विश्वका १० चर्चितमध्ये ज्ञानेन्द्र पनि

दुई सय ३८ वर्ष लामो राजतन्त्रात्मक परम्परालाई पूर्णविराम लगाउने राजाका रूपमा चित्रित ज्ञानेन्द्रलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा प्रकाशित समाचारको आँकडाअनुसार विश्वका दस प्रमुख व्यक्तित्वमा पारिएको हो ।चिनियाँ समाचार संस्था सिन्ह्वाले रोयटर्सलाई उद्धृत गर्दै दिएको तस्बिर-समाचारमा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । सिन्ह्वाले सार्वजनिक गरेको सो सूचीको पहिलो नम्बरमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामा रहेका छन् । अमेरिकी इतिहासमा ह्वाइटहाउस प्रवेश गर्ने उनी पहिलो अश्वेत नागरिक भनेर तस्बिर विवरणमा उल्लेख गरिएको छ ।दोस्रो नम्बरमा छन् न्युयोर्कका पूर्वगभर्नर इलियट स्पिजर । एक वेश्यासँगको सम्बन्धबारे समाचार प्रकाशित भएपछि उनको चर्चा विश्वभरि फैलिएको थियो । समाचार सार्वजनिक भएको दोस्रो दिन उनले गभर्नर पदबाट राजीनामा दिएका थिए ।जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदालाई तेस्रो नम्बरमा राखिएको छ । विभिन्न आरोपका कारण विवादमा परेका यासुओले आफ्नो प्रधानमन्त्रीय पूर्णकाल नछिचोल्दै राजीनामा गर्नुपरेको थियो ।त्यसैगरी, रुसका नयाँ राष्ट्रपति दिमित्री मेदमेडेभलाई चौथो, क्युबाका नेता राउल क्यास्ट्रो पाँचौँ, थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा र नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । जनआन्दोलन-२ पछि घोषणा भएको गणतन्त्रपछि पूर्वराजा ज्ञानेन्द्र २९ जेठ साँझ ८:३१ मा नारायणहिटी दरबार त्यागेर नागार्जुन गएका थिए ।गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको तत्कालीन सरकारले उनलाई नागार्जुनमा बस्ने व्यवस्था मिलाएको थियो । त्यसै दिन उनले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर शाहवंशीय विरासत मानिने श्रीपेच र राजदण्ड सरकारलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए । नागार्जुन दरबारमा रहेका वेला 'ऐतिहासिक संस्मरण' लेख्ने तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक भेटघाट पनि गरेका थिए । गत दसैंदेखि महाराजगञ्जस्थित निर्मल निवासमा ज्ञानेन्द्रदम्पती बस्दै आएको छ । पूर्वरानी कोमल शाह भने नागार्जुनभन्दा निर्मल निवासमा बढीजसो बस्दै आएकी थिइन् । ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपा नेपालका कमल थापालगायत पूर्वसहयोगीहरू, पूर्वक्षेत्रीय प्रशासक एवं निकटस्थ पत्रकारहरूसँग भेटवार्ता गर्दै आएका छन् । हाल ज्ञानेन्द्र निर्मल निवासमा श्रीमतीसहित बुहारी हिमानीसँग बस्दै आएका छन् । एक मात्र छोरा पूर्वयुवराज पारस भने सिंगापुर बस्दै आएका छन् । दसैंपछि पारस दुईपटक नेपाल आएर सिंगापुर फर्केका छन् । दसैं-तिहारपछि दोस्रोपटक नेपाल आएका उनी गत आइतबार सिंगापुर फर्केका छन् । फुर्सदमा रहेका ज्ञानेन्द्र पछिल्ला दिनमा आफ्ना निकट सहयोगीसँग बसेर 'पप्लु' खेल्ने गरेको पारिवारिक स्रोतको भनाइ छ । निकट सहयोगीहरू प्रभुशमशेर, शान्तकुमार मल्ल, भरतकेशर सिंहलगायतको घरैमा गएर ज्ञानेन्द्रले तास खेल्ने र मदिरापान गर्ने गरेको स्रोतले जनाएको छ । उता, रोयटर्सले पूर्वराजा ज्ञानेन्द्रका अलावा ओलम्पिकमा गोल्ड मेडलिस्ट पूर्वखेलाडी मारियन जोन्स र २४ वर्षसम्म आफ्नै छोरीलाई झ्यालसमेत नभएको कालकोठरीमा राखेर निरन्तर बलात्कार गर्ने पिता जोसेफ फ्रिजललाई पनि सूचीमा राखेको छ ।रोयटर्सले प्रस्तुत गरेको यो सूची हेर्दा २००८ मा समाचारका रूपमा सबैभन्दा बढी चर्चित बनेका व्यक्तिहरूको सहभागितालाई आधार बनाइएकोजस्तो लाग्छ । समाचार संस्था रोयटर्सको सहारा लिँदै सिन्ह्वाले सामग्रीका रूपमा तस्बिर र केही 'न्युज लिङ्क' मात्र प्रस्तुत गरेको छ । यस विषयमा समाचार रिपोर्ट भने सम्प्रेषण गरेको छैन ।

सहिद घोषणा गर्ने निर्णय

- मुना नायक
पुस ९पाल्पा , सरकारले माओवादी जनयुद्धदेखि मधेस आन्दोलनसम्म मारिएका आठ हजार पाच सय जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । उनीहरुलाई केही समयपछि औपचारिक कार्यक्रम गरी सहिद घोषणा गर्ने छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता कृष्णबहादुर महराले केही समयपछि औपचारिक कार्यक्रम गरी ती व्यक्तिहरुलाई सहिद घोषणा गरिने बताए । माओवादी जनयुद्धदेखि मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा ूप्रभाकरू ले मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गरेका हुन् । <बर> बैठकमा लोडसेडिङ कमगर्ने विषयमा जलस्रोतमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विद्युत कार्ययोजनामा पनि छलफल भएको थियो । मन्त्रिपरिषदको आउँदो बैठकले यससम्बन्धी विशेष कार्यक्रमको घोषणा गरिने प्रवक्ता महराले जानकारी दिए । यस्तै सरकाले नेपाल विकास माचको बैठक चैत १३ देखि १५ सम्म काठमाडौँमा गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर् याउने दातृनिकायका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । बैठकमा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले विभिन्न औद्यागिक प्रतिष्ठानहरुमा मजदुर र व्यवस्थापकबीच बढ्दो तनाव अन्त्यको पहलगर्न प्रधाननमन्त्रीको ध्यानाकर्षण गराएकी थिएन् । बैठकमा विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्तिका बारेमा पनि छलफल भएको जनाइएको छ । यस्तै तराईमा सशस्त्र आन्दोलनरत विभिन्न समूहसँग सरकारी वार्ता टोलीले गरिरहेका वार्ताको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ ।

इराक पठाउने नेपाली गिरोह दुबईमा पक्राउ

-देवेन्द्र भट्टराई दोहा, मंसिर २० - असुरक्षित र प्रतिबन्धित गन्तव्य इराकमा नेपाली कामदार पठाउने नेपाली गिरोहको एउटा समूह संयुक्त अरब इमिरेट्सको दुबई सहरमा पक्राउ परेको छ । दुबईबाट २ सय किलोमिटरभित्रको रासलखेमाका बस्तीमा इराक लैजान भनी ठीक पारिएका नेपाली कामदारसँगै उनीहरूलाई बिचल्ली बनाउने एजेन्ट पनि फेला परेका छन् । माओवादीको संयुक्त अरबस्थित भ्रातृ संगठन नेपाल जनप्रगतिशील मञ्चले फेला पारेर ल्याएको यो संजालको गिरोहमध्येका दुईको पासपोर्ट दूतावासले जफत गरेको छ । अबुधावीबाट पत्रकार जाकिर हुसैनले दिएको जानकारीमा गोरखा, पालुङटार घर भई हाल संयुक्त अरबमा कार्यरत दामोदर गिरी, शंकर बोगटी र नारायण लम्सालसमेतले आफूहरू मानव तस्करीको गिरोहमा रहेको मंगलबार अबुधावीमा आयोजित एक पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । लम्साल नेपाल टेलिभिजनमा प्रशारित हुने 'हेलो नेपाल' कार्यक्रमका लगानीकर्तासमेत हुन् । एजेन्टहरूले आफ्नो समूहबाट मात्रै दुई वर्षको अन्तरमा तीन सयभन्दा बढी नेपाली इराक गएको र प्रत्येकसँग बढीमा अढाई लाख रुपैयाँसम्म लिइने गरेको बताएका थिए । अबुधावीस्थित नेपाली राजदूत अर्जुनबहादुर थापाले भेटिएका पीडित कामदारलाई घर फिर्ता गर्ने र सम्बन्धित एजेन्टलाई कानुनी कारबाहीका लागि नेपाल पठाउने योजना रहेको जानकारी दिए । इराक मामिला पाकिस्तानस्थित नेपाली नियोगले हेर्ने भएकाले आफूले समस्या समाधानमा सीधा पहल गर्न नमिल्ने राजदूतको भनाइ थियो । एजेन्टले मानव तस्करी गिरोहमा संयुक्त अरबस्थित राजन खतिवडा, विष्णु पाण्डे -चितवन), तेज आचार्य, नरेन्द्र पौडेल -झापा), कृष्ण आचार्य, टेकराज भण्डारी -हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, विष्णु पाण्डेलगायतका व्यक्ति सक्रिय रहेको उल्लेख गरेका थिए । यस्तै नेपालमा दिनेश अर्याल, सुरेश पौडेल, गणेश कटवाल, नेत्रबहादुर थापा, शेरबहादुर थापा -पोखरा), राम कुंवर -चितवन), कृष्णबहादुर पुन -बागलुङ), क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतीश क्षेत्री, टेकबहादुर थापा, जोनी थापा, नारायण ढुंगाना, सुरेश पौडेल, शर्मिला घिसिङ, गणेश कटवाल -बर्दिया) लगायतका एजेन्ट रहेको पनि जानकारी दिइएको थियो । इराकमा भने टेकराज भण्डारी मानव तस्करीमा सक्रिय रहेको एजेन्टले बताएका थिए । पक्राउ परेका एजेन्टहरू लम्साल, बोगटी र गिरीले १० दिनभित्रमा सबैको लागत रकम र फिर्ती टिकट उपलब्ध गराउने कागज गरेका छन् ।

यस्तो पो बिहे !

बिहे थियो तर कुनै तामझाम थिएन । माला र नयाँ पोसाकका कारण बरवधू सामान्य रूपमा नायक-नायिकाजस्तै देखिएका थिए । दाइजो, भव्य उपहार र परम्परागत लफडा हुने त कुरै भएन ।धादिङस्थित महादेवबेंसी बजारमा शनिबार बिहे गराउन जम्मा भएको समूहका सहभागी भन्दै थिए, 'बिहे हुनु त यस्तो पो ! सेना समायोजनको बहस चलिरहेका बेला माओवादी जनसेना र नेपाली सेनाका जवानबीचको बिहे हुनुको सन्देश नै अलग छ ।'प्रसंग हो माओवादी जनसेनामा रहेकी धादिङ, थाक्रे-३ महादेवबेंसीकी सलिसा अर्याल र नेपालगन्ज बेलासपुर स्थायी घर भएका नेपाली सेनाका जवान श्रीकुमार आचार्यबीच भएको विवाहको । प्रगतिशील बिहे नाम दिइएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनेका धादिङ क्षेत्र नम्बर १ का सभासद् पुष्पविक्रम मल्लले भने, 'यो बिहेको सांस्कृतिक मात्र होइन राजनीतिक अर्थ पनि छ ।' स्थानीय महादेवबेंसीकी अर्याल र उनको गाउँनजिक कोइरालेडाँडामा रहेको नेपाली सेनाको टुकडीमा सेवारत आचार्यबीच झन्डै एक वर्ष लामो प्रेम चल्यो । 'सम्बन्धका कारण पनि हामी बिहेको बिन्दुसम्म आइपुग्यौँ,' छापामार प्रशिक्षणप्राप्त वधू सलिसाले भनिन्, 'हामीले जे गर्‍यौं, सतप्रतिशत सही गर्‍याँ ।' नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै गर्दा सलिसाको अनुहार खुसीले धपक्क बलेको थियो ।सलिसा र श्रीकुमारबीचको प्रेमकथा त्यत्तिकै घतलाग्दो छ । चितवनको शक्तिखोरस्थित माओवादी जनसेना शिविरमा रहेकी सलिसा आफ्ना बेपत्ता बाबु इन्द्रबहादुर अर्यालको खोजीका लागि आफ्नै घर धादिङको महादेवबेंसी फर्केकी थिइन् । 'जनयुद्धको वेला बेपत्ता भएका मेरा बाबुको खोजीका लागि सहयोग माग्ने सिलसिलामा नेपाली सेनाका प्युठ श्रीकुमारसँग परिचय भयो,' उनले आफ्नो प्रेमकहानी सुरु गरिन्, 'त्यसपछि मलाई उहाँको स्वभाव र चरित्र मन पर्न थाल्यो ।'२५ कात्तिक ०६० मा सलिसाका बाबु इन्द्रबहादुरलाई तत्कालीन शाही सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेर बेपत्ता पारेको थियो । बाबु बेपत्ताको बदला लिन भनेर माओवादी शरणमा पुगेकी सलिसा दस कक्षा पढ्दापढ्दै ०६३ मा 'जनसेना' बनिन् । अनमिनले गरेको पहिलो प्रमाणीकरणमा उनी माओवादी सेनामा योग्य ठहरिएकी थिइन् । 'दोस्रो प्रमाणीकरणका वेला यतै घरतिर भइयो । शक्तिखोर गइएन,' मुस्कुराउँदै सलिसाले भनिन्, 'यता, सेनाको दोस्त फेला पारियो । यतै बसियो ।'बाबु बेपत्ता पारिएपछि तत्कालीन शाही सेनासँग आगो बनेकी सलिसाले अन्ततः सेनाकै जवानसँग प्रेममा फसेको कुरा उनको घर-परिवारलाई थाहा थियो रे । परिवारका सदस्यलाई थाहा हुँदाहुँदै श्रीकुमारको बिदाको मौका पारेर उनीहरू लुकिछिपी 'डेटिङ' गर्ने गरेको स्थानीयवासीले बताए । बिहेमा सहभागी स्थानीय ईश्वर थापाले भने, 'अब त ढुक्क भो नि, जीवनसाथी बनेपछि ।' गाउँमा सानुमैया भनेर परिचित जनसेना सलिसाले बिहेअघि नै सेनामा कार्यरत आफ्ना प्रेमी श्रीकुमारको तस्बिर कोठामा सजाएर राखेकी थिइन् । उनले लजाउँदै भनिन्, 'दिलमा सजाउने मान्छेको तस्बिरलाई कोठामा सजाएको हो ।'बिहेमा उपस्थित केहीले खासखुस गरेको पनि सुनियो । भन्दै थिए, 'सानुमैयाले सेनासँग बिहे गरेपछि कतै आस्था नै परिवर्तन त गरिनन् ?' जिज्ञासा वधू सलिसासँग पनि प्रश्न राखियो । एकक्षण सोचमग्न बनेर उनले भनिन्, 'म अहिले पनि माओवादीप्रति त्यत्तिकै आस्था राख्छु । र, राखिरहन्छु ।' बिहेमा प्रमुख अतिथिका रूपमा माओवादी सभासद् मल्ल मात्र होइन जनमुक्ति सेना चौथो डिभिजन कमान्डर यमबहादुर अधिकारी र जिल्ला सेक्रेटरी आकांक्षालगायत माओवादी कार्यकर्ता सहभागी थिए । बिहेमा अतिथिलाई स्वागत गर्ने क्रममा दुलहीका काका भरतले समाज परिवर्तनकै लागि बाबुलाई सेनाले बेपत्ता बनाए पनि सैनिकलाई नै छोरी दिएको बताए । 'परिस्थिति बदलिएको छ । अब बदलाको भावनाले मात्र काम गर्दैन,' भरत भने, 'यो बिहेलाई सबैले अर्थपूर्ण रूपमा लिएका छन् । हामी त्यसैमा खुसी छौं ।' -रामेश्वर कार्की/नयाँ पत्रिकाधादिङ, १४ मंसिर

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]