नेछ । जहाँ नेपाली टोलीले दुई अभ्यास म्याच खेल्ने तयारी भइरहेको छ । २२ जुलाईमा इस्टबंगालविरुद्ध र २६ जुलाईमा चिराग फुटबल टोलीविरुद्ध नेपाली टोलीले अभ्यास खेल खेल्नेछ । 'अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा अन्तिम २३ खेलाडीको छनोट गरिनेछ,' प्रशिक्षक श्रेष्ठले जानकारी दिए । दुई खेलाडी भने त्यहीँबाट नेपाल र्फकने छन् । नेपाली राष्ट्रिय टोली दुई अभ्यास खेलपछि २८ जुलाईमा हैदरावाद प्रस्थान गर्नेछ । दुई समूहमा विभाजन गरी सञ्चालन हुन लागेको प्रतियोगिताको अन्तिम चरणमा नेपाल समूह 'बी'मा रहेको छ । सो समूहमा उत्तरकोरिया, म्यान्मार र श्रीलंका रहेका छन् । हैदरावादमा नेपाली टोलीले पहिलो खेल ३१ जुलाईमा म्यान्मारविरुद्ध खेल्नेछ । २ अगस्टमा उत्तरकोरिया र ४ अगस्टमा श्रीलंकाविरुद्ध नेपालले खेल्नेछ । 'श्रीलंका र म्यान्मार बलियो भए पनि पराजित गर्न नसकिने टोली होइनन्,' श्रेष्ठले भने, 'त्यसैले उनीहरूलाई पराजित गर्ने हाम्रो तयारी हुनेछ ।' तयारीका लागि छोटो समय पाए पनि खेलाडीले गरिरहेको मेहनत र कोलकाताको अभ्यासपछि टोलीमा अझ सुधार आउने विश्वास प्रशिक्षक श्रेष्ठको छ ।

तीन छोराछोरीसहित सिंगापुर

काठमाडौं, २ साउन पूर्वराजा ज्ञानेन्द्रका छोरा पारसले देश छाडेको १६औं दिनमा बुहारी हिमानीले पनि नेपाललाई 'बाइबाइ' भनेकी छिन् । पति पारससँगै बस्न उनी बिहीबार अपराह्न तीन छोराछोरीसहित सिंगापुर उडेकी छिन् । पारस पहिला सिंगापुर जाने र त्यहाँ आफ्ना लागि घर र छोराछोरीका लागि स्कुल खोजेपछि श्रीमती र छोराछोरीलाई बोलाउने समाचार नयाँ पत्रिकाले १८ दिनअघि छापेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार पारसले १६ दिनअघि र हिमानीले बिहीबार नेपाल छाडेका हुन् । पारसजस्तै हिमानी पनि सिल्क एयरको एमआई ४११ उडानबाट उडेकी हुन् । उनका साथमा धीरेन्द्रकी कान्छी छोरी दिलासा पनि सिंगापुर गएकी छिन् । हिमानीले आफन्तसहित १२ः१५ मा निर्मल निवास छोडेकी थिइन् । बा.२च १८८२ नम्बरको निजी कारमा पछिल्लो सिटमा बसेर १२ः३० मा उनी त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पाँचजना सैनिक तथा सशस्त्र प्रहरीको कडा सुरक्ष्ाा घेराभित्र उनी विमानस्थल पुगेको सुरक्षा स्रोतले जनाएको छ । हिमानीलाई बिदाइ गर्न विमानस्थलमा धीरेन्द्रका ज्वाइँद्वय डा. राजीव शाही र अविनेश शाह पनि पुगेका थिए । अविनेश दिलासाका श्रीमान् हुन् । गम्भीर मुद्रामा रहेकी हिमानी निर्मल निवासबाट निस्केपछि कसैसँग नबोलेको सुरक्ष्ाा स्रोतले जनाएको छ । विमानस्थलमा पुग्दा पनि उनी भावुक थिइन् । उनले अनुहार लुकाउन चाहेकी थिइन् । फोटोग्राफरहरूले तस्बिर लिन खोज्दा उनले कपालले अनुहार छोपिन् । १ः१५ मा उड्नुपर्नेमा जहाज ढिलो भएका कारण हिमानी १ः३० मा उडेकी थिइन् । विमानस्थल पुग्नासाथ उनी भिभिआइपी कक्षबाट भित्र प्रवेश गरेकी थिइन् । पारसको परिवारका पाँचैजना सिंगापुर गएपछि खाली भएको निर्मल निवासको सुरक्षा सेना र सशस्त्र प्रहरीले दिइरहेका छन् ।

चीनमा मिस प्लास्टिक सर्जरी सौन्दर्य प्रतियोगिता

बेइजिङ/ चीनमा नक्कली या कृत्रिम सौन्दर्य प्रतियोगिताको आयोजना गरिँदैछ । त्यसलाई 'मिस प्लास्टिक सर्जरी' नाम दिइएको छ । त्यस प्रतियोगितामा विश्वभरका प्लास्टिक सर्जनहरूले आफ्नो दक्ष्ाता प्रदर्शन गर्ने अवसर पाउनेछन् । सरकारी सञ्चारमाध्यमका अनुसार आगामी अक्टोबरमा यो प्रतियोगिता हुनेछ । त्यसमा प्लास्टिक सर्जरी गराएका महिलाहरूले मात्र भाग लिन पाउनेछन् । उनीहरूले आफ्नो सौन्दर्य प्राकृतिक नभएर मानवको शिल्पकला भएको प्रमाणित गर्नुपर्नेछ । चाइना डेली अखबारका अनुसार चीनमा बढी संख्यामा महिलाहरू प्लास्टिक सर्जरी गराउँदै छन् । त्यहाँ प्रत्येक वर्ष सौन्दर्यमा २० अर्ब युआन खर्च हुने गरेको छ । चीनमा लाखौं ब्युटिपार्लर खुलेका छन् । करिब ६० लाख मानिसले रोजगारी पाएका छन् । सौन्दर्य नै सफलताको मार्ग हो भन्ने विश्वासले गर्दा ब्युटिपार्लरमा जाने क्रम बढेको त्यस अखबारले जनाएको छ ।

नेपाल

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षत्रफल पृथ्वीको कूल क्षत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो। निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुँदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसदलाई पूनर्स्थापना भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम ब्यबस्थापिका सन्सदले पहिले नै घोशणा गरिसकेकोसंघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भएको हो।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]