नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन- पहाड छोड्ने धेरै

मकाउ, मुलुकमा बसाइँसराइको क्रम नरोकिएको खण्डमा पुख्यौली थाँतथलो सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए । 

नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरलाई १-० ले हरायो

मकाउ, नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हरायो ।

नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।

भारतीय समकक्षीसँग भेट - परराष्ट्रमन्त्री देउवा

मकाउ, परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा भारत नरहेको आफूले पाएको बताएकी छिन् । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् । नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन् । 

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]