नेपालको विकास भनेको केवल सडक र भवन निर्माण मात्र होइन - मेयर बालेन शाह

मकाउ। काठमाडौ महानगरपालिका का मेयर तथा राष्ट्रिय स्वातन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय भुकम्प दिवसको अवसरमा आफ्नो अनुभव र योजनाबारे लेखेका छन् । २०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।

आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा

मकाउ,आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा हुँदा शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेरले राष्ट्रिय टिमबाट विश्वकपमै डेब्यू गर्ने अवसर पाएका हुन् । उनले अब नेपाली सिनियर टोलीका लागि पहिलो खेल नै विश्वकपमा खेल्न सक्नेछन् । शेर मल्लसँगै बसिर अहमदको पनि टिममा पुनरागमन भएको छ । बसिरले गत असारमा भएको लिग २ शृंखलापछिको टी-२० शृंखलामा खेलेका थिए । त्यसपछि भएको टी-२० विश्वकप छनोटम भने मौका नपाएका बसिर एनपीएलमा गरेको प्रदर्शनपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा अटाउन सकेनन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो ।क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]