रास्वपा र बालेन बीच सहमत - भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह

मकाउ, अन्तत लामो कसरत पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र  काठमाडौँ महानगरपालिकाका मेयर बालेनबीचमध्यरात ७ बुँदे सहमति भएको भएको छ । सहमतिअनुसार रास्वपा सभापति रवि लामिछाने पार्टी सभापति रहनेछन् भने बालेन रास्वपाकातर्फबाट फागुन २१ काे निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् ।यस्ता छन् ७ बुदाहरू 

"हामी देशको शान्तिका निम्ति अचानो बन्न तयार छौँ, सबै दल चुनावमा आइदिनुहोस् देश सम्झेर" -प्रधानमन्त्री कार्की

मकाउ । प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा अध्यक्षीय समापन मन्तव्य दिँदै एक नेताले सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गर्दै देशको शान्ति र स्थिरताका लागि आफू अचानो (बलिदान) बन्न तयार रहेको बताए आज सिंहदरबारमा आयोजित उक्त छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न दलका नेता र २ जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखे।

रास्वपा सभापति र काठमाडौं महानगरपालिका मेयरबीच भेटवार्ता

मकाउ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज महत्वपूर्ण भेटवार्ता भएको छ। स्रोतहरूका अनुसार, यो भेटवार्ता हाल सम्म जारी छ र दुवै पक्षबीच सहमतिका विभिन्न मुद्दाहरूमा छलफल भइरहेको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् भने महानगरपालिकाका तर्फबाट मेयर बालेन्द्र शाह र उनका सहयोगी कुमार बेन छलफलमा सहभागी भएका छन्।

हुन्डीमार्फत नेपाल पैसा नपठाउ - नेपाली दूतावासहरू

मकाउ। विदेशमा रोजगारी र बसोबास गर्ने नेपालीहरूलाई हुन्डी वा अनौपचारिक हवाला प्रणालीमार्फत नेपालमा पैसा पठाउनबाट टाढा रहन दूतावासहरूले आग्रह गरेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशमा रहेका नेपाली दूतावासहरूले यस विषयमा सार्वजनिक सूचना जारी गरी हुन्डी कारोबार निरुत्साहित गर्न तथा कानूनी माध्यमबाट रेमिट्यान्स पठाउन अनुरोध गरेका छन्।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]