यौन चाहना पूरा गर्न 'सेक्स टोय'

रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् 
रोबोटसँग प्रेम र यौनसम्पर्क' पुस्तकमा डेभिड लेभी लेख्छन्, 'सन् २०५० सम्ममा रोबोटले मानिसलाई यौनसन्तुष्टि मात्रै नभई प्रेमी-प्रेमिकाको जस्तो साथ पनि दिनेछ ।' यौनप्रति अनुदार परम्परा भएको नेपालमा 'कन्डम हाउस'को तीव्रतर फैलिएको लोकपि्रयता र युवायुवतीमाझ 'सेक्स टोय'को बढ्दो मागले डेभिडले भनेजस्तो 'रोबो सेक्स'को संसारमा पाइला डोर्‍याउन चाहने युवा जमात नेपालमा पनि तयार भइरहेको देखाउँछ । 
अमेरिका र भारतजस्ता केही राज्यमा 'सेक्स सप' खोल्न र कृत्रिम यौनसाधनको किनबेच गर्न बन्देज गरिएको छ । अनुमति दिइएका राज्यमा पनि सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य-मान्यताको आधारमा विरोध हुने गरेको छ । तर, नेपालमा कृत्रिम यौनसाधनको बिक्री-वितरण सहज बन्दै छ । यौनसाधनको बिक्री-वितरण खुला भएका देशमा पनि यसको दुरुपयोग ठूला चुनौती बन्दै छन् । बेलायतको उदाहरण लिऊँ, बालबालिकाले पनि कृत्रिम यौनसाधन किन्न थालेपछि सरकारका लागि 'यसको बिक्री खुला गर्ने कि बन्देज गर्ने' भन्ने तनाव आइलागेको छ । यसले के देखाउँछ भने कृत्रिम यौनसाधनको व्यापार गर्ने अनुमति भएका वा नभएका दुवैखाले देशमा समस्या खडा छन् भिन्नखाले । 
पहिलोपटक दुई वर्षअघि नेपालमा खुलेको 'दि कन्डम हाउस'का ग्राहकमा पुरुषभन्दा महिला बढी छन् । हुनेखाने र निकै पढेलेखेका वर्गका नेपाली ग्राहकमा पछिल्लो प्रविधिका महँगा 'सेक्स टोय' (यौन-खेलौना)को आकर्षण बढ्दो छ । 'सेक्स टोय'को व्यापार हुने काठमाडौं खिचापोखरीको 'दि कन्डम हाउस'को उद्देश्य 'नेपाली ग्राहकबीच यौन-सामग्रीको व्यापार बढाउनु' भएको यसका मार्केटिङ अफिसर मणि सापकोटा बताउँछन् । सापकोटाका अनुसार, पुराना प्रयोगकर्ताले दिएको सूचनाको आधारमा थपिने नयाँ ग्राहक पनि बढिरहेका छन् । पुरुषहरू पसलमै आएर निकैबेर मोलतोल गरेर सेक्स टोय किन्छन् भने महिलाहरूचाहिँ पहिले फोनबाट जानकारी लिएर किन्न आउने गरेको उनी बताउँछन् । 
'सेक्स टोय किन्नभन्दा पनि यसबारे बुझ्न आउने केटीहरू बढी हुन्छन्,' उनी भन्छन् । 'दि कन्डम हाउस'मा १५ सय देखि २० हजारसम्मका सेक्य टोय बिक्री हुन्छन् । र, तिनका अधिकांश ग्राहक धरान, पोखरा, इटहरीतिरका काठमाडौंमा आएर बस्ने हुनेखाने वर्गका हुने गरेको सापकोटा बताउँछन् । 'गरिब ग्राहकका लागि १० देखि २० प्रतिशतसम्म छुटमा सेक्स टोय बिक्री गर्छौं,' मणि भन्छन्, 'काठमाडौंका रैथाने ग्राहकचाहिँ यसबारे बुझ्न बढी आउँछन् तर, उनीहरू बढी नै लजाउँछन् ।' 'दि कन्डम हाउसमा होम सर्भिसको पनि सुविधा रहेछ । 'हामीलाई फोन गरेर अर्डर गर्ने ग्राहकचाहिँ काठमाडौंका रैथाने बढी हुन्छन्,' उनी भन्छन् । दि कन्डम हाउसको यो दुईवर्षे कारोबारमा ५०० भन्दा बढी सेक्स टोय बिक्री भइसकेको मणि बताउँछन् । 
बागबजारको 'दि कान्तिपुर कन्डम कलेक्सन' खुलेको आठ महिनामा २५ भन्दा बढी प्रति सेक्स टोयको बिक्री भएको यसका सञ्चालक समीर बोहरा बताउँछन् । 'पसल खुलेको सुरुमा बाटो हिँड्दा पनि मुख छोपेर हिँड्ने मान्छे अहिले सेक्स टोयका ग्राहक बनेका छन्,' समीर भन्छन् । पसलमा पढेलेखेका, उच्च घरानाका, भिआइपी, वकिल, डाक्टरहरू पनि सेक्स टोयबारे बुझ्न र किन्न आउने गरेको उनी बताउँछन् । 'अहिलेसम्मका सेक्स टोयका ग्राहकमा पुरुषभन्दा महिला बढी छन्,' समीरले भने, 'एक दिनअघि मात्रै अस्ट्रेलिया बस्ने आफ्नो श्रीमान्का लागि सेक्स टोय किन्न एउटी महिला आएकी थिइन् । श्रीमान् विदेश गएका श्रीमती पनि किन्न आउँछन् । एक महिनाअघि एकजना विदेश जान लागेका पोखराका केटा आएका थिए, श्रीमतीका लागि किनेर लगे ।' सेक्स टोयबारे बुझ्न दैनिक २५ जनाभन्दा बढी महिला र पुरुष पसलमा आउने गरेको उनले बताए । 
काठमाडौंमा ब्युटिपार्लर चलाइरहेकी एक ३५ वषर्ीया महिलालाई अहिले विदेशमा रहेका उनकै श्रीमान्ले सेक्स टोय पठाइदिएका छन् । 'यौन चाहना पूरा गर्न अरू यौनसाथी बनाउनुभन्दा यस्ता सामग्रीको प्रयोग निकै सुरक्षित हुँदोरहेछ,' दि कान्तिपुर कन्डम कलेक्सनमा सेक्स टोयको फाइदा/बेफाइदाबारे विस्तृत बुझ्न आएका वेला भेटिएकी ती महिलाले सुनाइन् । श्रीमान् बढी नै व्यस्त हुने आफ्ना कतिपय फुर्सदिला महिला साथीले पनि सेक्स टोयको प्रयोग गर्ने गरेको उनी बताउँछिन् । 'मेरो एकजना साथीलाई पहिलेदेखि चिनेजानेको चाइनिज महिलाले कृत्रिम पुरुष जनेन्द्रीय दिएकी छिन्,' कालो टिसर्ट र जिन्स पाइन्टमा ठाँटिएकी उनी भन्छिन्, 'यसको प्रयोगले पतिसँगको सम्बन्ध, सामाजिक प्रतिष्ठा र स्वास्थ्यमा कुनै पनि खाले असर गर्दैन ।' 
'दि कान्तिपुर कन्डम कलेक्सन'मै आवाज निकाल्ने 'सेक्स डल' -नग्न युवतीको पुतली) किनेका एक प्राइभेट कलेजमा मास्टर पढ्दै गरेका अविवाहित युवक कृत्रिम साधनबाट यौनसन्तुष्टि लिनुलाई सभ्य र सुरक्षित यौन सन्तुष्टि र व्यवहार ठान्छन् । 'यसबाट कसैमाथि जबर्जस्ती हुँदैन, न एचआइभी वा अरूखाले यौनरोगको नै डर हुन्छ,' उनी भन्छन्, 'त्यसैले यो निकै आनन्ददायक खेलौना हो ।' यौन-परामर्शदाता डा. बद्री भट्टराई पनि यौनकर्मीकहाँ पुग्नुभन्दा सेक्स टोयको प्रयोग सुरक्षित र स्वच्छ हुने बताउँछन् । 'पहिले-पहिले कन्डम किन्न पनि साह्रै हिचकिचाउने नेपाली समाजमा नक्कली यौनांगको बजार खुल्नुले नेपालीेको यौनप्रतिको धारणामा तीव्र परिवर्तन आइरहेको देखाउँछ,' उनी भन्छन् । 
पुरुष-महिलाबीचको यौनसम्बन्धलाई थुप्रैखाले सामाजिक नीतिनियम र सांस्कृतिक मूल्य-मान्यताले बाँध्ने परम्पराको थालनी भएदेखि नै मानिसमा 'वैकल्पिक यौनसुख'प्रति आकर्षण र उत्सुकता बढेको मानिन्छ । सेक्सको विकल्पको रूपमा 'सेक्स टोय'को जन्म भएको विज्ञहरू बताउँछन् । युवायुवतीमा पारिवारिक हस्तक्षेप, निगरानी घट्दै जानु र यसले विवाह गर्ने उमेर पनि पछाडि सर्दै जानुले उनीहरूको यौनजीवन पनि आफ्नै मर्जीअनुसार चल्दै छ र यौनचाहना पूरा गर्ने माध्यम पनि बदलिँदै छ भन्छन् मानवशास्त्री सुरेश ढकाल । 'आफ्नोअनुकूल प्रयोग गर्न सकिने र यौनसाथीको पनि आवश्यकता नपर्ने हुनाले कृत्रिम यौनसाधनप्रति नेपाली युवायुवतीको आकर्षण बढेको हो,' ढकाल भन्छन् । 
केही वर्षअघिसम्म रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् । 'असुरक्षित यौन-व्यवहारमा फस्ने र यौनमा निकै कुण्ठित भएर बस्नेहरूलाई सेक्स टोय निकै उपयोगी हुन्छ,' उनी भन्छन् । दैनिक विश्व अर्थतन्त्रमा नजिकिइरहेको नेपाली बजारमा यस्ता वस्तु भित्रिनुलाई सामान्य मान्छन् यौनमनोचिकित्सक डा. सुबोधकुमार पोखरेल । उनको भनाइमा, 'सेक्स टोयले व्यक्तिलाई बढी एकान्तिक र अप्राकृतिक बनाउँदै लैजान्छ ।'
कृत्रिमतामाथिको निर्भरताले अन्ततः मानिसलाई मनोरोगी बनाउन सहयोग गर्ने पोखरेल बताउँछन् । 'यसले मानिसलाई यौनकुण्ठाबाट त मुक्त राख्छ तर, कृत्रिम यौन-व्यवहारको लत बढाउन प्रेरित गर्छ । फेरि नेपालीमाझ यो नितान्त नौलो प्रविधि हो र यसको सही प्रयोग गर्न नजान्दा मान्छे थुप्रैखाले शारीरिक र मानसिक तानवमा फस्छ । आत्मरतिका लागि प्रयोग गर्दा राम्रै हो । तर, यसबाट हुने हानि कम गर्न सरकार, उपभोक्ता बढी सचेत हुनुपर्छ,' पोखरेल भन्छन्, 'यौन परामर्श र उपचारका लागि आएका सेक्स टोय प्रयोग गर्ने केही मान्छे आफ्नो यौनांगमा घाउ लिएर आएका हुन्छन् । यसलाई प्राकृतिक यौनसम्बन्धको विकल्पको रूपमा लिने जमात बढ्दै छ । यसले वैवाहिक जीवन तहसनहस पार्न सक्छ ।'
मानवशास्त्री ढकालको विचारमा, सामाजिक सम्बन्ध टुट्दै जाँदा मानिसले यौनमा निजत्व खोज्न थाल्छ र यो यसैको रूप हो । 'यौनका लागि कृत्रिमतातिर लाग्नु अनौठो कुरा होइन । यो आधुनिक समाजको प्रतिविम्ब हो । पहिले मानिस समाजमा बाँधिएको थियो, अहिले ऊ निजी बन्दै गएको प्रमाण हो सेक्स टोय,' उनी भन्छन्, 'सेक्स टोयले आफ्नै सुखको मात्र बढी मतलब राख्ने नेपाली समाजमा मानिसलाई दायित्वहीन, आफूकेन्दि्रत र व्यक्तिवादी बनाउँदै छ । यो मानिसको बाध्यता र प्रविधिको व्यापारीकरण हो । काठमाडौंमा निष्पिmक्री सेक्स टोय प्रयोग गर्ने मान्छे गाउँमा गएर कन्डम किन्न लजाउँछ । यो स्वतन्त्रताको प्रतीक पनि हो भन्ने लाग्छ ।'

मलाई प्रेमको दुस्मन नमान्नुहोला- युवा ज्योतिष अधिकारी

                 गत वर्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट अचानक राजीनामा दिए। उनको राजीनामा अप्रत्याशित थियो, तर युवा ज्योतिष हरिहर अधिकारीले  माधवकुमार नेपाल प्रधानमन्त्री भएकै भोलिपल्ट उनको राजीनामा फलनो समयमा हुन्छ भनेर दिन तोकेका थिए। यो एउटै भविष्यवाणीले यी फुच्चे ज्यो तिषको चर्चा हुन थालेको थियो। विश्वकप क्रिकेट भारतले जित्छ भन्ने अधिकारीको भविष्यवाणी पनि सही सावित भएपछि भने २२ वर्षकै उमेरमा उनी  व्यस्त हुन थालेका छन्। पछिल्लो समयमा उनकै सल्लाहमा नायक राजेश हमालले आफ्नो विवाह दुई वर्ष सारेको बताइादैछ। ५० वर्ष पुग्न लागेका  हमाललाई पहिलोपल्ट विवाहयोग्य  कुनै युवती मन परेकी थिइन्, तर अधिकारीले यो विवाहलाई पनि थप दुई वर्ष पर सारिदिए। विदेशमा पढेका, संसार  बुझेका एवं बल्ल-बल्ल विवाह गर्न लागेका नायक हमालले एउटा फुच्चेले भनेकै भरमा विवाह सार्नु सबैका लागि अचम्मको कुरा हो। आखिर युवा ज्यो तिष अधिकारीसँग कुन त्यस्तो सूत्र छ, जसका पछि राजेश हमाल जस्तो कलाकार पनि लागेका छन् ? उनको भविष्यवाणी कसरी धमाधम मिलिरहेको छ  ? दुई वर्षदेखि एउटा टेलिजिभन च्यानलमा फलादेश शीर्षकको कार्यक्रम चलाइरहेका अधिकारीसँग साप्ताहिकको कुराकानी ः 

तपाईंले नायक राजेश हमालको हुन लागेको विवाहलाई दुई वर्ष पर सारिदिनुभयो भन्ने हल्ला छ, त्यस्तो सल्लाह किन दिनुभयो ?

किनभने राजेश हमालको कुण्डलीमा अहिले विवाहको योग छैन। विवाहको घरमा शत्रुको बास छ। दुई वर्षअघि हमालजीले विवाह गर्नुभयो भने या त उहा ँले पत्नी वियोग सहनुपर्छ या त पारपाचुके हुन्छ। यस्तो हुन्छ भन्ने थाहा भएपछि किन आफ्नो जीवनलाई अप्ठयारो पार्नुहुन्छ भनेर सल्लाह दिएको हुँ।  आखिर साँचो प्रेम हो भने अरू दुई वर्ष कुर्दा पनि प्रेम त मर्ने होइन।

दुई वर्षअघि त्यही युवतीसँग विवाह गर्दा राजेश हमालको विवाह बिग्रने, पछि गर्दाचाहिँ सपर्ने भन्ने कुरा हाँसउठ्दो छैन र ?

सुन्दा अपत्यारिलो अवश्य छ, तर साँचो हो।

अनि यस्तो कुरा राजेश हमालजस्ता संसार बुझेका मानिसले पत्याउनु अचम्म होइन ?

हो, म उमेरले कच्चा अवश्य छु, तर यो मैले गरेको भविष्यवाणीको वैज्ञानिक आधार छ। धेरैलाई ज्योतिषशास्त्रप्रति विश्वास नलाग्न सक्छ, त्यो व्यक्तिको  स्वतन्त्रता हो तर म ठोकेर भन्न सक्छु, राजेशजीले दुई वर्षअघि कुनै हालतमा विवाह गर्नु हुँदैन। राजेशजीले मेरो कुरामा त्यसै विश्वास गर्नु भएको होइन।  उहाँको १३ वर्षको उमेरमा भएको दुर्घटना एवं बुबासँगको खटपटका सम्बन्धमा मलाई कुनै पूर्वजानकारी थिएन। उहाँको जन्म समयबाट फलादेश  निकाल्दा  मैले ती कुरा भनेको थिएँ। त्यसो भएकाले विवाहको कुरा पनि असत्य हुने कुनै कारण छैन।

यो त प्रेममा भाँजो हालेको भयो नि ?

म उहाँको प्रेमिकासँग माफी माग्दै भन्छु, मलाई प्रेमको दुस्मन नमान्नुहोला। किनभने यसमा उहाँहरूकै भलाइ छ।

जुन ज्योतिषशास्त्रको आडमा भविष्यवाणी गर्दै हुनुहुन्छ, यस्ता भविष्यवाणी धेरै ज्योतिषले गरे तर ती पुगेनन्। तपाईंको ज्योतिष गणना सही छ भन्ने तर्क  के छ ?

किनभने म  विज्ञानमा स्नातक गरिररहेको युवा हुँ। ज्योतिषशास्त्रमा कहाँ कमजोरी भयो भन्ने मैले थाहा पाएँ। ज्योतिशशास्त्र विज्ञानकै एउटा भाग हो।  यदि सही अनुसन्धान गर्ने हो भने यसले सही परिणाम दिन्छ।

त्यो सही अनुसन्धान भनेको चाहिँ के हो ?

ज्योतिषशास्त्रले ग्रह नक्षत्रका आधारमा व्यक्तिको जीवन कसरी अघि बढ्छ भन्ने कुराको विश्लेषण गर्छ। आधुनिक विज्ञानको ज्ञान नहुँदा पुरानै पुस्तकका  आधारमा फलादेश गर्ने शैली अहिले प्रचलित छ। हजारौं वर्षअघि लेखिएका पुस्तकमा अहिले परिवर्तन भएका ग्रह नक्षत्रको कुरा उल्लेख छैन। हजार वषर् अघि पृथ्वी जुन स्थानमा थियो, अहिले त्यो स्थानबाट सरिसकेको छ। शून्यमा अडिएका चन्द्रमा, बुध, चन्द्र, बृहस्पतिजस्ता ग्रह पनि ती स्थानमा छैनन्।  समयसँगै सबै कुराले आफ्नो स्थान छाड्दै जान्छन्। फलादेशको शैली पनि पुरानो छ। अहिले विज्ञानले पृथ्वीबाट चन्द्र, सूर्य, बुध, बृहस्पति कुन स्थानमा  कति टाढा छन् भन्ने कुरा राम्रोसँग देखाउन सक्छ। त्यसबाट राम्रो कुण्डली बनाउन सकिन्छ। राम्रो कुण्डली बनाएको खण्डमा उचित रूपमा गणना गर्न  सकिन्छ र सही अनुसन्धान हुन्छ।

कतिपयले त ज्योतिषको गणना पद्धतिलाई नै काल्पनिक भनेका छन्, हामीजस्ता व्यक्तिलाई पनि यो मान्छे ठग्ने मेलो हो भन्ने लाग्छ, कसरी बचाउ  गर्नुहुन्छ ?

सबैभन्दा पहिले त धेरै व्यक्तिले ज्योतिषले भूतका बारेमा भनेका कुरा सत्य निस्कियो भनेको सुन्नुभएकै होला। भविष्य पनि मिलिरहेको छ भन्ने कुरा  माधवकुमार नेपालको राजीनामा र विश्वकप क्रिकेटमा भारतको जितले पनि पुष्टि गरेको छ। यद्यपि म एउटा-दुईवटा कुरा मिल्यो भन्दैमा यो सही हो  भन्दिनँ, सबै सही हुनुपर्छ भन्ने मेरो मान्यता हो। किनभने हामी पृथ्वीमा जन्मन्छौं। जन्मदा जुन ग्रह-नक्षत्र जुन-जुन अवस्थामा हुन्छन्, हामी स्वतः त्यसको  प्रभावमा पर्छौं। अहिले पनि हामीमाथि विभिन्न ग्रहको प्रभाव परिररहेको छ। हाम्रा ग्रह अनुकूल छन् भने हामी अनुकूल अवस्थामा हुन्छौं, ग्रह प्रतिकूल छन्  भने हामीले समस्या भोग्नैपर्छ। यो हजारौं वर्षदेखि अनुसन्धान गरेर प्रमाणित भएको विषय हो।

ग्रह-नक्षत्रका बारेमा शास्त्रहरूले नभनेका कुरा विज्ञानले भनिरहेको छ, पुराना सबै कुराले शास्त्रलाई काटिरहेका छन्। के भन्नुहुन्छ ?

हामीले शास्त्रले भनेका कुरा के पत्याउनु भनेर हेला गरेका रहेछौं। हिजोसम्म म पनि यस्ता कुरामा विश्वास गर्दिनथेँ। जब ज्योतिषशास्त्र अध्ययन गर्न  थालें, आफैं अरूलाई पुराना कुरा बुझाउँदै हिँड्न थालेको छु। हामी आधुनिक विज्ञानमा न्यूटनले रूखबाट स्याउ झरेको देखेपछि पृथ्वीको गुरुत्वाकर्षण  शक्ति पत्ता लगाए भन्छौं तर त्यो सत्य होइन। न्युटन जन्मनुभन्दा हजार वर्षअघि नै भाष्कराचार्यले आफ्नो पुस्तक लीलावतीमा पृथ्वी शून्यमा अडिएको र  हरेक ग्रहको आ-आफ्नो शक्ति रहेको कुरा उल्लेख गरेका छन्। पृथ्वीमा आफूतिर तान्ने शक्ति छ भनेर लीलावतीमा प्रस्ट उल्लेख छ।

तपाईंले आफैं कुनै अनुसन्धान गर्नुभएको छ ?

म विज्ञानको विद्यार्थी भएकाले जुनसुकै भविष्यवाणी पनि लामो अनुसन्धानपछि गर्छु। पुस्तकमा लेखिएका कुरालाई व्यवहारको कसीमा जाँचेर हेर्छु। सुधार  गर्नुपर्ने भए त्यसलाई आफै करेक्सन गर्छु। आजको युगले प्रमाण माग्छ, त्यही भएर प्रमाणित नभै म बोल्दिनँ।

तपाईंले आफंै चित्त बुझेको अनुसन्धानचाहिँ के थियो ?

२०६१ साल माघ १ गते थानकोटमा तत्कालीन विद्रोही माओवादीले प्रहरी चौकीमा आक्रमण गरे। उक्त आक्रमणमा ११ प्रहरीलाई गोली लाग्यो, तीमध्ये  १० जना मरे। मर्नेमध्ये मेरा फुपाजु पनि हुनुहुन्थ्यो। जब मैले ज्योतिषशास्त्र अध्ययन गर्न थालें, फरक-फरक समयमा जन्मिएका, फरक-फरक पारिवारिक  एवं सामाजिक पृष्ठभूमिका व्यक्ति कसरी एउटै समयमा मरे ? भन्ने कुरा मन्थन गरे । त्यसपछि मलाई उक्त घटनाका सम्बन्धमा ज्योतिषशास्त्र अनुसार  अध्ययन गर्न मन लाग्यो। मैले प्रहरी प्रधान कार्यालयबाट उनीहरू जन्मिएको र जागिर खाएको मिति एवं समय ल्याएँ। जन्मिएको मिति गलत पनि हुन  सक्थ्यो, कारण जागिर खान जुन नागरिकता पेस गरिन्छ, त्यसमा उमेर घटाइएको वा बढाइएको हुनसक्छ। त्यसैले उनीहरूले जागिर खाएको मितिलाई  मैले विश्लेषण गरें। अनुसन्धान गर्दै जाँदा मैले के पाएँ भने ती ११ जना प्रहरी भिन्दाभिन्दै समयमा जागिरमा प्रवेश गरे पनि सबैको हाजिर हुने दिनमा  अचम्मको संयोग देखियो। मृत्यु भएका दसै जना  प्रहरीको जागिरमा भर्ना हुने दिन मंगल र शनिको योग परेको थियोअनि जुन दिन र जुन समयमा चौ कीमा आक्रमण भयो, त्यो बेला पनि मंगल र शनिको योग परेको थियो तर जसलाई गोली लागे पनि उनी बाँचे, ती व्यक्तिले जागीरमा प्रवेश गरेको  दिन शनिको योग परेको थियो। उनलाई मंगलले बचायो। यद्यपि शनिका कारण उनले पनि गोली खानुपर्‍यो।

 तर मारिएका धेरै व्यक्तिको कुण्डली हेर्ने हो भने उनीहरू ७० वर्ष बाँच्ने देखिन्छ, यो विरोधाभास किन ?

यसैलाई त ग्रहको योग भनिन्छ। तपाईंलाई कुनै दशा लागेको छ भने फलानो मन्त्र जप्नुहोस् वा फलानो ढुंगाको औंठी लगाउनुस् भनेर सल्लाह दिइन्छ।  आफ्नो प्रतिकूल ग्रहका कारण कुनै अप्ठयारो नपरोस् भनेर त्यसो गरिएको हो। यदि ती प्रहरीलाई त्यतिबेला मंगल र शनिको प्रभावबाट जोगाउन  सकिएको भए त्यो ग्रहको प्रभाव निष्त्रिmय हुन सक्न्थ्यो, फलस्वरूप उनीहरू अहिलेसम्म पनि बाँचिरहेका हुन्थे।

बेसी साहिँलीका छोराहरु - अकेला

              आफ्नो नामको पछाडि टाईटल झुण्डयाउने चलनले बेसी-साहिँलीलाइ पनि छाडेन । बाबुआमा मामाले राखिदिएको नाम प्रेमकुमारी भए पनि अर्जेल बाजेको साहिँलो छोरोसंग लगन गाँठो गाँस्सिएपछि तिनी गाउँमा साहिँली भनेर चिनिनथाली । तर साहिँलीको अगाडि ुबेसीु कसरी झुण्डियो त भन्दाखेरी छुट्टै उपकथा नै रहेछ ।
                  बिहे भएको चार पाँच बर्षसम्म पनि काखमा नाति नपरॆपछि अर्जेल बुढोले झण्डै अर्की केटीको चाँजो गरिसकेको थियो तर गाम्का अरु बुढाहरुले पहिले केही समय बिचार गर्न भनेपछि उनी रोकिए र जान्नेहरुलाइ देखाए । तर कसैले पनि यस्सै हो भन्न नसकेपछि बुढोको हड्डी गल्यो । अर्थात बुढोलाइ खपिखानु भएन । उसले साहिँलाको लोग्नेस्वास्नीलाइ तल बेसीमा गएर बस्ने र काखाँ नाति ल्याएर नराखि दिएसम्म खेतिपाति गरेर उतै बस्नू भने । त्यसपछि तिनका बुढाबुढीलाइ बेसीबाट माथि उक्लन निषेध जस्तै भयो । आजकल जस्तो बडाको कुरो काट्ने चलन त्यतिवेला थिएन काईँकुईँ नगरी ती बेसी झरे । काँचो उमेरले गर्दा सुरुमा त तिनले बुढाको हुकूम बेठीक ठानॆ तर पछि बाउले त्यस्सै त यस्तो कुरा नगर्नुपर्ने भन्ने सोँचे । एक त बेसीको अलपत्र खेतवारी त्यसमाथि कुनै जवानबाट पनि बच्चाबच्ची नै नभएपछि बुढो सुर्ताएको हुनुपर्छ भन्ठानेर कस्तैगरी भए पनि बुढो बाउको ईच्छा पूरा गरीछाड्ने अठोटका साथ ती भगिरथ तपस्यामा जुटे । प्रयास यस्तो थियो कि आज भैरहेको राष्ट्रिय सहमतिको यो प्रयास त्यतिवेला भैदिएको भए सायद त्यो पनि छायामा पर्ने थियो कि ! 
                वस्तुभाउ र धान राख्नको लागि बेसीमा गोठ छँदै थियो । पुरानै भए पनि खेतको पराल राख्न टौवा थियो । लोग्नेस्वास्नी अटाउने पहिला बाउ बुढो सुत्नेगरेको पुरानो खाट ज्यौँका त्यौँ थियो । थोरै ठोकठाक कस्कास् गरेपछि डेग् नचल्ने बेजोडको खाट तयार भैहाल्यो । खाट तयार भएपछि लोग्नेस्वास्नीमा खुशीको सिमैै भएन । यस्सो फुस्रद पायो कि त खाटको सदुपयोग गरिहाल्ने ! बिल्कूल त्यसरी जसरी कि गरिमामय संविधानसभाको सदुपयोग हाम्रा आदरणीय सभासदहरुले गर्दैछन् । दुइ दम्पतिले दिन-रात साँझ-बिहान हिउँद-बर्षा भोक-तिर्खा जाडो-गर्मी केही नभनी गरेको भगिरथ प्रयासले आफ्नो असर  देखायॊ । भगवानके घर देर है अँधेर नहीँ भनेझैँ साहिँली दोजिया भई । दुईजनाको भूईँमा खुट्टै भएन । प्रणयको मुक्त आकासमा दुइ दम्पति चरा जस्तै उड्नथाले । भित्ताको त कान हुन्छ भने दुई दुई थान कान हुने प्राणी मानिसले त्यस्तो कुरा चाल नपाउने त कुरै थिएन । सबैले साहिँली दोजीया भएको चाल पाए । जसले पनि अर्जेल बुढा र साहिँला-साहिँलीकै कुरा गर्नथाले ।  छोराबुहारीको कमालले बुढाको कलेटी परेको ओँठमा अनौठो मुस्कान छायो तर कसैले पनि त्यता ध्यानै दिएनन् । त्यो मुस्कानको रहस्य जान्नसकेनन् । सबैले यतिमात्र अनुमान गरे कि छोराछोरी पाउँन बेसीे झर्नुपर्ने रहेछ । अर्जेल बुढा आफ्नो तरकिवप्रति निकै गर्वान्वित भए । नहोउन् पनि किन  तेत्रा बर्षमा नभएको काम छोराबुहारी बेसी झरेकै बर्ष भएको थियो । त्यसले गर्दा जैरीसत्रुको मुखमा बुजो मात्र नलागी गैसकेको ईज्जत समेत जोगिएको थियो । 
          र महिना पुगेपछि साहिँली सुत्केरी भइ । मिहेनत अनुसार पहिलो बेत छोरै भयो । दुई दम्पति त खुशी थिए नै बुढो बाउ लगायत सबै प्रफूल्लित भए । त्यसपछि विधिपूर्वक बच्चाको न्वारन भ्याएपछि बाउ बुढासँग सोध्द्धै नसोधी तिनका लोग्नेस्वास्नी कुम्लोकाम्लो च्यापेर फेरी सुटुक्क बेसी नै झरे ।

पहिलो बेतमै छोरो भएपछि दुई दम्पति हौँसिएका थिए र फेरी त्यसैलाइ निरन्तरता दिनु थियो । पहिलो वर्षको एक्ल्याहाले मार्गप्रशस्त गरिदिएकाले दोस्रो बर्ष जुम्ल्याहा तेस्रो बर्ष तिम्ल्याहा गरी बच्चाबच्चीको त लाईनै लाग्यो र छ भाइ छोरै छोराका धनी भए । एकातर्फ अर्जेल बुढालाइ आफ्नो अक्कलले काम गरेकोमा गर्व थियो भने अर्कातर्फ अल्लारे मोरामोरीले भएका खेतवारीले नै धान्न नसक्नेगरी नातिनातिनाको थुप्रो लाईदेलान् भन्ने चिन्ता पनि थियो ।  र अन्तमा स्थितिलाइ नियन्त्रणमा लिन बुढो सकि नसकी लौरो टेक्दै बेसी झर् यो र दुवै अल्लारेलाइ अघि लाएर गाउँ ल्याईछाडे । 
         यसरी तीनबर्षको भगिरथ प्रयासले बाउ बुढाको काखमा छ भाइ नाति थुपि्रएपछि गाममा साहिँलाका बुढाबुढीले खूवै चर्चा पाए । नपाउन् पनि कसरी  तीन तीन बर्ष डण्डा पेलेका थिए पसिना बगाएका थिए । बेसीमा गएर बच्चाबच्ची पाएकाले गाममा मात्र होईन छिमेकी गाममा पनि साहिँलो ुबेसी साहिँलाु साहिँली ुबेसी साहिँलीु र उनका छ भाइ छोराहरु चाहीँ ुबेसी साहिँलीका छोराहरु भनेर चिनिनथाले ।

दान लिएर-दिएर मात्र हुँदैन । दान लिने-दिने दुवै सुपात्र हुनुपर्दछ । आजसम्मको सिकाइ हो यो । र यही सिकाइ भोलीका दिनमा काम लाग्नेवाला छ । मदारीले बाँदर नचाउने जुन रेला यहाँ सुरु भएको छ त्यो अति भयङ्कर छ । अव यो रोकिनेवाला छैन । नयाँ म्याण्डेटमा नगएसम्म र बहुमतीय या जस्तॊसुकै गठबन्धन र कानूनले यो रेलालाइ रोक्न सक्नेछैन । यो रोकिन फेरी पनि जनता नै कस्सिनुपर्नेछ । 
      नेकपा माओवादी एक नम्वरमा कांग्रेस दोस्रो नम्वरमा र एमाले तेस्रो नम्वरमा हुनुको अर्थ मिलेर देश चलाउनु भन्ने हो न कि बहुमतीय खेलमा लाग्न । निर्वाचन लगत्तै राष्ट्रपतिमा तँछाड् मछाड् नभैदिएको भए टापटिपे गठबन्धनमा बन्ने र भत्कने यस्तो जात्रै नहुन पनि सक्दथ्यो । देशले आज भोग्दैगरेको यो नियति त्यसैको उपज हो र भविष्यमा योभन्दा भयङ्कर नियति देश र देशवासीले भोग्नुपर्नेछ । बाबुराम अगाडि देखिनुमा राम्रो नराम्रो दुइ कारणको सम्मिश्रण छ । शेरबहादुर त आफ्नो चामल बिकाउन असफल भयो नै । तर खोटै नभएका रामचन्द्रको यसपाली पनि अठ्ठार पटक दाल किन गल्न सकेन र राष्ट्रिय बेईजत भयो  यसलाइ राम्रो नराम्रो कुन कारण मान्ने  र आफ्नै पार्टीभित्रबाट गरिने बाबुरामप्रतिको अर्घेल्याईँ पार्टीभित्रै बाबुरामको निरीहपन र उनका सरदारहरुको बोली व्यवहारका बाबजुद पनि पहिलोपल्टमै बाबुरामले एक्कासी ३४० मत ल्यायो । यसलाइ राम्रो या नराम्रोमध्ये कुन कारण भन्ने राम्रो कारणमा-बाबुरामको विद्वता शालिनता माधुर्यता र कार्यकुशलता हुनसक्छ त्यसले उनको लोकपि्रयतामा सुगन्ध थपेको पनि हुनसक्छ । राम्रो कारणमा-अनुभवी शेरबहादुरलाइ अगाडि पर्नै दिईएन किनकि शेरबहादुर त्यो हस्ती थियो जसले राजा ज्ञानेन्द्रको पाउमा देशको सार्वभौमिकता चढाएको थियो र देशमा कू निम्त्याएको थियो । तर रामचन्द्र त त्यो हस्ती थियो जसले शान्तिप्रकृया र संविधान निर्माणको मामिलामा प्रचण्ड र बैद्यलाइ झण्डै झण्डै हराईसकेको थियो भने र राज्यको पुनस्रंरचनाका सवालमा भूत भविष्य र वर्तमानलाइ मध्येनजर गरेर उनले मधेसी मोर्चालाइ पनि लगभग थकाई नै सकेको थियो ।
           देशका दुई ठूला दलहरु बाहिर बस्नु टापटिपे गठवन्धन हुनु सरकार निर्माण गर्न आत्मनिर्णय सहितको स्वायत्तता जस्तो गम्भिर मुद्धामा राजी हुनु गृह नागरिकतासंग जोडिएको मन्त्रालय भएको र विगतमा ४० लाख गैरनेपालीले नेपाली नागरिकता लिएकाले र त्यस्तो दुर्घटना भविष्यमा घट्नसक्ने सम्भाव्यतातर्फ ध्यान नदिईनु वा बेवास्ता गरिनु लगायत महत्वपूर्ण मन्त्रालय मोर्चालाइ दिन सहमत हुनु र पार्टीभित्र-बाहिरबाट अत्यन्तै कुटिलतापूर्वक यस किसिमको अत्यन्तै जीर्ण र जर्जर सरकारको प्रमुख बनाईनु पनि नराम्रा कुरा हुनसक्छन् । तर विज्ञापन राम्राले नखोज्ने नराम्राले मात्रै खोज्ने हुँदा राम्रो कुरा पछि नराम्रो कुरा अगाडि गर्नु उचित हुन्छ । बाबुराम सजग छ होसियार छ र फुकेर कदम चाल्छ भने ऊतिर लक्षित छल-कपट र कुटिलताले हावा खाला होईन भने धेरै पढ्दैमा छवि मात्र राम्रो हुँदैमा र सस्तो स्वदेशी गाडी चढ्दैमा मात्र केही हुनेवाला छैन बाह्रबुँदेको जग र केन्द्रीय समितिको म्याण्डेटमा टेकेर शान्तिप्रकृया नटुंग्याईए जुन लक्ष्य र उद्धेश्यका साथ आफुलाइ अघि सारियो वा बलीको बोको बनाउन खोजिँदैछ त्यो पूरा हुन्छ र आधुनिक नेपालको सपना टाँय टाँय फिस् हुनेछ । अर्थात आया बाबुराम गया बाबुराम ! अस्तु ।
 

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]