आतंककारी सुचीवाट नहटाउन

नेपाली जनसर्म्पर्क समिति अमेरिकाले प्रजातन्त्र, वहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, वाईसीएलको ज्यादती, लुटिएको सम्पत्ति फिर्ता लगायतमा माओवादी पार्टर्ीी पर्ूण्ा प्रतिवद्धता नदेखाउंदासम्म आतंककारी सुचीवाट नहटाउन अमेरिकी सरकारलाई दवाव दिने निर्ण्र्ाागरेको छ । मातृपार्टर्ीीेपाली काँग्रेसले माओवादी समक्ष विगतमा राखेका विभिन्न शर्तहरु पुरा गराउनका दवाव दिन लागिएको हो । माओवादीलाई अमेरिकी सरकारले एक्जुकेटिभ अर्डर अर्न्तगत आतंककारी सुचीमा राखेको छ । पार्टर्ीी अघि सारेका शर्तहरु पुरा नहुदांसम्म माओवादीमाथि लगाएको आतंककारीको सुची नहटाउन समितिले अमेरिकी सरकारको ध्यानाकर्षा गराउने निर्ण्र्ाापनि गरेको छ । यसका लागि अमेरिकी सिनेटरहरुसँग भेटघाट, विरोध पर््रदशन र स्टेट डिपार्टमेन्टमार्फ् ज्ञापन पत्र बुझाइने जस्ता कार्यहरु गरिने समितिका अध्यक्ष आनन्द विष्टले वताउनु भयो । अन्य देशमा रहेका नेपाली जनसर्म्पर्क समितिहरुलाई पनि यो अभियानमा सहभागी हुन जनसर्म्पर्क समितिले अनुरोध गरेको छ । अमेरिकामा जनसर्म्पर्क समितिले जारी गरेको विज्ञप्तीमा शान्ति प्रक्रियाको आरम्भदेखि सरकार गठनका अवधिसम्म माओवादीका पक्षबाट पटकपटक सहमति विपरितका काम भईरहेका छन् । यस्तो अवस्थामा माओवादीलाई विश्वास गर्न सकिने स्थिति देखिदैंन । तर्सथ हामी हाम्रो मातृपार्टर्ीीेपाली काँग्रेसले विगतमा अघि सारेका प्रमुख सात शर्तहरुलाई पुरा गराउन माओवादीको ध्यानाकर्षा गराउँदछौं । आइतवार वसेको केन्द्रिय समितिको बैठकले माओवादीको नेतृत्वमा वर्तमान सरकार गठन हुनुअघि सरकारमा सामेल हुन नेपाली काँग्रेसले अघि सारेको शर्तलाई कार्यान्वयन गर्न माओवादीविरुद्ध दवाव सिर्जना गर्ने यस्तो निर्ण्र्ाागरेको हो । काँग्रेसले माओवादीसमक्ष प्रतिष्पर्धात्मक बहुदलीय संसदीय व्यवस्थाप्रतिको प्रतिवद्धता,मानव अधिकार र प्रेस स्वतन्त्रताबारे माओवादीको स्पष्ट अवधारणा, युद्धकालमा माओवादीले कब्जा गरेको सम्पर्ुण्ा सम्पति फिर्ता ,वाइसीएलको ज्यादती अन्त गर्नुपर्ने लगायतका प्रमुख शर्तहरु अघि सारेको थियो । यी शर्तहरुमा माओवादी सहमत हुन नसकेपछि काँग्रेस सरकारबाहिर रहेको र अहिले माओवादीको नेतृत्व तहवाटै संसदीय व्यवस्थाप्रति नकारात्मक टीप्पणी गर्न थालेपछि जनसर्म्पर्क समितिले यस्तो निर्ण्र्ाागरेको हो । माओवादीले सरकारी तहबाटै आफ्नो पार्टर्ीीथिको आतंककारी सुची हटाउन अमेरिका समक्ष अनुनय विनय गर्दै आएको छ । जनसर्म्पर्क समितिको यो पछिल्लो निर्ण्र्ाााई नेपाली काग्रेसले माओवादीलाई आफ्ना शर्तहरु पुरा गराउन कुटनीतिक रुपमा लविङ शुरु गर्न लागेको अर्थमा लिनु उपयुक्त हुने जनसर्म्पर्क समितिका पदाधिकारीहरुले बताएका छन् । समितिका सचिव गौतम दाहालका अनुसार अब यस्तो दवावमुलक कार्यलाई समितिका स्थानीय च्याप्टरहरुमार्फ पनि अघि बढाइनेछ र जनसर्म्पर्क समितिको आगामी महाधिवेशनको एक प्रमुख एजेण्डा मध्ये यो पनि एक हुनेछ ।

माओवादीले उग्रवादी कम्युनिष्ट आवरण फर्ेला

हि.दृ. संवाददाता
नेकपा एमाले र मधेसी जनाधिकार फोरमको र्समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड मुलुकको प्रधानमन्त्री बने पनि नयाँ सरकार चलाउन सजिलो छैन । अस्तव्यस्त मुलुकलाई सही राजनीतिक दिशा प्रदान गर्न र आम जनतालाई न्यूनतम राहत र सुरक्षाको ग्यारेन्टी गर्न नयाँ सरकारलाई फलामको चिउरा साबित हुनेछ । माओवादी नेतृत्वको सरकारको अन्तर्रर्ााट्रय जनाधार नभएको र अन्तर्रर्ााट्रय सहयोगबिना नेपालको राजनीति र अर्थनीति चल्न नसक्ने भएकाले माओवादी नेतृत्वले आफ्नो उग्रवादी कम्युनिष्ट आवरण फर्ेर्नुपर्ने देखिएको छ । लोकतान्त्रिक पद्धतिलाई पर्ूण्ारुपले आत्मसात नगरे अन्तर्रर्ााट्रय सहयोग र र्समर्थन पनि प्राप्त नहुने र आन्तरिक रुपमा पनि एक्लिने स्थिति रहेकाले नयाँ सरकार गठन गर्न पाएकोमा दंग पर्नुभन्दा निधार खुम्चयाएर सोच्नुपर्ने बेला आएको छ । राष्ट्रिय सहमतिको र्सवसम्मत सरकार बनाउनमा स्वयम् माओवादी अवरोध बनेकाले लोकतान्त्रिक विधि पुर्‍याएर प्रतिपक्षमा बस्ने नेपाली कांग्रेसले निर्ण्र्ाागरेको हो । प्रचण्डको नेतृत्ववाला नयाँ सरकारले लोकतान्त्रिक विधि अपनाउन सकेन र आ-आफ्नै पाराले चल्ने सोच बनायो भने मुलुक, लोकतन्त्र र स्वयम् माओवादी र उसका साझेदार दलहरुका लागि दर्ुभाग्य हुनेछ । माओवादीले सबैलाई धोका दिँदै आएको पृष्ठभूमिमा अहिले मन्त्रीको लोभमा होमिएका एमाले र फोरमलाई भोलि माओवादीले 'फुटबल' नबनाउलान् भन्न सकिन्न । माओवादीको स्पष्ट नीति र दृष्टिकोण लोकतन्त्रप्रति प्रतिबद्ध छैन । सत्तामा पुग्ने र सत्ता कब्जा गरिरहने मानसिकता बोकिरहेका माओवादीहरुले भोलि लोकतान्त्रिक ढंगले सरकार चलाएर मुलुकको लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्लान् भन्ने कुरामा धेरैलाई विश्वास छैन । यस स्थितिमा माओवादी नेतृत्वको सरकारले लोकतन्त्रको समग्र हित गर्न सक्ने आधार अत्यन्त कमजोर रहेको अहिलेको स्थितिमा नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर खबरदारी मात्र होइन, लोकतन्त्रको रक्षाका लागि सशक्त कदम चाल्नुपर्ने स्थिति आउने भएकाले कांग्रेस नेतृत्व आजैदेखि सचेत हुन जरुरी छ । नेपाली कांग्रेसले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन र सरकारमाथि अंकुश लगाउन सकेन भने माओवादीको उद्दण्डता अतिवाद अरु बढेर जानेछ । माओवादीले अहिलेसम्म विगतमा गरेका कुनै पनि सम्झौता अनुसार काम नगरेका, कब्जा गरेका घरजग्गा फिर्ता गर्नेदेखि विथापितलाई आ-आफ्नो घर र्फकन नदिइरहेको स्थितिमा माओवादी नेतृत्वको सरकारले तुरुन्त विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्दछ । सरकारमा सामेल एमाले र फोरमले माओवादी नेतृत्वलाई दबाव नदिने हो भने माओवादी नेता तथा कार्यकर्ताहरु झन् उग्र र हठी हुने खतरा त्यत्तिकै विद्यमान एकातिर छ भने अर्कातिर माओवादीले एमाले र फोरमलाई गलत ढंगले प्रयोग गरी अस्तित्व नै समाप्त पारिदिने सम्भावना पनि रहेको छ । यस्तो स्थितिमा माओवादीसितको सहकार्य र सहमति साझेदार दलहरुका लागि पनि गम्भीर चुनौतीको विषय बनेको छ । माओवादी नेतृत्व विश्वको समग्र राजनीतिक स्थितिलाई आत्मसात गरी लोकतान्त्रिक ढंगले सत्ता सञ्चालन गर्न नसकेको खण्डमा मुलुकका लागि अर्को विडम्बना हुनेछ - www.himaldristhi.com

मत येस्तै भयको छू है

२३सौ बसन्तहरु पार गर्दै गर्दाका दिनहरू येस्तै जादै छ, जिन्दिगीका उकोली अनि ओरालीहरुमा रमौले कोसिश्मा छू अनि दिनहरुको पर्खाईमा छू कतै गन्त्वय विनाको यात्राहरु चालिरहेको यो एक्लो यात्रीको गन्त्वयमा पो पुग्छकि ........ यात्रीकोको यात्रा जारी छ

जननेता निधन भएको रहस्योद्घाटन

आन्दोलनको मैदानबाटै बेपत्ता भएका भारतका चर्चित जननेता सुवासचन्द्र बसु (बोस) सन् १९८५ सम्म बाँचेर निधन भएको रहस्योद्घाटन हालै भएको छ। सशस्त्र युद्ध गरी अङ्गे्रजहरूलाई भारतबाट धपाउनुपर्छ भन्ने विचार राख्नुहुने सुवासचन्द्र बसुलाई भारतमै कडा वारेन्ट जारी गरिएको थियो। स्वतन्त्र भारतको लडाइँमा संलग्न एक स्वतन्त्रता सेनानीले सुवासचन्द्र बोसको १९८५ सेप्टेम्बर १६ को राति करिब पौने नौ बजेतिर हृदयाघातबाट निधन भएको बताएका छन्। अयोध्याप्रसाद गुप्ता नाम गरेका ८२ वर्षीय ती सेनानीले नेता बोसको अन्त्येष्टि फैजावादस्थित सरयू नदी किनारको गुप्तार घाटमा भएको पनि बताएका छन्। अयोध्याप्रसादका अनुसार अन्त्येष्टिमा जम्मा पाँचजना मानिस थिए र उक्त स्थानमा उहाँको समाधि पनि बनिसकेको छ। उहाँ साढे सात वर्ष भारतकै बस्ती जिल्लामा, अढाई वर्ष अयोध्यामा र तीन वर्ष फैजावादमा पनि बस्नुभएको थियो। 'नेताजी' नामले चर्चित सुवासचन्द्र बोस भूमिगत हुनुको एक मात्र कारण भारत स्वतन्त्र हुँदा बेलायतसँग गरिएको सम्झौता नै भएको उहाँको ती ८२ वर्षीय सहयोगीले उल्लेख गरेका छन्। त्यतिबेला भारतले बेलायतसँग सम्झौता गर्दा दुईवटा सर्त राखिएको थियो। जसमा एउटा भारत र पाकिस्तानको बाँडफाँड र अर्को नेता बोसको जिउँदो शरीर या लाश बेलायतलाई बुझाउनुपर्ने उल्लेख थियो। जुन सर्त सन् २००२ सम्म लागू हुन सक्थ्यो। उहाँको भूमिगत जीवनका बारेमा आफूले एउटा पुस्तक लेखेको र त्यसमा उहाँका दुर्लभ फोटोहरू रहेको अयोध्याप्रसाद गुप्ताले बताएका छन्। विगतमा सन्त महात्माको भेषमा कतै बसिरहेका छन् भन्ने अनुमान गरिएका बसु नेपालका प्रसिद्ध सन्त खप्तड स्वामी नै हुन् कि भनी अनुमान पनि गर्ने गरिएको थियो। साभार:- weeklynepal.com

भेटियो यतिको पईला !

यति र यु. एफ. ओ. दुईवटा यस्ता रहश्यहरु हुन जुन बेला- बेलामा मिडियामा आईरहन्छन, अनि यीनिहरुको अस्तित्वको वारेमा पनि सकारात्म र नकारात्मक दुवै खाले विचारहरु रहेका छन। एकथरि मानिसहरु यिनको अस्तित्वलाई ठाडै नकार्छन भने अर्काथरी बेला बेलामा यस्को अस्तित्वको प्रमाण फेला परेको बताउँछन ।यहि हप्ता संयोगबस यि दुबैको अस्तितवको वारेमा एकै चोटि ईण्टरनेट, कागजी छापा र बिद्युत्तीय समाचार माध्यमहरु भरिएका छन । यु. एफ. ओ. को बारमा आएको खबर यसपाला पनि 'ईतिहासको कथा' भएकोले यहा त्यसको चर्चा गरिने छैन । तर यति, जुन केवल नेपालको उच्च हिमाली भेगमा अझै रहेको विश्‍वास गरिन्छ, को वारेमा फेरि यौटा भर्खरै भएको अध्ययनले यतिको अस्तित्वको प्रमाण दिन कोशिस गरेको छ। ए! अरु त यता पो त

ईराकमा एक नेपालीको मृत्यू

- राम प्रसाद पन्त र जिवन पौडेल
ईराक स्थित बलाद बेस क्यम्पमा कार्यरत एक नेपालीको ११ अक्टोबरका दिन बेलुकी मृत्यू भएको छ । कुलाक कम्पनि अन्र्तगत रहेर केबिआर कम्पनीको सुरक्षागार्डमा कार्यरत इलाम घर भई ´ापाको विर्तामोडमा बसोबास गर्दै आउनु भएको मोहन प्रसाद शर्माको ह्दयघात भई निधन भएको हो उहाँ करिब ४१ वर्षको हुनुहुन्थ्यो । २ वर्ष अगाडि पैसा कमाउने र आफ्नो सन्तानसँग सुखिमय जिन्दगी बिताउने आशामा बैदेशिक रोजगारका लागि ईराकको युद्ध भुमिमा आउनु भएको थियो । दशैको खुशीयालीमा रमाईरहेको बेसका नेपालीहरुलाई अकस्मात उहाँको निधन भएको खबरले मर्माहित र स्तब्ध तुल्याएको थियो । उहाँको पाथ्ार्िक शरीरलाई नेपाल पठाउने प्रकि्रया अगाडि बदाएको जानकारी कम्पनीका सम्बन्धित व्यक्तिले दिनु भयो । पार्थिक शरीरलाई अक्टोबर १४ तारिकका दिन ईराकबाट कुवेत पठाई सकेको र त्यहाँबाट नेपाल पुर् याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने स्रोतले जानकारी गरायो । उहाँलाई क्षतिपूर्ति स्वरुप प्ररम्भिक चरणमा ६ महिना बराबरको उहाँको पारिश्रमिक र सुरक्षागार्डमा कार्यरत सहकर्मीबाट कम्पनिमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग उपलब्ध गराउने भन्ने प्रारम्भिक छलफल भईरहेको स्रोतले जानकारी गराएको छ । तर यसको बारेमा भने विस्तृत जानकारीे आउन बाँकी नै छ । उहाँको निधनमा बेसमा कार्यरत नेपालीहरुले अक्टोबर १४ तारिक बेलुकी श्रद्धााजली कार्यक्रमको आयोजना गरि आफ्नो सहकर्मी प्रति भावपूर्ण श्रद्धााजली अर्पण गरेका छन् । उहाँको चिर शान्तिको कामना सहित परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भागवानले प्रदान गरुन् हामी सबै यहि कामना गर्दछौं । प्राप्त जानकारी अनुसार उहाँको घरमा १ श्रीमती करिब २ वर्षका छोरा र १२ बर्षकी छोरी हुनुहुन्छ ।

लुक्ला त्रासदी जसरी देखियो

लुक्ला, जर्मनीका प्रवासी नेपाली र जर्मन नागरिकको सहयोगमा जीर्णोद्धार 'लुक्ला क्याम्गुन गुम्बा' घुमफिर सकेर नवमीका दिन राजधानी र्फकन मंगलबार बिहानै हामी जहाजको प्रतीक्षामा थियौं ।सहयोग जुटाउने आप्रवासी राम थापा र गुम्बास“ग आबद्ध पर्यटन व्यवसायी पासाङ शर्ेपाले सहकर्मी विजयबाबु खत्री, गायिका आनी छोइङ डोल्मा र मलाई गुम्बा हर्ेन निम्त्याएका थिए । अष्टमीका दिन हामी सगरमाथा प्रवेशद्वार लुक्ला बजार पुगेका थियौं । अग्नि एयरको दोहोरो टिकटमा गएको समूहमध्ये मबाहेक अन्यको पहिलो फ्लाइटको टिकट थियो । छिनछिनमै मौसम बदली भइरहने र लुक्लामा जहाज धेरै बेर नरोकिने भएकाले होटल हिमालयका सञ्चालक दावा शर्ेपा र उनको परिवारका अन्य सदस्यले पहिलो टोलीलाई खादा पहिर्‍याएर बिदाइ गरे । आप्रवासी थापा, गायिका आनी, सहकर्मी खत्री हतारिंदै जहाज चढ्ने तर्खरमा तेन्जिङ हिलारी विमानस्थल पुगे । यतीको एउटा जहाज यात्रु छाडेर फर्किसकेको थियो भने अग्निको जहाज इन्जिन बन्द नगरी यात्रु ओराल्दै थियो । अत्यधिक चिसो पानीका कारण मुख नधोई होटलको आ“गनबाटै विमानस्थलमा आउ“दै/जा“दै गरेका जहाजको फोटो र भिडियो रर्ेकर्ड गरिरहेको थिए“ । साढे सात बज्दै थियो । मौसम ब्रि्रने र सफा हुने क्रम जारी भइरहेका बेला लुक्लापारि डा“डामा सानो खेलौना आकारमा एउटा जहाज आइरहेको देखियो । कुन एयरलाइन्सको हो, ठम्याउन मुस्किल भयो । म त्यसलाई पनि कैद गर्ने तर्खरमा थिए“ । धावनमार्गमा पुगेपछि भिडियो खिच्ने योजना मनमा सा“चिरहेका बेला तल दूधकोसीबाट आएको हुस्सुले वारिपारि डा“डा ढाक्यो । पारि आउ“दै गरेको जहाज देखिएन । 'गड्याङ्ग' कतै पहिरो गएझैं आवाज सुनियो । विमानस्थल छेउमै सेतो हुस्सुको बीचबाट एकाएक कालो मुस्लो र आगोको राप दन्किन थाल्यो । ........ Read More .........

अर्काको छोरो - krishna Adhakari

- कृष्ण Adhikari
अरू कुमारी केटीहरू सपनामा आफ़्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो । एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ । रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन । बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर हुन्छ रे, हामी पनि त्यतापट्टी सोच्ने हो कि ? एक दिन रोहणले प्रस्ताव ल्याए । मैले स्वीकार गरेँ । हाम्रो त्यो सहमतिमा जन्मेको छोरो आज राम्रो स्कुलमा बोडर्स छ । गत असारदेखि दस वर्ष लागेको छ । त्यसपछि दोस्रो सन्तानका लागि हामीले सोच्तै सोचेनौ ।एक दिन रोहण अन्यमनस्क हुँदै अफिसबाट आए र थचक्क सोफामा बसे । मैले आजसम्म उनलाई यस्तो थकित र गलित कहिल्यै देखेको थिइन । छेउमा गएँ निधार छामे, सुमसुम्याए र सोधेँ- के भयो मेरो राजा आज तिमीलाई ? उनले मेरो कम्मरमा हात बेरेर कुममा चिउँडो टेकाउँदै भने हेर न मलाई जस्तो अवसर अरू कसैलाई आए थाप्लो ठोकी ठोकी हामफाल्दै जाने थिए । मेरो अफिसलाई अमेरिका जाने एउटा कोटा आएको छ । मेरो बाहेक अरूको योग्यता पुग्दैन । पढ्न पनि पाइन्छ, तलब पनि डलरको भाउमा । हाकिमले जाऊ भन्छ तर तिमीलाई छोडेर मलाई जान पटक्कै मन छैन । म छाँगाबाट खसे जत्तिकै भए । रोहण नभएको दिन मैले सपनामा पनि देखेकी छैन । ऊ नभएको रातको कल्पना पनि गरेको छैन । म चिच्याउँदै भन्न चाहहन्थ्यो, तिमी मलाई एक्लै छोडेर जाने कुरै नगर । फेरि विचार गरें "भाग्यले दिने कर्मले ठेल्ने" भन्छन् । मैले त्यसरी अड्डी लिदा हाम्रो ठूलै अवसर पो गुम्ने हो कि ? म गहभरि आँसु जमाएर चुप लागें । रोहणको मुखबाट पनि एक वाक्य फुटेन । हामी च्याप्प अँगालोमा कसिएर सुत्यौ र अनिदै आँखा लिएर बिहान उठ्यौ ।एक कान दुई कान मैदान भयो रोहणलाई अमेरिका जाने अवसर आएको कुरा । रोहण जान मन गर्दैन रे भन्ने हल्ला पनि खडेरीको भष्मे सल्किए जस्तो सल्किसकेछ । आफन्तहरू, नाता गोताहरू घरमा भेला भएर सम्झाउन थाले बाबै समय आउँछ पर्खिंदै । अब त छोरो पनि स्कुल जाने भैसक्यो । लाजवन्ती छोरो पढाउँछिन् घर थामेर बस्छिन्, केही वर्षको कुरा हो । त्यसपछि तिमीहरूलाई सुखै सुख । रोहणको बारेमा गाउँभरि टीका टिप्पणी सुरु भए, स्वास्नी छोड्न नसक्ने लाछी । कसै कसैले त सुँगुरलाई स्वर्ग जान्छस् भनेजस्तै हो रोहणलाई अमेरिका जा भन्नुसम्म भने । उता अफिसमा, हाम्रो कार्यालयको प्रतिष्ठाको कुरा हो तिमीले नाइँ भन्न मिल्दैन भनेर हाकिमले दबाब दिइरहेका थिए । यी चौतर्फी राप र तापबाट म पनि गलिसकेकी थिएँ । बाकी यता छ है

बलादमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए

- राम प्रसाद पन्त र जिवन पौडेल
हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादस्थित कुलाक कम्पनी र पिपिआईमा रहेका नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले आपुनो घरपरिवारलाई सम्झिदै धुमधाम सँग दशै मनाए । नेपालीहरु विश्वको कुनै पनि ठाँऊमा जे-जस्तो अवस्थामा रहेपनि उनिहरुले आफ्नो भाषा धर्म र संस्कृति अनि रितिरिवाजलाई भुलेका हुदैनन् भन्ने उदाहरण ईराकमा कार्यरत नेपालीहरुले पनि देखाएका छन् । विभिन्न क्षेत्रमा कार्यरत आफ्ना दाजुभाइहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो । आफ्नो देश अथवा घरपरिवारबाट टाढा रहेपनि आफु भन्दा ठुला दाजुहरुबाट रातो टिका लगाउनेको पनि कार्यक्रममा ठुलो उपस्थिति रहेको थियो । त्यसै भिडमा केहि खाली निघारै भए पनि शुभकामनाहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्यो भने केहि संगतिको तालमा आफ्ना दुःखहरु विसर्िएर रमाउनमा नै व्यस्त देखिन्थ्यो । आफ्ना घर परिवार छोडेर पैसा कमाउने आशामा आएका नेपालीहरुले आपुनो परम्परालाई नबिसर्ी सबै नेपाली मिलि दशै मनाए । त्यस अवसरमा टिका कार्यक्रम तथा लोकगीतको नृत्य कायक्रमहरुको पनि आयोजना गरिएको थियो । करिब ७ः०० बाट शुरु भएको कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । त्यस अवसरमा दुवै कम्पनीमा कार्यरत नेपालीहरुको दुवै कायक्रममा ठूलो मात्रामा उपस्थिीत रहेको थियो । यसरी ईराकमा कार्यरत नेपालीहरुले एक आपसमा आफ्ना दूःख र पिडा विसर्िएर आफ्नो बडादशैंलाई यो वर्षको लागि विदा गरे । ईराकमा रहेका नेपालीले मनाएको बडादशै देख्नेहरु सबै आफु नेपालमा नै रहेको र आफ्नै घर-परिवारसँग मनाई रहेको अभास गर्दै थिए एक अर्कामा ।

विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना

विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना
याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने किहले बन्द नगर्नू । बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई दिदी बहिनी अनि दौतरी परिबारमा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]