इराक हिडेंका महिला दुबई एयरपोर्टमा अलपत्र

- धर्मेन्द्र कुमार यादब,दुबई
नेपालबाट रोजगारको लागि अबैधरुपमा इराक जान लागेका ४ महिला दुबई विमानस्थलमा अलपत्र अबस्थामा रहेका छन् । नेपालको विभिन्न फरक फरक एजेन्टबाट आएको कुरा बुझिएको छ । यस पंक्तिकारलाई दुबई एयरपोर्ट भित्र रहेको विषेश सुत्रको जानकारी अनुसार पिडीतहरुसाग प्रत्यक्ष सम्पर्क गर्दा यथार्त र बास्तविक रहेको बुझिएको छ । उनीहरुलाई इराकको सुलेमानिया लैजाने भनेर ल्याएको र २३ फरवरी देखि इराकको नक्कली भिसा रहेकोले अलपत्र अवस्था रहेको छ । सो समुहमा १८ जना भन्दा बढि पुरुष हरु पनि रहेका छन् । भिसा,ˆलाईट र टिकट नक्कली भएको कारण ४ जना पुरुष नेपाल फर्किसकेका छन् । झापाको डम्बर र इराकमा गंगा भन्ने ब्यक्तिको सम्पर्कबाट कोहि लम्जुङ,धरान,झापा,कास्की तथा अन्य ठाउाका ब्यक्ति हरु रहेको बताईएको छ ।
इराक पुगेकी गुरुङ थरकी धरानकी एक महिला -नाम गोप्य) इराकमा अलपत्र परेको साथै अनेकौं पुरुषहरु बिच काम गर्दा उनको हालत अति गम्भिर रहेको साथै मानसिक र शारिरीक रुपमा पिडीत ती महिलाले दुबई एयरपोर्टमा अलपत्र महिला हरुलाई इराक नआउनु नेपालै फर्केर जाने सल्लाह दिएकी छन् । अब हामिले नै अनुमान लगाउने कुरा हो ती एक्ली महिला त्यहाा कस्तो अबस्थामा छिन् भनेर । त्ासर्थ पुरुषहरु इराक जाने घटना सामान्य भएको थियो तर महिलाहरु ज्ााने कुरा नौलो नै हो । यसरी बाध्यताले आर्थिक उपार्जनका लागि जाने ति महिलाहरुलाई अलपत्र पार्ने एजेण्ट तथा ब्यक्तिहरुलाई सजाय दिनै पर्ने देखिन्छ । र यो प्रक्रिया नै बन्द गराउन नेपाल सरकार तथा बिदेश स्थित कुटनितीक आयुक्त हरुले पहल गर्नु पर्ने देखिन्छ । यहाा रहेका केहि सामाजिक ब्यक्तित्वहरुबाट ती महिलालाई नेपाल जाने टिकटको ब्यावस्था गराउने तयारी भईरहेको छ । यस समाचारको विषेश प्रमाण र श्रोत यस पंक्तिकारसाग सुरक्षित र गोप्य छ । साथै महिलाको नाम गोप्य राखिएको छ । कुनै व्यक्ति,संस्था तथा सरकारी निकायले यो प्रक्रिया अन्त्य गर्ने प्रतिबद्घता जाहेर गरेमा मात्र उनीहरुलाई सार्वजनिक गरिने छ । स्मरण रहोस् यस अघि ०२ डिसेम्बर ,२००८ मा इराक लैजाने गिरोहको पर्दाफास भएको थियो । र सो समाचार सत्य तथ्य प्रकाशमा ल्याएकोले यो पंक्तिकार सहित चार पत्रकार मानसिक रुपमा पडित बनाईएका थिए । तर पनि यो प्रक्रियाबारे नेपाल सरकार लगाएतले कानमा तेल हालेर सुतेको पारा गरे । आशा गरौं यो प्रक्रियाको अन्त्य छिटो होस् र सम्पुर्ण प्रवासी नेपालीबाटै यसको शुरुवात होस् ।

मेरो मनको कुराहरु

यो मन त मेरो नेपाली नै हो

इराकमा नेपाली पत्रिका सुरुवात .....

नेपालीहरु बिश्वको जुनसुकै कुनामा पुगेता पनी समय र परिस्थिती अनुसार केहीनकेही गरिरहेका हुन्छन् आफ्नो घर-आगन देखि परको देशमा पनी आफ्नो नेपालीपन भुल्न सक्दैनन् त्यसोत इराकमा पुगेका नेपालीहरुले पनी एकै हप्ता भित्रमा तीन वटा नेपाली साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरेका छन्। गत फेब्रअरी २४ मा ताजी नाम राखेर पत्रिका प्रकाशन सुरु गर्ने प्रकाशकहरुमा सम्पादक;दिल गर्बुजा मगर,सहसम्पादक;टेक बहादुर थापा,कानुनी सल्लाहकार पदम कार्की,डिजाईनर तथा परिकल्पनाकार नरजङ्ग् थापा रहेका छन्।देश बिदेशको खबर,समसामयिक लेखरचनाहरु,साहित्य,मनोरञ्जन,बिभिन्न गतिविधीहरु आदी पढ्न सकिन्छ पत्रिकामा। यो पत्रिकाको अंक एक बर्ष एकको सम्पादकियमा वर्तमान सरकारको कार्यशैली आशा लाग्दो नभएको उल्लेख गर्दै लेखिएको छ-सरकार स्वयमले निराशा फैलाउन थालेको छ सरकार भनेको देशको नेत्रित्व हो।जनतालाई आशाबादी तुल्याईरहनु उसको प्रथम कर्तब्य हो निरासा बाडेर राज्य चल्दैन। ईराक बाट नेपालीहरुको पहिलो पत्रिका ताजी प्रकाशन भएको हप्ता दिन नपुग्दै मार्च एक तारिखको दिन संयुक्त रुपमा बलाद ताईम्स र बुक्कासाहित्य संगालो नामको साप्ताहिक पत्रिका प्रकाशन पनी सुरु भैसकेको छ। बुक्का साहित्य संगालो पुर्ण साहित्यिक हुने बाँचा प्रकाशक टिमले गरेको छ जसमा सम्पादक कृष्ण अधिकारी,कम्प्यूटर सहयोगी राज कुमार पौडेल बिशेष सल्लाहकार मोहन घिमिरे,डिजाईनर तथा वितरक कुशल गुरुङ्,राम्जी श्रेष्ठ,सल्लाहकारहरु पारसमणी भट्टराई, दीपक पौडेल अनिल प्रसाद तिमल्सिना रहेका छन्। त्यसैगरी बलाद ताईम्सको प्रकाशक यूनिटमा पधान सम्पादक नरुबाबु मगर,सम्पादक मण्डलहरु पदम राज जोसी,प्रकाश सुबेदी,कम्प्यूटर टाईप राकेश पुन मगर,नेटवर्किङ तारा प्रसाद छन्त्याल ,बिशेष सहयोगी मान बहादुर तामाङ रहेका छन्। यो पत्रिकामा पनी समचार घटना र बिचार,प्रेमपत्र साहित्य ,मनोरञ्जन, जानकारी, समसामयिक लेखरचनाहरु पढ्न सकिन्छ।स्वतन्त्र र समुन्नत नेपालको परिकल्पना गर्ने जोकोही राष्ट्रबादी नेपाली देशको स्थिति देखेर चिन्तित हुनु स्वभाविक नै हो आज पनी देशमा हत्या हिंसा,लुटपाट बलत्कार जस्ता जघन्य अपराधले बढवा पाईरहेको छ अर्को तर्फ मधेशीहरु एक मधेश एक प्रदेश जस्तो बिखण्डनबादी माग राखेर आन्दोलन गरिरहेका छन् यदी यो बिशम परिस्थितिमा पनि सरकार मौन रहयो भने नरहयो बाँस अब न बज्छ बाँसुरी भनेझै हुनेछ जनताको चाहना अनुरुपको संविधान लेखन अविलम्व सुरु गरियोस बलाद ताईम्स साप्ताहिककै सम्पादकियमा उल्लेख गरिएकोछ। अमेरिका सरकारको कन्ट्याकमा रहेको कम्पनीमा ताजी,बुक्का र बलाद नामको क्यामहरु छन् जहा नेपाली कामदारुपनी बसिरहेका छन् सोही क्यामहरुको नामबाट तिन नेपाली साप्ताहिक पत्रिकाहरुको नामाकरण गरिएको छ। ताजी साप्ताहिक पत्रिकाका सम्पादक दिल गर्बुजामगरले जानकारी दिनु भयो।

त्यत्तिकै छाडियो सभासद्लाई

काठमाडौं/ कोठीबाट रंगेहात पक्राउ परेका कांग्रेस सभासद् कृष्णप्रसाद यादवलाई प्रहरीले अभियोग नै नलगाई रिहा गरेको छ । कान्ति बाल अस्पतालपछाडि रहेको कोठीबाट सादा पोसाकका प्रहरीले उनलाई यौनसम्पर्क गर्दागर्दै शुक्रबार पक्रेको थियो । सभासद् यादवसँगै कोठी सञ्चालक सुनिता खड्का र तीन यौनकर्मी महिला पनि समातिएका थिए । पक्राउ परेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच घन्टा राखेर बेलुका साढे १० बजे महानगरीय प्रहरी वृत्त सिंहदरबार ल्याइएका यादवलाई प्रहरीले आइतबार कुनै अभियोग नै नलगाई त्यत्तिकै रिहा गरेको हो । अन्य चारलाई भने सार्वजनिक अपराधअन्तर्गत अनु्सन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर हनुमानढोकाको हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद्लाई छोड्न गृह मन्त्रालयबाट दबाब आएपछि काठमाडौं परिसरले कुनै अभियोग नै नलगाई रिहा गरेको हो । प्रहरीले सभासद् यादवसहित अन्य चार युवतीलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका लागि जिप्रकाबाट म्याद थप्ने तयारी गरेको थियो । उच्चस्रोतले भन्यो, 'तर सभासद् यादवको नाम हटाएर चारजना युवतीलाई मात्र म्याद थप्न लगियो ।' काठमाडौं परिसरका कुनै पनि अधिकारी सभासद् यादवको रिहाइको बारेमा बोल्न चाहँदैनन् ।

माओवादीले पनि सुरु गर्‍यो सेना भर्ना

काठमाडौं/ नेपाली सेनाको पछिल्लो भर्ती प्रकरणको विवाद सेलाउन नपाउँदै माओवादी जनमुक्ति सेनाले पनि थप सैन्य भर्ती गर्ने घोषणा गरेको छ । जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले सोमबार विज्ञप्ति जारी गर्दै जनमुक्ति सेना भर्नाबारे जानकारी दिएका हुन् ।पासाङका अनुसार मंगलबारदेखि जनमुक्ति सेनाको भर्ना-प्रक्रिया सुरु हुनेछ । उनले सातवटै डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न भर्ना हुन इच्छुक युवालाई आग्रह पनि गरेका छन् ।'सम्झौताको उल्लंघन गर्दै नेपाली सेनाले तीन हजारभन्दा बढी संख्यामा सेनाको थप र नयाँ भर्ना गरेको कार्यलाई समर्थन गरेकोबाट सिद्धान्ततः जनमुक्ति सेनालाई समेत विभिन्न कारणवश अनमिनमा पहिलो दर्तामा सूचीकृत ३१ हजार तीन सय १५ संख्यामा न्यून हुन गएको हाम्रो जनमुक्ति सेनाको संख्या थप गर्न बाटो खुलेकोले प्रेस विज्ञप्तिमार्फत १८ वर्ष उमेर पुगेका स्वस्थ, इच्छुक र सक्षम तथा जुझारु तथा बलिदानी भावनाले लेस नेपाली युवा वर्गमा जनमुक्ति सेना भर्नाका लागि हार्दिक अपिल गर्दछ,' पासाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १२ जेठ ०६३ को सेना तथा हतियारको व्यवस्थापन सम्झौताका आधारमा सातवटा अस्थायी शिविर र २१ वटा उपशिविरमा माओवादी जनसेना बसिरहेका छन् ।

खेलाडीमाथि आतंकबादी हमला

म्युनिख ओलम्पिकपछि खेलाडी लक्षित पहिलो गम्भीर आक्रमण लाहोर/ पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि मंगलबार हतियारधारी समूहले आक्रमण गरेको छ । पाकिस्ताविरुद्धको खेलका लागि श्रीलंकाली टोली बसबाट गद्दाफी रंगशाला गइरहँदा सो आक्रमण भएको थियो । आक्रमणबाट सात खेलाडी, एक अम्पायर र सहायक प्रशिक्षक घाइते भएका छन् । ६ प्रहरी र पाकिस्तान क्रिकेक बोर्डका एक ड्राइभरको निधन भएको छ । हतियारधारी समूहले श्रीलंकाली टोली रहेको बसमा गोली, बम र रकेट लन्चरले आक्रमण गरेका थिए । गोली लागी घाइते भएका दुई खेलाडीलाई अस्पताल भर्ती गरिएको छ । उनीहरूको जीवन खतरामुक्त रहेको बताइएको छ । अम्पायर अहसान राजाको अवस्था गम्भीर रहेको छ । पाँच खेलाडी र श्रीलंकाली टोलीका इङ्लिस प्रशिक्षकलाई भने सामान्य चोट लागेको पाकिस्तानी अधिकारीले जनाएका छन् । घाइते भई अस्पताल भर्ना गरिएका दुई श्रीलंकाली खेलाडीमा थिलान सामाराविरा र थारांगा पर्नाभिताना रहेका छन् । पर्नाभितानाको छातीमा र सामाराविराको तिघ्रामा गोली लागेको थियो । स्रोतले १५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको जानकारी दिएको छ । अम्पायर अहसान राजाको पेटमा गोली लागेको थियो । सामान्य घाइते भएका खेलाडीमा कप्तान माहेला जयाबर्दने, कुमार सांगकारा, अजन्था मेन्डिस, सुरांका लाकमल र चामिन्दा भास रहेका छन् । रनविरा र सहायक प्रशिक्षक पल फार्बासेलाई पनि सामान्य चोट लागेको श्रीलंकाली क्रिकेट बोर्डले जनाएको छ । आक्रमणको तीन घन्टापछि सैनिक हेलिकोप्टरबाट श्रीलंकाली खेलाडीलाई गद्दाफी रंगशालाबाट बाहिर निकालिएको थियो । श्रीलंकाली टोलीले मंगलबार राति नै आबुधावी जाने र बुधबार श्रीलंका पुग्ने योजना बनाएको छ । १९७२ म्युनिख ओलम्पिकमा प्यालेस्टाइनी हतियारधारीले इजरायली खेलाडीमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय खेलाडीमाथि नै लक्षित गर्दै भएको यो पहिलो गम्भीर आक्रमण हो । खेलस्थलको सय मिटरनजिकै हतियारधारी समूहले सो आक्रमण गरेको थियो । सुरक्षा घेरामा रहेर खेलस्थलतर्फ जान लागेको पदाधिकारी, अम्पायर र खेलाडीको बसमाथि आक्रमण भएपछि सुरक्षाकर्मी र हतियारधारी समूहबीच १५ मिनेट भिडन्त भयो । आक्रमणकारीले बस रोक्ने उद्देश्यले टायर र ड्राइभरलाई गोली हानेका थिए । साथै, बसमा गि्रनेड फालेका थिए । गि्रनेड बसमा भने लागेन । यसअघि, भारत र अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा हुन लागेको विभिन्न क्रिकेट प्रतियोगिता त्यागेका थिए । १४ महिनापछि पहिलो टोलीका रूपमा श्रीलंका पाकिस्तानमा खेल्न तयार भएको थियो । मुम्बईमा आतंकवादी हमला भएको तीन महिनापछि पाकिस्तानमा यो हमला भएको हो । मुम्बई आक्रमणमा १ सय ६४ व्यक्तिको हत्या भएको थियो । सुरक्षाअधिकारीले मुम्बई आक्रमण र मंगलबारको आक्रमणमा समानता रहेको बताएका छन् । दुवै घटनामा दुई वा दुईभन्दा बढी बन्दुकधारी विभिन्न समूहमा विभाजित भई आक्रमणमा उत्रेका छन् । र, विस्फोटक पदार्थ, बन्दुकसहित पछाडि झोला बोकेका आक्रमणकारीमा समानिते र मृत्युको भए नरहेको सुरक्षाअधिकारीको विश्लेषण छ । कुनै पनि समूहले मंगलबार साँझसम्म जिम्मेवारी नलिएको अवस्थामा सुरक्षाअधिकारीले भने आक्रमणकारीको सम्बन्ध श्रीलंकाली तामिल टाइगरसँग रहेको हुनसक्ने अनुमान गरेका छन् । केही अधिकारीको आंशका पाकिस्तानी आतंककारी संगठन लस्कर ए तोयबामाथि पनि छ । सो घटनालगत्तै पाकिस्तान र श्रीलंकाबीचको टेस्ट रद्द गरिएको छ । लाहोर सरकारले श्रीलंकाली टोली घर र्फकने तयारीमा रहेको बताएको छ । नेपाल भ्रमणमा रहेको श्रीलंकाली राष्ट्रपति महिन्दा राजापक्षले घटनाको भत्र्सना गरेका छन् । उनले आपmना विदेशमन्त्रीलाई तत्काल पाकिस्तान गई टोली फर्काउने व्यवस्था गर्न निर्देशन दिएका छन् । आक्रमणकारीले स्वचालित हतियाबारबाट विभिन्न स्थानमा रही टोलीको बसमाथि आक्रमण गरेका थिए । सोही क्रममा उनीहरूले रकेट र गि्रनेड पनि प्रहार गरेको प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् । बस रोक्ने उनीहरूको प्रयास भने सफल हुन सकेन । खेलाडी र पदाधिकारी रहेको बस मुस्किलले रोकिनबाट जोगिएको थियो । टेलिभिजन फुटेजमा देखिएअनुसार पछाडि झोला बोकेका कम्तीमा पनि दुई जोडी हतियारधारीको समूहले सो आक्रमण गरेको हो । आक्रमणका क्रममा सानो रूख र घाँसको मद्दतले लुक्दै गोली प्रहारसहित उनीहरू अघि बढेका थिए । 'आक्रमणको प्रकृति हेर्दा उनीहरू प्रशिक्षण प्राप्त र मनग्ये हतियार बोकेका व्यक्ति थिए । उनीहरूले बन्दुक बोकेको, ताकेको र प्रहरीमाथि आक्रमण गरेको हेर्दा उनीहरू साधारण व्यक्ति थिएनन्,' पञ्जाव प्रान्तका गभर्नर सलमान तासिर भन्छन्, 'मुम्बई आक्रमण पनि यस्तै शैलीमा भएको थियो ।' अन्य भिडियोमा क्षति पुगेको सवारीसाधान र नपड्किएको हातेबम जमिनमा छरिएको देखिएको थियो । आक्रमणकारी भागेपछि सुरक्षाकर्मीले पछाडि बोक्ने दुई झोला र वाकीटकी भेटेको थियो । लाहोर प्रहरी प्रमुख रहमानले आक्रमणमा १२ देखि १४ हतियारधारी संलग्न रहेको आशंका गरेका छन् । 'श्रीलंकाली टोलीको रक्षाका लागि हाम्रा प्रहरीले आपmनो जीवन बलिदान दिए,' उनले भने । नया पत्रिका

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]