ठूलो आँधी विपा मकाउ-हङकङतर्फ बढ्दै, सतर्कता जारी


मकाउ १९ जुलाई , फिलिपिन्स नजिकै उब्जिएको आँधी ("विपा") अहिले तीव्र बलियो हुँदै मकाउ र हङकङतर्फ बढिरहेको छ। क्षेत्रीय मौसम कार्यालयहरूले यसले यसै सप्ताहन्त मकाउलाई असर गर्ने बताएका छन्। मकाउको मौसम विभागले यो आँधी शनिबार बिहान नै मकाउभन्दा ८०० किलोमिटरभित्र पुग्ने बताएको छ। यसकारण चक्रवात चेतावनी नं. १ जारी गरेको छ । आँधी अहिले चीनको ग्वाङ्डोङ क्षेत्रतर्फ बढिरहेको छ। मकाउमा अर्को २-३ दिन धेरै गर्मी रहनेछ। आँधी नजिकिँदै जाँदा बादल लाग्ने, मेधगर्जनसँगै पानी पर्ने सम्भावना रहनेछ ।

मकाउमा नेपाली कामदारको मृत्यु

मकाउ, १२ जुलाई ।  वैदेशिक रोजगारीको क्रममा  मकाउमा रहनु भएकानेपाली कामदार श्री गंगा प्रसाद दाहालको मृतक शरीर स्थानीय आवासमा फेला परेको जानकारी  एनआरएनए मकाउ राष्ट्रिय समन्वय परिषद मकाउले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । यस दुःखद घटनाले मकाउमा कार्यरत नेपाली समुदायलाई ठूलो सदमामा पारेको छ। घटनाको तत्काल जानकारी पाएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ शाखा र नेपाल महावाणिज्य दूतावास (हङकङ/मकाउ)ले मृतकका परिवार, मकाउ प्रशासनसँगसमन्वय गरी कानुनी र मानवीय सहयोग प्रक्रिया सुरु गरेको प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।  

पोखरामा ग्रासरुट फुटबलको नयाँ अध्याय: रामघाट युवा क्लबले सुरु गर्यो प्रशिक्षण

मकाउ ।  पोखरा महानगरपालिका वडा नं. १० स्थित रामघाट युवा क्लबले पोखरा रंगशालामा आजबाट ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रुपमा सुरुवात गरेको छ। क्लबका संरक्षक नुना गुरुङले विभिन्न सहयोगीहरुबाट खेल सामग्री प्राप्त गर्दै सुरु गरिएको यस प्रशिक्षणको मुख्य उद्देश्य फुटबलमा क्लबको विगतको गौरवशाली इतिहास (धेरै जितहरु) फिर्ता ल्याउनु र स्थानीय युवाहरुमाझ खेलकुदको अभियान स्थापना गर्नु बताए। उनले भने, "हामीले विगतका जितहरु युवा पुस्तासम्म हस्तान्तरण गर्न चाहन्छौं। यो कार्यक्रम कास्कीमा खेलाडी उत्पादनको कोसेढुङ्गा हुनेछ।"  

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]