प्रवास आउने रहरसँगै जोखिमवाट बाँचौ र वचाउ

- राजन रिमाल कुवैत हवाली
हाम्रो नेपाली समाजमा केहि बर्ष पहिला पुरुषहरु मात्र देश छोडि रोजि रोटिका लागी विदेश जाने गर्दथे तर आजको परिवेश त्यस्तो छैन महिला पनि पुरुष सरह कमाउन र आत्म निर्भर रहन सक्छन भन्ने कुरा समाजमा प्रष्ट देखिएको छ । आजकल नेपालका कतिपय जिल्ला र गाँऊमा महिलाहरु विदेशिने लहरै चलेको छ भन्दा फरक नपर्ला । साँच्चै भन्न पर्दा सबै नेपालीको यो नै मुख्य रोजगारिको आधार बनेको छ । खासगरी नेपाली महिलाहरु बिदेशिनुको कारण हाम्रा नाङगा आँखाले हेर्दा गरिबी मात्रै देखे पनि लुकेका कारणहरु अरु धेरै छन जस्तै ः देशको बिग्रदो आर्थिक राजनैतिक अबस्था अशिक्षा बेरोजगारी समबन्ध बिच्छेद स्वतन्त्र जिउने चाहाना समाजको भड्किलो देखाशेखी चेतनाको कमी लैङगिक बिभेद र अन्य छन भने कुवेतको हकमा दलालहरुको चंगुलमा फस्नु वा विना पैसा घर बाट भागेर पनि कुवेत आउन मिल्ने अबस्था हो भन्न सकिन्छ । खासगरी खाडीमा कुवेत बहराईन ओमन साउदी अरब कतार र लेबनान जस्ता मुलुकमाहरुमा नेपाली महिलाहरुले धन कमाउने आशमा कष्टकर जिवन बिताई रहेका छन । यी मुलुक मध्ये केहि मुलुकहरुलाई महिलाका लागी असुरक्षित गन्तब्य भनेर सरकारले बन्द गरे पनि बास्तविक अर्थमा बन्द हुन भएको पाईन्दैन । यी देशहरुमा नै बसेर नेपाली महिलाहरुले दैनिक रुपमा श्रम बेचेका छन यीनका लागि नखाउ भने दिन भरिको शिकार खाऊ भने कान्छा बाबुको अनुहार भन्ने ऊखान जस्तै भएको छ । यी देशमा नेपाली महिलाहरुले पाउने काम भनेको घर सरसफाईबुढाबुढिको रेखदेख बच्चा बच्चिको सुसार किल्नर ब्युटिसियनवेटर सेल्स लेडि अफिस लेडि र केहि एजेन्सी खोलि आफनै चेलिबेटिको ओसार पसारको काम बिदेशी दलालहरु सँग मिलेर गरेको पाईन्छ । कतिपय अबस्थामा भिषा २० खादिम मा काम गर्ने घरेलु कामदारहरुको अबस्था अरु भन्दा अझै दयनिय देखिन्छ । उनिहरु निम्न अबस्थामा स्पोन्सरलाई छोडि भागेको भेटिन्छ जस्तै ः कुवैत एउटा विकसित मुलुक हो यहाँ जे जति कुरा अगाडि बढेका छन सबै प्रबिधिले नै अगाडि बढाएको छ । अशिक्षित महिलाहरु जमाना अनुसार चल्न नसक्नु वा ग्यास कुलरएसि भ्याकुम किल्नर फिर्जआईरन जस्ता सामानहरुको प्रयोग गर्न नजन्दा स्पोन्सरको किचकिच हुनु बिभिन्न खाले मानशिक र शारिरिक यातनाका साथ दबाबपुूर्ण ब्यबहार हुनु समयमा तलब नदिनुफोन चलाउन नदिनुआफन्तहरु सँग भेटघाट गर्न नदिनु छुट्टि नदिनु खानपिनमा निगरानी राख्नु कुट्ने पिट्ने जस्ता समस्या छन भने जबरजस्ति यौन शोषण पनि मुख्य कारणमा पर्छ । यी त भए स्पोन्सरका घरमा हुने समस्या तर यहाँ ति समस्या सुन्ने नेपाली बंगाली र छिमेकि देशका नागरिकहरुले भित्रको समस्या सुनेपछि दिने सु´ाब र मायाको जाल बुनि स्पोन्सरको घर देखि बाहिर निकालेर खुशी सुखि राख्ने आश्वासनले गर्दा धेरै भन्दा धेरै नेपाली घरेलुकामदारहरु यीनैको बहकाउमा लागी ईलेगल बनेको पाईन्छ । तिनले बाहिर निकाली बेच बिखन गरेको पनि पाईन्छ ।< भागि सके पछिको अबस्थामा उनिहरुको चाहना पुलिस र कानुनको नजर बाट बचेर रहने हुने भएको हुदाँ कोहि कोठिमा मोबाईल यौन ब्यबसाय संन्चालन गर्ने गिरोह संग पुग्छन कोहि बस्नको लागि कुवेतका लागि गैरकानुनी रुपामा विवाह गरि बसेका हुन्छन तर यो अबस्थाका धेरै महिलाहरुले अवैध बच्चाहरु जन्माएको पनि उदाहरण प्रशस्त पाउन सकिन्छ । कुलतमा फसेर कुवेतको कानुनले बर्जित गरेका कामहरु जस्तै लागु औषध ओसार पसारमा संग्लग्न रहेको कुवेतका पत्रपत्रिकामा पढन पाईन्छ भने केहिले बाध्यात्मकरुपमा बेस्याबृति गरेका हुन्छन । खासगरि यो पंङतिकारले कुवेतमा रहेका केहि महिलाहरु संग सम्पर्क गरेको थियो ऊनिहरु भन्छन । यो गल्ती हामी हतारमा बिदेश पसि फुस्रदमा पछुताउने नेपालीको हो भन्ने पनि गरेका छन । यदि हामी बिदेश जादैछौ भने आफैले बिदेश जानु अघि बिदेशमा हुने समस्याको बारेमा जान्नु पर्ने हुन्छ । बिदेश गएर गर्ने काममा दक्ष हुनु पर्छ संबन्धित देशको भाषा सिकेर मात्र बिदेश जानु पर्ने हुन्छ दलालको बहकाउमा लागी रेल बा बस चढि बिदेश जाने सपना देखि हिड्न हुदैन त्यसो गर्दा मुम्बईको बेस्यालयमा धेरै नेपाली चेलीबेटिहरु सढेको कुरा अखबारमा पाईएका छन आफु जाने देशको नेपाली संघ सस्था नेपाली दुताबासको नाम ठेगाना र ईमेल आईडि टेलिफोन नंम्बर टिपि राख्नु पर्ने हुन्छ यि सबै आफैले गर्ने काम हुन भने सरकारको तर्फबाट पनि निशुल्क तालिमको ब्यबस्था मिलाई दिनु पर्ने अन्य राष्ट्रको एयरपोर्ट प्रयोग गरी महिला कामदारलाई बिदेश पठाउन नहुने श्रममन्त्रालय र प्रराष्ट्रले संम्बन्धित देशको नेपाली नियोगले दिएको सु´ाबलाई मध्यनजर राख्दै नियम र उपनियमहरुलाई परिमाजिर्त गर्नु पर्ने नेपाल एयरपोर्टबाट सजिलो संग आवत जावत गर्ने ब्यबस्था गरिनु पर्ने बताउछन ।< के नेपाली महिलाका लागि कुवैतमा कुनै अबसर छैन त ? के नेपाली महिला कुवैतमा असुरक्षित छन त के कुवैतमा नेपाली महिलाहरुलाई कुनै अबसर छैन त साच्चै नेपाली महिला कुवैतमा असुरक्षित छन त को हो त यसको जिम्मेवार सवै नेपालीहरु भेडा बाख्रा जस्तै बेचिएका छन त त्यसो त यहाँ दक्षु जनशक्तिको खाँचो छ । यदि नस्र ब्युटिसियनसेल्स लेडि बेटर कम्पनि किल्नर जस्तै ः स्कुल हस्पिटलसुपर मार्केट अफिस लेडि जस्ता काममा भिषा १८ सुन भिषामा कुवैत आउने हो भने उनिहरुले पुरुष कामदारले भन्दा धेरै आय आर्जन गर्न सक्छन र गरेका उदाहरण पनि प्रशस्त छन । खास गरि घरेलुकामदारका लागि यो देशमा भयानक खतरा र नर्क सावित रहेको छ । सवै भन्दा पहिला नेपालबाटै आउने समयमा कुवैतमा रहेका खादिम घरेलु भिषा र सुन भिषा को बारेमा जानकारि रहेको खण्डमा यि समस्या थोरै कम हुन सक्ला यस बारेमा कुवैतमा रहेका आम नेपाली संघ सस्था र दुतावासले सामुहिक प्रयास गर्यो भने एकाध बर्षमा यो समस्याको अन्त्य हुने छ । र फिलिपिनो सहकर्मि मारेको अभियोगमा जेलमा सढेकि डोल्मा शेर्पा जस्तै कोहि नेपाली फेरि जेलमा सढ्ने छैनन । ४ बर्ष देखि फर्वानियाको हस्पिटलमा सढेकि शान्ति कुमारी डोङ जस्तै कोहि कुवैतमा बेखबर हुने छैनन फेरि सिता सावित्री जानकीले जस्तै नाजायज शिशु पाउने छैनन । शान्त मायाले जस्तै आफैले पाएको शिशु बेच्ने छैनन । अस्मिताहरुले जस्तै भु्रण हत्या गर्ने छैनन । यहाँ उठाउनै पर्ने कुरा त के छ भने कुवैतमा घरेलुकामदारले पठाएको रेमिट्यान्स बाट देश हाक्ने भडुवा मन्त्रीहरुले केहि गर्नेवाला छैनन कुर्शिका लागि लडाई लड्नेहरु जनताको रगतमा होलि खेल्नेहरु शहिदका सपना कुठाराघात गर्ने र सत्ता बाहिर हुदाँ ननिदाउने र सत्तामा पुगे पछि कुम्भकर्ण जस्तै निदाएको बहाना गर्ने सामान्ति सोच राख्नेहरुले माखो मार्दैनन । यदि कुवेतमा बेचिएकाहेपिएका अलपत्र परेका थुनिएका यौन पिपाशुहरुको पंाजा बाट नेपाली महिलाहरुलाई निकाल्न चाहान्थे भने पक्कै पनि नेपाली दुतावासले भारतिय बाटो हुदै कुवैतमा नेपाली महिला कामदार नपठाउनु भनि पटक पटक गरेको आग्रह सुन्ने थिए होलान तर त्यसो हुन सकेन किनकि भारतीय बाटो रोक्ना साथ उनिहरुले त्यस बापत पाउने कमिशन पनि सगै रोकिने हुन्छ । तसर्थ कुवैतमा रहनु हुने सम्पुर्ण बुद्धिजिविब्यापारि पत्रकार समाजसेवीतथा सर्वसाधारणहरु सवै एक न एक तरिकाबाट कुवेतमा रहेका सबै नेपाली संग जोडिएका छौ ।
हाम्रो सानो सुचना र सु´ाब पिडितहरुलाई ठुलो हुन सक्छ । सबैलाई कुवैतमा नेपाली दुताबास रहेको जानकारी गराउ । दुताबासको टेलिफोन नंबर उपलब्ध गराई सहयोग गरौ । हामी नेपालीले नै नेपाली चेलिबेटि बेच बिखन तथा घर बाट भगाउने प्रलोभनमा फसाउने थुन्ने धम्काउने र बेच्ने जस्ताकाम नगरौ यदि कसैले गरेको थाहा पाएमा गोप्य सूचना पत्रकार तथा दुताबासलाई उपलब्ध गराउ किनकि एक नेपाली अर्को नेपालीका लागि हो । दुःख सुखमा साथ सहयोग दिनु हाम्रो कर्तब्य हो । अस्तु

दिनदहाडै नेपाली भुमि भारतद्वारा अतिक्रमण

- केशवराज जोशी
काचनपुरको दक्षिणीक्षेत्र रौतेलीविचुवा गाविस-९ झिलमिलामा रहेको दशौं बिगाह नेपाली भुमिमा भारतीय पक्षले दिनहु अतिक्रमण गरी खेती लगाइ रहेको छ ।झिलमिलामा पर्ने सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने नेपाली भुमि भारतले ट्रयाक्टर लगाएर जोत्न थालेको छ । भने झण्डै १४÷१५ विघा हालसालै जोतेर उखु खेती गरेको देखिएको छ ।भारतीय पक्षले दुई सीमा स्तम्भ भन्दा दुई सय मिटर वर नेपाली भुमिसम्म अतिक्रमण गरी खेती लगाइसकेका छन् ।झिलमिलाका स्थानियवासी माने रोकायाले दिएको जानकारी अनुसार विगत भन्दा यो समयमा भारतले नेपाली भुमि दिनहु अतिक्रमण थालेको छ । विषेश गरेर सोक्षेत्रमा भारतले बर्षातमा बढी अतिक्रमण गर्ने गरेको स्थानियहरुको भनाई छ । त्यस्तै सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने साविक पिल्लर पनि भारतले सार्ने योजना अनरुप साविक सीमा छेउछाउमा माटो निकाल्न सुरु गरेको छ । आइतबार अतिक्रमित झिलमिला क्षेत्रको सीमानामा पुग्दा एक भारतीय नम्बर प्लेटको ट्रयाक्टर दिउसै नेपाली भुमि जोतिरहेको थियो । नेपाली भुमि किन यसरी जोतिरहेको भनि ट्रयाक्र चालकलाई गरिएको प्रश्नमा चालकले माथिबाट जोत््न लगाएको प्रतिकि्रया दिए । यसरी दिदहाडै नेपाली भुमि अतिक्रमण भइरहदा स्थानिय प्रशासन भने वेखवर रहेको छ । झिलामिला क्षेत्रका स्थानिय बासिन्दाहरुले ५÷६ महिनादेखि लगातार नेपाली भुमि अतिक्रमणबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदा समेत अतिक्रमण रोक्न कुनै खाले पहल नभएको स्थानिय माने रोकायाले बताउनुभयो । सीमा स्तम्भ नं। २९ भन्दा झण्डै दुई किलोमिटर वर झिलामिला प्रहरी चौकी छ तर प्रहरीहरु प्नि अक्तित्रमण बारे बेखबर थिए । सो सीमाना आइतबार संवाददातासंगै झिलामिला प्रहरी चौकीका हवल्दार दानिसंह साउद पनि अक्तिक्रमण भइरहेको स्थानमा पुगेका थिए । त्यसपछि मात्र हवल्दार साउदले आफ्नो माथिल्लो निकायमा अतिक्रमणबारे जानकारी गराएका थिए । त्यसबाट पनि प्रष्ट हुन्छ भुमि अक्तित्रमण बारे हाम्रो नेपाली प्रहरी प्रशासन कति लाचार छ भनेर ।

साँचो मायाले संसार जित्छ - कोपिला अधिकारी

आहा क्या रमाइलो - कहिल्यै बिर्सन नसक्ने कुराहरु भएको त्यो दिन। त्यो दिन मेरो स्मरणमा सधैं आइरहन्छ। १४ फेब्रुअरी, जुन दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मायालु जोडीहरुले एक अर्कामा र्समर्पण हुने आशा र विश्वासमा मनका कुरा व्यक्त गर्दछन्। पश्चिमी संस्कृति भए पनि यो दिनलाई पछिल्ला वर्षरुमा नेपालीहरुले पनि विशेष महत्त्व दिन थालेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले पनि यस दिनकै लागि भनी विशेष मसलेदार खुराकहरु पस्किने गरेका छन्। कुरा त्यो दिनको हो- २०६३ साल फागुन २ गते, १४ फेब्रुअरी भ्यालेन्टाइन डे। सो दिनलाई प्रेम दिवसको रुपमा मनाइने गरिन्छ। २०६३ को भ्यालेन्टाइन डे धेरै कुराहरुले फरक छ मेरा लागि। सम्भवतः त्यो दिनमा मैले थाहा पाएदेखि अहिलेसम्मकै बढी हिमपात भएको थियो काठमाडौंमा। हाई, हेलोका थुप्रै साथीहरुसँग कलेजमा भेट भयो। मेरा आँखाहरुले मेरा मिल्ने साथीहरुलाई खोजी रहेको थियो। केही समयपछि राजले मलाई फोन गर्यो। त्यस लगत्तै ऋषिलाई भेटें। हामी तीन जना भएर प्रतिमा र प्रमिसालाई खोज्दै गयौं। त्यो दिन कक्षाकोठा पनि सुनसान थियो। सबै जना क्यान्टिन र भृकुटीमण्डपको पार्कमा रमिरहेका थिए। हामी पनि क्याम्पसको क्यान्टिनतिरै लाग्यौं। प्रतिमा र प्रमिसा पनि क्यान्टिनबाट आइरहेका थिए। अन्य दिनको भन्दा प्रमिसाको अनुहार रंग उत्रिएको, टेन्सनले छटपटाएको जस्तो देखेर हामी छक्क पर्यौं। प्रतिमा पनि त्यति खुसी देखिएको थिइन। एक्कासि प्रमिसा मलाई अंगालो हालेर रुन थाली र भनी ‘मायाको नाममा मान्छेहरु किन आत्मसम्मान बेच्छन् ? अनि क्षणिक सन्तुष्टिका लागि किन अरुको आत्मसम्मानमा चोट पुर्याउँछन् ? म अचम्ममा परें र डराएँ पनि। कतै प्रमिसाले हाम्रो प्लानिङको बारेमा थाहा त पाइनन् ? सबै कुरा मैले प्रतिमाबाट थाहा पाएँ। हामी क्यान्टिङ आउनुभन्दा अगाडि हाम्रा कक्षासाथीहरुमध्ये प्रविणले प्रमिसालाई प्रपोज गरेको रहेछ। प्रमिसाविना बाँच्न नसक्ने वाचा अनि हात काटेर रगतले भित्ताभरि प्रमिसा लेखेको देखेर, प्रमिसाले सम्झाइरहेकी थिई प्रवीणलाई। ‘प्रवीण यस्तो नगर, मैले तिमीलाई साथीबाहेक अरु केही सोचेकी छैन’, प्रवीणको चिरा परेको हातको हत्केलामा सल च्यातेर बाँध्दै थिई प्रमिसा। पछाडि सबै साथीहरु हाँसिरहेका थिए। केही छिनपछि प्रवीणले भन्यो- ‘नाटकको लागि पनि हात काट्नु पर्यो’, पछि मात्र थाहा भयो उनीहरुको ग्रुपले माया अभिव्यक्तिको नाटक गरेको रहेछ। यो घटनालगत्तै प्रवीणको ग्रुप क्यान्टिनबाट बाहिरियो। प्रतिमा र प्रमीसा हामीहरुलाई खोज्दै र अघिल्लो घटनाको बारेमा सोच्न बसिरहेका थिए। केही समयपछि रवीन्द्र, सनम, कौशल, कमलहरु आए। त्यो घटनाको बारेमा बोल्न नपाउँदै रवीन्द्रले प्रमिसालाई अनुभूत मायारुपी रातो गुला दिँदै भन्यो, ‘यु वन बि माइ भ्यालेनटाइन -’ गुलाब लिएर प्रमिसाले हाँसो छोड्दै भनी ‘अफ कोर्स ....। एक्चुअली मैले पनि तिमीलाई आज प्रपोज गर्छु भनेर सोचेको थिएँ तर आई एम लेट।’हो र प्रमिसा तिमी मलाई साँच्चै मन पराउँदै आइ डन्ट विलिव। के यो विपना नै हो रवीन्द्रको बोली सुनेर सनम, कमल, कौशल सबैले एकै स्वरमा भने- सँ’च्चै प्रमिसा तिमीले नाइँ भनेको भए शायद रवीन्द्रले जे पनि गर्थे। तिमीलाई देखेदेखि तिम्रो पुजारी भएको थियो रवीन्द्र। ए हो र यतिसम्म नाटक गर्न भ्यायो रवीन्द्रले। हा..हा... सबै छक्क परे प्रमिसाको कुराले। साँचो र झूटो माया र कुरा थाहा पाउन गाह्रो भयो प्रमिसालाई। रवीन्द्रले सबैको अगाडि तिमी भयौ भने मात्र मेरी नभए कसैकी हुन्नौं भनी उनीमाथि अभद्र व्यवहार गरेको रहेछ। यो थाहा पाएपछि म, राज र प्रतिमा, प्रमिसा सधैं हामी बस्ने ठाउँ उही भृकुटी मण्डपको पार्कमा गयौं। प्रमिसाको सबै कुरा सुन्दा राज र मेरा आँखाहरु नबोली एक अर्कासँग कुरा गरिरहे ... अनि हाम्रो प्लानिङ फेल भएको महसुस गरिरहयौं। ऋषिलाई फोन गर्दा मोबाइल अफ थियो। कहाँ गएको हो हामीलाई भन्दा पनि भनेन। धेरै समय कुर्यौं भृकुटी भण्डपमा ऊ आउँदा पनि आएन। त्यहाँको माहोल गजबको थियो। सबैको आ-आफ्नै ग्रुप, प्रेमीप्रेमिकाको जोडी, हातमा गिफ्ट अनि रातो गुलाब। ऋषिलाई खोजेर ल्याउन म गएँ क्याम्पसतिर। १७ नम्बरको कोठा जहाँ इकोनोमिक्स पढाइ हुन्थ्यो। सर त हुन हुन्थेन। अनि विद्यार्थीहरु पनि कोही थिएनन्। त्यहाँ कोठाअगाडि सेतो गुलाबले लेखिएको थियो- प्रमिसा। म छक्क परें, आज किन प्रमिसालाई यो सब भइरहेको छ। पाइला चाल्दै गएँ। अनि अगाडि बेन्चमा गुलाबी गुलाबले लेखिएको थियो। मेरो आत्मा मात्र तिमी। प्रमिसा- आर्श्चर्य चकित हुँदै अगाडि बढ- ‘तिम्रो साथ, मेरो बरदान, तिम्रो जीवन मेरो पहिचान। तिम्रो प्रियसी उही ऋषि।’ यतिसम्मको गुलाब ल्याएर बगैंचा नै क्लासभित्र बनाउन भ्याएछ ऋषिले भनी हाँसे पनि मँ .... के हो ऋषि यो सब ? म कसरी भनौं, तिमी पनि के बुझ्छौं र अरुको माया बुझ्न, आफूले पनि ठक्कर खाएको हुनुपर्छ। तिमी त, ऋषिको कुरा सुनेर मैले सोधें भन्न खोजेको के ऋषि ? हामी यति मिल्ने साथी, कति बेला ? कहिलेदेखि प्रमिसालाई मन पराउन थाले मलाई केही थाहा छैन ? मात्र यति थाहा छ पलपल सास फेर्दा उसको याद आउँछ, उसको पीडा सुन्दा धड्कन रोकिएझैं लाग्छ ? साँच्चै कोपिला माया र भावना नाप्ने कुनै यन्त्र भएको भए प्रमिसाले झूटो माया र साँचो भावना बुझ्ने थिई --- म ऊविना बाँच्न सक्दिन र फेरि उसको सामु मुख खोल्न पनि सक्दिन। अनायासी मममा अनेकौं प्रश्नहरु उब्जिन थाले.। मेरो दुवै जना मिल्ने साथी प्रमिसा अनि ऋषि। मैले ऋषिको कुरा प्रमिसलाई सुनाउन पनि सकिन। ऋषिलाई त्यही छोडेर केही नबोली आफूलाई लाचार ठान्दै म फेरि आएँ भृकुटी मण्डपमा। सबै जना घर फर्कियौं। म र राज एउटा बाटो हुँदै सामाखुसीतिर आयौं। प्रमिसा र प्रतिमा वानेश्वर। राजले मलाई भन्यो मैले सबैको अगाडि प्रमिसालाई प्रपोज गरेको भए के हुन्थ्यो ? साँच्चै भ्यालेन्टाइन डे आउनुभन्दा अगाडि राज र मैले एउटा प्लानिङ गरेका थियौं। मनका कुरा अभिव्यक्त गर्ने कलेजमा कुनै कार्यक्रम बनाएर सबैका सामु राजले प्रमिसालाई प्रपोज गर्ने र विवाहका लागि प्रस्ताव सहित आफू उनको मायामा डुबिसकेको अभिनय गर्ने र उनको प्रतिक्रिया पाएपछि रियालिटी बताउने । तर हामीभन्दा धेरै अगाडि प्रवीणको ग्रुप अनि रवीन्द्रको व्यवहारले हाम्रो कुरा राख्ने मौका नै गुमिसकेछ। कलेजमा जब हामी मिल्ने साथी भयौं, त्यति बेला नै हामी पाँच जनाले प्रतिबद्धता भनौं या हाम्रो मित्रता सधैं निःस्वार्थ रुपले अगाडि बढाउन एउटा वाचा गरेका थियौं। हामी पाँच जनामध्ये कसैले कसैलाई प्रेमीप्रेमिकाको रुपमा नलिने आत्मीय साथी दुखसुख बाँड्ने र आफ्ना केही कुरा नलुकाउने प्रण गरेका थियौं। राजको प्रपोजले कस्तो प्रतिक्रिया आउला अनि कस्तो माहोल बन्ने हो र यो दिनलाई अविस्मरणीय बनाउन राज र मैले त्यो योजना बनाएका थियौं। राज पनि आफ्नो घरतिर लाग्यो। तर म त्यो दिन सोच मग्न भएँ। ऋषिको भावनाले साँच्चै मलाई सोचनीय बनायो। जबजब भ्यालेन्टाइन डे आउँछ मलाई ती दिनहरुको यादले पछ्याइरहेको हुन्छ। साँच्चै यो माया भन्ने चिज कस्तो ? अनि माया व्यक्त गर्ने शैली कस्तो ? भन्छन् साँचो मायाले संसार जित्छ अनि झूटो मायाले जीवन नर्कमा पुर्याउँछ। ऋषिले प्रमिसालाई गर्ने माया अनि प्रमिसाले उसको ब्वाइफ्रेन्डलाई गर्ने माया, ती दुई जनाको माया दुई किनाराको। के यस्तै नै हुन्छ मायामा। अनि माया व्यक्त गर्नका लागि यही दिनलाई नै पर्खनुपर्छ।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]