पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास

मकाउ, एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् ।कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ ।एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ ।मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेका थिए । 

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]