राष्ट्रसंघको ६३ औं महासभामा प्रधानमन्त्रीको सम्वोधन

नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ अध्यक्ष महोदय सर्वप्रथम यस महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा तपाइँलाई बधाई दिने अनुमति चाहन्छु र आश्वस्त पार्छु कि मेरो प्रतिनिधि मण्डलको तर्फबाट तपाइँका जिम्मेवारीहरु पूरा गर्न पूर्ण सहयोग रहने कुरामा आश्वस्त गर्न चाहन्छु । म संयुक्त राष्ट्र संघका महासचिवलाई संयुक्त राष्ट्र संघको नेपालको परिस्थितिसम्बन्धी सकारात्मक भूमिका र विस्तृत प्रतिवेदनका लागि धन्यवाद दिन चाहन्छु । अध्यक्ष महोदयसंसारको सबैभन्दा नयाँ गणतन्त्रको प्रथम प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघको यस अगस्ट महासभामा सम्बोधन गर्न पाउनु मेरो निम्ति पूर्णरुपमा ऐतिहासिक अवसर हो । यहाँ विश्वभरिका नेताहरुसमक्ष उिभंदा मैले म र मेरो पार्टीले गरेको लामो संघर्ष जुन सत्ताबाट बाहिर पारिएका शताब्दीयौंदेखि दबाइएका बिाचत गरिएका र सीमान्तकृत सर्वसाधारणको मुक्तिको एकमात्र उद्देश्यद्वारा साचालित थियो को बारेमा सोचिरहेको छु । मेरो देशका पहाड र उपत्यकामा रहेका मैदानी भाग र शहरी क्षेत्रमा रात दिन काम गरिरहेका महिला र पुरुष अझै पनि जीवनका सामान्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन् र उनीहरु र उनीहरुको परिवारको लागि एक दिन बराबर अधिकार र अवसरहरुको प्रयोग गर्दै राष्ट्रको सम्मानित नागरिकको रुपमा बाँच्ने दिन आउने छ भन्ने आशा गरिरहेका छन् । हामी इतिहासको अत्यन्त महत्वपूर्ण ऐतिहासिक राजनीतिक परिर्वतनको मोडमा उभिएका छौं । र म र मेरो पार्टी सकारात्मक ऐतिहासिक परिवर्तनको नेतृत्वकर्ता भएकोमा गौरवान्वित छौं । आज म सुदूर पश्चिमको दलित केटाको आँखामा पूर्वका दबिएका आदिवासी जनजाति महिला घरविहीन थारु महिला भूमि विहीन मधेशी र पहाडका झुप्राहरुमा बसिरहेका किसानहरुको आँखामा चम्किरहेको आशा देखिरहेको छु । म उनीहरुलाई विश्वास र जिम्मेवारीका साथ दिगो शान्ति र समतामूलक प्रगतियुक्त नयाँ नेपालको यात्रामा लैजान चाहन्छु । .... READ MORE ....

पेट्रोल आविष्कारपछि मोटरसाइकलमा प्रयोग

- प्रदीप पाण्डेय
मुलुकमा पेट्रोलियम पदार्थ हाहाकार भइरहेकै बेला दाङका विद्यार्थीले पेट्रोलियम पदार्थ उत्पादन गरेका छन् । उनीहरूले सल्लाको खोटोबाट मट्टीतेल, डिजेल र पेट्रोल बनाई प्रयोगमा समेत ल्याएका छन् । यसअघि विभिन्न आविष्कार गरेका विशाल पुन, मार्शल रोका र हरि केसीले पछिल्लोपटक सल्लाको खोटोबाट पेट्रोलियम पदार्थ उत्पादन गरेका हुन् ।सल्लाको खोटो र पानीलाई तताई वाफबाट पेट्रोलियम पदार्थ उत्पादन गरेको विद्यार्थीले जानकारी दिए । उनीहरूले उत्पादन गरेको मट्टीतेलबाट स्टोभ र लालटिनसमेत बल्ने गरेका छन् । यसैगरी आगो बाल्दासमेत प्रयोगमा आइरहेको उनीहरूले बताए । उत्पादित डिजेल र पेट्रोलबाट सवारी साधन सहज रुपले चल्ने दाबी विद्यार्थीको छ । आविष्कार टोली प्रमुख विशाल पुन सल्लाको खोटो र पानीको वाफ दुवैलाई शुद्धीकरण गरे तेल उत्पादन हुने दाबी गर्छन् । उनले सोही प्रक्रियाबाट ग्याससमेत बनाउन सकिने बताए ।छोराले बनाएको मट्टीतेल आगो बाल्दा प्रयोग गरिरहेको बताउने मार्शल रोकाकी आमा हर्कमायाले कहिलेकाहीँ ग्यास अभाव टार्न स्टोभसमेत बाल्ने गरेको जनाइन् । उनले भनिन्, 'हामीले छोराहरूलाई सहयोग गरिरहेका छौं, सरकारले पनि सहयोग गरे उनीहरूको क्षमता सदुपयोग हुने थियो ।' हालसम्म विभिन्न आधा दर्जनभन्दा बढी नयाँ प्रविधि आविष्कार गरिसकेका विद्यार्थीले यसअघि डोजर, पेरिस्कोप, टेलिस्कोप, एएम ब्यान्ड, वाकीटकी, लेजरलगायत सामग्री आविष्कार गरिसकेका छन् । उनीहरूको आविष्कारप्रति कुनै पनि सरकारी निकाय र संघ-संस्थाको ध्यान जान सकेको छैन । हाल घोराहीस्थित भ्याली टप बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले सबैको सहयोग पाए जिल्लामै प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने दाबी गर्छन् । मार्शल रोकाका अनुसार, उत्पादित हुने तेल सस्तो र गुणस्तरीयसमेत हुने गरेको छ । रोका भन्छन्, 'हामीलाई सरकारले सहयोग गरे दैनिक सयौं लिटर तेल जिल्लामै उत्पादन गरेर देखाइदिन्छौं ।' अर्का विद्यार्थी हरि केसी डाल्डा घ्यूबाट पेट्रोल उत्पादन गर्न सकिने भए पनि महँगो हुने बताउँछन् । उनले नेपालमा प्रशस्त सल्लाको खोटो पाइने भएकाले यसबाट सस्तो र गुणस्तरीय तेल उत्पादन गर्न सकिने बताए । उनले भने, 'हामीले ल्याब नै दर्ता गरी नयाँ-नयाँ आविष्कार गर्ने कार्यक्रम बनाएका छौं ।' उनीहरू भविष्यमा मानवयन्त्र रोबर्ट बनाउने तयारीमा छन् । विद्यार्थीको पेट्रोल आविष्कारपछि मोटरसाइकलमा राखेर प्रयोग गरेका स्थानीय वसन्त श्रेष्ठले मोटरसाइकल सहज रुपमा गुडेको बताउँछन् ।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]