पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने । Read More...

काठमाडौंको वैकल्पिक विमानस्थल ?????

गत वर्ष ६२ लाख यात्रु आवागमन भएको त्रिभुवन विमानस्थलको बढदो हवाई चापलाई स्थानन्तरण गर्ने उद्देश्यले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले मंगलबार काभ्रेको नागीडाँडा र ठूलीचौरको स्थलगत अवलोकन गरेको छ । गएको चैत १६ गते पर्यटन मन्त्रालयले सयदिने कार्यक्रममार्फत लुक्लालगायत काठमाडौं पूर्वका लागि हुने आन्तरिक उडानलाई यहाँबाट सञ्चालन गर्नका लागि छुट्टै विमानस्थल निमार्ण गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसैको कार्य प्रगति हेर्न मन्त्री अधिकारी ३३ औं दिनमा काभ्रेका जनप्रतिनिधि, वायुयान सञ्चालक, विमानस्थल निर्माण र सञ्चालन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सञ्चारकर्मीसहित स्थलगत अवलोकनका लागि यहाँ आइपुगेका हुन् । Read More ...

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]