Iraq bata Patra

This article also Publish in Kantipur National Daily at 1 may 2008 . When I was came here in Iraq. This one also for you guys for remind by this my personal site .....

Kasti bhaiyena hola meri Aama

This is my article which is publish in kantipur national daily Thursday 15 may, 2008 .
I would like to share with you guys also so that I put this article just for you.

Those Friends I Meet In My alone Journy .......

Let me tell you guys some thing about my new friends. I get those friends when I was working in Joint base balad, Iraq. All of those friends are good . I like those friends who understand each other feeling so that those frineds also like this so I will not forget those friends in my whole life also . They are all from diffenent country but here you are working as a friends. We love each other we sharing our every thing with each other. Every time we are trying to understand each other feeling and problem also .
Those photo are take 25 November 2008 in OM&L Yard at JBB, Iraq
I am with Ma'am Iesha mass in my office
He is akram with me in him office
This is Jivan. He is with me in my office
I am with Gangadhar samalla he is also in my office at that time .
He is manu singh He is with me in him electricial office .

With My Friends

KBR OM&L Service Desk at Joint Base Balad

Night sheft Guys

Night sheft Electrical Guys with me

समाचारको स्रोत र स्रोत खुलेको समाचार- यी दुवै विषयको संवेदनशीलता

- ध्रुवहरि अधिकारी
'पत्रकार- सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य-तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्पे्रषण गर्नुपर्दछ ।'प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको आचार संहितामा समावेश भएको यस मार्गदर्शनको पालना नेपालका समाचारमाध्यमबाट भैरहेको छ त ? समाचारका सजग उपभोक्ताले यस प्रश्नको उत्तर सकारात्मक शब्दावलीमा दिन हच्किने अवस्था छ । किनभने 'स्थापित' मानिएका ठूला आकारका छापा र ठूलो लगानीमा सञ्चालित प्रसारण माध्यमसमेत पत्रकारिताका मूल्य, मान्यता, मर्यादा र मापदण्डको सम्बन्धमा उदासीन रहन्छन् भने साधन-स्रोत हिसाबले टाक्सिएका, सानो लगानीका माध्यमको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा । यो नेपाली लोकोक्ति रोगव्याधिको उपचारमा संलग्न चिकित्सक समुदायको लागि त सान्दर्भिक छ नै, त्यसको साथसाथै वैद्य -उपचारक) को थर कायम राखेर नेपालको पत्रकारितामा हात हाल्ने व्यक्तिको हकमा पनि लागू हुँदोरहेछ । साप्ताहिक-पाक्षिक पत्रिका सञ्जालको २३ भाद्रको बैठकले 'विमर्श' का चर्चित वैद्यमाथि गरेको कारबाहीलाई नै यस प्रसंगको ताजा दृष्टान्त मान्न सकिन्छ । कपोलपल्पित र झूटो समाचार लेखी लामो समयदेखि पत्रकारिताको मूल्य मान्यता र मर्यादा विपरीत कार्य गरेको हुनाले उपचारक निष्कासनमा परेका रहेछन् । विमर्शबाट थालिएको यस अभियानलाई सञ्जालले निरन्तरता दियो भने नेपालको समसामयिक पत्रकारितामा बाक्लो हुँदै आएको विकृतिको तुवाँलो पन्छिँदै जान सक्छ । यतिसम्मको पाठक वर्गको अपेक्षा समसामयिक नै मानिएला ।चिकित्सको मामिला वैद्य, कविराज र हकिममा सीमित नरहेर आधुनिक पद्धतिबाट उपचार गर्ने डाक्टरहरुको ठूलो समुदायमा विस्तारित भएझैं, पत्रकारिताका मापदण्ड र मर्यादासमेतका विषयहरु साप्ताहिक र पाक्षिक पत्रपत्रिकाको साँगुरो घेरामा रुमल्लिएर बस्न सक्दैनन् । परिस्थिति बिगार्ने र पत्रकारिताको सेवा पक्ष एवं विश्वसनीयतालाई प्रश्न चिन्हमा पारिदिने अवस्था सिर्जना गर्नमा दैनिक निस्कने अखबार, सयकडौंको संख्यामा खुलेका एफएम रेडियो र दर्जनको गन्तीमा पुग्न लागेका टेलिभिजन सञ्जालको भूमिका बढी जिम्मेवार भएको टड्कारै देख्न सकिन्छ । दिनहुँ देख्ने, सुन्ने, पढ्ने माध्यम भएकोले मुद्रण, प्रसारण दुवैतर्फका माध्यमबाट गरिने पत्रकारिताको वृत्ति, प्रवृत्ति ठम्याउन खर्चिला अध्ययन अथवा शोध-अनुसन्धान गरिरहनु पर्दैन, उपभोक्ता समूहले दिनदिनै लेखाजोखा गर्न सक्छ, गरिरहेको पनि छ । प्राज्ञिक प्रयोजनका लागि र्सर्वेक्षण, अन्वेषण, विश्लेषणको महत्व पेशेवर पत्रकारका लागि हुन्छ नै, यो विवादको बुँदा भएन । यसले आफ्नो कार्य क्षेत्रमा अझै झांगिन पाउनुपर्दछ ।कुनै अखबार, रेडियो अथवा टेलिभिजनलाई राजनीतिक दल विशेषको लगानीमा वा प्रभावको माध्यमबाट आफ्नो निर्देशनमा सञ्चालन गर्ने परिपाटीको थालनीयता पत्रकारिता 'पर्चाकारिता' मा रुपान्तरण हुन लागेको सार्वजनिक अनुभव छ । यसमा पनि दल विशेषको आडमा मुखपत्रझैं सञ्चालित समाचार माध्यमले स्वतन्त्र पत्रकारिताको हैसियतबाट नाम, सहुलियत र सम्मानको उपयोग गरिदिन थालेपछि विकृति, विसंगति सीधै दृष्टिगोचर भएका हुन् । यसरी एकातिर पर्चाकारिताको शैलीमा हुने पत्रकारिताले प्रोपगण्डा संयन्त्रको काम गरी आम नागरिकलाई भ्रमित तुल्याएको छ भने अर्कोतिर नाफाको व्यापारको रुपमा पत्रकारिता गर्ने प्रकाशनगृहहरु विज्ञापन-प्रभावित व्यवसाय हुँदै आएका छन् । होडबाजी यसैमा तीव्र देखिन्छ । 'चोरबाटो' बाट छिरेको मानिएको विदेशी लगानीबाट सञ्चालित समाचार माध्यमहरुका कार्यसूचीमा नेपाली पाठक, नेपाली श्रोता र नेपाली दर्शकको हित-भलो हुने कुरा त त्यसै पनि आएन । उसै पनि भएन ।समाचारको औसत उपभोक्ता कुहिरोका काग हुन पुगेका छन् । तिनले कुनै पनि घटना वा विषयबारे साँचो खबर पाउन एउटा छापा पढेर पुग्दैन । आधा दर्जन अखबार अगाडि राखेर तुलना गर्दै पढ्दै गर्न सके मात्र तथ्यको नजिक पुग्न सक्छन् । त्यति गरेपछि पनि पाएको सूचना तथ्य-सत्य नै हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । विश्वसनीयताको सन्दर्भमा प्रसारणका माध्यम पनि भरपर्दा हुन सकेका छैनन् । एउटा टेलिभिजन प्रसारण संस्थाले राजा ज्ञानेन्द्रले दरबार छोड्नुभन्दा केहीदिन अगावै 'आधा रातमा राजाले दरबार छोडे' भन्ने खबर दियो । खबर गलत भएको जानकारी तत्कालै त्यस बखतका गृहमन्त्रीले दिए तर सम्बन्धित संस्थाले गलत प्रसारणको खण्डन गरी दर्शकसित क्षमायाचना गरेन । एउटा दैनिक अखबारले त त्यतिखेर राजाले दरबार नछोडेको भएपनि पाइतो सारेको त पक्कै हो भनेर पाठकहरुलाई हँसायो । जसले राजनीतिक दलको पकडमा पत्रकारिता गरेको छैन र जसले नाफाको ध्याउन्नले मात्र पत्रकारिता गरेका होइनन् ती समाचार माध्यमहरुले निश्चय नै पनि सेवाभावका साथ मात्र पत्रकारिता गरिरहेका होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर यथार्थ यो पनि नहुन सक्छ । किनभने एकथरी माध्यम विदेशी दूतावासका प्रभावमा सञ्चालित हुने गरेको आम अवधारणा छ । यस्तो अवधारणाको आधार ती माध्यमले मुद्रण-प्रसारण गर्ने समाचार तथा अन्य सामग्री हुन् । तिनको माध्यबाट प्रवाहित हुने विज्ञापन र प्रायोजित पृष्ठ-सामग्रीले अन्तर्निहित सन्देश प्रवाह गरिरहेका हुन्छन् । महात्मा गान्धीको नाममा खुलेको छात्रवृत्तिको लागि दरखास्त आह्वान गर्दै दूतावासबाट वितरण गरिएका विज्ञापन पाउने र नपाउने समाचार माध्यमको प्रस्तुति दाँजेर हेर्नासाथ परिस्थिति सहजै लख काट्न सकिन्छ । समाचारको सजग उपभोक्ताले यी र यस्ता अवाञ्छित प्रयोग र प्रवृत्ति ठम्याउन समय लगाउँदैनन् । यसको ताजा उदाहरण सूर्यनाथ उपाध्यायको नामबाट एक दैनिक पत्रिकामा भाद्र २५ गते प्रकाशित टिप्पणी हुन सक्दछ । समाचारको चयन र प्रभाव शीर्षकमा छापिएको त्यस टिप्पणीको पुछारतिर परेको यो वाक्य अहिलेको प्रसंगमा विचारणीय छ ः 'कुनै देशको दूतावासले भनेर विज्ञापन बन्द गराइदेला भन्ने दबाबमा देशको भलोको लागि लेख्नुपर्ने समाचार दबिएर जानु दुर्भाग्यपूर्ण कुरा हो '।पत्रकारिताको आवरणमा कि स्वदेशको राजनीति कि विदेशको कूटनीति सञ्चालन गर्न सघाउ पुर्‍याउनेहरुले पत्रकारिताका स्वीकृत मान्यता, मापदण्ड र मर्यादाको पालना गरिरहेका छैनन् । नाफाको लागि पत्रकारिताको माध्यमबाट व्यापार-धन्दा चलाउनेहरुको उद्देश्य पनि मर्यादा, मान्यताबारे चिन्ता लिने किसिमको भएको देखिँदैन । उल्लिखित तीनवटा श्रेणीमा नपर्ने र कुनै गैरसरकारी संस्था (आई-एनजीओ) को संरक्षण पनि नपाएका समाचार माध्यम कुनै होलान् त र भए कति होलान् ? जेजति होलान् तिनलाई अन्य श्रेणीमा परिसकेकाले टिक्न देलान् ? संविधानले नेपाली नागरिकलाई दिएको सूचनाको हक प्रचलन गराउने मूल उद्देश्य राखी प्रसारण वा मुद्रण जुन माध्यमबाट भए पनि पत्रकारिता गर्र्छौं भनेर लागि पर्नेको भविष्य छ त यस मुलुकमा ? यो एउटा समसामयिक र पेचिलो प्रश्न हो । र, पत्रकारिताबाट पर्नसक्ने दुष्प्रभावबाट सिंगो देश र यसका सम्पूर्ण बासिन्दालाई जोगाउने कि नजोगाउने भन्ने अहम् प्रश्नसित जोडिएको छ ।यस आलेखको थालनीमै उल्लेख गरिएको उखानले औंल्याएको परिस्थितिमा परेको नेपालको पत्रकारिताले गुण, मात्रा र पाक नमिलेको औषधिले बिरामीको भलो गर्न नसकेझैं नेपालका पाठक, श्रोता र दर्शकमा सकारात्मक र सिर्जनात्मक छाप छोड्न सकेको छैन । आफ्नो अज्ञानले होस् अथवा रोजगारदाताको दबाबले होस्, सबैले सञ्चारकर्मीले आफ्नो पेशागत कर्तव्यको निर्वाह गरिरहेका छैनन् । आफू भ्रममा वा दबाब-प्रभावमा छु भनेर जान्दाजान्दै पनि पाठक, श्रोता र दर्शकलाई आफ्नो प्रभावमा पार्ने घृणित कार्य गरिरहेका छन् । तिनबाट पत्रकारका आचार संहिता र पत्रकारिताका स्वीकृत सिद्धान्त तथा प्रक्रियाप्रति सरासर उपेक्षाभाव प्रकट भैरहेको छ ।पत्रकारितालाई चिकित्सा जस्तै जिम्मेवार कार्यक्षेत्रसित तुलना गर्ने क्रममा अमेरिकी पत्रकारिताका विशिष्ट व्यक्तित्व वाल्टर लिप्म्यान -सन् १८८९-१९७४)ले एक ठाउँमा एउटा गम्भीर प्रश्न उठाएका छन् ः एउटा बिरामीको उपचार गर्ने शल्य चिकित्सक (सर्जन) हुन के कस्तो योग्यता आश्यक पर्छ ? एउटा न्यूनतम् विशेष तालिम चाहिन्छ नै । अब यता हेरौं, दिनदिनै सिंगो राष्ट्रको मुटु र मस्तिष्कको चिरफार गर्ने (समाचार प्रक्षेपणजस्तो) कामको निम्ति के योग्यता तोकिएका छन् त ? कुनै पनि देखिँदैनन् ।सन् १९२० मा प्रकाशित -सन् २००८ मा पुनर्'द्रित) लिप्म्यानको पुस्तक 'लिबर्टी एन्ड द न्युज'मा परेको प्रश्नोत्तर शैलीको यस उद्धरणले पत्रकारिताका कतिपय पक्षलाई एकसाथ सम्बोधन गरिनुपर्ने मौलिक जिज्ञासालाई रोचक किसिम तर गम्भीर ढंगले समेटेको छ । लिप्म्यानले यस कथनको विवेचना गर्ने क्रममा प्रशिक्षण अथवा तालिमको अभावमा एउटा संवाददाता 'अप्रशिक्षित सिकारु' -UNTRAINED AMATEUR_ मात्र रहन जान्छ र नियत सफा हुँदाहुँदै पनि सीपको अभावमा तथ्य-सत्य संकलनको काममा 'इमानदार प्रयत्न' सम्म पनि गर्न सक्दैन । घटना एक ठाउँमा हुन्छ र त्यसको जानकारी अर्को ठाउँमा बस्ने पाठकलाई चाहिएको हुन्छ । यसमा हलकाराको काम गर्ने पत्रकारसित सीप र सावधानी भैदिएन भने पाठकले घटनाबारे सत्य-तथ्य जान्न पाउँदैन । र, समाचार पढेपछि उसको मस्तिष्कमा जन्मिने विचार आलोकाँचो वा अपरिपक्व हुन पुग्दछ र त्यसको परिणाम हानिकारक हुन सक्छ ।यहीँनेर आएपछि सूचना वा समाचारको स्रोतको सन्दर्भ आउँछ । स्रोत जुन प्रकृति र स्तरको छ समाचारको विश्वसनीयता त्यसकै अनुपातमा स्थापित हुन्छ, समाचार ग्रहण योग्य बन्छ । यसै कारणले समाचारमा स्रोतको उल्लेख गर्ने मान्यता विकसित भएको हो । र, त्यही शाश्वत मान्यता पे्रस काउन्सिल नेपालका प्रकाशनहरुमा मुद्रण भएको हो । पत्रकारिताको विद्यार्थी छँदा र पछि प्रशिक्षण कार्यमा संलग्न हुँदा यस पंक्तिका लेखकले स्रोतसम्बन्धी अवधारणा र मान्यताको महत्व ठम्याउँदै आएको हो । तर दुःखको कुरो, २०४६ सालपछि आएको खुला वातावरणमा जन्मे-हुर्केका समाचार माध्यमहरुले २०६५ सालको पूर्वार्द्धमा आइपुग्दासम्म पनि 'स्रोत' समाचारको विश्वसनीयतासित सीधा गाँसिएको पक्ष हो भनेर यथोचित सावधानी अपनाउन सिकेनन् । प्रस्तुत गरिएको समाचारको स्रोत के हो वा को हो भनेर खुलाउनुको साटो खालि 'स्रोतले बताएको छ' भन्ने थेगो समातेर फुर्सद लिन खोजेको देखिन्छ, सुनिन्छ । हो, कुनै-कुनै अवस्थामा गोप्य जानकारी दिने सूत्रको परिचय खुलाउन मिल्दैन, तर त्यो अपवाद हो । अपवादलाई नियम वा नियमित आधार मान्न मिल्दैन । परन्तु पत्रकारिताको सामान्य ज्ञान र प्रशिक्षण नपाएका युवकयुवतीलाई एकैपल्ट सम्पादक नियुक्त गरिदिएपछि स्रोतको उल्लेख नै नगरिकन 'स्रोतले बताएको छ' भन्ने अविश्वसनीय तरिका हावी हुनु अपरिहार्य हुन जान्छ । मुहान धमिलिएपछि पाइपबाट घरघरमा पुगेको पानी धमिलिनु, प्रदूषित हुनु सामान्य परिणति हो । धमिलिएको पानी पिएपछि पेटको रोग लाग्ने नै भयो । र, बेलामा भरपर्दो उपचार भएन भने बिरामीको ज्यान जाने नै भयो । त्यसै कारण सूचनाको स्रोतलाई सधैं सङ्लो र पारदर्शी गराउनु आवश्यक भएको हो । अमेरिकी पत्रकार वाल्टर लिप्म्यानको आशयलाई यसै पर्रि्रेक्ष्यमा बुझ्नुपर्दछ ।समाचारको स्रोत र स्रोत प्रयोगको विधि र मान्यताको उपेक्षा गर्दा माथि भनिएझैं विश्वसनीयतामा बट्टा लाग्छ । स्रोतको उपेक्षा हुँदा पाठक अन्योल र द्विविधामा पर्छन् । रहस्यको गाँठो खुकुलो हुनुभन्दा झन् जटिल हुन पुग्छ । पाठकले आफ्नो जिज्ञाशा शान्त भएको अनुभूति गर्नुको साटो प्रश्न र जिज्ञासा थपिँदै गएको अनुभव गर्छन् । कतिपय मामिलामा त एउटा देशको अर्को देशसितको सम्बन्धमै अनाहक प्रतिकुल असर पर्नसक्छ ।यस्तो अवस्थाको झलक दिने दृष्टान्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पहिलो विदेश यात्राकै विषय हुन सक्छ । ओलम्पिक खेलकुदको समापन समारोह भ्याउने हिसाबले नवनियुक्त नेपाली प्रधानमन्त्री बेइजिङ पुगेको घटनाक्रम जग-जाहेर छ । त्यहाँ रहँदा प्रचण्डले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसित भेटवार्ता गर्नु र त्यसबाट नेपाल-चीन सम्बन्धलाई टेवा पुर्‍याउने कार्य गर्नु सर्वथा स्वाभाविक प्रक्रिया हो । त्यसै बखत यता काठमाडांैमा 'कान्तिपुर' दैनिकले पहिलो पृष्ठमा ठूलो शीर्षकसहितको समाचार छाप्यो 'चीन भ्रमणप्रति भारत असन्तुष्ट' भनेर । नयाँ दिल्लीमा संवाददाता राख्ने हैसियत भएको नेपालको एक मात्र त्यस छापामा भाद्र ११ गते प्रकाशित सो समाचार त्यसै संस्थाको रेडियो र टेलिभिजनले पनि महत्वका साथ प्रसारण गरे । पहिले छापामा निस्कने अनि त्यही खबर रेडियो र टेलिभिजनले पनि ठूलो स्वरका साथ घन्काइदिने भएपछि एउटै संस्थाले पनि समाजमा ठूलै हलचल भएको अनुभव गराइदिँदो रहेछ । गरायो ।चर्चित समाचारको पेटबोलीमा प्रवेश गरेपछि थाहा हुन्छ- त्यस समाचारको स्रोत भने सारै कमजोर रहेछ । शून्यबराबर । यो टुंगोमा पुग्न यही एउटा वाक्य पर्याप्त होला ः 'प्रधानमन्त्री मनमोहन)सिंह मात्र होइन सम्पूर्ण भारत सरकार खुसी छैन, स्रोतले भन्यो।' परिचय नखुल्ने, दर्जा नकिटिने र पर्दाभित्र रहेर बोल्ने 'स्रोत' को हवाला दिएर दुइ देशको सम्बन्धमै कटुता आउने कुरा लेख्न, छाप्न हुन्छ - संवाददाताले त्यस्तो टिप्पणी गर्ने स्रोतसित तिमी आफ्नो परिचय दिन चाहँदैनौ भने मैले यो समाचार लेख्न मिल्दैन भनी पेशागत जिम्मेवारीमा अड्न सक्नुपर्दथ्यो । र, त्यस्तो समाचार लेखेर नेपाल पठाउनु हुँदैनथ्यो । यता त्यो समाचार आइहाले पनि अंग नपुगेको र अधुरो सूचना समाचारको मापदण्डमा पर्दैन भनेर 'कान्तिपुर'का सम्पादकले छाप्नु हुँदैनथ्यो । 'जे आयो त्यही छापियो' भनेर फुर्सद लिन पाउने व्यक्ति होइन सम्पादक भनेको । उसको दायित्व सामान्य संवाददाताको भन्दा धेरै गुणा बढी हुन्छ ।समाचार लेखन, सम्पादन र प्रकाशन-प्रसारणका आफ्नै विधि र तरिका हुन्छन् । परिपाटी बसेको छ, परम्परा पनि निर्माण भएको छ । प्रचलन र मान्यताका पक्ष आफ्ना ठाउँमा छन् । यस पृष्ठभूमिमा, प्राप्त जानकारी टिप्पणी प्रतिक्रियाहरु सरोकारवाला व्यक्ति, संस्थानसँग रुजु गरेर, भिडाएर र पुष्टि गराएर मात्र प्रयोग गर्नुपर्छ । अर्थात् सूचनाको आधिकारिकता स्थापित भैसकेपछि मात्र समाचार छाप्नु, प्रसारण गर्नुपर्छ। प्रतिक्रिया दिने व्यक्ति, उसको दर्जा र संस्था खुलाउन नसकिने अवस्थामा त्यो सूचना वा समाचार सार्वजनिक गरिनु हुन्न । चर्चित समाचारमा दिल्लीमा बस्ने संवाददाताले विदेश मन्त्रालयको सचिव फलानो वा प्रवक्ता एउटा मात्र भए निजको नाम नदिए पनि हुन्छ) को उल्लेख गरेर मात्र प्रचण्डको चीन भ्रमणप्रति 'भारत असन्तुष्ट' भनी खबर दिन मिल्थ्यो । तर दिल्लीको खबरमा त्यस्तो आधार छैन ।तसर्थ त्यो विश्वसनीय खबर भएन र समाचारको रुपमा लिन सकिने विवरण ठहरिँदैन । बरु यसको साटो भारतका केही छापाहरुमा प्रकाशित समाचार र सम्पादकीय टिप्पणी पढ्दा नयाँ दिल्ली प्रचण्डको चीन यात्राप्रति सन्तुष्ट नभएको पाइयो भनेर खबर लेख्न हुन्थ्यो । र, पत्रपत्रिकामा निस्केका टिप्पणीबारे विदेश मन्त्रालयको प्रतिक्रिया लिन खोज्दा प्रवक्ता फलानोले यस्तो भने वा टिप्पणी गर्न चाहेनन् भनेर समाचारमा जनाउन सक्दथेे । तर विवेच्य समाचारमा त्यस किसिमकोे प्रयास भएको देखिँदैन र काठमाडौंमा बस्ने सम्पादकले पनि यस विषयमा उचित ध्यान दिएको पाइँदैन ।विश्वप्रसिद्ध समाचार संस्था रोयटर्सको नेपाल संवाददाता भै काम गर्दाको अनुभवले 'स्रोत' सम्बन्धी मान्यताबारे मलाई बढी चनाखो तुल्यायो । समाचार बासी हुनु हँुदैन र समाचारको स्रोत स्पष्ट र भरपर्दो हुनु अनिवार्य छ भन्ने दुइ कुरा दुइटा मन्त्र हुनुपर्छ भनेर सम्पादकहरुले बेलाबेलमा सचेत गराउँथे । मान्यता आज पनि त्यही नै हो । तर यसै कुरामा चाहिँ धेरैजसो समाचार माध्यमहरुको ध्यान पुग्ने गरेको देखिँदैन । फलस्वरुप विश्वसनीयता दिनदिनै स्खलित भैरहेको छ ।अब हेरौं 'कान्तिपुर'को यसै सम्बन्धी अर्को समाचार सामग्री । कोशीको तटबन्ध फुट्नाले भएको जनधनको क्षतिको पृष्ठमूमिमा विमस्टेक क्षेत्रीय सम्मेलनको अवसर पारेर नयाँ दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री उपेन्द्र यादव भाद्र १२-१६) ले भारतीय नेता एवं अधिकारीहरुसित गरेको भेटवार्ताबारे भाद्र १९ मा प्रकाशित 'दिल्ली डायरी' पनि समाचार सामग्रीमा प्रयोग भएका सूचनाको स्रोत खुलाउने मामिलामा दोषमुक्त रहेको देखिँदैन । जस्तो, एक ठाउँमा सन्धि असमान् भएको कारणले होइन कि पुरानो भएको कारणले पुनरावलोकन आवश्यक परेको हो भनेर नेपालको अवधारणा आओस् भन्ने दिल्लीको अपेक्षाको चर्चा भएको छ । र, त्यो मन्तव्य 'नेपालमा काम गरिसकेका एक पूर्वभारतीय कूटनीतिज्ञ' को रहेछ । तर संवाददाताले हाल बहालमा नै नरहेका ती कूटनीतिज्ञको नामसमेत खुलाएका छैनन् । अनि कसरी स्थापित हुने समाचारको विश्वसनीयता ?चर्चित समाचारको विश्वसनीयताप्रति शंका उब्जिने आधारको उल्लेख 'कान्तिपुर' संवाददाता आफैंले अन्तिम अनुच्छेदमा गरेका छन् ः 'कसरी यस्ता समाचार प्रकाशन-प्रसारण हुन्छन्, विदेश मन्त्रालयले प्लान्ट गरेको हुन सक्छ,' भनेर एक वरिष्ठ भारतीय पत्रकारले भनेको कुरा राखिएको छ । यहाँनेर आइपुग्दा बेलाबखत भारतको विदेश मन्त्रालयले समाचार 'प्लान्ट' -रोप्ने काम) गराउँदो रहेछ र कोशी बाँध फुटेको विषयमा त्यसैगरी काल्पनिक ढंगले समाचार बनाइएको हुन सक्छ भन्ने निष्कर्ष निस्कन्छ । किनभने उपेन्द्र यादवले समयमा बाँध मर्मत नभएकोले कोशीको पानीले विनाश गर्‍यो भनिरहेकै बेलामा 'मन्त्री यादवद्वारा नेपालको गल्ती स्वीकार...' भन्ने शीर्षकमा टाइम्स अफ् इन्डियाले समाचार प्रकाशित गरेछ । यसै कुरालाई लक्ष्य गरी विदेश मन्त्रालयले खबर 'प्लान्ट' गरेको अनुमान कान्तिपुर संवाददाताले गरेको देखिन्छ ।अब स्वतः प्रश्न उठ्छ- समाचार 'प्लान्ट' गराउन सिपालु विदेश मन्त्रालयका कर्मचारीले कान्तिपुर संवाददाताले भेउ नै नपाउने गरी तर उनैमार्फत् बेलाबखत आफूले चाहेको समाचार 'कान्तिपुर' मा पनि 'प्लान्ट' गराएका छैनन ।
( साभारः नेपालीपोष्ट डटकमबाट तर सामग्री पठाई दिनु भएकोमा मित्र मोहन बश्यलजी लागि आभार प्रकट गर्छु . )

विविध जिल्ला प्रशासनमा कसरी छिरेका थिए ?

- रमेशकुमार पौडेल
कात्तिक पाँच गते माओवादी तेस्रो डिभिजनका कमाण्डर विविध साँझ साढे पाँच बजे तिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन् । यो मेरै आँखाले देखेको कुरा हो । यो दृष्टिभ्रम पनि हुनसक्छ भनेर त्यहाँ आएका व्यक्ति विविध हुन् होइनन् भन्नका लागि क्रस चेक पनि गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियॊ । तर आइतबार रक्षा मन्त्री बादलले विविध त्यहाँ नआएको कुरा सदनमा गरेको सुन्दा अचम्म लाग्यो ।त्यस दिन दिउँसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार त्यही बजेको थियो । त्यहाँबाट निस्केर अफिस आइपुग्दा नपुग्दै पाँच बजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने भन्ने खवर आयो । क्रान्तिकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो । म लगभग समयमै जिल्ला प्रशासनमा पुगेको थिएँ । तर रक्षमन्त्री बादलले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए । प्रशासन कार्यालयको सभा कक्ष भित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलको उत्तर तर्फको झ्यालमा गएर केही बेर मैले बादलको कुरा सुने । त्यती बेला उनले जेल सुधारको कुरा गर्दै थिए । उनले भने ँजेलमा अब धेरै कैदी राखिराख्न आवश्यक छैन । केही सर्तहरु सहित उनीहरुलाई आम माफी दिएर छाडिदिए हुन्छ । फेरि सवैलाई छाड्नु पर्छ भनेको पनि होइन । शोभराज जस्तालाई त छाड्न पनि भएन ।’
पत्रकार भेटघाट अलि अबेला हुने छाटदेखे पछि म झ्याल छाडेर प्रशासनको भवन बाहिर निस्किए । चौरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष कृष्ण गिरी लगाएत अरु दुई जना साथीहरु हुनुहुन्थ्यो । पत्रकार सम्मेलन सुरु नहुदासम्म चौरमै गफगर्ने योजना हाम्रो बन्यो । यो सल्लाह गरेर हामी बस्न पनि भ्याएका थिएनौ बाहिर सडकमा एउटा सेतो जीप देखियो । गाडी अनमिनको होकी भन्यौ तर गेट तर्फ सोझिए पछि माओवादीले प्रयोग गर्ने नम्बर प्लेट देखियो । पहेलो सेतो र हरियो गरेर तीन रंगको समिश्रण भएको सो नम्वर प्लेटमा बा ०००१ अ सम्मको अक्षर मैले अझै भुलेको छैन । अ पछाडीको नम्वर ४० देखि ५० सम्मको बीचको हुनुपर्छ । अनि गेटबाट छिरेको सो सेतो जीपमा एउटा अनुहार देखापर् यो जो विविध थिए । हामी उभिएकै तर्फ जीप आयो । हामी तिरै आएका हुनाले बाटो छोडिदिनु परेको थियो । त्यस पछि विविध झरे । अघि भित्र देखेको मान्छे विविध हुन भन्ने पक्का उनी झरे पछि झनै भयो । विविधसँग एक दुई चोटी होइन पटक पटक भेटभएको छ । कुराकानी भएको छ । फोटोमा मात्रै देखेको भए पनि झुक्किने कुरा हुन्थ्यो । टाढाबाट देखेको भए पनि के हो के हो भन्ने हुन्थ्यो । तर राम्रैसँग परिचित मान्छे माओवादीकै नम्वर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भए पनि उनी यति नजिकबाट गए कि अनुहारमा देखिने अलिअलि पोतोसम्ममा हाम्रो दृष्टि पुगेपछि यो भ्रमहो भन्ने लागेन ।
त्यती बेला साथमा क्यमरा थिएन । अरु कसैले क्यामरा ल्याएको छ कि भनेर खोज्न लागे । त्यति बेलासम्ममा विविध जिल्ला प्रशासनको भवनमा छिरिसकेका थिए । साथीहरुको माझमा पुगेर क्षणभरमै म फेरि बाहिर निस्किए । त्यति बेला प्रशासन भवनको च्यानल गेट नजिक सर्ट पाइन्ट लगाएकी एक जना युवतीले फोनमा यसो भन्दै थिइन ँम यहाँ विविध सरसँग जिल्ला प्रशशासनमा छु । जीवित दाइको बारेमा कुरा गर्नु पर्ने । कारागार जान भ्याइएन त्यसैले यतै छौं ।&#8217 ती युवतीको कुरा सुने पछि विविध नै होइछन् भन्नेमा कुनै दुविधा रहेन । उनले नाम लिएको जीवित भन्ने व्यक्ति रामहरि हत्याप्रकरणमा अदालतले पूर्पक्षका लागि भरतपुर कारागार पठाएका तेस्रो डिभिजनका बि्रगेड कमाण्डर हुन् । युवतीको कुरा गर्दै थिइन म उत्तर फर्केर बसेको त्यही सेतो जीपमा एक पटक फरि नजर लगाए । भित्र महिला र बच्चा पनि थिए ।त्यस पछि म फेरि भवन भित्रै छिरे । एकजना पत्रकारले भने ँविविध र बादल कानेखुसी गरेर उता अर्को कोठा तिर लागे । म क्यामरा खेाज्ने चक्करमा थिए । फेरि बाहिर निस्किए । कान्तिपुर दैनिकका बिनोद त्रिपाठी आउँदै हुनुहुन्थयो । दुर्भाग्य उहाँसँग पनि क्यामरा रहेनछ । विनोद जीसँग विविध आएर बादललाई भेटेको कुरा भयो । भेटघाट गरेको कोठा तर्फ लाग्दै गर्दा म त्यसको नजिकै पर्ने ट्वाइलेट भित्र छिरेको थिए । उनीहरु झट्टै गैइहाल्लान भन्ने लागेको थिए न तर त्यति बेलै निस्केछन् ।
यो दृश्य चितवन पोष्टको अफिसमा आएर चर्चा भयो । तै पनि आत्तिएर सममाचार नलेखिहाल्ने अरु ठाउँमा पनि बुझ्ने सल्लाह भयो । फेरि एक पटक तेस्रो डिभिजनमा बुझ्न लागियो । त्यहाँको एक जना आधिकारीक व्यक्तिसँग मोवाइलमा सम्पर्क भयो । उनले भने ँहो विविध सर हिजो देखि यतै हुनुहुन्छ । सायद आज भरतपुर पनि पुग्नु भयो होला ।’ यस्तो यस्तो गाडी तपाइँहरुकै हो भनेर सोध्दा उनले हो भने ।यति भए पछि जिल्ला प्रशासनमा आएका व्यक्ति विविध होइनन् भनेर शंका गर्ने ठाउँ रहेन । अब उनी त्यसरी हिड्न पाउँछन् या पाउँदैनन् भन्ने बुझ्नु नै थियो । रामहरि हत्या प्रकरणको थुनछेक आदेशका लागि जिल्ला अदालत चितवनमा बहस हुँदाका दिन हामी त्यही थियौं । अदालतले विविधलाई फरार अभियुक्त करार दिएको थियो । उनी फरार अभियुक्त हुन भन्ने थाहा थियो तर त्यसरी घुम्न पाउने नपाउनेमा अझै बुझ्नु पर्ने भयो । कान्तिपुर दैनिकका विनोदजी पनि भोली अदालतमा बुझेर लेख्नेमा सहमत हुनुभयो । उहाँ र म भोली पल्टसँगै गएर अदालत कानुन व्यवसायी र प्रहरीमा बुझ्यौ । उनी त्यसरी हिड्न नपाउने र देखेमा प्रहरीले समात्न सक्ने जानकारी हामीले बटुल्यौं । त्यस पछि कात्तिक सात गतेको चितवन पोष्टमा यो खवर आयो । कान्तिपुरमा नौं गते निस्कियो । कतै पनि कुनै प्रकारको खण्डन आएको थाहा छैन तर संसदको हैसियतमा बस्ने संविधान सभाको बैठकमा कुरा उठेपछि र जवाफ दिन बाध्य हुनु पर्ने अवस्था आए पछि बादलले भेटेको होइन भनेछन् । क्रान्तिकारी नेताले पनि यस्तो झुठ बोल्नु पर्ने यो कस्तो नयाँ नेपाल त्यसो त आफ्नो गल्ती कम्जारीहरु ढाकछोप गर्ने माओवादीहरुको विशेषता नै हो । यो रामहरि प्रकरण नै यस्का लागि काफी छ । गएको बैशाखमा रामहरिको मृत्यु छापामारको कुटाइले भयो । शोभराजले गर्ने भन्दा कम थिएन त्यो हत्याको शैली । चाल्स्र शोभराजलाई आममाफी दिन हुदैन भन्ने बादलले यो बचन बोलेको केही मिनेट पछि नै रामहरि हत्याप्रकरणका फरार अभियुक्तलाई भेटेको कुरा सजिलै किन स्वीकार गर्दथे । धेरै तथ्य र सन्दर्भहरु जोडेर हामीले समाचार छापेका हौ । देखेको कुरा नलेखेर बस्नु हाम्रो धर्मले दिएन । बादल जीहरुलाई देखेको कुरा नलेखेकोमा नै खुसी लाग्दो रहेछ । तर त्यसो गरिएन । तपाइ साच्किै नयाँ नेपालको इमान्दार नेता हो भने भेट गर्नु ठिक हो भन्ने तर्क गर्नुहोस या भेटेर गल्ती गरेछुभन्ने स्वीकार गर्नुहोस । पत्रकारहरुले फोटो खिच्न भ्याएनछन् भन्ने जानेर नै तपाइले झुठो बोल्ने आँट गर्नु भएको होला । समाचारमा पत्रकारले खिचेको ताजा तस्वीर समावेश नहुनुलाईनै बादल जोगीने कबज बन्दै छ ।
( चितवनबाट रेडियो चितवनका सहकर्मी मोहन बश्यलको सहयोगमा )

आमाको मृदु सपना कथा

- युवा पाठक निती
ूनानी ढोका खोलन । यतिबेलासम्म कति सुतिराखेको ू एकाबिहानै बाहिर कुनै बृद्धाले बॊलाएको आवाजले मेरो निद्रा भङ्ग भयो । मैले झ्यालको पर्दा खोलेर बाहिर नियालें । झट्ट हेर्दा कुप्रो शरिर मेरो अगाडी प्रतिबिम्बित थियो । प्रष्टसंग बृद्धालाई ठम्याउन त सकिन् तर औपचारिकता पुरा गर्न भित्र बोलाएँ । ूआउनुस् न आमा बस्नुस् । कताबाट आउनुभयो एकाबिहानै ूम घरैबाट नानी ।ूमैले आमालाई अलि ठम्याउन सकिन नीूम शहिद बिष्णुकी आमा भट्राइनी बुढी क्या । शहर पसेपछी मलाई के चिन्थ्यौ र नानीूआमाले आफ्नो परिचय दिएपछि त्यो बिगत मैले स्मरण गरें जुन बिगतमा उनै आमा हाम्री रक्षक भएकी थिइन् । यति धेरै समय भइसकेछ आमाको अनुहार पनि फेरिएछ । त्यसो त कोमल अबस्थाकी ममा पनि हल्का जवानीको रङ्ग चढ्दैछ । आमासंगको भेटले उत्साहित बनायो मलाई । उत्साह झट्टै पोखिहालें । ूओहो † आमा सन्चै हुनुहुन्छ के छ हालखबर ूके हुनु नानी लालाबाला गोठभरि छन् दमले थला परें बा । तातोपानी तताएर खान दिने मान्छे पनि कोही छैन । ूआमाको ब्यथा यति धेरै बल्झिएको छ भन्ने मैले सुनेकी मात्र थिएँ । माथी डाँडाघरे कान्छी औषधी गर्न काठ्माण्डौ गएकी थिई । त्यसैबखत सुनाएकी थिई उसले मलाई यी सब कुरा । आमालाई आफ्नै आँखा अगाडी त्यो हालत देखें मैले र अनभिज्ञता प्रकट गरें । ूओहो † त्यसो भए आजकल कमरेडहरु कोही आउँदैनन् ूकमरेडहरु सबै शहरमा छन् रे । गाउँमा कोही छैनन् आजकल । मत माया लागेर यी यिनै सेना कमरेडहरुको फोटो हेरेर बस्छु बा ।ूकमरेडहरुले आमासंग यति धेरै दुरी बढाएछन् । खोई बिगत त किन बिसे्र किन नदुखेको होला आमाको चोटले उनीहरुलाई म पनि त त्यसै ड्याङकी मुला हुँ । आमालाई शान्त पार्दै भनेंूआमा चिन्ता नमान्नुस् । गाउँमा नआई कसैलाई सुखै छैन नि ।ूखोइ नानी ू आमाको बोलीमा अविश्वास र निराशा देखियो ।यसपाला दशैंमा घर गएको मौका । गाउँले आमा र सखाहरु घरमै आए । आफ्नो अतितलाई सखाहरुको भेटले केहि क्षण भुलाउने कोसिस गर् यो । मलाई दशैंको नशाले घर पुर् याएको होइन मौका नै यही हो संगीसाथीहरुलाई भेट गर्ने । दशैं त कता-कता अमिलो र पिरो भयो । दशै-दशाले भरिएको मेरो गाउँमा दशैं गुलियो मिठो र चङगिलो हुने त कुरै भएन । यस्तै तितो र नमिठो लागेको छ दशैं भट्राइनी आमालाई पनि । म मनमनै गम्दै थिएँ । ूदशैं मान्न घर आएकी नानी ू-आमाको प्रश्नले म सोचबाट ´स्किएँ ।ूहोइन आमा होइन भनौं भने हाे हो भनौं भने होइन ।ू मेरो प्रतिकि्रया आमाले बुि´न् कि बुि´नन् थाह छैन । उनी त मसामु आफ्नै पिरलोहरु पोखिरहिन् ूमलाईं दशैं लागेन नानी कहिल्यै लागेन । मत शहिदकी आमा पो त मत फाल्गुन १ गते पर्खेर बसेकी छु । गुन्युको फेरबाट एउटा धमिलो फोटो झिकेर त्यस फोटोभित्रका आकृतिहरु चिनाउदै भनिन् ूहेर त यो मेरो जेठो छोरो बिष्णु यी माइली छोरी बिनिता अनि यी कान्छी छोरी प्रतिमा । प्रतिमा यी यीनी कान्छी छोरी । कमरेड क्रान्ति पनि भन्थे यिनलाई ।ू मैले गाउँ छोडेको धेरै बर्ष भएको थियो । सहकर्मिहरुको हत्याको खबर त सुनेकी थिएँ । मलाई त्यस खबरले यति मर्माहत बनाएको थियो म बर्णन गर्नै सक्दिन । संगै खेलेका साथीहरु । अझ प्रतिमा त स्कुले साथी पनि हुन् । त्यतिमात्र होइन डब्लुटी पनि त संगै भएको । स्कुले जिवनका क्षणहरु जसरी संगै हामीले रमाइलोसंग बितायौं त्यसरी युद्धकालका सहकार्यहरु पनि रमाइलै थिए । साँच्ची हाम्रो मित्रता यति घनिष्ठ थियो जस्तासुकै चुनौतिहरुको समाना गर्न तयार थियौं हामी । सुर्खेतमा संगै खुट्टामा गोली लाग्दाको क्षण होस् या दुश्मनले गाउँ घेर्दा काल्चे डाँडामा पाँच दिन सम्म भोकै जङगल बस्दाको क्षण । त्यतिखेर प्रतिमाले एक झोला अमिलिको पात टिपेर मेरो सुकेको मुखमा निचोरेर हालिदिएकी थिइन् । उनि शहिद भएको खबर पाएपनि घटनाको बिस्तृत बिबरण सुन्न पाएकी थिइन । गला अबरुद्ध भयो मेरो तैपनि सोधें । ूकहिले शहिद हुनुभयो आमा कमरेडहरु ूमारे नानी असती मोराहरुले । मिति थाहा छैन । यी छोरालाई दुईखुट्टा च्यातेर मारे रे यी दुइटी छोरीलाई इज्जत लुटेर मारे । गर्भेणी छोरी हुन् नानी दुबै । मारे पापीहरुले ति जन्मिन लागेकाहरुलाई पनि गर्भै मारे । तिनको के दोष थियो र ूआमाले यति भनेपछि संबेदना र भाबनाले लछप्पै छोप्यो मलाई । एकक्षण आमाको अनुहारलाई नियालें । आमाको अनुहार मौन छ । सायद आमा एउटा सपना हो र आमाले सपना फुलाउन हरबखत मलजल गरिरहन्छीन । आमाको अनुहारमा आशा झल्किएको छ । त्यो आशालाई प्राप्ती र उपलब्धीमा परिबर्तन गर्नके हामी सक्षम छौं यहि सोंच्दै थिएँ । केहि क्षणपछी बुढी बज्यैले चिया उमालेर ल्याइन । ूचिया खाऔं नानी । ूम झसङग भएँ । ू म त चिया खाँदिन नानी चियापत्तिले दम बढाउँछ रे । ूडाँडापारीकी घाम भइसकेकी आमाको करुण बोलीले भाबुक बनायो मलाई । क्रान्ति आन्दोलन शहिद र कमरेडहरुलाई यति माया गर्ने आमाका अगाडी म त्यसै त्यसै लज्जित भएँ । आमाको काखमा एकक्षण टाँस्सिएँ । आमा एकक्षण भएपनि शान्त होउन भन्ने मेरो अभिप्राय हो । मैले सोंचेजस्तो कहाँ हुन्छ र आमा न हुन् । आमा भएपछी थाहा हुन्छ आमा हुनुको िपंडा । एकहात च्यातेर पाएका छोराछोरी । तिनै छोराछोरीका लागी पल पल तड्पिएर बाँच्नु कति गाह्रो होला लाग्यो मनै आमा हुँ अर्थात शहिद आमा । मुटु भक्कानीयो बोली फुटेन । मलाई त यस्तो हुन्छ आमालाई कस्तो हुन्छ होला आमा हुनु गाह्रो हुन्छ । त्यो पुरुषहरुलाई के थाहा त्यसैले त मनभरी घाउ नै घाउका खाटा बसेका छन् ति कहिल्यै निको हुँदैनन् । ूए नानी यी घाउ पुर्ने मलम लिएर छिट्टै गाउँ फर्क हैू आमा धेरै भइसक्यो तड्पिन थालेको । कहिले गर्बमा त कहिले िपंडामा आमाका आँसु धेरै बगे । आमा फेरी सुँक्क-सुँक्क गर्दै रुन थालिन् । आमा रुनुको अर्थ मैले बुझें । तर सोचें आमा पहिले भन्दा यति धेरै रुनुको कारण के हो सत्य आमा आफ्ना सन्तान ढल्दाको समय यति रोएको मैले कहिल्यै देखेकी थिइन् । दिनरात खाजा भुटेर जङ्गल-जङ्गल पुर् याउँथिन् दुश्मनबाट कमरेडहरुलाई बचाउन कति रात त जाग्राम पनि बसिन् । साँच्ची १८ बर्षे तरुनी जस्तो आमाको जोस कम थिएन त्यतिखेर । अहँ आमा त्यसै रोएकी होइनन् । आमाको यत्रो बिशाल छातीभित्र सानोतिनो घाउले दुखाउनै सक्दैन । साँच्ची आमालाई हँसाउन एकछिन लुपुक्क टाँसिएर मात्र पुग्दैन । हामिले यिनै आमा सामु गरेका बाचा बन्धन कतै खुकुला त भएका छैनन् कतै-कतै म भित्र देखिने फोहोरी गन्ध पनि आमाले पखाइलिदिइन् । सत्य डिग्रीधारी शिक्षित र चेतनशिल गनिने हाम्रा अगाडी हाम्री आमा त्याग तपस्या बलिदान र क्रान्तिकी बिभिषिका हुन् । आमाले खबरदारी सहित भनिन् ूगोलीले नढलेका कमरेडहरु सुख सुबिधा पद र पैसामा नगलुनू । मैले आमाको भाबनालाई सम्बोधन गर्दै भनें ूतपाइहरु जस्तै धेरै आमाले हामिलाई बिग्रन नदिनु आमाू । शहिद आमा साँच्चीकै सचेत छिन् । नुनको अभाबमा तड्पिएको यो गाउँबाट टिका र माला लगाएर पठाएका कमरेडहरु गाउँ फर्किएर आएका छैनन् । ूकतै कमरेडहरुले बाटो बिराउने त होइनन् ू िहंजो राती आमाले कमरेडहरुले खोला तर्दा बिचैमा रोकिएको सपना देखिछन् । मुटु ढुक्क फुल्यो रे पसिना चिट्चिट् छुटेछन् । ूरणनीतिू ूकार्यनीतिू केही थाहा छैन आमालाई । आमाको गाउँलाई नुन र रोटी चाहिएको छ । ूबजारमा बस्ने कमरेडहरुलाई भनिदेउ है नानी । घरी घरी दमले सताउँछ । मेरो गाउँमा झिलिमिलि बत्ती नबल्दा सम्म मलाई कालले लाने छैन ।ू आमाले पछ्यौरीले निधारभरी बगेका पसिना पुछिन् । ूमेरो गाउँलाई नुनओखती र संगसंगै बिजयको रातो टिका लिएर सबै कमरेडहरु गाउँमा आउनु है । अनी म ढुक्कले मरुँला ।ू आमाको यो भनाईले बाटोभरी छट्पटाहट् छुट्यो । साँच्ची शहिद आमाहरुको दशैं कहिले आउला हँ म यहि गम्दै शहरको बाटो लाग्दैछु ।

शहीदले बिर्सेको गाउँ

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ । 'आमा, भित्र को हुनुहुन्छ ?' 'छोरा आइस्, बाबू !' बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -'म त छोरो आएछ भनेर झुक्किएँ !' 'बास पाइन्छ आमा ?' 'बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई ।' छाप्रो नछाएको दुई वर्ष भयो । पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा । नानी मसँग यही बासी मकैको रोटी छ । नमिठो छ कसरी निल्छौं ? तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है !' 'छोरो कहाँ गएको नि आमा ?' मैले कुरा झिकेँ । 'जुलुस उठ्ने बर्षमेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी ! मलाई बिस्र्यो । तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो । मास्टर नानी पनि सहराँ ठूला मान्छे भा'का छन् रे । उनी दुब्ला पातला थिए, तिमी मोटा छौं । उनी देश जन्ता के के जातिका कुरा गर्थे । उनी शीर ठाडो पारेर हिँड्थे । तिमी टाउको झुकाएर कुरा गर्र्छौ । फरक यति हो । ' म चुपचाप सुनिरहेँ, बढी आमा भन्दै गइन् । 'भोलि त तिमी सहराँ जान्छौं । मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी ! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ । मेरो लुरेले सहराँ ठूलो मान पा'को छ रे ! राजाभन्दा पनि ठूलो मान ! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा ! पोहोरसालबाट महिनाको आठ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात । लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो । त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी ? आमाको मुख हेर्न एकपल्ट त घर र्फकन पर्छ नि ! म भने बाटो हेरेर आशामा बाँचेकी छु । छाप्राको दुःख लुरेले बिर्से जस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है ! पैसा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो दण्ड दिन्छ ।' म बिहान झिसमिसेमा ओरालो लागेँ । असी बर्षो बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन । कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद ! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरहृयो, बिझाइरहृयो निरन्तर निरन्तर।
(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।)

भुँडी बढाउनु भनेको रोग बढाउनु- डा. अरुणा उप्रेती

मोटो शरीर भएका एक जना मित्र मुटुरोग विशेषज्ञ छन् । उनी आफ्ना बिरामीलगायत सबैलाई मोटोपन घटाउन र व्यायाम गर्न सल्लाह दिन्छन् । तर उनको आफ्नै पेटचाहिँ भ्यात्त अगाडि आएको छ । उनी त्यो पेटलाई समय-समयमा मायाले मुसारिरहन्छन् । उनको कमर ँकमरा’ अर्थात् कोठाजस्तै बन्न पुगेको छ । उनलाई मोटोपनको कारणले ४ तला भर्‍याङ चढ्नसमेत स्याँ-स्याँ हुन्छ । अरुलाई कम खाऊ र तौल घटाऊ भन्ने ती डाक्टर आफूचाहिँ मजासँग तारेको मासु, तेल-मसलाले लदबद भएको तरकारी, घिउ हालेको भातजस्ता मोटोपन बढाउने खाना नखाए त खाएको स्वादै आउँदैन भन्छन् । अरुलाई उपदेश दिन धेरै सजिलो हुन्छ । किताबमा पढेर मोटोपन कसरी घटाउने भन्ने सल्लाह दिन पनि गाह्रो हुँदैन । जब तौल घटाउने कुरा व्यवहारमा लागू गर्नुपर्छ तब साँच्ची नै गाह्रो हुन्छ । एकातिर ग्रामीण क्षेत्रमा खान कम भएर र शारीरिक कामको बोझले थुप्रै व्यक्ति कुपोषणको सिकार भएका छन् भने अर्कातिर खासगरी सहरी क्षेत्रमा बस्ने सुविधाभोगीहरुमा व्यायामको कमी, गुलियो-चिल्लो, पाकेटबन्द खानाको बढी प्रयोगले मोटोपनको समस्या देखिन थालेको छ । नेपाल हालसम्म मोटोपनले ठूलो समस्याको रुप लिएको नदेखिए पनि केही वर्षछि यो ठूलो समस्याको विषय बन्ने देखिएको छ । अहिले नै सहरी क्षेत्रमा उच्च रक्तचाप, मुटुरोग, मधुमेह, विभिन्न किसिमका बाथका समस्याले ग्रस्त भएका रोगीहरुको संख्या बढ्दो छ ।व्यापारी, इन्जिनियर, राजनीतिक जुनसुकै क्षेत्रका मानिसमा पनि अहिले मोटोपनको समस्या देखिन थालेको छ । सचेत वर्ग भएर पनि उनीहरुलाई शरीर किन मोटो बनाएको भनी र्सवसाधारणले पनि प्रश्न गर्छन् । आफू मोटो भए पनि केही डाक्टरले अरु रोगीलाई सुझाव दिन्छन् । त्यो बेला रोगीले डाक्टरको बडेमानको भुँडी देखेर पक्कै पनि मनमनमा भन्छन्- ँमलाई सुझाव दिनेले आफूले तौल घटाउन किन नसकेको होला -’ For More Information Click Here

प्रियाको सम्झना

लेखक -तीर्थराज वाग्ले
हिमाली काख, कलिलो घाम, बतासे डांडामा,
सुसेली हाल्दै, बजाई पात, नपर्खे सांझमा,
दूर छु म त, नगर दुर, यो साल आउन्न,
मायाले ति म्रै, सताए पनि, फर्कन पाउन्न ।।
सोच्दछु गम्छु, प्रेयसी तिमी, अधीर कतिछौ,
प्रियले भुल्यो, भनेर कतै, बिलौना गर्दैछौ,
एकाग्र म छु, सोच्दिन अरु, तिमी नै मेरी हौ,
विश्वास गर, अटुट प्यार, दृष्टि मै तिमी छौ ।।
दशैं नि गयो, तिहार आयो, खुशी कि आएन ?
आफैमा दंग, स्वतन्त्र संग, कि यादै आएन ?
कलेज विदा, भएको होला, गाउं मै गई हौ ?
विदेशी हाल, शहरी चाल, कि सूर्ता मानी छौ ?
यो मुटु दुख्छ, त्यो भाका सुके, गायौ कि गाइनौ ?
किनेर लुगा, लगाई, मिठो, खायौ कि खाइनौ ?
बेखर्ची थिएं, पठाउं पैसा, के गरी चलायौ ?
विरह गरी, कि आफै अझै, उदेक बनायौ ?
मेरो त यस्तै, व्यस्तको व्यस्तै, फुर्सदै हुंदैन,
यादले तिम्रै, पिरल्छ संधै, न्रि्राले छुंदैन,
फोनमा बोल्ने, धोको ता थियो, यो बोली खुल्दैन,
जाग्राम बस्ने, जागिरे छु म, पढेको मिल्दैन ।।
एकान्त बास, तस्वीर साथ, उमेर गएछ,
कागजी भाषा, प्रेमको लिला, उपाय रहेछ,
नजर घुम्दा, क्यै हल्ला चल्ला, बल्झेला भावना,
आत्मामा गाढा, हर्पल प्रिया, तिम्रै छ सम्झना ।।

आज छठ पर्व भव्यतापुर्वक मनाईंदै

काठमाडौ १९ कात्तिक । तराईवासी नेपालीको महान् चाड छठ पर्व आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अघ्र्य दिई सम्पन्न गिरंदै छ । पारिवारिक सुख शान्ति कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भनेर मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौंमा बस्ने तराईवासीले विगत केही वर्षदेखि रानीपोखरी र वाग्मती नदी किनारमा भेला भई सो पर्व मनाउने गर्दै आएका छन् । सूर्य आराधनाको यस पर्वलाई ुछठु भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ुचैती छठु र कात्तिक महिनाको शुक्लपक्षमा ुकात्तिकी छठु मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन् । यो पर्वलाई सूर्य षष्ठी स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफंैले बनाएको सात्विक भोजन गर्ने गर्छन् । ुखरनाु भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि ुखरनाुको प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन् । व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा पुरी चामलको पिठोको सख्खरसहितको लड्डु विभिन्न प्रकारका फलपुूल उखु नरिवल बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी नाङ्लो आदिमा राखेर नदी पोखरी नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।छठ पूजाले आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।राष्ट्रपति डा। रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छठ पर्वका अवसरमा आज समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई सुखसमृद्धि एवम् सुस्वास्थ्यको शुभकामना दिनुभएको छ । यो पर्व राष्ट्रिय एकता सहिष्णुता भ्रातृत्व एवम् सामाजिक सांस्कृतिक सद्भाव कायम गर्ने महत्वपूर्ण अवसर पनि हो भन्दै उहाँहरुले यो दिनले सबै देशवासीमा आत्मीयता आरोग्य र सद्भाव ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ । - मोहन चितवन

मलेखुको माछा आहा .............. कति मीठो

मलेखुको होटलमा ग्राकको प्रतीछामा रहेका होटलका मान्छेहरु , यहाको माछाको प्रचार नेपाल भारी नै छ । माछा भनको मलेखुको माछा भन्ने सबैको अंतर भावनामा छ ।

आहा कस्तो मीठो होला यो माछा ........................... साथीहरु माछा भनेको ...............

बन्दुकको नालबाट निस्कने किताब !

ओशामा बिन लादेन केवल बन्दुक चलाउन मात्रै जान्छन भन्ने तपाईलाई लाग्छ भने छिट्टै त्यो गलत सिद्ध हुँदैछ । हो, त्यहि ओशामा बिन लादेन, जो १० मार्च १९५७मा रियादमा जन्मेका थिए अनी जसले सन १९७९ मा सिभिल ईन्जिनियरिङको पढाई सकेका थिए र हाल अमेरिका द्वारा संसारकै सबैभन्दा खतरनाक आतंककारी घोषित भएका छन। समाचारका अनुसार उनी आजकल किताब लेख्‍नमा व्यस्त छन । पहिले अरेबियन भाषामा लेखिने सो किताबको छिट्टै अंग्रेजी अनुवाद पनि निकालीने भएकोले हाल उनी एकजना मध्य पूर्विय युवकको सहयोगमा सो किताब पुरा गर्न लागेको खबर आएको छ । किताबको प्रकाशन पुर्व नै सो किताबका बारेमा चर्चा परिचर्चा सुरु भैसकेकोले यो किताब 'बेस्ट सेलर' भएमा कुनै अनौठो नमाने हुने अनुमान गरीएको छ । जसले जे सुकै भने पनि उनले किताब लेख्‍न थालेको खबर आएपछि उनका समर्थक मात्रै हैन उनका कट्टर बिरोधिहरु पनि सो किताबको अप्रतक्ष प्रतिक्षामा बस्न थालेका छन । मुख्य त सो किताबले ९-११ को अकल्पनिय आक्रमण, विश्‍वमा चलेको तेलको राजनीति र सबै देशमा बढ्दो अमेरिकि प्रभावको बारेमा पनि लादेनको प्रतक्ष र सनसनिखेज खुलासा गर्न सक्ने सम्भावना रहेकोले सो किताब हातै हात बिक्न सक्ने पनि अनुमान हुन थालेको छ । पाकिस्तानका केहि पत्र-पत्रीकाका अनुशार अल-कायदाको बिरोधमा आएका 'भ्रामक समाचारको' खण्डन गर्नु र आफ्नो किताबबाट आफ्नो बिचारको समर्थन खोज्नु नै सो किताबको मुल ध्येय रहने छ । अल-कायदाको संजाल विश्‍वका करिव पचास देशमा रहेको अनुमान गरीएको छ र यो संजालले आफ्ना समर्थक अन्य स-साना गुटहरुलाई पैसा, भौतिक अनी प्रबन्धनको सहयोग जुटाँउदै आएको छ । यदि अल-कायदाका प्रमुख मानिने लादेनको यो किताब साँच्चै 'बेस्ट सेलर' बन्यो भने सो बाट उठेको रकम फेरी यिनै संगठनका ध्वंसात्मक गतिबिधिमै जाने पनि करिव करिव तय नै छ । तर जे भए पनि किताब नै नपढिकन त्यसको बिरोध गर्ने पक्षमा भने म पनि छैन । (स्रोत: ईण्टरनेट र विभीन्न पत्र-पत्रीका)

बान की मुनको सन्देश

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल यात्रा छोटै अवधिको भए पनि ऐतिहासिक महत्त्वको बन्न पुगेको छ । उनी नेपाल यात्रा गर्ने पाँचौं राष्ट्रसंघीय महासचिव मात्र होइन, बौद्ध संस्कृतिमा गहिरो आस्था राख्ने तत्कालीन महासचिव उ-थान्तपछिका दोस्रा व्यक्तित्वसमेत हुन् । यति मात्र पनि होइन, संक्रमणबाट गुजि्ररहेको नवोदित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायी शान्तिप्रक्रियाका अत्यन्त महत्त्वपूर्ण सहयोगी पनि हुन् बान की मुन । विश्व संस्थाको सर्वोच्च पदाधिकारीका रूपमा उनको भ्रमणले नेपालको शान्तिप्रक्रियालाई टंुगोमा पुर्‍याउन केही अहं महत्त्वका सन्देश पनि दिएको छ । नेपालका महत्त्वपूर्ण हस्तीहरूसँगको मुनको भेटघाटले उनीहरूको ँमुड’ बुझ्न, नियतको राम्ररी अध्ययन गर्न र थप सहयोगको खाका तयार गर्न अवश्य नै मद्दत पुग्नेछ । सर्वप्रथम त मुनले नेपाली जनतालाई शान्तिस्थापनामा हासिल गरेको उपलब्धिका लागि बधाई दिए र सन् ०१५ सम्म सहस्राब्दी लक्ष्य पूरा गर्नमा जोड दिए । शिक्षा, स्वास्थ्य, लैंगिक समता, गरिबी उन्मूलन, सामाजिक र राजनीतिक समावेशीकरणजस्ता परिसूचकमा जोड दिइएको सहस्राब्दी लक्ष्य द्वन्द्व समाधानका निम्ति सर्वाधिक महत्त्वपूर्ण परिसूचकका आधार हुन सक्छन् भन्ने स्थापित मान्यताको एक पक्षराष्ट्र हो नेपाल । र, यतिबेला जब नेपाल संविधान निर्माणप्रक्रियामा अघि बढ्ने क्रममा छ, माओवादी नेतृत्वमा सरकार बनेको छ, र सरकारबाहिर प्रतिपक्षका रूपमा बसेर एक महत्त्वपूर्ण दल नेपाली कांगे्रसले शान्तिप्रक्रियामा ँहलो अड्काइरहेको’ अनुभव गरिँदै छ, महासचिवको आग्रहपूर्ण सन्देशले सबैलाई एक ठाउँमा आउन अभिप्रेरित गर्छ । दोस्रो, मुनले प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण तथा भेटघाटको स्मरण गर्दै प्रचण्डले शान्तिस्थापनामा नेपाललाई विश्वकै नमुना राष्ट्रका रूपमा खडा गर्न चाहेको उल्लेख गरी सो ँआश्चर्यजनक लक्ष्य’ प्राप्त गर्न प्रधानमन्त्रीसमक्ष सबैलाई एक ठाउँमा ल्याउन आग्रह गर्नुभएको छ । यसबाट नेपालको शान्तियात्रामा प्रचण्डले निर्वाह गरेकोे भूमिकालाई उनले खास महत्त्व दिएको र तदनुकूल आशा गरेको बुझन्िछ । रष्ट्रसंघ महासचिवले जारी शान्तिप्रक्रियामा माओवादी लडाकूहरूको समायोजन र पुनस्र्थापन कार्यलाई विशेष महत्त्व दिँदै सो काम नभएसम्म शान्तिप्रक्रिया पूरा नहुने बताएका छन् । यस अवधारणाले यस्तो महत्त्वपूर्ण मुद्दामा अल्मलिएको नेपाली राजनीतिलाई एकप्रकारले तरंगित पारेको हुनुपर्छ । उनले नेपाली कांग्रेसका सभापतिसँग पनि यी विषय उठाएको अनुमान गर्न कठिन छैन । नेपाली कांग्रेस अहिले सरकारले गठन गरेको तद्विषयक समितिमा सहभागी हुन मानिरहेको छैन र केही प्राविधिक कुरामा असहमति जनाइरहेको छ । सारतः यसैले महासचिवले सरकारलाई नेपाली कांग्रेसको सहभागिता सुनिश्चित गर्न तथा अन्य दलको अभिमत लिनसमेत आग्रह गरेका हुन् भन्न सकिन्छ । तेस्रो, महासचिव मुनले कंगोको द्वन्द्वमा नेपाली सेनाका एक मेजरकोे वीरतापूर्ण उत्सर्गघटना स्मरण गरेर नेपालले अन्तर्राष्ट्रिय शान्ति मिसनमा निर्वाह गरेको भूमिकाको हार्दिक प्रशंसा गरी नेपाली जनताले त्यसैगरी नेपालको शान्तिप्रक्रियामा उत्सर्ग गर्नसक्ने आशय व्यक्त गरे । यसबाट महासचिवले नेपालका दल र जनतामाथि ठूलो भरोसा राखेको स्पष्ट हुन्छ । महासचिवले नेपाली राजनीतिक नेतृत्व र जनताप्रति देखाएको भरोसालाई दृष्टिगत गरी वर्तमान जडताको उपयुक्त निकास खोज्नुपर्ने र उच्चतम राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको छ । अब पनि कांग्रेसले माओवादीलाई पुरानै दृष्टिले हेर्न मिल्दैन, किनकि उसले अन्तर्राष्ट्रिय मञ्चबाट मान्यता पाइसकेको छ- संरासं महासचिवको नेपालभ्रमणले यही सन्देश दिएको छ ।

राजेन्द्रको पुनरागमन

काठमाडाै/ राजेन्द्र भण्डारी नेपाली एथ्लेटिक्स क्षेत्रमा नौलो नाम होइन । मध्यम दूरीका दौडमा विशेष क्षमता प्रदर्शन गर्दै नेपाली खेलजगतमा एकछत्र राज गरेका भण्डारीले दुई वर्षअघि श्रीलंकामा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोग गरी दौडेको प्रमाणित भयो । र, उनीमाथि दुई वर्षको प्रतिबन्ध लाग्यो । गत महिनामात्र उनीमाथि लागेको दुई वर्षको प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्धपछि उनले पहिलो सहभागिता म्याराथनमा जनाए । लामो दूरीको दौडमा पनि आफू सक्षम रहेको प्रमाणित गर्दै सहभागी ६८ मध्ये पहिलो भए । काठमाडौं एथ्लेटिक्स क्लबले आयोजनामा शनिबार सम्पन्न खुला अन्तर्राष्ट्रिय काठमाडौं म्याराथनको उपाधि जितेका हुन् नेपाल आर्मीका धावक राजेन्द्र भण्डारीले । दुई वर्षपछि पहिलो सहभागिताका रूपमा रहेको म्याराथन दौड २ घन्टा २२ मिनेट १८ सेकेन्डमा पूरा गरेपछि उनले पाँच हजार अमेरिकी डलर पुरस्कार पनि पाएका छन् । 'दुई वर्षको प्रतिबन्धपछि सहभागितामै उपाधि जित्दा खुसी लागेको छ,' पहिलो मध्यम दूरीका धावक रहेका भण्डारीले भने, 'अब म लामो दूरीमा केही गर्ने सोचमा छु ।' प्रतिबन्धित अवधि समाप्त हुनेक्रम अघि बढ्दै जाँदा धावक भण्डारीले उत्कृष्ट पुनरागमन नगरेसम्म एक्लै प्रशिक्षण लिने र रंगशाला पनि नजाने 'कसम' खाएका थिए । त्यसैले चार महिनाअघिदेखि एक्लै प्रशिक्षण सुरु गरेका थिए उनले । 'जबसम्म पुनरागमनलाई सुखद बनाउन्न, तबसम्म अरूसँग प्रशिक्षण नलिने सोचाइ बनाएको थिएँ,' भण्डारी भन्छन् । प्रतिबन्धित अवधिमध्येको ६ महिना पाँचखालमा -सैनिक प्रशिक्षण केन्द्र) प्रशिक्षण, अनि ६ महिना हाइटीमा शान्ति स्थापना गर्न खटिए । 'त्यसपछि केही महिना घरपरिवारलाई दिइयो र पछिल्लो चार महिना प्रशिक्षणमा बिताइयो,' म्याराथनको तयारी धेरै नगरेको जानकारी दिन्छन् उनी । 'जित्छु भन्ने आत्मविश्वास कता-कता थियो, सधैं दौडिरहेका साथीहरूसँग दौडदै छु भन्ने सोच्दा बिहान डर पनि लागेको थियो,' उनी भन्छन्, 'तर पनि पार गरे स्वर्ण नत्र दुर्भाग्य भन्ने सोचेर दौडेँ ।' भण्डारीसँगै त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका अर्जुनकुमार बस्नेतले दोस्रो स्थान हासिल गरे । उनले २ घन्टा २४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गरे । 'दौड सुरु गर्दा पहिलो हुन्छु भन्ने लागेको थियो,' ३३ वषर्ीय अर्जुन भन्छन्, 'तर भक्तपुरबाट अलि पछि परियो, तर पनि आप\mनै साथीले जित्दा खुसी लागेको छ ।' गत महिना रियल काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमा पनि दोस्रो भएका अर्जुनले यसपटक दोस्रो भएर तीन हजार अमेरिकी डलर पुरस्कार पाए । त्यसअघि, बेइजिङ ओलम्पिकमा समेत सहभागी भएका धावक बस्नेत आगामी महिना पोखरामा हुने म्याराथनमा पनि सहभागिता जनाउने तयारीमा छन् । लगातारको सहभागिताले पनि पहिलो हुन नसकेको उनी स्विर्काछन् । पहिलो र दोस्रो मात्र होइन आर्मीका सात धावक शीर्ष दसभित्र परे । जेसु एन्ड नेपालय, पmान्सको प्रायोजनमा भएको दौडमा सशस्त्र प्रहरीका अर्जुन ढकाल तेस्रो भए । ढकालले २ घन्टा २८ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । म्याराथनमा ६८ धावकले सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत स्कुलस्तरीय छात्र तथा छात्रा ५ किमि दौड पनि सम्पन्न भयो । जसअन्तर्गत छात्रातर्फ वासु मावि भक्तपुरकी सरिता बासी २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरी पहिलो भइन् । यसैगरी, शारदा उच्चमावि भक्तपुरकी सुमित्रा कोजु २१ मिटर ३९ सेकेन्डमा दौड पूरा गरी दोस्रो र वासु माविकै अनु तजले २१ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । छात्रतर्फ ज्योतिदयका दीपक देशारले १६ मिनेट ३० सेकेन्डमा दौड पूरा गरी पहिलो भए । आदर्श आजाद भक्तपुरका सुरेन्द्र ग्वाचा १७ मिनेट ३० सेकेन्डमा दघूरी पार गरी तेस्रो र नालन्दा एकेडेमीका कृष्ण महर्जन १७ मिनेट ५४ सेेकेन्डमा दूरी पार गरी तेस्रो भए । विजेतालाई नेपालका लागि जापानका राजदूत ताजुओ मिजुनोले पुरस्कार वितरण गरे । यसैगरी, चौथोदेखि दसौं भएका खेलाडी र छात्रछात्रातर्फको विजेतालाई रिबोकद्वारा प्रायोजित खेलकुद सामग्री प्रदान गरियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठलगायतको उपस्थिति थियो ।

अब बिरूवाले पनि ब्लग लेख्छ रे

जापानमा बिरूवालाई आफ्ना भावना इन्टरनेट ब्लगमा लेख्न सिकाइएको छ । ४० सेन्टिमिटर लामो गमलामा रोपिएको बिरूवाले क्याफेमा बसेर आफ्नो भावनाको बारेमा नियमित रूपमा ब्लग लेखिरहेको छ । 'मोदिरी-सान' वा जापानी भाषामा हरियो नाम गरेको बिरूवालाई टोकियोको कामाकुरा क्याफेको काउन्टरमा राखिएको छ । यस बिरूवाले सेन्सरको सहयोगमा दैनिक रूपमा ब्लग लेखिरहेको छ । सेन्सरले इलेक्टि्रक सिङनलको मापन गर्छ । बिरूवाले लेखेको भावनालाई कम्युटर एलगोरिदमले जापानी भाषामा अनुवाद गर्छ । 'सुरुमा बिरूवाले कस्तो अनुभव गर्छ भन्नेमा हाम्रो रुचि थियो । हामीले नदेख्नेगरी उनीहरूले अभिव्यक्ति गरिरहेका छन्,' अनुसन्धानकर्ता सातोसी कुरिबायसीले भने । मादोरी-सानको मुटु आकारको पातको सतहमा इलेक्टि्रक संकेत दिइन्छ । यो उज्यालो र मानिसको छुवाइसँग निकै संवेदनशील रहन्छ । बिरूवासँग जोडिएको सेन्सरले बिरूवाको भावनाको मापन गर्छ । बिरूवाले अनुभव गरेका भावना क्याफेमा रहेको कम्युटरमा पठाइन्छ । बिरूवाले पठाएको संकेतलाई कम्युटरले एलगोरिथम्सको सहायताले जापानी भाषामा अनुवाद गर्छ । अनुदित शब्द आफसेआफ मिदोरिज ब्लगमा पोस्ट हुन्छन् । 'आज घमाइलो दिन थियो । मैले घाम ताप्ने धेरै मौका पाएँ । ....आज निकै रमाइलो भयो' गत साता मिदोरिज बिरूवाको ब्लगमा लेखिएको थियो । केही समयअगाडि मात्र मिदोरिजको ब्लगमा लेखिएको थियो 'आज निकै बादल लागेको दिन छ, आज निकै जाडो छ ।' आगामी दिनमा मिदोरिजका भावना अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुने वैज्ञानिक कुरिबायासीले बताएका छन् । जापानमा मोबाइल फोनद्वारा ब्लग लेख्ने प्रचलन निकै बढेको छ । सन् २००७ मा जापानी भाषामा सबैभन्दा बढी ब्लग पोस्ट भएको टेक्नोक्र्याटिकले उल्लेख गरेको छ । दोस्रोमा अंग्रेजी र तेस्रोमा चाइनिज छन् । युनिभर्सिटी अफ अक्सफोर्ड र ओभिडोको एक अध्ययनअनुसार जापानमा विश्वमा गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन रहेको छ ।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]