कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस

- मीनू थापा ( काठमांडू)
सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो । दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए । बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन । सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रुपले स्पष्ट हुन सकिएको छैन । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेन ले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा यस ब्रेन भाइरसको निर्माण भएको थियो । इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरुले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन् । जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन् ।

किन घट्दैछन दुर्लभ बाघ

दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बसे्रनि बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बसे्रनि घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्ने जिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरु नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाई आश्चर्य मानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरु धेरै चिन्तित देखिदैनन् नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्न उनीहरु आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरु बाघ घट्नुको कारण पहिचान गर्न पट्टि ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरुको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालॆको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरु फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ म्ा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षको अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । गणनालाई हेर्ने हो भने २००१।०२ मा १७ वटा २००२।०३ मा १८ वटा २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरुमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ प्ूर्णरुपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरु कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन् ुबाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरु छिट्टै प्ूर्णरुपले लोप भएर जाने देखिन्छ ।ु नेपालमा बाघहरु शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुाज र बर्दिया राष्ट्रिय निकुाजमा मात्रै रहेका छन् । गणनाले प्रस्टरुपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बसे्रनि बाघको गणना गर्दै आएको भएता पनि अन्य दुई आरक्ष क्षेत्रमा विगत आठ वर्षदेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरुले चितवन र बर्दिया राष्ट्रिय निकुाजमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ म्ाा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरुपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्त्ााको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गैारी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरुहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं। २०२९ सालमा वन विभाग अन्तर्गत शाखाको रुपमा स्थापना भई राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षणको कार्य प्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रुपमा काम गर्दै आइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भ्ूदृष्यहरुको संरक्षण सम्वद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको विभागअन्तर्गत हाल नौवटा राष्ट्रिय निकुाज तीनवटा वन्यजन्तु आरक्ष तीनवटा संरक्षण क्षेत्र तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्ति क्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष साचालन गर्न सयौ कर्मचारी कार्यरत छन् र उनीहरुले वार्षिक करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि श्ून्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्न उनीहरु प्ूर्णरुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अन्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सम्वद्र्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बसे्रनि ह्वात्तै घट्दै जान थालेपछि तिनीहरुको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न प्ूर्णरुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरु सकि्रय विशेष गरि वेला वखत पक्राउ पर्ने बाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरुको ठ्ूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सकि्रय छ । तस्करहरुले विभिन्न सम्बन्धसुत्रहरु राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरुलाई निस्तेज गर्ने कार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दा विगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरुपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरुको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक प्ूर्व महानिर्देशक भन्छन् ु एक दुईजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरु विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुई तीन जना मन्त्रीहरु इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे भ्रष्टाचारमा लिप्त हुन पुगे । ुविगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरुको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुईजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाई विश्वास गर्ने हो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरुमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्ने तस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरुको मिलीमतोमा नेपाली तस्करहरुले तस्करीलाई व्यापक पार्ने गरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरु बाघको खोजी गर्दै नेपाल आउने गरेका छन् र उनीहरुकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरुपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सम्बद्र्धनकालागि आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएर सोही मुताविकको कार्य गर्नु पर्छ । पदको दुरुपयोग गर्दै वन विनास गर्ने तस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाई बदल्नै पर्ने भएको छ । सेना जस्तो महŒवप्ूर्ण र सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन् भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दो कुरा हो । यस प्रति आप्ुूलाई गौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा बाघ हात्ती कस्तुरी मृग चितुवा गौरीगाई मार्ने घाइते बनाउने खरिद गर्ने बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्ने्रलाई ५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरु प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी प्ूर्वक गर्ने हो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।
-सागर पण्डित ( राजधानी डेली )

क्रिकेटका महान् ब्याट्सम्यान ब्राडम्यान

डन ब्राडम्यानका रूपमा परिचित डोनाल्ड डन ब्राडम्यान विश्वकै महान् क्रिकेटरका रूपमा परिचित छन् । खेल्न छाडेको ६० वर्षसम्म पनि उनले बनाएको कीर्तिमान अरूले तोड्न सकेका छैनन् । आप\mनो समयमा असम्भव लाग्ने कीर्तिमान बनाउन सफल ब्राडम्यान विश्व क्रिकेटका महान् खेलाडीमा अग्रस्थानमा छन् । ९२ वर्षको उमेरमा सन् २००१ मा निधन भएका ब्राडम्यानले १९४८ मा इङ्ल्यान्डमा अन्तिम खेल खेलेका थिए । र, सन्यास लिनुअघि उनले कायम गरेको टेस्ट ब्याटिङ औसत ९९ दशमलव ९४ प्रतिशत छ । इङ्ल्यान्डविरुद्ध १९४८ मा खेलेको अन्तिम टेस्ट इनिङमा जब उनी आप\mनो औसत सय पुर्‍याउने क्रममा थिए, इरिक होलिएसले उनलाई डक आउट गरे । उक्त इनिङमा चार रन बनाएका भए उनको औसत सय पुग्ने थियो । 'ब्वाइ र्फम बोरल' का रूपमा परिचित ब्राडम्यानले कायम गरेका कीर्तिमान अझै पनि निराश भएका बखत अस्ट्रेलियाली युवाका लागि प्रेरणा बन्ने गरेको छ । मुलुकका उनै महान् खेलकुद नायक डन ब्राडम्यानको सयौं जन्मोत्सव अस्ट्रेलियालीले बुधबार भव्यताका साथ मनाए । क्रिकेटका निर्विवाद एकमात्र महान् खेलाडी ब्राडम्यानको जन्म २७ अगस्ट १९०८ मा न्यु साउथ वेल्समा भएको थियो । सानैदेखि क्रिकेटमा रुची राख्ने ब्राडम्यानले अभ्यासको आप\mनै शैली विकास गरेका थिए । बाल्य अवस्थामा गरेको अनौठो अभ्यास शैलीले उनलाई विश्वकै महान् ब्याट्सम्यान बनाउन मद्दत गरेको हो । पानी ट्यांकीका लागि घरछेउमा बनाएको पर्खालमा गल्फ बल ठोक्काउँदै उनी एक्लै अभ्यास गर्थे । सोही अभ्यासबाट उनले कठिनभन्दा कठिन बल पनि सहजै सामना गर्ने क्षमता विकास गरेका थिए । अप्ठ्यारो बलमा सहजै खेल्ने क्षमताका कारण हरेक तेस्रो इनिङमा शतक प्रहार गर्ने खेलाडीका रूपमा पनि उनी स्थापित भए । 'उनको नाम र उनले प्राप्त गरेको सफलता अन्य खेलाडीको पहुँचभन्दा धेरै टाढा छ । उनको समय र त्यसपछिका अन्य खेलाडीका लागि पनि,' रिक्की पोन्टिङ भन्छन्, 'उनको खेल्ने शैली हाम्रोभन्दा विल्कुल फरक थियो ।' केही सौखिन क्रिकेटप्रेमी उनले जोडेको चार रन भेटिएको दाबी गर्छन् । सो चार रन ब्राडम्यानको रन योगफलमा जोडे उनको खेल जीवनको औसत सय हुन जान्छ । 'अझै खेलिरहेको भए पनि उनको औसत विश्वका अन्य ब्याट्सम्यानभन्दा राम्रो नै हुन्थ्यो,' क्रिकेटर माइक हुसे भन्छन्, 'उनी सर्वकालीन महान् ब्याट्सम्यान हुन् र अझै पनि छन् ।' एक्लै अभ्यास गरिरहने ब्राडम्यानले १२ वर्षको उमेरमै स्कुलस्तरीय एक प्रतियोगितामा पहिलो शतक प्रहार गरेका थिए । विश्वमा हरेक खेलका कीर्तिमान बन्छन् र फेरि तोडिन्छन् । टेस्ट क्रिकेटको एक सय ३१ वर्षे इतिहासमा दुई हजार पाँच सय १९ ब्याट्सम्यान जन्मिए, तर ब्राडम्यान जहिले पनि भेट्न नसकिने क्रिकेटरका रूपमा रहेका छन् । उनको सफलता क्रिकेटमा मात्र होइन कुनै पनि खेलकै सर्वाधिक उपलब्धिमूलक मानिन्छ । विस्डनका अनुसार बलले खेल्ने कुनै पनि खेलमा ब्राडम्यान अग्रस्थानमा छन् । विश्वकै महान् खेलाडी मानिएका फुटबलर पेले पनि उनीभन्दा पछि रहेका छन् । उनले ब्याटिङ औसतमा मात्र नभई आप\mनो समयमा विभिन्न कीर्तिमान बनाएका थिए । तीमध्ये अझै पनि केही कीर्तिमान उनकै नाममा छ । २२ औं जन्मोत्सव मनाउनुअघि नै उनले धेरै कीर्तिमान बनाएका थिए । २० वर्षे खेल जीवनमा उनले एकै लयमा रन जोडिरहे । अस्ट्रेलियाका पूर्वकप्तान विल उडफुलको शब्दमा भन्नुपर्दा उनी टोलीका लागि तीन ब्याट्सम्यान बराबर थिए । कप्तान र प्रशासकका रूपमा जहिले पनि उनी आक्रामक र मनोरञ्जनात्मक क्रिकेटको पक्षमा रहे । जसका कारण उल्लेख्य संख्यामा दर्शक तान्न पनि उनी सफल भए । खेल जीवनबाट सन्न्यास लिएपछि पनि उनी प्रशासक, छनोटकर्ता र लेखकका रूपमा तीन दशकसम्म सक्रिय रहे । सन्न्यास लिएको ५० वर्षपछि पनि उनी अझै विश्वकै आइकन खेलाडीका रूपमा रहेका छन् । महान् खेलाडीको सम्मानमा अस्टे्रलियाले उनको तस्बिरअंकित हुलाक टिकट र सिक्का बनाउने गरेको छ । जीवित रहेकै अवस्थामा संग्रहालय बनाइएका उनी एकमात्र अस्ट्रेलियन हुन् । उनको स्मृति दिवसका अवसर पारेर २७ अगस्टमा रोयल अस्ट्रेलियन मिन्टले पाँच डलरको स्वर्ण मुद्रामा उनको तस्बिर कुँदेर सार्वजनिक गरेको छ ।
उच्च ब्याटिङ औसत- ९९।९४
उच्च शृंखला ब्याटिङ औसत -पाँच टेस्ट शृंखला) - २०१।५०
शतक कीर्तिमान - ८० इनिङमा २९ शतक -३६।२५ प्रतिशत औसतमा)
दोहोरो शतक - १२ वटा
शृंखलामा दोहोरो शतक- ३ वटा
एक दिनमा सर्वाधिक रन - ३०९ रन -सन् १९३०)
एकै प्रतिद्वन्द्वीविरुद्ध सर्वाधिक रन - इङ्ल्यान्डविरुद्ध ५,०२८
एक शृंखलामा सर्वाधिक रन - ९७४ रन -सन् १९३०)

राष्ट्रिय दौरा शुरुवाल पलायन भएछ

-डिग बहादुर तामांग मेरिल्याण्ड, अमेरिका
शीरको पोशाक शीरटोपी
राष्ट्रिय पोशाक दौरा सुरुवाल
पाउको पोशाक जुत्ता
नेपालको राष्ट्रिय पोशाक भन्थे
अब त नयाँ नेपालसँगसँगै
नेपालीको राष्ट्रिय पोशाक नै
नेपालबाट कतै पलायन भए छ ।
दक्षिण तिर कि उत्तरतिर हो ?
म परें अलमल यता जाने कि उता
शाखा अधिकृत भन्दा माथिका
कर्मचारीहरुले अनिवाय रुपमा लाउनु पर्ने
हाम्रो राष्ट्रिय पोशाक दौरासुरुवाललाई
उपराष्ट्रपति परमानन्द झाको धोती र कुर्थालेहिर्काएपछि,
नेपालबाट अन्तै पलायन भै सकेछ ।
नयाँ प्रधानमन्त्रीको पालासम्ममा त
नेपालको राष्ट्रिय पोशाक सुट र्टाई हुन पुगेछ ।
यहि हो नयां नेपालको राष्ट्रियता ?
नयाँ नेपालको आगमन सँगसँगैमलाई लाग्यो
अब राष्ट्रिय दौरा शुरुवाल पनि दक्षिणतिर
हो कि उत्तर तिर पलाएन भएछ ।।
साभार - नेपाली पोस्ट

अब म त भारत जान्छु— उपेन्द्र यादव, परराष्ट्रमन्त्री

-# तपाईंले किन परराष्ट्र मन्त्रालनै रोज्नुभयो? अन्तराष्ट्रिय जगतमा नेपालको छवि केही वर्षयता धुमिल हुदै गएको छ। नयां परिस्थितिमा नेपालको पहिचान, राष्ट्रिय हित, अन्तराष्ट्रिय सम्बन्धलाई नयां ढंगले अगाडि बढाउन र नेपालको परराष्ट्रनीतिलाई सही र समयसापेक्ष बनाउन, नेपालको छवि अन्तराष्ट्रिय जगतमा उच्च बनाउन पनि मैंले परराष्ट्र मन्त्रालय रोजेको हुं। -# नेपालको छवि किन धुमिल भएको हो? हाम्रो आन्तरिक घटनाक्रम र राजनीतिले तथा कूटनीतिक प्रयत्नको पर्याप्त तयारी नहुनाका कारण हाम्रो छवि धुमिल भएको हो। -# प्रचण्डको पहिलो विदेश भ्रमण किन चीन भयो? ओलम्पिकको उद्घाटन र समापन समारोहमा विभिन्न देशका राजनीतिज्ञ, राष्ट्रपति र सरकार प्रमुखहरु आइरहेका छन्। त्यसमा हाम्रो प्रधानमन्त्री जानु उपयुक्त हुन्छ। यसले देशको इज्जत र प्रतिष्ठा पनि बढ्छ। चीनसंगको हाम्रो पुरानो सम्बन्धलाई अझ दह्रो पार्छ। -# प्रचण्ड प्रधानमन्त्री भएपछि भारत जाने परम्परालाई तोड्नुभयो नि? रम्परा र चलन चलाउँदा चल्ने हो। भारत जानुभएन चीन जानुभयो भन्नुको मतलब हामी भारतसंग टाढा छौं भन्ने होइन। -# प्रधानमन्त्री भारतसंग टाढिदैहुनुहुन्छ भन्ने विश्लेषण भइरहेको छ नि त? भारतसंग टाढिन जानुभएको कदापि होइन। हामी भारत र चीन दुवै छिमेकी मुलुकसंग मित्रताका आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा प्रष्ट छौं। भारतसंग हाम्रो निकै निकट सम्बन्ध छ। -# भारतसंग के के कारणले निकटता छ? नेपाल र भारतबीच खुल्ला सीमा छ। हामीबीचको भाषा, संस्कृतिमा एकरुपता छ। दुई देशमा आवतजावत पनि खुल्ला छ। जनस्तरको पनि उत्तिकै सम्बन्ध छ। हामी धेरै विषयमा भारतसंग जोडिएका छौं। सम्बन्धका हिसाबले चीन र भारत दुवैसंग समान मित्रवत सम्बन्धलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ। कोही टाढा कोही नजिकको भन्नु हुदैन। -# तपाईं पहिला चीन या भारत कुन देश जानुहुन्छ? भारत भ्रमणमा जाने पहिलादेखिनै तय भएको थियो। जो परराष्ट्रमन्त्री भएको भएपनि भदौ १३ गते बिमस्टेक सम्मेलनमा जानुपर्ने हुन्थ्यो। म बिम्स्टेकको सम्मेलनमा सहभागी हुन १२ गते भारत जानेछु। मेरो पहिलो भ्रमण भारतबाट हुन्छ। -# भारतमा कसलाई भेट्नुहुन्छ? बिमस्टेकको बैठकमा सहभागी हुन जाने हो। बैठकमा ६–७ वटा मुलुकका विदेशमन्त्रीहरुसंग भेट हुन्छ। भारतमा रहदा मन्त्री, राजनीतिज्ञका अलावा सरकारी अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ। -# भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई पनि भेट्नुहुन्छ? भारतीय प्रधानमन्त्रीलाई भेट्ने सम्भावना छ। भेट तय गर्नेबारे कुरा अगाडि बढिरहेको छ। -# कोशीबांधबारे भारतीय पक्षसंग कुरा हुन्छ? कोशीबांधबारे महत्वका साथ कुरा गर्छु। मेरो भ्रमणको महत्वपूर्ण पक्षमध्ये कोशीबांधको विषय पनि हो। त्यसबारे द्विपक्षीय हित र सम्बन्ध विस्तारबारे पनि छलफल हुन्छ। -# सन्धी खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ, त्यसबारे कुरा गर्नुहुन्छ? यसपटकको बैठकमा सन्धी खारेजीबारे कुनै एजेण्डा छैन। त्यसबारे त पूरा तयारी गर्नुपर्ने हुन्छ। अहिले सन्धिबारे कुनै छलफल हुदैन। -# फोरमले सरकारको नेतृत्व दाबी गरेको अवस्थामा किन मन्त्रीमै चित्त बुझायो? फोरमलाई सरकारको नेतृत्वका लागि कसैले दिएपो। प्रधानमन्त्री कसैले दिने कुरा गरेको थिएन। अहिले सहमतिको सरकार बनेको छ। हामी यसलाई अगाडि बढाउने पक्षमा छौं। -# सरकारको कति समय चल्ला? भर्खर त सरकार बनेको छ। सरकारले पूर्णता पनि पाएको छैन भने अहिलेनै आयु तोक्ने कुरा रहदैन। -# यतिसम्म संगै जान्छौं त भन्न सक्नुहोला नि, छ महिना कि एक वर्ष? यो सरकारले पूरा अवधिभर कार्य गर्छ। -# एमालेले सपथ नलिएको अवस्थामा पूरा अवधिभर कार्य गर्ने आधार के? एमालेहरु पनि सरकारमा आउनुहुन्छ। त्यसबारे कुरा भइरहेको छ। अरु सात आठवटा पार्टी पनि सरकारमा सहभागी हुनुहुनेछ। राष्ट्रिय सहमति बनिसकेको छ। साझा नीति तथा कार्यक्रममा हस्ताक्षरनै भइसकेको छ -# राप्रपा जसरी फोरम राजनीतिक खेलमा लाग्ला? फोरम भनेको आन्दोलनबाट आएको पार्टी हो। राप्रपा र फोरमलाई दाँज्न मिल्दैन। फोरमको भूमिका राप्रपाको जस्तो त हुनैसक्दैन। -# प्रधानमन्त्रीलाई हटाउन बीचमै लाग्ने त होइन? हाम्रो साझा नीति तथा कार्यक्रम बनेको छ। सबैले त्यसलाई पालना गर्नुपर्छ। हामीले आचारसंहिता र कार्यप्रणाली तोकेका छौं। त्यो आधारमा अगाडि बढ्नुपर्छ। कसैले कसैलाई ढाल्नुपर्ने कुरा आउदैन। -# तपाईंहरुले बनाएको कार्यक्रम सरकारमा बसेर कार्यान्वयन गर्न सक्नुभएन भने नि? कार्यक्रम कार्यान्वयन भएन, माओवादीले व्यवहार सुधारेन भने हामी पछि हट्छौं र सरकारबाट बाहिरिन्छौं। जतिपनि सहमति भएको छ त्यो कार्यान्वयन भएन भने सरकारमा बस्नुुको औचित्य रहनेछैन। -# सहमतिअनुसार काम नभए तपाईंहरु सबैले राजीनामा दिनुहुन्छ? त्यसपछि हामी सरकारमा रहनुको कुनै अर्थ रहदैन। हामी केही गरौं भनेर सरकारमा आएका हौं। मुलुकलाई दीगो शान्तिको अवस्थामा पुर्‍याउन, आर्थिक क्रान्तिको दिशामा पुर्‍याउन पो सरकारमा गएका हौं। -# त्यसपछि अर्को समिकरण बनाउन लाग्नुहुन्छ? त्यो कल्पना अहिले नगरौं। अहिलेको प्राथमिकता सबैले साझा नीति तथा कार्यक्रम पालना गर्ने र व्यवहारमा उतार्ने हो। तत्काल शंका उठाउनु गलत हो। -# मधेश आन्दोलनका क्रममा सरकारसंग भएको सम्झौता पूरा भयो? भाद्र १३ गते र फागुन १६ गते भएको सम्झौता कार्यान्वयनको दिशामा छ। साझा नीति तथा कार्यक्रममा सहमति कार्यान्वयन गर्ने स्पष्ट उल्लेख छ। कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर भएको छ र हुन्छ। -# कार्यान्वयनका लागि सरकारमा जान लाग्नुभएको हो? कार्यान्वयनका लागि मात्र सरकारमा जान लागेको होइन। -# तपाईंको पार्टीभित्र सरकारमा जाने नजानेबारे विवाद भएको हो? पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक हो। सरकारमा जानेबारे पार्टीले निर्णय गरेको हो। साझा नीति तथा कार्यक्रम पारित गरेर सरकारमा गएका हौं। गुनासो भन्नेकुरा मानव जातिको स्वभाव हो। -# तपाईको प्रचण्डसंग कसरी मिलन भयो? प्रचण्ड माओवादी नेता हुन्। क्रान्तिकारी विचारलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता पबोकेका नेता हुन्। त्यसै कारणले हामी एक ठाउंमा आइपुगेका हौं। म पनि परिवर्तन र अग्रगमनको विचारधारालाई समर्थन गर्छु। -# नेपाली कांग्रेसलाई माइनस गरेर जादैहुनुहुन्छ नि? कांग्रेसका साथीहरुले सरकारमा आउनेबारे पुनविचार गर्नुपर्छ। हामी कांग्रेसलाई पाखा लगाउने, होच्याउने, माइनस गर्ने पक्षका होइनौं। -# कांग्रेस प्रतिपक्षमा बसेबाट के अपेक्षा गर्नुहुन्छ? कांग्रेस प्रतिपक्षमा बसेपनि हामी सहयोगको अपेक्षा गर्छौं। प्रतिपक्षको पनि सहयोगी धर्म हुन्छ। लोकतन्त्रका लागि प्रतिपक्षले महत्वपूर्ण भूमिका खेल्नसक्छ। — देशान्तर

अख्तियारको हार आरोपीको जित

- श्रीधर खनाल/नयाँ पत्रिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा चलाएका सबैजसोले विशेष अदालतबाट सफाइ पाउन थालेका छन् । पछिल्लो एक वर्षमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा परेका १६ वटा मुद्दाको फैसला भएको छ, सोह्रैवटा मुद्दामा आरोपीले सफाइ पाएका छन् । अदालतबाट सफाइ पाउनेमा नायब सुब्बादेखि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव गोकर्ण पौडेलसम्म छन् । कोइराला प्रधानमन्त्री हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी लुकाएको आरोपमा अख्तियारले पौडेलमाथि अनुसन्धान अगाडि बढाएको थियो । गुल्मीको सामान्य परिवारबाट आएका पौडेलको आम्दानी कोइरालाको स्वकीय सचिव भएपछि नाटकीय रूपमा बढेको अख्तियारको अनुसन्धानले देखाएको छ । अख्तियारले दुई करोड ६ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति जोडेको आरोपमा पौडेलविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतले अख्तियारको दाबी पुष्टि गर्ने कानुनी आधार नभएको भन्दै आरोपीलाई सफाइ दिएको छ । सफाइ दिइएका मुद्दामा राजस्व समूहमा भएको संस्थागत भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरूसमेत छन् । अख्तियारले ३१ साउन, २०५९ मा राजस्व प्रशासनका २२ कर्मचारीको घरमा छापा मारेको थियो । अर्थ मन्त्रालयका सहसचिव श्रीराम पन्तलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले पन्तले आर्जन गरेको एक करोड १७ लाख रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी भएको दाबी गरेको थियो । अख्तियारको छापामा परेका भन्सार विभागका शाखा अधिकृत देवीप्रसाद भण्डारीले समेत अदालतबाट सफाइ पाएका छन् । भण्डारीले आर्जन गरेको ६७ लाख ७८ हजार रुपैयाँ गैरकानुनी भएको अख्तियारको दाबी थियो । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सफाइ दिन विशेष अदालतले जगाएको पुरानो कानुनको फाइदा पूर्वसहसचिव सावित्री राजभण्डारीले पनि पाएकी छिन् । पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीकी श्रीमती सावित्रीलाई मुद्दा चलाउँदा अख्तियारले केशवलाई भने विपक्षी बनाएको थिएन । अमेरिकामा बस्ने राजभण्डारीकी छोरी मोनिकाको नाममा सावित्रीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको अख्तियारले जनाएको छ ।अदालतबाट सफाइ पाउनेमा लाउडा विमान भाडाको विषयमा अनियमितताको आरोप लगाइएका नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठसमेत छन् । लामो समयसम्म फैसला नभएको यस मुद्दामा विशेष अदालतले अख्तियारको मागदाबी नपुग्ने निर्णय गरेको थियो । फैसलामा चित्त नबुझाएर अख्तियार सर्वोच्च अदालत पुगेको छ ।यो एक वर्षमा नक्कली प्रमाण-पत्रको मुद्दामा भने अख्तियारको मागदाबी पुगेको ठहर विशेष अदालतको छ । विशेष अदालतको अभिलेखअनुसार गत आर्थिक वर्षमा नक्कली प्रमाण-पत्रसँग सम्बन्धित ४२ मुद्दा फैसला भएका छन् जसमा ३८ जनलाई दोषी ठहर गरिएको छ । तीन मुद्दामा मात्र सफाइ दिइएको छ भने एउटा मुद्दा खारेज गर्ने निर्णय भएको छ ।निर्णयगत र घुससँग सम्बन्धित १३ मुद्दा फैसला भएकामा सात मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । पाँच मुद्दामा भ्रष्टाचार गरेको ठहर भएको छ भने एउटा मुद्दामा आंशिक रूपमा भ्रष्टाचार भएको निर्णय गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईसँग सम्बन्धित मुद्दा विशेष अदालतले निर्णय गर्न नसकेर सर्वोच्च अदालत पठाएको छ । अख्तियारका कानुनी सल्लाहकार नन्दबहादुर सुवेदी अदालत बढी उदार भएकाले दोषीहरूले धमाधम सफाइ पाएको बताउँछन् । उनी भन्छन्, 'हामीले कमजोर ठानेका मुद्दामा समेत पहिला अख्तियारका पक्षमा फैसला हुन्थे । तर, अहिले प्रशस्त भ्रष्टाचार भएको र बलियो प्रमाण भएका मुद्दामा समेत अदालतले सफाइ दिन थालेको छ ।'अख्तियारले सुरुवातमा विशेष अदालतमा दर्ता गरेका मुद्दा अनुसन्धानमा केही कमजोरी रहेको अधिकारीहरू बताउँछन् । त्यस्ता कमजोरी हटाएर दर्ता गरिएका मुद्दामा पनि अदालतले सफाइ दिएपछि अहिले अख्तियार सर्वोच्च अदालतको फैसला कुरेर बसेको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको कुनै पनि मुद्दा फैसला हुन सकेको छैन ।सर्वोच्चको फैसलापछि मात्र नयाँ रणनीति बनाउने पक्षमा छ अख्तियार । 'सर्वोच्चबाट पनि हारियो भने नयाँ ढंगले सोच्नुपर्ला,' अख्तियारका कानुनी सल्लाहकार सुवेदीको भनाइ छ । आर्थिक वर्ष २०६४/०६५ मा सफाइ पाउनेहरू
गोकर्ण पौडेल २,०६,३०,९१६।५३
पूर्वसहसचिव, सावित्री राजभण्डारी २,९३,१५,३०७.८३
सहसचिव, नगेन्द्रप्रसाद घिमिरे, १,६९,७६,५३८।९३
उपसचिव, मुरारीवहादुर कार्की १,६३,६७,५६०।९२
सिडिइ डिल्लीरमण निरौला ६४,१०,५७८।००
सह-सचिव, प्रेमप्रसाद सुवेदी, ९६,१३,७७९।८८
युवराज शर्मा, व।का।नि। १०१४५२५१।९१
चक्रबन्धु अर्याल २६०८१५६१।३१
गुरुप्रसाद ढकाल १,७५,८९,२३३।६६
डा। लक्ष्मीराज पाठक ६९,४३,४४४।३६
नासु श्यामकुमार बस्नेत ३५,९३,५४०।९५
नासु श्यामकुमार बस्नेत ३५,९३,५४०।९५
शाखा अधिकृत देवीप्रसाद भण्डारी ६७,७८,४२६।६६
सहसचिव श्रीराम पन्त १,१७,६७,३२६।७१
नासु डोलराज शर्मा ३,५२,८७,४६७।४७

एक सय सात वर्षीय साधुद्वारा साधुनीको हत्या

झापा। पिण्ड खाने बेला भइसकेका झापाको सुरुंगा-७ स्थित कोटीहोममा १०७ वर्षीय साधुले कोटीहोममै बस्ने ८५ वर्षीया साधुनीको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार साधु जीवनाथ ति_िम्सना र साधुनी चन्द्रमाया विकबीच सामान हराएको विषयमा भएको विवादले उग्ररुप लिएपछि ति_िम्सनाले विकको टाउकोमा मुंग्रो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले हत्यारा १०७ वर्षीय वृद्ध साधु ति_िम्सनालाई पक्राउ गरेको छ । प्रहरीले साधु ति_िम्सनाको भान्सामा प्रयोग हुने मसला खाने तेललगायतका सामानहरु हराउने गरेको र साधुनी विकले चोर्ने गरेको विषयमा वादविवाद हुँदा साधु ति_िम्सनाले आक्रोशमा आएर टाउकोमा मुंग्रो प्रहार गरेको बयान दिएको बताएको छ । यसैबीच नाच हेर्न जाँदा भएको सामान्य विवादमा धनुषाको यदुकोहा-१ का मुख्तार दर्जीले एक किशोरको गोली हानी हत्या गरेका छन् । यदुकोहा गाविसबाट कृष्णअष्टमीको अवसरमा आयोजित नाच हेर्नका लागि नुन्नुपट्टी गइरहेको अवस्थामा १८ वर्षीय मुख्तार दर्जी र १७ वर्षीय जितनारायण यादवबीच विवाद उत्पन्न भएको थियो । त्यही विवादका क्रममा दर्जीले एक्कासी यादवको पेटमा गोली प्रहार गरी हत्या गरेका हुन् । घटनापछि प्रहरीले हत्यारा दर्जीलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

फुटेर होइन जुटेर अगाडि बढ्न आह्वान

राष्ट्रपति डा। रामवरण यादवले सोमबार सप्तकोशीको तटबन्ध फूटेर डूबानग्रस्त बनेको सुनसरीको विभिन्न क्षेत्रको हवाई तथा स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । भदौ २ गते दिउँसो सुनसरीको पश्चिमकुसाहास्थित सप्तकोशीको नदीको दुईवटा स्पर भत्केर बाढी मानववस्तीतर्फ प्रवेश गरेपछि सुनसरीका आधादर्जन गाउँविकास समिति डुवानमा परेका थिए । डुबानग्रस्त क्षेत्रको निरीक्षण भ्रमणको क्रममा उहाँले डुबानका कारण अवरुद्ध बनेको पुर्वपश्चिम राजमार्गमा भएको कटान त्यसले निम्त्याएको अप्ठेरो र प’ननिर्माणको संभावनाको बिषयमा अधिकारीहरुसँग कटानस्थलमै छलफल समेत गर्नुभएको थियो । त्यहाँको वस्तुस्थिति बुझेर राष्ट्रपति यादवले सुनसरीको सदरमुकाम इनरुवास्थित विभिन्न अस्थायी शिविरहरुको निरीक्षण समेत गर्नुभएको थियो । सो अवसरमा विस्थापितहरुले राष्ट्रपति समक्ष राहात वितरण प्रकि्रया व्यवस्थित नभएको बाढीमा अझै आफ्ना आफन्त फसेका केही आफन्त सम्पर्कमा नआएका घरबार बगेको गुनासो गरेका थिए । राष्ट्रपतिले विस्थापितहरुको व्यवस्थापन तथा त्यस क्षेत्रमा देखिएका सबै समस्याको दीर्घकालीन समाधानका लागि आफुले सरकारलाई सचेत गराउनेमा जोड दिनुभएको थियो । मुलुकमा आइपरेको यस्तो विपतिमा सबै नेपालीलाई फुटेर होइन जुटेर अगाडि बढ्न समेत राष्ट्रपतिले आह्वान गन’्रभएको छ । विस्थापितहरुलाई राखिएका शिविरहरुको निरीक्षणपछि आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले सप्तकोशीको तटबन्ध कटानका कारण राहात व्यवस्थापन तथा वितरणमा देखिएको कमीकमजोरी र आगामी दिनमा भारतसँग गरिने सम्झौताहरुको बिषयमा सरकारी स्तरबाट देखाउन’पर्ने सचेतनाको बिषयमा राष्ट्रपति यादवको ध्यानाकर्षण गरेका थिए ।

नेपालमा २८ देशका सैनिक

काठमाडौं, ८ भदौ नेपालको औपचारिक सैन्य सम्बन्ध सात देशसित मात्रै भए पनि २८ देशका सैन्य अधिकारीहरू नेपालमा खटिएका छन् । उनीहरूले अनौपचारिक रूपमा नेपालको 'सैन्य गुप्तचरी' गरी आफ्नो देशका सैनिक हेडक्वार्टरमा रिपोर्ट पठाउने गर्छन् । नेपालको औपचारिक सैन्य सम्बन्ध भएका देशहरू बेलायत, अमेरिका, भारत, रुस, पाकिस्तान, चीन र बंगलादेश हुन् । तर, २८ देशले ४० जना सैन्य अधिकारी 'नेपाल हेर्न' नियुक्त गरेका छन् । उनीहरूमध्ये १४ जना नेपालमै बस्छन् भने २५ जना भारतको नयाँदिल्ली र एकजना बंगलादेशको ढाकामा बसेर नेपालका सैन्य गतिविधि नियालिरहेका छन् । नेपालको सबैभन्दा पुरानो सैन्य सम्बन्ध भारतसित छ । सन् १९४७ देखि नेपालको सैन्य कूटनीति भारतसित औपचारिक रूपमा स्थापित भएको हो । अमेरिकासित १९६७ देखि र त्यसपछि क्रमशः चीन र पाकिस्तानसित सैन्य सम्बन्ध विस्तार भएको हो । अन्य देशमा रहेका नेपाली सैन्य अधिकारीले आफ्ना देशका सैनिक अधिकृतहरूलाई तालिमको व्यवस्था मिलाउने र सेनालाई चाहिने हतियारलगायतका सरसामानको बन्दोबस्त गर्ने काम गर्छन् । नेपाली सैन्य अधिकारीले गुप्तचरीको भूमिका भने प्रभावकारी रूपमा निभाउन नसकेको परराष्ट्रविद्हरू बताउँछन् । नेपाल हेर्ने अन्य देशका सैन्य अधिकारीले नेपालको बारेमा नियमित रूपमा आफ्नो हेडक्वार्टरलाई रिपोर्ट गर्दै आएका छन् । देखिने रूपमा भने उनीहरू सामान्य सैन्य कूटनीतिक क्रियाकलापमा मात्रै संलग्न हुन्छन् । भारतसहित चीन, पाकिस्तान, बेलायत र अमेरिकाका सैन्य अधिकारीहरू काठमाडौंमै छन् । परराष्ट्र मन्त्रालयको रेकर्डअनुसार छिमेकी राष्ट्र भारतले कर्नेल मनमोहनसिंह दानोआको नेतृत्वमा ६ जना सैनिक नेपाल हेर्न खटाएको छ । उनीहरूमध्ये दुईजना भारतीय पूर्वगोर्खा सैनिकको पेन्सन वितरण गर्न धरान र पोखरामा खटिएका छन् । पिपिओ -पेन्सन पेइङ अफिस) इन्चार्जका रूपमा भारतीय सेनाका लेफि्टनेन्ट कर्नेल विकास चाबला श्रीमती तमानुसहित पोखरामा बस्दै आएका छन् । यसैगरी मेजर अमृत अउल धरानमा पिपिओका इन्चार्जका रूपमा कार्यरत छन् । उनी श्रीमती अनुजासहित धरानमै बस्छन् । मेजर एनसी खुमान सहायक सैन्य सहचारीका रूपमा लैनचौरस्थित दूतावासमा कार्यरत छन् । मेजर भुपाल सिंह पनि सहायक सैन्य सहचारीको हैसियतमा खटिएका छन्, काठमाडौंस्थित दूतावासमा । भारतीय सेनाका मेजर एके भोस्ले पनि दूतावासमै कार्यरत छन् । चीनले वरिष्ठ कर्नेल चेङ जिझोङलाई नेपालस्थित राजदूतावासमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनको हैसियत राजदूतपछि तेस्रो हो । उनीसँगै चिनियाँ सेनाका क्याप्टेन युके पनि नेपालमा छन् । पाकिस्तानले कर्नेल अख्तर नवाजलाई सैन्य सहचारीका रूपमा नेपालस्थित दूतावासमा खटाएको छ । उनी रक्षान्दासहित काठमाडौंमा बस्दै आएका छन् । बेलायतले कर्नेल जर्मी एलिसलाई नेपालमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनीसहित तीनजना बेलायती सैनिक नेपालको सैन्य क्षेत्र हेर्नका लागि काठमाडौंमा छन् । बेलायतका मेजर निक अकोट सहसैनिक सहचारीका रूपमा काठमाडौंमा कार्यरत छन् । बेलायतकै मेजर जोन हवार्ड पनि काठमाडौंमा खटिएका छन् । अमेरिकाले दुई सैनिकलाई नेपालको सैन्य गुप्तचरी गर्न खटाएको छ । अमेरिकी सेनाका कर्नेल ब्रायन र मेजर प्याटि्रक केली काठमाडौंस्थित दूतावासमा खटिएका छन् । पmान्सले कर्नेल प्याटि्रक सेराडेललाई नेपालको समेत सैनिक सहचारीको जिम्मेवारी दिएको छ । कर्नेल सेराडेल दिल्लीमा बस्छन् । जर्मनीले नेपाल हेर्ने गरी कर्नेल माइकल स्कुथलाई सैन्य सहचारीका रूपमा खटाएको छ । उनको कार्यालय नयाँदिल्लीमा छ । अफगानिस्त्ाानले दिल्लीस्थित दूतावासमा कार्यरत मेजर जनरल अब्दुल खालिक चिरालाई नेपाल हेर्ने जिम्मेवारी दिएको छ । अफगानिस्तानकै कर्नेल मसुद स्टानाजीले पनि नेपालको सैन्य कूटनीति हेर्छन् । दिल्लीस्थित आवासीय दूतावासमार्फत नेपालको मामला हेर्दै आएको क्यानडाले कर्नेल ग्यारी रिउमलाई यस प्रयोजनमा खटाएको छ । उनले दिल्लीमा रहेर नेपालको समेत जिम्मेवारी सम्हालेका छन् । गणतन्त्र चेकले पनि दिल्लीमा रहेको आवासीय दूतावासमार्फत कर्णेल जिन्दि्रच हेकरलाई नेपालको सैन्य मामिला हेर्न खटाएको छ । दिल्लीमै आवासीय दूतावास रहेको हंगेरीले लेफि्टनेन्ट कर्नेल कारोले बेल्सोलाई सो जिम्मेवारी दिएको छ । रुसले कर्नेल अलेक्जेन्डर आई पास्केन्कोलाई नेपाल हेर्ने गरी सैन्य सहचारीका रूपमा खटाएको छ । उनी बंगलादेशको राजधानी ढाका बसेर नेपालसमेत हेर्दै आएका छन् । नेपालमा आवासीय दूतावास नराखेको इटलीले पनि कर्नेल ज्युसेप ज्युन्टीलाई दिल्लीमार्फत नेपाल हेर्ने जिम्मेवारी दिएको छ । दिल्लीमै रहेको केन्या उच्चायोगलेे नेपाल हेर्न कर्नेल इडी चिवेलाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । नयाँदिल्लीमै कार्यालय रहेको माल्दिभ्स उच्चायोगले सैन्य सहचारीका रूपमा कर्नेल अब्दुल्लाहलाई दिल्लीबाटै नेपालको सैन्य मामिला हेर्न लगाएको छ । दिल्लीमा कार्यालय राखिएको नाइजेरिया उच्चायोगका तर्फबाट नेपाल हेर्न क्याप्टेन हमिदु उसमान जाफेजीलाई सुरक्षा सल्लाहकारका रूपमा खटाइएको छ । फिलिपिन्सले पनि कर्नेल एलेक्स सी कापिनालाई दिल्लीमा रहेको आवासीय दूतावासमार्फत नेपाल हेर्न लगाएको छ । यसैगरी रोमानियाले दिल्लीमा रहेको दूतावासमार्फत नै लेफि्टनेन्ट कर्नेल लियोनार्दो दिनुलाई नेपाल हेर्न खटाएको छ । उनी पनि दिल्लीमै बस्छन् । भारतको चाणक्यपुरीमा रहेको आवासीय दूतावासमार्फत सिंगापुरले कर्नेल पर्दित कुमार तिवारीलाई नेपालका लागि सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तिवारीले दिल्लीमा बस्ोर नेपालको समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन् । स्लोभाकले पनि दिल्लीमा रहेको दूतावासमा रहेका कर्नेल भ्लादिमिर गि्रजरलाई नेपालसमेत हेर्ने जिम्मेवारी दिएको छ । नयाँदिल्लीमा रहेको सुडान दूतावासले बि्रगेडियर अब्देल एमएम अली मुतालाबलाई नेपाल हेर्न तोकेको छ । दिल्लीमै रहेको स्विस दूतावासले नेपाल हेर्नका लागि सैन्य सहचारीका रूपमा बि्रगेडियर जनरल पाउल केलिनलाई खटाएको छ । उनले दिल्लीमै रहेर नेपाल हेर्दै आएका छन् । टर्कीले कर्नेल इस्माली इसिकीलाई यो जिम्मेवारीमा राखेको छ । दिल्लीस्थित दूतावासमा रहेर कर्नेल इस्मालीले नेपालका लागि सैन्य सहचारीको काम गरिरहेका छन् । दिल्लीमै रहेको दूतावासमार्फत नेपाल हेर्दै आएको युक्रेनले दुई कर्नेललाई नेपालका लागि नियुक्त गरेको छ । कर्नेलद्वय इहोर लिकारेन्को र ओल्हे हुलाक नेपालको सैन्य मामला हेर्न हुन् । युनाइटेड अरब इमिरेट्सले पनि दिल्लीमा रहेको दूतावासमार्फत नेपाल हेर्न कर्नेलद्वय स्टाफ पाइलट अहम्मद इब्राइम युसुफ अल नुइसी र स्टाफ इन्जिनियर सुहेल मुबारक अल घुफ्लीलाई खटाएको छ । भियतनामले दिल्लीमार्फत कर्नेल ली भान थाहँलाई खटाएको छ भने जाम्बियाले बि्रगेडियर जनरल एसएल गंगोलालाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । दिल्लीमार्फत नै जिम्बाबेले 'विङ कमान्डर' एस जोरेराजालाई सैनिक सहचारीका रूपमा नेपाल हेर्न लगाएको छ । इजरायलले कर्नेल जोसेफ टर्गम्यानलाई नेपाल हेर्ने गरी पठाएको छ । उनी दिल्लीमा श्रीमती अभिजिलसहित दिल्लीस्थित इजरायली दूतावासमा बस्दै आएका छन् । नेपालमा रहेका विदेशीहरूको तुलनामा नेपालबाट अन्य देशमा खटाइएका सैनिक सहचारीको संख्या न्यून छ । नेपालका जम्मा ६ जना सैनिक अधिकृत विदेशमा रहेका नेपाली नियोगमा खटिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा सहायक रथी राज राना सैनिक सहचारीको जिम्मेवारीमा छन् । चीनमा कर्नेल राजेन्द्रबहादुर कार्की छन् । पदावधि सकिएका कार्की नेपाल फर्किने तयारीमा छन् भने उनको स्थानमा कर्नेल गणेशबहादुर भण्डारीलाई पठाइन लागेको छ । भारतमा कार्यरत कर्नेल पदमविलास कार्की पनि फर्किने तयारीमा छन् । उनको स्थानमा कर्नेल अशोकनरसिंह राणालाई दिल्ली पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकामा हाल कर्नेल हेमन्तराज कुँवर सैनिक सहचारीका रूपमा खटिएका छन् । पदावधि सकिएका कुँवर काठमाडौं फर्किने तयारीमा छन् भने कुँवरको ठाउँमा सरकारले कर्नेल शमशेर ठकुराठीलाई खटाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा कर्नेल पूर्ण सिलवाल छन् । उनीअघि देवेन्द्रबहादुर मेधासी कार्यरत थिए । नेपाल हेर्न खटाइएका विदेशी सैनिक सहचारीहरूलाई वर्षमा एकपटक सेनाको वाषिर्कोत्सव समारोहमा बोलाउने गरिएको छ भने कामविशेषले पनि उनीहरू नेपाल आइरहन्छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्ष्ाेत्री सैनिक सम्बन्ध स्थापना भएका मुलुकबाट सैनिक तालिमलगायतको सहयोग नेपाली सेनलाई प्राप्त भइरहेको बताउँछन् । बेलायत, अमेरिका, भारत, चीन र पाकिस्तानमा नेपाली सेनालाई सहायक रथीस्तरको तालिमका लागि अवसर प्राप्त भइरहेको उनले जानकारी दिए । नेपालले आवश्यकता हेरेर मात्रै सैन्य सहचारी नियुक्त गर्नुपर्ने परराष्ट्रविद्हरूको सुझाव छ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, 'विदेशमा निष्त्रिmय रहेर बसेकाहरूलाई सक्रिय तुल्याउनुपर्छ । जहाँ आवश्यक छैन उनीहरूलाई फिर्ता बोलाउनुपर्छ ।' परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापा सैन्य सहचारीहरूमार्फत नेपालले अन्य मुलुकसँग र अन्य मुलुकले नेपालसँग सैन्य सम्बन्ध स्थापना गरेको बताउँछन् । -पर्शुराम काफ्ले/नयाँ पत्रिका

अब एसियाली बढी खतरामा !

थुप्रै एसियाली-अमेरिकीको जीवनमा परिवारको स्थान विशेष रहेको छ । उनीहरूका लागि शक्ति र सहयोगको मुख्य स्रोत परिवार रहेको हुन्छ । यो पूर्वीय वा एसियाली समाजको संस्कृति हो । तर, जब यस संस्कृतिमा गडबडी आउँछ अनि थाहै नपाई मानिस मात्र होइन, पूरै परिवारले पीडा पाउँछ । यसको उदाहरण हालै अमेरिकामा रहेका एसियालीका बीचमा भेटिएको छ । अमेरिकामा भएको एउटा सर्वेक्षणका अनुसार एसियाली मूलका अमेरिकीहरू परिवार संरचनाको फरक संस्कृतिमा सहज हुन सकिरहेका छैनन् । र, यसका कारण अमेरिकामा सबैभन्दा बढी आत्महत्या प्रयास गर्नेमा एसियाली मूलका अमेरिकी रहने गरेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका मनोवैज्ञानिक डेभिसका अनुसार गरिबी र निराशाजस्ता नकारात्मक कुराले भन्दा एसियाली मूलका अमेरिकीलाई पारिवारिक-द्वन्द्वले बढ्ता असर पार्छ । पारिवारिक द्वन्द्वको जोखिम आत्महत्यासम्म पुग्नसक्ने चेतावनी डेभिसले दिएका छन् । राज्यले लगानी गरेको २००३ नेसनल ल्याटिनो एन्ड एसियन अमेरिकन स्टडीले गरेको प्रारम्भिक अनुसन्धानमा १८ वर्षभन्दा बढी उमेरका २००० एसियाली जनतालाई प्रश्न सोधिएको थियो । यस अध्ययनको प्रतिवेदन अगस्ट १७ मा बोस्टनमा सम्पन्न अमेरिकन साइकोलोजिकल एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो । यस प्रतिवेदनले एसियाली-अमेरिकीमा पारिवारको असर कस्तो हुन्छ भन्ने देखाएको छ । कहिलेकाहीँ काउन्सिलिङ खोज्न गएका सीमान्तकृत जनजातिका नागरिकलाई मानसिक स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगर्ने पनि प्रतिवेदनमा बताइएको छ । 'सामान्यतः एसियाली-अमेरिकीले आफ्ना मनोवैज्ञानिक समस्याका बारेमा खुलेर कुरा गर्ने कमै सम्भावना छ,' साइकोलेजी एन्ड एसियन अमेरिकन स्टडिजका प्रोफेसर स्ट्यान्ली स्यु भन्छन् । आफ्ना व्यक्तिगत समस्यालाई एसियाली मूलका अमेरिकीले कमै खोल्ने गरेको पनि सामुदायिक कार्यकर्ताले बताएका छन् । सहयोग पाउने अवसर हुँदाहुँदै पनि एसियाली-अमेरिकीले मानसिक स्वास्थ्यकार्यकर्ताको सहयोग लिने निकै झिनो सम्भावना भएको अध्ययनले देखाएको छ । उनीहरू सांस्कृतिक रूपमा स्विकारिएका परम्परागत अनुशासन र पारिवारिक व्यवस्थामा भर पर्छन् । 'एसियाली संस्कृतिमा पारिवारिक मेलमिलाप र पारिवारिक एकतालाई महत्त्व दिइने भएकाले एसियाली मूलका मानिसहरूको आत्महत्याको व्यवहारको अध्ययन गर्न पारिवारिक द्वन्द्वलाई प्रमुखता दिनुपर्छ,' स्ट्यान्ली भन्छन् । उनले प्रश्न सोधेका २.७ प्रतिशत एसियाली-अमेरिकीले आफ्नो जीवनको कुनै समयमा आत्महत्या प्रयास गरेको बताएका छन् । संयुक्तराज्य अमेरिकामा एक प्रतिशत देखि ४.६ प्रतिशत आत्महत्याको प्रयास हुने गरेको बताइएको छ । पारिवारिक समस्या भएका एसियाली-अमेरिकीमा आत्महत्याको जोखिम अन्य एसियाली अमेरिकीभन्दा तीनगुणा बढी हुने गरेको छ । चीनियाँ मूलका अमेरिकी महिला र एसियन अमेरिकन विद्यार्थीहरूको समूहमा अन्यको भन्दा आत्महत्याको जोखिम बढी भएको अध्ययनमा बताइएको छ । चीनियाँ वृद्ध महिलामा पारिवारिक विखण्डनले आत्महत्याको जोखिम निम्त्याउने सम्भावना छ । 'यी धेरै महिलाले आफ्नो सम्पूर्ण जीवन परिवारका लागि समर्पित गरेका हुन्छन् । अचानक छोराछोरीले घर छोड्छन् । त्यस प्रकारको ठूलो परिवार नपाएपछि उनीहरूले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ,' स्ट्यान्ली भन्छन् । एसियाली मूलका विद्यार्थीहरूमा चाहिँ पारिवारिक अपेक्षाले गर्दा समस्या उत्पन्न हुने गरेको छ । 'हामीसँग राम्रो तथ्यांक त छैन तर, सफलताको कमीका कारण धेरै निराश हुने गरेका छन्,' स्ट्यान्ली भन्छन्, 'ग्रेड 'ए' को सट्टा ग्रेड 'बी' ल्याउनु प्रायः विद्यार्थीका लागि पाप गरेसरह हँुदैन, तर संस्कृति र पारिवारिक संरचना जहाँ पुरानो पुस्ताले नयाँ पुस्ताका लागि गरेको समर्पण भित्री रूपमा गढेको हुन्छ ।' परिवारको त्यो अपेक्षा पूरा गर्न नसक्दा विद्यार्थीले 'लज्जाबोध' महसुस गर्ने स्ट्यान्ली बताउँछन् । आप्रवासी बाबु-आमाका सन्तान र अमेरिकामा पढ्न गएका एसियाली मूलका विद्यार्थीबीच यो जोखिम बढी छ । एसियाली संस्कृतिमा परिवारको स्थान उच्च भए पनि परिवारभित्र उत्पन्न हुने समस्या हल गर्नु सबैभन्दा जटिल रहेको स्ट्यान्ली बताउँछन् । 'एसियाली मुलुकका अमेरिकी परिवारमा आत्महत्यासँग सम्बन्धित द्वन्द्वहरूको पहिचान गर्नु र त्यस्ता पारिवारिक समस्यालाई रोक्न हाम्रो अध्ययनले सल्लाह दिन्छ,' स्ट्यान्ली भन्छन् ।

ओबामाका उपराष्ट्रपति उम्मेदवार जो विदेल

वासिङ्टन/ संयुक्तराज्य अमेरिकाका डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाराक ओबामाले उपराष्ट्रपतिका उम्मेदवार शनिबार बिहान चयन गरेका छन् । ओबामाले डेलावेरका सिनेटर जो विदेनलाई डेमोक्रेटिक पार्टीका उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका हुन् । विदेन विदेशनीति र रक्षा मामिलामा दक्ष भएको बताएको छ । वेबसाइटमार्फत् ओबामाले उपराष्ट्रपतिको चयनको घोषणा गरेका थिए । चन्दाका लागि अपिल गर्दै ओबामा र उपराष्ट्रपतिका उम्मेदवार जो विदेलको तस्बिर वेबमा राखिएको थियो । त्यसपछि टेक्स्ट म्यासेजमार्फत् उपराष्ट्रपति चयनको जानकारी दिइएको थियो । 'बाराकले सिनेटर जो विदेललाई हाम्रा उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका छन्,' टेक्स्टमा लेखिएको थियो । ६५ वषीय विदेलले ३० वर्षभन्दा बढीको सिनेटको अनुभव संगालेका छन् । उनी राम्रो वक्ताको रूपमा चिनिन्छन् । उनी वैदेशिक सम्बन्ध कमिटीको अध्यक्ष, न्यायिक कमिटीको अध्यक्ष भइसकेका छन् । उपराष्ट्रपतिको मुख्य फाइनलिस्टमा हिलारी क्लिन्टन, कान्सासका गर्भनर काथलिन सेविलियस र टेक्सासकी प्रतिनिधि चेट इडवार्डस रहेका छन् । लिस्टमा परेका तुलनामा विदेलको रक्षा र वैदेशिक मामिलामा बढी अनुभव भएको बताइन्छ । यी दुई मामिलामा रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याकेनभन्दा ओबामाको अनुभव कम रहेको छ । वैदेशिक र रक्षा मामिलाको अनुभवबाहेक विदेलको 'श्रमिक वर्ग' को पृष्ठभूमि रहेको छ । विदेलको यस पृष्ठभूमिले ओबामालाई निकै फाइदा पुग्ने देखिन्छ । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार छनोटको चुनावमा श्रमिकवर्गको मत हिलारी क्लिन्टनतर्फ गएको थियो । विदेल २९ वर्षको उमेरमा १९७२ मा सिनेटमा निर्वाचित भएका थिए । तर, पद सम्हाल्नुअघि नै ट्रयाक्टर दुर्घटनामा उनकी श्रीमती र १३ महिने छोरीको मृत्यु भयो । छोरालाई राखिएको अस्पतालको शय्याको छेउमा उनले आफ्नो कार्यकालको पहिलो शपथ खाएका थिए । उपराष्ट्रपतिको चयनको घोषणा फैलनेबित्तिकै रिपब्लिकन पार्टीका चुनावी अभियान प्रवक्ताले आलोचना गरिसकेका छन् । प्रवक्ता बेन पोर्रिटले एक विज्ञप्तिमार्फत् ओबामाको वैदेशिक नीतिको मूल्यांकन कमजोर भएको बताए । साथै, २००७ मा विदेलले अमेरिकी टेलिभिजन एबिसीलाई दिएको अन्तर्वार्ता उद्धृत गरे । अन्तर्वार्तामा विदेलले ओबामा अझै राष्ट्रपति बन्न तयार नभएको बताएका थिए ।

प्रचण्ड र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री बेन जिया बाओबीच आइतबार बेइजिङस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र चीनका आपसी सहयोग सम्बन्धी छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका अवसरमा दुवै नेताले दुवै देशका जनतालाई आपसी लाभ पुग्ने खालका सहयोग र द्विपक्षीय सम्बन्ध अझ विस्तार गर्न आ-आफ्नो सरकारकातर्फबाट प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले एउटा ठूलो देश र उसको सानो छिमेकी देशबीच आपसी सम्मान र समानताका आधारमा रही कसरी सुदृढ सम्बन्ध कायम गर्न सकिन्छ भन्ने नमुना चीन-नेपाल सम्बन्धले प्रस्तुत गरेको चर्चा गरे । उनले नेपाली जनताले चुनेका सामाजिक व्यवस्था र विकासको बाटोलाई चीनले सम्मान गर्ने प्रतिबद्धता पनि जनाएका थिए । साथै, उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाल शान्ति र सामाजिक, आर्थिक रूपान्तरणलाई संस्थागत गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा चिनियाँ प्रधानमन्त्रीले नेपालमा हालै आएको बाढीबाट पीडित जनताको सहयोगार्थ चीनको तर्फबाट तीन लाख अमेरिकी डलर सहयोग गर्ने पनि घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले सो सहयोगका लागि चिनियाँ प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति हु जिन्ताओबीच आइतबार भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड चीनका राष्ट्रपति हुले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गरेको दिवाभोजमा समेत सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार नै बेइजिङ ओलम्पिकग्राममा गई शान्तिपर्खालमा हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपालका प्रधानमन्त्रीलाई ओलम्पिकग्रामका मेयरले स्वागत गर्दै ओलम्पिकग्रामले ओलम्पिक खेलकुदका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ओलम्पिकग्राममा रहेका नेपाली खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीलाई पनि भेटेका छन् । प्रचण्ड बेइजिङस्थित बर्ड नेस्टमा आयोजित उनन्तीसौं ओलम्पिक खेलकुद समापन समारोहमा सहभागी भएका भए । समापन समारोहमा प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की, निमित्त मुख्य सचिव माधव पौडेल, परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । रासस

कोशीमा बगेकाको दुई सय शव भेटियो

काठमाडौं । कोशीमा आएको बाढीमा पानीको बहाव घट्न थालेपछि बाढीले बगाएर ज्यान गुमाएका दुई सयभन्दा बढीको शव भारतको बिहार राज्यमा भेटिएको समाचार प्राप्त भएको छ । बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको विभिन्न गाउँमा ती शव शनिबार फेला पारिएको बताइएको छ । यद्यपि ती शव नेपालीका हुन् या भारतीयका भन्ने खुल्न सकेको छैन । स्थानीय साचारकर्मीहरु र सर्वसाधारणलाई उद्धृत गर्दै भारतीय साचार माध्यमले शव भेटिएको समाचार प्रकाशित गरिरहेका छन् । यसअघि सोही स्थानमा २७ वटा शव फेलापरेको पनि उनीहरुले जानकारी दिएका छन् । यद्यपि ती शव पनि कस्का हुन् भन्ने यकिन हुन नसके पनि शवको कपडा र अन्य हुलियाका आधारमा मृतकहरु नेपाली भएको आशंका गरिएको छ । यसबारे सुनसरी प्रशासनले केही बताएको छैन । सप्तकोशी डुबानबाट प्रभावित दुवै देशका बासिन्दाको हुलिया समान रहेकाले शव पहिचान गर्न कठिनाई भइरहेको भारतीय पक्षकाले बताएको छ । यद्यपि त्यसबारे अझै केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । ती शवको यकिन पहिचान गर्न शनिबार एक टोली गोप्य रुपमा त्यसतर्फ पठाएको बुझिएको छ । नेपालका चार गाविस डुबाएको कोशीको बाढीले भारतको हनुमाननगर अन्यहा अररिया पासवनपुर मनीपुर भवानीपुरलगायत स्थान पनि डुबाएको छ । जसका कारण त्यहाँका चार लाखभन्दा बढी स्थानीयबासी प्रभावित भएका छन् । यसैबीच हिजो सुनसरी जिल्ला अधिकारी दुर्गा भण्डारीले हजारौं डुबानपीडितलाई उद्धार गरिएको बताएका छन् । यता जनमोर्चा नेपाले कोशी बाँध फुट्नुमा भारत दोषी रहेको भन्दै सबै क्षतिपूर्ति भारतले बेहोर्नुपर्ने र नेपाली जनतासित माफी माग्नुपर्ने माग गरेको छ ।

परदेशी हुदाका फोटोहरु

I am in my Room K-026 Kulak Con. Co
I am in Office ( OM&L Service Desk)
My my room again - 7/23/08
8/21/08 In my Office ( Joint Base Balad) OM&L Service Desk

आफ्नै बाल्यकालको फोटोसंग रुम्दैछू ......

In this time I am only 1 years old . This photo give me childwood memories.
This photo, When i was 2 years old In that time we are live in kumpur V.D.C. This place is located at 4-5 KM from Melekhu, Dhading. From this place we can see whole malekhu bazar & Gajuri Bazar also It's cool place and peaceful place.

भारतसंगको असमान सन्धीका कारण पीडित जनता

भारतको असमान सन्धीका कारण पीडित जनता :- सुनसरीका कोसी बाँध पीडितहरु सुरक्षित स्थानतर्फ लाग्दै। भारतीय पक्षले आफ्नो भूमिलाई सिंचाई तथा बाढीबाट बचाउन नेपालमा बनाएको बाँध समयमा नै मर्मत सुधार नगर्दा बाँध फुटेर भएको दुर्घटनामा ६० हजारभन्दा बढी मानिस घरबारविहीन र लाखौ विगाह भूमि बगरमा परिणत भएकोछ।

असमान सन्धीका कारण पीडित- राष्ट्रपति, बाँधको अनुसन्धान गर्न आयोग गठन हुने

काठमाडौं। राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र अखण्डताको पक्षमा उभिन सबैलाई आग्रह गर्नुभएको छ। आज बिहान आठ विद्यार्थी संगठनका विद्यार्थी नेताहरुसँगको भेटमा राष्ट्रपति यादवले यस्तो बताउनुभएको हो राष्ट्रिय एकताको विकल्प नभएको भन्दै उहाँले राष्ट्रिय समस्याका विषयमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भारतसँगको असमान सन्धीहरुको कारण देशले अहिले अकल्पनिय विपति भोग्नुपरेको समेत स्पष्ट पार्नुभयो। विद्यार्थीहरुले राष्ट्रपति भवनमा पुगेर सप्तकोशी बाँधबाट पिडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति यादवले विद्यार्थीहरुको ध्यानाकर्षणप्रति समर्थन जनाउँदै सरकारलाई थप दबाब दिन आग्रह गर्दै आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिनुभएको विद्यार्थी नेता ठाकुर गैरेले जानकारी दिनुभयो। तेस्तै नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच कोशी नदीको बाँधको अनुसन्धान गर्न एक उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ। माओवादी र फोरमका नेताहरुबीच प्रधानमन्त्री निवास नयाँ बजारमा आज बिहान भएको छलफलमा यस्तो सहमति भएको हो। दलहरुबीचको छलफलमा फोरमले सप्तकोशीसहित पटकपटक डुबानमा पर्ने विभिन्न बाँधका विषयमा अनुसन्धान गर्न आयोग गठन गर्नुपर्ने माग राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति जनाउनुभएको थियो। द्धपक्षिय छलफलमा बाँध भत्किएपछि भएको क्षति र पिडितहरुको पुनर्स्थापनाका लागि प्रशासनिक अनुसन्धान थालिने सहमति समेत भएको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपिडितका उद्धार र पुनर्स्थापनामा ध्यान दिन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज विभिन्न मन्त्रालयका सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँग सरकार संचालनका विषयमा पनि छलफल गर्नुभएको स्रोतले बताएको छ। छलफलमा माओवादीका वरिष्ठ नेताहरुको पनि सहभागिता रहेको थियो।

प्रधानमन्त्री दाहालको चीन भ्रमणप्रति भारत असन्तुष्ट

काठमाडौं । नेपालमा दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बन्ने सफल पुष्पकमल दाहालको चीन भ्रमणबारे भारत सरकार असन्तुष्ट भएको बताइन्छ ।प्रधानमन्त्री दाहालको चाहनाअनुसारको समय ओलम्पिकको समापन हुने समय परेकाले भारतभन्दा पहिले चीन भ्रमण गर्न लागेको अवस्थामा भारतले भने चीन जानुपूर्व भारत आएको हेर्न चाहेको बुझिएको छ । यद्यपि प्रधानमन्त्री दाहाल ओलम्पिकको समापन समारोहमा भाग लिन शनिबार चीन जाने कार्यक्रम तय भइसकेको बताइन्छ । एकातिर मन्त्रिपरिषद् विस्तार नभएको र अर्कोतिर नेपालमा दैविक आपत्ति परिरहेकोले प्रधानमन्त्री दाहालले चीन भ्रमण कुनै पनि हालतमा जाने छन् । भारत सरकारभन्दा चीन सरकारसँग नजिकको सम्बन्ध राख्न चाहने माओवादी अध्यक्षसमेत रहेका दाहाललाई भारत सरकारले तत्कालको चीन भ्रमण रोक्न आग्रह गरेको छ । माओवादीका विदेश विभाग प्रमुखसमेत रहेका सीपी गजुरेलले भारत सरकारको तर्फबाट छिट्टै चीनको भ्रमण नगरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आएको कुरा स्वीकार गरे । तर भारतीय विस्तारवादको व्यापक विरोध गरेर नथाक्ने माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको विदेश भ्रमणको विषयमा समेत हस्तक्षेप गर्दैगर्दा कुनै नेताले कुनै प्रतिकि्रया दिएका छैनन् । दाहाल प्रधानमन्त्री भएलगत्तै बधाई एवं भारत भ्रमणको निम्ता दिन आएको भारतीय टोलीले समेत चीनभन्दा पहिले भारत आउन आग्रह गरेको बताइन्छ । दाहाललाई प्रधानमन्त्री बनाउन भारतमा समेत चर्को दबाब दिने भारतीय नेताहरु अहिले चीनतर्फ नरम देखिएपछि सम्बन्ध चिसिने सम्भावना बढेको छ ।

मेरा साथीहरु ..............

लक्ष्मी सिंह, झापा
कन्नी
सबीना सेनेगिएल

टाई पार्टी निर्णयविपरीत, प्रधानमन्त्रीको राष्ट्रिय सेनाप्रति अविश्वास

नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसँग शपथ लिने बेला लगाएको एउटा पोसाक देखेर माओवादी नेताहरू नै चकित परे। अस्ति सोमबार प्रधानमन्त्री प्रचण्डले पार्टी निर्णयअनुसार नै पोसाक लगाउनुभए पनि सर्टमाथि लगाउनुभएको टाईका बारेमा भने पार्टीले निर्णय नगरेको फेलापरेको छ। प्रधानमन्त्री प्रचण्ड सर्ट, कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो। शपथग्रहण गर्नुअघि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाक लगाएर जाने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले राष्ट्रियता कमजोर हुँदै गएको उल्लेख गर्दै दौरा–सुरुवाल लगाएर जाँदा राम्रो हुने आफूलाई लागेको तर त्यसबारे सल्लाह दिन नेताहरूलाई आग्रह गर्नुभएको थियो। तर, अधिकांश नेताले भने त्यसको विरोध गर्दै साधारण पोसाकमा शपथग्रहण गर्न सल्लाह दिएका थिए। 'हामीले विगतमा पनि पुरानो राष्ट्रिय पोसाकको विरोध गर्दै आयौँ,' उनीहरूको भनाइ थियो, 'अब त्यही पोसाक लाएर जाँदा पार्टीपङ्क्ति पक्कै पनि खुसी हुने छैन, तपाईं विवादमा पर्नुहुने छ।' अधिकांश नेताहरूले त भादगाउँले टोपी पनि आवश्यक नभएको बताएका थिए। तर, प्रचण्डले भने भादगाउँले टोपी कुनै पनि हालतमा लगाएर जाने बताउनुभएको थियो। 'कम्तीमा एउटा चिजबाट त जनतालाई सन्तुष्टि दिनुपर्छ,' प्रचण्डले भन्नुभएको थियो। शपथग्रहणमा प्रचण्डले टाई लगाएकोमा भने नेताहरूल्ो असन्तुष्टि व्यक्त गरेका छन्। गत वर्ष स्वीटजरल्यान्ड भ्रमणमा जाँदा होस् वा कुनै कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा होस्, प्रचण्डले टाई लगाउनुभएको छैन। यता, शपथग्रहणका सहभागीहरूले भने राष्ट्रिय पोसाक नलगाएकोमा असन्तुष्टि पोखेका छन्। कतिपयले त यतिसम्म भने, 'भादगाउँले टोपीसहित दौरा, सुरुवाल र कोट लगाएको भए प्रचण्डको व्यक्तित्व विशाल देखिने थियो र त्यसबाट परमानन्द प्रकरणमा आहत भएको राष्ट्रियतामाथि राहत पुग्ने पनि आशा थियो।' कसैको दबाबमा हो वा कसैलाई खुसी पार्नका लागि, प्रचण्डले राष्ट्रिय पोसाक नलगाउनाको खास कारण भने प्रचण्डले खोल्नुहोला वा नहोला, भन्न गाह्रो छ।' तेस्तैगेरी प्रचण्ड प्रधानमन्त्री भइसकेपछि नेकपा माओवादीले राज्य संयन्त्रको कुनै पनि निकायसँग निहुँ नखोजे हुन्थ्यो भन्ने जनचाहना भए पनि माओवादीले जनताको यस्तो चाहनाप्रति सरोकार राख्न चाहेन। खासगरी नेपाली सेनालाई फेरि पनि दुःखी बनाउने कार्य नेकपा माओवादीले गरिदिएको छ। शताब्दीयुँदेखि राजाप्रति वफादार रहँदै आएको भनिने नेपाली सेना नेपालको लोकतान्त्रिकरणको क्रममा भएको परीक्षामा उत्तीर्ण भइसकेको छ। राजतन्त्र कि गणतन्त्र भन्ने विवादबाट समेत आफूलाई अलग राखी सेना कुनै व्यक्ति या परिवारविशेषको नभई सिङ्गै देशको हो भन्ने प्रमाणित गराइसकेको अवस्थामा पनि माओवादीले सेनाप्रति दर्शाएको व्यवहारलाई पूर्वाग्रही मानिएको छ। प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष प्रचण्डको चयन भएपछि उहाँलाई सुरक्षा दिने काम स्वतः राष्ट्रिय सेनाको हुनुपर्नेमा पार्टी समर्थित जनसेनालाई प्रधानमन्त्री सुरक्षाको जिम्मेवारी दिने प्रयत्न गरिएकोले राष्ट्रिय सेनाप्रति माओवादीको पूर्वाग्रह झल्किएको हो। विश्वमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्ति तथा राष्ट्रिय महत्त्वका सम्वेदनशील निकायहरूको सुरक्षा राष्ट्रिय सेनाले गर्ने प्रचलन रहिआएको छ। तर यहाँ सेनाको मनोबल नै गिराउने गरी प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध गर्न खोजिनुलाई अस्वाभाविक मानिएको छ। यस सम्बन्धमा हिजो मंगलबार प्रधानमन्त्री प्रचण्ड र प्रधान सेनापति रुक्माङ्गद कटवालबीच भएको भेटवार्तामा पनि यस सम्बन्धमा कुराकानी भएको बुझिएको छ। कुराकानीका क्रममा प्रचण्डले प्रधानसेनापति कटवाललाई राष्ट्रिय सेनाको मनोबल गिराउने प्रकारको कुनै कार्य नहुने विश्वास दिलाउनु भएको बुझिएको छ।

२७ लास बिहारमा भेटिए,आठ हजारभन्दा बढी उद्धारको पर्खाइमा

सुनसरी, ४ भदौ कोसीको भेलले बगाएका २७ जनाको शव बुधबार भारतको सुपौल जिल्लामा फेला परेको छ । उनीहरू सुनसरीको श्रीपुरमा एउटै घरको छतबाट बगेकाहरू हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । सुपौलका स्थानीय पत्रकार राकेश पटेलका अनुसार फेला परेका शवमा अधिकांश महिला, बालबालिका र वृद्धहरू छन् । कोसी नदी बिहारको सोही मार्ग भएर बग्ने गरेको भएकाले ती शव सुनसरीबाट बाढीले बगाएर ल्याएको यकिन भएको हो । शवहरू फेला परेको ठाउँ सुनसरी इनरुवादेखि २० किलोमिटर दक्षिण-पश्चिममा पर्छ । शव फेला परेको विषयमा सुनसरीको प्रशासनले केही बताउन चाहेको छैन । सुनसरीका प्रहरी प्रमुख यादव खनालले सञ्चारविहीन भएका कारण केही बुझ्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले भने शव फेला परेको विषयमा भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको जानकारी दिए । उद्धार गर्न गएको डंुगा सम्पर्कविहीन बाढीपीडितको उद्धारका लागि सुनसरीको हरिपुरतर्फ गएको नेपाली सेना र सशस्त्र प्रहरीको संंयुक्त उद्धार टोली चढेको डुंगा बुधबार राति ८ बजेसम्म सम्पर्कविहीन भएको छ । बाढीका कारण सयौं मानिस जोखिममा परेको सूचनाका आधारमा सुनसरीको लौकहीबाट हिँडेको चारवटा रबरको डुंगामध्ये एउटा राति ८ बजेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल बराहाबाहिनी पकलीका डिआइजी कृष्णकुमार तामाङले बताए । सम्पर्कविहीन डंुगाको खोजी जारी रहेको उनले जानकारी दिए । तर, सो डुंगा दुर्घटनामा भने नपरेको उनले दाबी गरेका छन् । अप्टिकल फाइबर काटिएका कारण फोन सम्पर्क हुने अवस्था छैन । उनीहरूले बोकेको सेटको पनि ब्याट्री चार्ज सकिएको हुनसक्ने आशंका तामाङले गरे । 'भोलि -बिहीबार) बिहानसम्ममा सम्पर्कमा आउलान्,' उनको अनुमान छ । स्थानीय प्रत्यक्षदर्शीले भने हरिपुर क्षेत्रबाट करिब ३५ जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याउने क्रममा बाढीको भेलले ढंुगा बगाएको दाबी गरेका छन् । सशस्त्रका प्रवक्ता कमल बस्नेतले पनि एउटा ढंुगा सम्पर्कमा नआएको बताए । उनका अनुसार सो डुंगामा दुई सशस्त्र प्रहरी र दुई सैनिक छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बाढीपीडितसहितको ढंुगा पल्टिएर बेपत्ता भएको सूचना आएको, तर पुष्टि नभएको बताए । पाँच हजारको उद्धार बाढीपीडितको उद्धारका लागि तीनवटा सेनाको हेलिकोप्टर र डंुगा अहोरात्र परिचालित रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । पृतनापति रामबहादुर गुरुङले बाढीग्रस्त क्षेत्रको प्रत्यक्ष निरीक्षण गर्दा आफूले सयौंलाई अझै घरको छत र रूखको टुप्पोमा बसेको देखेको बताए । कतिपयलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा नमानेको उनको भनाइ छ । 'हेलिकोप्टरबाट सैनिकले हात दिँदा उनीहरूले तिमीहरू जाउ भन्दै फर्काए,' पृतनापति गुरुङले भने, 'आफ्नो सम्पत्तिको मायाले गर्दा उनीहरू हेलिकोप्टरमा आउन डराएको हुनसक्छन् ।' सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बुधबार राति ८ बजेसम्ममा डुबान क्षेत्रबाट पाँच हजारलाई उद्धार गरिसकिएको जानकारी दिए । भण्डारीका अनुसार अझै आठ हजारभन्दा बढी उद्धारको पर्खाइमा छन् । पानी नपरेमा शनिबारसम्ममा सबैलाई उद्धार गरिसक्ने पनि उनले बताए । बाढीबाट कति विस्थापित भए भन्ने यकिन तथ्यांक अझसम्म प्रशासनले दिन सकेको छैन । स्थानीय बासिन्दा तथा जिल्लाका सामाजिक संस्थाले भने एक लाखको हाराहारीमा विस्थापित भइसकेको दाबी गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वाइसिएल कार्यकर्ता, सर्वसाधरणसहित दुई हजारभन्दा उद्धारमा खटिएका छन् । बाढीपीडितका लागि राहत संकलन कार्य तीव्र गतिमा भइरहेको राहत संकलन समितिका संयोजक तथा सुनसरीका स्थानीय विकास अधिकारी गुरूप्रसाद सुवेदीले बताए । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि राहत संकलन र वितरण तीव्र भएको उनको भनाइ छ । हाल राहत सामग्रीका रूपमा चामल, चिउरा, भुजा, नुन, चाउचाउ, बिस्कुट, कम्मल, गुन्द्रीलगायत सामग्री संकलन भइरहेको छ । इनरुवाका विद्यालय तथा क्याम्पसमा अस्थायी शिविर खडा गरेर बसेकामध्ये धेरै बालबालिका बिरामी पर्न थालेपछि स्वाथ्यकर्मीको विशेष टोली परिचालन गरिएको छ । आधा दर्जन स्वास्थ्य टोली हाल क्रियाशील रहेका छन् । बाढीबाट प्रभावित बालबालिकामा महामारी फैलन सक्ने भएकाले सेनाको स्वाथ्यकर्मी टोली पनि तयारी अवस्थामा राखिएको दैविक प्रकोप उद्धार समिति सुनसरीको संयोजकसमेत रहेका प्रजिअ भण्डारीले बताए । 'आवश्यक परे काठमाडौंबाट पनि स्वाथ्यकर्मीको थप टोली झिकाउने तयारी भइरहेको छ,' उनले भने । उता, बाढीका कारण सुनसरी र सप्तरीबीचको सम्पर्क टुटेका कारण सुनसरी सदरमुकाम आउन नसकेका २५ हजारजति बाढीपीडित सप्तरी प्रशासनको शरणमा पुगेका छन् । कोसी ब्यारेजमा आएर बसेका उनीहरूलाई उद्धार गरी संरक्षण दिइएको सप्तरीका प्रजिअ जिवच्छ मिश्रले बताए । उनीहरूका लागि बस्ने, खाने र उपचारको सबै मिलाइएको प्रशासनले जनाएको छ । हाल १२ वटा शिविरमा ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ । प्रेम बास्तोला/नयाँ पत्रिका

भारतले तीन विकेटले जित्यो

दाम्बुला / श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल भारतले तीन विकेटले जितेको छ । भारतको सो जितसँगै पाँच एकदिवसीय शृंखला १-१को बराबरीमा पुगेको छ । टस जितेर पहिले फिल्डिङ गरेको भारतले श्रीलंकालाई एक सय ४२ रनमा समेटेको थियो । भारतीय बलरको सामना गर्न कठिनाइ भएपछि श्रीलंकाली टोली ३८ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । प्रत्युत्तरमा भारतले ३९ ओभर चार बलमा सात विकेट गुमाई एक सय ४३ रनको योगफल तयार गर्‍यो । भारतीय बलरको आक्रमणमा परेपछि श्रीलंकाले एक समय ११ रन जोड्दा चार विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । जाहिर खानले दोस्रो ओभरमा कुमार सांगकारालाई पहिलो विकेटका रूपमा पबेलियन पठाए । त्यसपछिका तीन बलमा उनले दुई विकेट लिए । यद्यपि, घरेलु टोलीको योगफल सुधार्न थिलान थुसाराले सात चौका प्रहार गर्दै ४४ रन जोडेका थिए । तर, उनको प्रयासले टोलीलाई खेलमा चुनौती कायम राख्ने योगफल तयार गर्न कुनै मद्दत गरेन । प्रत्युत्तरमा आएको भारतले पनि गतिलो सुरुवात गर्न सकेन । सुरुको पाँच ओभरमै टोलीले दुई विकेट गुमायो । तर, महेन्द्रसिंह धोनीले ३९ रन तथा सो खेलबाट डेब्यु गरेका सुब्रमनिम बदि्रनाथले अविजित २७ रन जोडेपछि भारत विजयी हुन सकेको हो । घरेलु भूमिमा भारतविरुद्ध सर्वाधिक कम योगफल बनाएको श्रीलंकाले यो दोस्रोपटक हो । यसअघि, टोलीले एक सय ८१ रनको योगफल तयार गरेको थियो । दुई टोलीबीच तेस्रो एकदिवसीय खेल कोलम्बोमा आइतबार हुनेछ ।

पत्रकार महासंघका पदाधिकारी दुर्घटनामा

काठमाडौं/ नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, कोषाध्यक्ष रमेश विष्ट र केन्द्रीय सदस्य जगत नेपाल सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरू चढेको बा६च २८८३ नम्बरको कारलाई होटल याक एन्ड यतीले भाडामा चलाएको बा१ज ९६०६ नम्बरको माइक्रोबसले सोमबार बेलुका केशरमहल चोकमा ठक्कर दिँदा झा, विष्ट र नेपाल घाइते भएका हुन् । दुर्घटनाबाट अध्यक्ष झाको दाहिने हात दुई ठाउँमा भाँचिएको छ भने कोषाध्यक्ष विष्टको टाउको फुटेको छ । सदस्य जगत नेपालको हात फ्याक्चर भएको छ । दुर्घटनालगत्तै तीनैजनालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

मेरा साथीहरु जो सधे कल्पनामा रहे ..... !

मुना, मीनू र दीदी
बॉस कीनाथ र रिचर्ड ( प्लुम्बेर २५)
महेश (भारत), म र प्रदीप (श्री लंका)

रात्रीकालीन साथीहरु

म र बिजय कोठामा ( के-२६ कुलक कों.कंपनी)

म र माहि गुनती, भारत

म र मनुअल लोड ( फिल्लिपेंस)

म र नेल्सन ओफिसमा

यो मेरो फोटो ..........

साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

गोरखा प्रबासी संघको संरक्षकत्वमा सम्पूर्ण कतारबासी नेपाली कलाकारहरुलाई एकत्रीत गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले गठित मनकामना साँस्कृतिक परिबारको तदर्थ समितिको भेला तथा जलपान समारोह यही १५ अगष्ट २००८ का दिन दोहामा सम्पन्न भयो । सो समारोहमा गोरखा प्रबासी संघका सल्लाहकार संयोजक जि।बि। परियार मनकामना साँस्कृतिक परिबारका सल्लाहकार गोबिन्द अर्याल बिभिन्न बिधाका कलाकारहरु तथा गोरखा प्रबासी संघका कार्य समितिका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो । सो समारोहमा उपस्थीत अतिथिहरुले कतारको सन्दर्भमा मनकामना साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिका र दायित्वका बारेमा प्रकाश भ्ाएको थियो । उक्त साँस्कृतिक परिबारले १९ सेप्टेम्बर २००८ का दिन बिबिध साँस्कृतिक कार्यक्रम सहित आफ्नो घोषणा सभा गर्न गइरहेको सो परिबारका तदर्थ समितिका अध्यक्ष आश ब। गुरुङ्गले बताउनु भयो । उहाँले मनकामना साँस्कृतिक परिबारको स्थपना उदेश्य तथा भाबी दिनहरुमा यस साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिकाको बारेमा मन्तव्य राख्दै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदी बहिनीहरु उद्योगपति तथा व्यापारीहरुमा सहयोगको अपेक्षा राखेको बताउनु भयो । सो समारोहमा कलाकारहरु कमला लामा माया लामा गिता राना इन्दिरा अर्याल लगायतका चर्चित महिला कलाकारहरुले आ-आफ्नो बिधाको प्रस्क्तुती गर्नु भएको थियो । सो कार्यक्रममा दोहोरी गायकहरु प्रेम अर्याल डम्बरदेब ओझा राम सुनार लगायतका गायकहरुको गुल्मी जिल्ला र गोरखा जिल्ला बिच दोहोरी प्रतियोगिता समेत भएको थियो । सो जलपान समारोहमा कतारमा निर्माणाधिन चलचित्र तिमै्र लागिको सम्पूर्ण कलाकार तथा फिल्म युनिटको समेत बिशेष उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन गोरखा प्रबासी संघका सचिब गणेश बानियाँले गर्नु भएको थियो भने जलपानका लागि व्यबस्थापन अल अमिन इन्टरप्राइजेज कम्पनीका सम्पूर्ण नेपाली दाजुभाईहरुले गर्नँु भएको थियो

सुन्दरीहरु र जनमुक्ति सेनाको घेराउमा प्रधानमन्त्री

काठमाडौं । माओवादी भ्रातृ संघ संगठनले मिस नेपाल प्रतियोगिताको विरोध गर्दै कुनै पनि हालत गर्न नदिने तयारी गरिरहेकाबेला मिस नेपालको आयोजक प्रतियोगी पूर्वमिस नेपालका प्रतिनिधि मण्डलले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेटेका छन् । नवनिर्वाचित प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले भदौ ७ गतेको फाइनल कार्यक्रमका सहभागी तथा आम जनताको आवागमनमा भयमुक्त वातावरण सिर्जना गरिदिन आग्रह गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् । भेटमा प्रधानमन्त्रीले प्रतियोगिताको विषयमा सकारात्मक रुपमा सोच्ने बताएको मिस नेपालको आयोजना द हिडेन ट्रेजरले जानकारी दिएको छ । तर आफ्नै विभिन्न भ्रातृ संगठनले कुनै पनि हालतमा सुन्दरी प्रतियोगिता हुन नदिने भन्दै संघर्षका कार्यक्रम साथै भदौ ७ गते उपत्यका बन्द घोषणा गरिसकेकाले अब प्रधानमन्त्रीले कस्तो निर्देशन दिने हुन् त्यो भने हेर्न बाँकी छ । तेस्तैगारी इतिहासमा सबैभन्दा बढी सैनिक सुरक्षा पाएको भए पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई जनमुक्ति सेनाले समेत सुरक्षा दिने भएको छ । प्राप्त समाचारअनुसार माओवादीको हिजो बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको सुरक्षार्थ ३३ जना जनमुक्ति सेना खटाउने निर्णय गरेको छ । प्रचण्डको सुरक्षार्थ सुरक्षाको पहिलो घेरामा जनमुक्ति सेना राख्ने र त्यसपछि नेपाली सेना र नेपाल प्रहरी राखिँदैछ । प्रधानमन्त्रीको सुरक्षार्थ एक सय ४० सैनिक र ७० प्रहरी खटाइएको छ । माओवादीले प्रधानमन्त्रीको सुरक्षार्थ जनमुक्ति सेना पनि परिचालन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले आपत्ति जनाएका छन् । राष्ट्रिय सेनालाई अविश्वास गरेर प्रधानमन्त्रीजस्तो पदमा पुगेको मानिसले विद्रोही छापामारलाई सुरक्षार्थ खटाउनु राष्ट्रिय सेनाको मनोबल घटाउने कार्य भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड माओवादीका मात्रै होइन राष्ट्रका पनि प्रधानमन्त्री भएकाले त्यस प्रकारको निर्णय गरेर माओवादीले गल्ती गरेको धारणा राखेका छन् । पार्टीको निर्णयसँगै जनमुक्ति सेनाका छापामारले प्रचण्डलाई हिजो शपथ ग्रहणका बेला सुरक्षा घेरा बनाएका थिए ।उता सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशको कार्यकारी प्रधानमन्त्री पदको सपथ लिइरहेका बेला बीचमै प्रधानसेनापति रुक्मांगत कटवाल उठेर हिँडेको खबर छ । तत्कालिन विद्रोही माओवादी र राष्ट्रिय सेनादेखि नै कटाक्ष रहेको उनीहरुको सम्वन्ध माओवादी शान्तिमार्गमा आउँदा पनि सुध्रन सकेको थिएन । अहिले राष्ट्रिय सेनालाई विश्वास नगरी आफ्नै सेनाको पहिलो घेराबन्दी सुरक्षा प्रधानमन्त्रीलाई चाहिएपछि उनीहरुको सम्वन्ध सुध्रने देखिन्न ।

भत्कियो कोसीको बाँध, ४० हजार विस्थापित

सुनसरी, २ भदौ सुनसरीको पश्चिम कुसाहास्थित सप्तकोसीको बाँध फुटेपछि आधा दर्जन गाविस डुबानमा परेका छन् भने ४० हजार स्थानीयवासी विस्थापित बनेका छन् । बाढीमा परी कम्तीमा पाँचजना हराइरहेका छन् । बाँध फुटेपछि सुनसरीका पश्चिम कुसाहा, हरिपुर, श्रीपुर, लौकही, प्रकाशपुरलगायत गाविस पूरै जलमग्न भएका छन् । रातिदेखि नै मानिस सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । पैदल यात्राबाट कहीँ जाने स्थिति नभएकाले मानवीय र धनमालको क्षति यकिन हुन सकेको छैन । आइतबार राति ११ बजेदेखि सप्तकोसी नदीमा पानीको बहाव एक्कासि बढ्न गई बाँध कटान तीव्र भएको थियो । भारत सरकारले बनाएको सप्तकोसी बाँधको पश्चिम कुसाहामा पर्ने १२१० र १२९० नम्बरको बाँध फुटेको सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताएका छन् । सुनसरीको श्रीपुर र हरिपुर गाविसमा पर्ने दुई गाउँका स्थानीय बासिन्दालाई उद्धार गर्न नसकिएको सेनाले जनाएको छ । ती गाउँका पाँचजनालाई बाढीले बगाएको खबर आएको र बाँकीको उद्धार प्रयास भइरहेको सशस्त्र प्रहरीको सिद्धकाली गणका गणपति खड्गबहादुर राईले बताए ।
फोटो :- बिरेन्द्र
काठमाडांैबाट आएको सेनाको हेलिकोप्टरले कोसीटप्पु वन्यजन्तु आरक्षका लागि खटिएको सेनाको श्रीबक्स गुल्मका सैनिक र आरक्ष केन्द्रका कर्मचारीहरूलाई उद्धार गरिरहेको छ । उनीहरूको उद्धारपछि स्थानीय बासिन्दालाई पनि उद्धार गरी सदरमुकाम इनरुवा ल्याइने गणपति राईले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली डुबान क्षेत्रमा तैनाथ छन् । पानीको बहाव तीव्र रहेकाले सुनसरीका अन्य एक दर्जनभन्दा बढी दक्षिणवर्ती गाविस खतरामा छन् । अर्ना र चराको एक मात्र संरक्षित क्षेत्रको रूपमा चिनिएको कोसीटप्पु आरक्ष केन्द्र पनि पूरै डुबानमा छ । आरक्ष केन्द्रका रुखहरूको टुप्पा मात्र देखिएका छन् । कतिपय स्थानीय बासिन्दा बाढीबाट जोगिन रुखका टुप्पामा चढेर उद्धारको प्रतीक्षा गरिरहेका छन् । उद्धारकर्मीहरू जान नसकेका कारण कतिपय स्थानीय बासिन्दा रोइरहेका छन् । स्थानीय बासिन्दा आफ्नो घरबार छोडेर कपडा र वस्तुभाउ लिएर सदरमुकाम इनरुवा, मधुवन र लौकहीमा आउने क्रम जारी छ । ४० हजार विस्थापित भएपछि राहत र उद्धारका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीले सहयोगका लागि सबैसँग आग्रह गरेको छ । सोमबार दिउँसो बसेको आपतकालीन बैठकले प्रभावित गाविसका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा आउन आग्रहसमेत गरेको छ । विस्थापित भएकालाई सोमबारको रात जिल्ला प्रशासन कार्यालयले सुनसरी सदरमुकाम इनरुवाका सबै मावि, निमावि र प्राविमा बस्ने र खाने व्यवस्था गरेको छ । उनीहरूलाई राहतका लागि सहयोग गर्न प्रशासनले सबैलाई आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । भारत सरकारको बेवास्ताका कारण बाँध भत्कन गई हजारौं स्थानीय बासिन्दा घरबारविहीन भएपछि उनीहरूको उद्धार, राहत प्रदान गर्न तथा बाँध पुनर्निर्माण गर्न क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले पनि सुरक्षा निकाय र उद्धारकर्मी परिचालन गर्ने निर्णय गरेको छ । भारत सरकारले सम्झौताअनुरूप मर्मतसम्भार नगरेकाले बाँध फुटेर जिल्ला नै खतरामा परेको प्रजिअ भण्डारीले बताए । भारत सरकारले कोसी ब्यारेज सय वर्षका लागि लिजमा लिएको हो । यो अवधिमा कुनै समस्या आए वा मर्मत गर्नुपरे भारतले गर्नुपर्ने सम्झौता गरे पनि भारतको तर्फबाट समयमै ध्यान नदिँदा बाँध फुट्न गई सुनसरी जिल्ला नै खतरामा परेको हो । बाँध फुटेपछि नेपालको एक मात्र अर्ना र विभिन्न प्रजातिका चरा पाइने कोसीटप्पु वन्यजन्तु आरक्ष केन्द्रमा पनि पानी पसेर जलमग्न भएको संरक्षण अधिकृत मनोज शाहले बताए । दुई साताअघि नै बाँध फुट्ने संकेत देखिएको र प्रशासनलाई जानकारी गराएको तर नियन्त्रणका लागि कुनै पहल नगरिएकाले यो परिस्थिति आइपरेको शाहले बताए । स्थानीय बासिन्दाले बाँधहरू कटान भइरहेको जानकारी दिएको र आफ्नो कार्यालयको तर्फबाट पनि तत्कालै भारत सरकारलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । तर, समयमा ध्यान नदिँदा घटना भएको उनले बताए । कटान भइरहेको बाँध सोमबारदेखि नै मर्मत गर्ने आश्वासन भारतले दिएको तर सोमबारबाटै बाँध फुटेको उनले बताए । बाँध फुटेपछि सोमबार बिहान कोसी ब्यारेजमा भारत र नेपालका सुरक्षा अधिकारीहरूबीच बाँध पुनर्निर्माण गर्ने विषयमा कुराकानी भएको छ । कुराकानी भारतको तर्फबाट सुपोल जिल्लाका डिएम सरिफ आलाम र सुनसरीका प्रमुख जिल्ला अधिकारी भण्डारीबीच भएको थियो । कुराकानीमा बाँध निर्माणका लागि आवश्यक सामग्री र जनशक्ति सोमबारबाटै पठाउन भारतीय पक्ष्ा सहमत भए पनि सोमबार रातिसम्म कोही पनि आइनपुगेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । बाँध फुटिसकेकाले अब तत्काल बाँध निर्माण गर्ने सम्भावना कम रहेको उनले बताए । भ्ाारत सरकारले लिजमा लिई प्रयोग गर्दै आएको कोसी ब्यारेजको पानी निकासीका लागि पर्याप्त ढोका नखोलिँदा बढेको पानीको चापका कारण बाँध कटान सुरु भएको थियो । सम्भावित खतरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू, रेडक्रसकर्मीहरू घटनास्थलमा छन् । स्थिति नियन्त्रण गर्न प्रशासनले बिहान १० बजेदेखि त्यहाँका सबै ढोका पूर्णरूपले खोलिदिएको छ भने सो क्षेत्रमा उत्पन्न्ा खतरालाई मध्यनजर गर्दै प्रशासनले पौडीवाजसमेत परिचालन गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । विस्थापित बासिन्दा पूर्व-पश्चिम राजमार्गको हरिपुर खण्डको सडकमा बसेका छन् ।

प्रधानमन्त्रीद्वारा एक्लै शपथ !

काठमाडौं । झण्डै दुई दर्जन पार्टीको साथ पाएर निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरत गर्दा पनि शपथ अगाडि नयाँ सरकारको स्वरुप तयार गर्न असफल भएका छन् ।सामान्यतया प्रधानमन्त्रीको शपथ अगाडि नै सरकारको स्वरुप निर्माण गरी प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरुले पनि शपथ लिने परम्परा रहे पनि यसपटक प्रधानमन्त्री दाहालले एक्लै राष्ट्रपति समक्ष शपथ लिने भएका छन् । गठबन्धनका प्रमुख दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि दाहालले एक्लै शपथ लिने भएका हुन्
राष्ट्रपति समक्ष प्रधानमन्त्रीले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको छ । गठबन्धनका प्रमुख तीन दल माओवादी एमाले तथा फोरमबीच प्रधानमन्त्रीको शपथ अगाडि नै मन्त्रालय बाँडफाँडको टुंगो लगाउने तयारी भए पनि गठबन्धन दलभित्रै पनि सरकारमा को को सहभागी हुने भन्ने आन्तरिक खिचातानी भएकाले आजै मन्त्रीको टुंगो लाग्ने सम्भावना कम रहेको छ । अन्य दलभित्र सहमति भई मन्त्रालय टुंगो नलगाए भोलिसम्म माओवादीले आफ्नो पार्टीका मन्त्रीलाई मात्र लिएर सरकार गठन गर्ने तयारी भएको बताइएको छ । पछि थप्ने गरी तत्काल माओवादीले आफ्नो तर्फबाट डा। बाबुराम भट्टराईलाई अर्थ रामबहादुर थापालाई रक्षा तथा कृष्णबहादुर महरा पम्फा भूसाल जयपुरी घर्तीको मन्त्रालय टुंगो नलागेको लगायतलाई लिएर सरकार गठन गर्ने बुझिएको छ ।त्यस्तै एमालेभित्र सुरेन्द्र पाण्डे भीम रावल रामचन्द्र झा पृथ्वीसुब्बा गुरुङको टुंगो लागे पनि सरकारमा कसले प्रतिनिधित्व गर्ने नेताहरुमा नै खिचातानी भइरहेको छ । विष्णु पौडेल वामदेव गौतम अमृत बोहरा ईश्वर पोखरेल कसले सरकारमा एमालेको नेतृत्व गर्ने खिचातानी भएको छ ।त्यस्तै फोरममा पनि उपेन्द्र यादवले विजय गच्छेदारले नेतृत्व गर्ने वा अन्य नेताले नेतृत्व गर्ने भन्ने विषयमा विवाद उत्पन्न भइरहेको छ । मालेबाट सीपी मैनाली आफैं जाने भन्दै भूमिसुधार मन्त्रालय दाबी गरेका छन् ।यसैबीच नवनिर्वाचित प्रधानमन्त्री दाहालले कोट पाइन्टमा नै शपथ लिने भएका छन् । एमाले शीर्ष नेतासँग आइतबार भएको छलफलमा कानुनी व्यवस्था परिवर्तन नगरेसम्म दौरासुरुवालमा शपथ लिने कानुनी र विगतका प्रचलनलाई अंगाल्न सुझाव दिइएको भए पनि अन्तर्राष्ट्रिय मान्यताको उदाहरण दिँदै दाहालले कोट पाइन्ट लगाउने जानकारी दिएका थिए ।

उपराष्ट्रपतिको घरमा विस्फोट

काठमाडौं/ उपराष्ट्रपति परमानन्द झाको घरमा बम विस्फोट भएको छ । लोडसेडिङ भएको बेला आइतबार साँझ करिब साढे सात बजे मोटरसाइकलमा आएका दुईजनाले बम पड्काएका हुन् । विस्फोट हुँदा उपराष्ट्रपति झा सपरिवार घरभित्रै थिए । झा र उनका परिवार सकुशल छन् भने सुरक्षामा खटिएका एक सैनिक जवान घाइते भएका छन् । गम्भीर घाइते प्युठ श्रीप्रसाद सर्बुजालाई सैनिक अस्पतालमा भर्ना गरिएको छ । झाको घरको पछाडिपट्टबिाट बम हानिएको थियो । घटना भएलगत्तै उपराष्ट्रपतिको घरको निरीक्षणका लागि गृहसचिव उमेश मैनाली, प्रहरी महानिरीक्षक ओमविक्रम राणा, महानगरीय प्रहरी आयुक्त हेमबहादुर गुरुङ र महानगरीय प्रहरी परिसरका एसपी सर्वेन्द्र खनाललगायतका प्रमुख प्रहरी अधिकृतहरू गौरीघाटमा पुगेका थिए । प्रहरी स्रोतका अनुसार उप- राष्ट्रपतिको निवासमा आक्रमणकारीले सुतली बम प्रहार गरेका थिए । सेन्ट्रीपोस्टमुनि नै विस्फोट भएकाले सैनिक प्युठ घाइते भएका हुन् । विस्फोट भएलगत्तै बम प्रहार गर्ने समूह खोज्न र उपराष्ट्रपतिलाई सुरक्षा दिन व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अहिलेसम्म कसले बम पड्काएको हो सो पत्ता लगाउन सकेको छैन । महानगरीय प्रहरी प्रभागका अनुसार उपराष्ट्रपतिको निवास क्षेत्र सामान्य छ । विस्फोट गराउनेले घटनास्थलमा कुनै पर्चा र संकेत नछोडेको प्रहरी निरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनले भनिन्, 'हामी अनुसन्धान गरिरहेका छौं, तर यसैले घटना घटाएको हो भन्ने आधिकारिक कुनै तथ्य फेलापरेको छैन ।' उनका अनुसार विस्फोबाट उपराष्ट्रपतिको घरको एउटा झ्यालको सिसा फुटेको छ ।

एकै बेतमा सात सन्तान

कायरो/ इजिप्टको तटीय सहर अलेक्जान्दि्रयामा एउटी २७ वषीया महिलाले शनिबार एकै बेतमा सात सन्तान जन्माएकी छिन् । एल सात्वी अस्पतालका निर्देशक यमाद दार्बिसले गजला खामिस नामकी ती महिलाको स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् । ती सातै बच्चा अपरेसन गरेर जन्माइएका हुन् । नवजात शिशुमा चार छोरा र तीन छोरी छन् । उनीहरूको तौल ३.२ देखि ६.१७ पाउन्डसम्म रहेको दार्बिसले बताएका छन् । उनीहरूलाई चार विभिन्न अस्पतालका इन्कुवेटरमा राखिएको छ । 'यो अत्यन्त दुर्लभ गर्भावस्था हो । मेरो ३३ वर्षको व्यावसायिक जीवनमा मैले यस्तो कहिल्यै देखेको थिइनँ,' दार्बिस भन्छन् । आठ महिनाको गर्भावस्थामा मिर्गौलामा दबाब परेपछि दार्बिस खामिसको अपरेसन गर्ने निधोमा पुगेका थिए । खामिसका यसअघि तीन छोरी छन् । छोरा पाउने लोभमा उनले प्रजनन औषधि सेवन गरेकी थिइन् । फलस्वरूप अहिले सात सन्तान जन्माउन पुगिन् । उनी बेहैइरा प्रान्तका किसानकी श्रीमती हुन् । दुई महिनाअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 'प्रारम्भिक परीक्षणबाट यी शिशुमा कुनै पनि प्रकारको विकलांगता वा अपूर्ण अंग भएको देखिएन,' दार्बिस भन्छन् । इजिप्टका स्वास्थ्यमन्त्रीले यी शिशुलाई दुई वर्षसम्म निःशुल्क रूपमा दूध र डायपर उपलब्ध गराउने घोषणा गरेका छन् ।

कक्षाभित्र बन्दुक ल्याउन अनुमति

टेक्सास/ संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यको विद्यालय क्षेत्रमा शिक्ष्ाकलाई कक्षाकोठामा बन्दुक ल्याउन यस वर्षको शरद ऋतुदेखि अनुमति दिने जिल्ला निरीक्षकले शुक्रबार बताएका छन् । ग्रामीण क्ष्ाेत्रमा अवस्थित ह्यारोल्ड इन्डिपेन्डेन्ट स्कुलको बोर्डले शिक्ष्ाकलाई कक्षाकोठाभित्र बन्दुक ल्याउन पाउने नीतिलाई पारित गरेको जिल्लाका निरीक्षक डेभिड थेवेटले बताए । उनका अनुसार, अभिभावकले यसमा कुनै आपत्ति जनाएका छैनन् । ह्यारोल्डमा एक सय १० विद्यार्थी अध्ययनरत छन् । सुरक्षा पक्षलाई मध्यनजर गर्दै शिक्षकलाई कक्षा कोठामा बन्दुक ल्याउन दिइएको थेवेटले बताएका छन् । कक्षामा गोप्य रूपमा हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले बन्दुक दर्ता गर्नुका साथै विद्यालयबाट बन्दुक ल्याउने अनुमति लिनुपर्ने उनले बताए । कक्षाकोठाभित्र हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले जोखिमय स्थिति व्यवस्थापन तालिम लिएको हुनपर्नेछ । अमेरिकाका विद्यालयमा समयसमयमा बन्दुक प्रहार हुने गरेकाले विद्यालयको अनुमति लिएर विद्यार्थी र शिक्षकलाई गोप्य रूंपमा बन्दुक ल्याउने दिने माग उठिरहेको छ । एकपटक, अमेरिकी कंग्रेसले राष्ट्रव्यापी रूपमा हातेबन्दुकलाई विद्यालयमा प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकी सर्वाेच्च अदालतले बन्दुक बोक्न पाइने पक्षमा फैसला गर्‍यो । तर, राज्य तथा स्थानीय निकायले आफ्नो कानुन लागू गर्न पाउँछन् । टेक्सासमा विद्यालयको अनुमतिबिना हातेबन्दुक ल्याउन प्रतिबन्ध छ ।

कुखुरा वेचेर चामल खरीद गर्दैछन

- केशव शर्मा , रुकूम (नेपाल)
आफुसग भएको अनाजले खान नपुगेपछि रोल्पाका ग्रामीण भेगका मानिस कुखुरा वाख्रा वेचेर चामल खरीद गरीरहेका छन । जिल्लाका उत्तरीभागका धवाङ ह्वामा राङसी जेलवाङ लगाएतका गाउ विकास समितिहरुमा खाद्यान्न अभाव भएपछि उनिहरुले खानकैलागी आफुसंग भएका कुखुरा वाख्रा भाडाकुडा लगाएतका वस्तु वेचेरै भएपनि खाद्यान्नको जोहो गरीरहेका छन । रोल्पाका धेरै गाउमा भोकमरी समस्या देखिएको छ । जिल्लाका राङ्सी भाबाङ घर्तीगाउ ओत मिरुल कोटगाउ तथा धबाङका गाउमा बढी भोकमरी देखिएको हो । अभाव भएपछि गाउमा मकै र गहुूको व्यापक रुपमा खोसाखोस हुन थालेको छ । तर गाउमा अन्न पाउन छोडेपछि मानिसहरु टाढा टाढासम्म पुगेर अन्न बेसाहा गर्न थालेका छन् । राङ्सीका नारायण बाूठाका अनुसार गाउमा स्थानीय उत्पादन पाउन सकिएको छैन । एक पाथी मकैको मोल १ सयसम्म भएको उनले बताए । विगतका वर्षहरुमा एक पाथी मकैको मूल्य ४० मा पाउन सकिन्थ्यो । राङ्सीको २ ५ र ६ वडामा व्यापक भोकमरी भएको छ यसैगरी कोर्चाबाङमा ५० घरलाई भोकमरीले सताएको छ । स्थानीय राजनीतिकर्मी प्रेम घर्तीका अनुसार गाउमा दलित र मगरहरु भोकमरीको पीडामा परेका छन् । ओतमा पनि भोकमरी परेको छ । गाउमा अन्न उत्पादन हुन नसकेका कारण यसपालि भोमारी बढेको गाउलेहरुले बताए । जिल्लामा एकातिर हालको समयमा खाद्यान्न समस्या दैखिएकौ छभनै अर्कोतर्फ यसपालीको मकैमा रोग लागेकाले अवको सिजनमा खाद्यान्न समस्या झन वढेर जाने देखिएको छ । त्यसैले यसको दिर्घकालीन समाधानका लागी समयमै पहल गर्नुपर्ने देखिन्छ । रोल्पाका उत्तरी गाउविकास समितिहरुमा कृषकको आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने भएकाले उत्पादन भित्राएको ३ ४ महिनापछि खाद्यान्न वेसाहा गर्दै जिविकौपार्जन गर्दै आएका छन । जिल्ला कृषि विकास कार्यालयका अनुसार रोल्प्ाामा वर्षैसाल भोकमरी पर्दै आएको छ । २ लाख १० हजार जनसंख्या रहेको रोल्पामा करिब ८० प्रतिशत परिवारले वर्षैसाल बेसाहा गरेर बाूच्दै आएको कार्यालयले जनाएको छ । कृषि विकास अधिकृत शरदचन्द्र श्रेष्ठका अनुसार गाउमा नयाू प्रविधि र नयाू सीप प्रयोगमा ल्याउन नसकेकाले अन्न कम अत्पादन भएको हो कृषिले तयार एक तथ्याङ्कका अनुसार रोल्प्ाामा २२ हजार मेटि्रक टन अन्न छिमेकी जिल्ला वा बाहिरबाट खाद्यान्न वार्षिक रुपमा आयात गर्नु पर्छ । जिल्लाका करिब २० प्रतिशत किसानलाई मात्र आफैले उब्जाएको अन्नबाट वर्षभरि खान पुग्छ यता खाद्य संस्थान कार्यालयले रोल्प्ाामा सातामा ३ दिन चामल विकि्र गर्दै आएको छ । खाद्य संस्थान रोल्पाले गाउ विकास समितिको सिफारिसमा सदरमुकामका मानिसलाइ प्रतिव्यक्ति १० किलो तथा सदरमुकाम वाहिरका जनतालाइ प्रतिव्यक्ति ३० किलो चामल विकि्र गर्ने गरेको छ । तर यसरी विकि्र गर्ने चामल सदरमुका व्यापारीहरुले परीवारनै लाइनमा वसेर लिने अनि गाउवाट आउने सर्वसाधारणलाइ वैच्ने गरीरहेको गुनासो सर्वसाधारणहरुको रहैको छ । उनीहरुले सदरमुकाम वासीलाइ चामल विकि्रनगरी भोकमरी फैलीएका गाउविकाससमितिहरुमा चामल विकि्र गरीनुपर्ने धारणा राखैका छन । संस्थानले रोल्प्ाामा आरुवा मोटा जापानिज मोटा र भारतीय मोटा चामल बिक्री गर्दै आएको छ ।

यात्रा बंकरदेखि बालुवाटारसम्म

१ फागुन २०५२ :गणतन्त्र स्थापनाका लागि माओवादी नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु । ३१ साउन २०६५ :माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालका प्रधानमन्त्री निर्वाचित । जनयुद्ध सुरु गरेको १२ वर्ष पाँच महिनापछि माओवादी अध्यक्ष प्रचण्डले गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्दै इतिहास बनाएका छन् । चुनाव सकिएको चार महिनापछि संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका हुन् । संविधानसभा चुनावमा दुई क्षेत्रबाट चुनिने पाँच सभासद्मध्ये एक हुन् प्रचण्ड । उनी रोल्पा २ र काठमाडौं १० बाट चुनिएका हुन् । सशस्त्र जनयुद्ध थालनीपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका प्रचण्ड र उनका सहकर्मीहरूलाई आतंककारी घोषणा गरेर २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले टाउकाको मोल तोकेको थियो । संयोगै हो, गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बन्ने होडमा प्रचण्डका प्रतिस्पर्धी थिए उनै देउवा । देउवाले भन्दा चार गुनाभन्दा बढी मत ल्याएर प्रचण्ड प्रधानमन्त्री भएका छन् । माओवादी सशस्त्र युद्ध हाँक्ने प्रचण्डलाई मन पराउनेहरू उनलाई 'स्वप्निल' नेता भन्छन् भने विरोधीहरू महत्त्वाकांक्षी भन्छन् । प्रचण्डलाई 'पहिलो राष्ट्रपति'को प्रस्ताव गरेर माओवादी संविधानसभा चुनावमा होमिएको थियो । संविधानसभा चुनावमा माओवादीले कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरेको थियो । तर, चुनावपछि राष्ट्रपतिलाई 'सेरेमोनियल' मान्ने व्यवस्था भएपछि प्रचण्ड प्रधानमन्त्री बन्न तयार भएका थिए । नेपाली राजनीतिको दुनियाँमा 'ट्याक्टफुल' नेताका रूपमा चिनिन्छन् प्रचण्ड । संसद्वादी दल र राजालाई उपयोग गरेर होस् या फुटाएर, प्रचण्डले नेतृत्व गरेको माओवादीले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्दै आएको विश्लेषकहरूको भनाइ छ । प्रचण्ड राजनीतिक खेलमा माहिर मात्र होइन, कुशल संगठक पनि मानिन्छन् । आफ्नै पार्टीभित्र र बाहिरको द्वन्द्वलाई पहिचान गरी समाधान गर्न र समन्वय गर्न उनी सिपालु मानिन्छन् । सैन्य तथा दर्शनको क्षेत्रमा उनलाई यो तहमा पुर्‍याउने हस्ती मानिन्छन्- मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादल । मुक्तिराम र भवानी दाहालका ६ छोरी र दुई छोरामध्ये सबैभन्दा जेठा छोरा हुन् प्रचण्ड । उनका एक मात्र भाइ गंगाराम दाहालले वनविज्ञानमा विद्यावारिधि गरेका छन्, उनी इन्डोनेसियामा बस्दै आएका छन् । प्रचण्डका बहिनीहरू अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी र सरस्वती पाठक हुन् ।गोठाला प्रचण्डःकास्कीको ढिकुरपोखरी-२ लेवाडेमा निम्नमध्यम वर्गीय किसान परिवारमा प्रचण्ड २०११ मंसिर २६ मा जन्मेका थिए । आठ वर्षको उमेरसम्म उनी 'बाख्रा गोठालो' लागेका थिए । परिवार चितवनको शिवनगर झरेपछि दुई वर्षसम्म पनि प्रचण्डले स्कुल नगई भैंसी चराए । संयोग ! गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि सानो छँदा भैंसी गोठला नै थिए । हुन त उनी ०१७ देखि ढिकुरपोखरीकै महेन्द्र प्राविमा भर्ना भएका थिए । तर, स्कुल गएनन्, क्लास पनि चढेनन् । परिवार ०१९ मा चितवनस्थित शिवनगर- ८ भीमसेननगर झर्‍यो । दुई वर्ष भैंसी चराएपछि मात्र उनी नारायणी विद्यामन्दिर शिवनगरमा भर्ना भए । तर, एकैचोटि तीन कक्षामा भर्ना भए । चार कक्षामा दोस्रो भए । पाँचबाट उनी सिधै सातमा उक्लिए । १० कक्षामा उनी प्रथम भए । डा. बाबुराम भट्टराई बोर्ड प्रथम भएको ०२६ मा नै प्रचण्डले दोस्रो श्रेणीमा एसएलसी पास गरे । एसएलसी रिजल्ट आउँदा उनका बुबा मुक्तिराम बर्दियामा जग्गा खुलेको भन्दै बर्दिया गएका थिए । उनकी आमाले दुई सय रुपैयाँ सापटी खोजेर पढ्न काठमाडौं पठाएकी थिइन् । पाटन संयुक्त क्याम्पस पाटनमा आइएस्सीमा भर्ना भए । पाटन क्याम्पसमा ०२७ देखि ०२९ सम्म आइएस्सी पूरा गरे । त्यसपछि उनी चितवन फर्किए । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट उनले कृषिमा स्नातक गरे । स्नातकोत्तर अध्ययनका लागि उनी फेरि काठमाडौं छिरे । जनप्रशासन पढे । तर पूरा गरेनन् । घरजम१० कक्षा पढ्दा ०२६ वैशाखमा सीता पौडेलसँग प्रचण्डको मागीबिहे भयो । प्रचण्डपत्नी सीता माओवादी केन्द्रीय सल्लाहकार हुन् । प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा छन् । माहिली छोरी रेणु समानुपातिकबाट सभासद् छिन् । रेणुका पति अर्जुन पाठक माओवादीको नेवा राज्य समिति सदस्य छन् । जेठी छोरी ज्ञानु दाहालका पति अर्जुन खत्री 'सागर' माओवादी चितवन सदस्य छन् । कान्छी छोरी गंगा दाहालको बिहे भारतको सिलगुढीमा नारायणविक्रम प्रधानसँग भएको छ । प्रधान जनयुद्धकालमा मोहन वैद्य किरणसँगै सिलगुढीमा पक्राउ परेका थिए । प्रचण्डपुत्र प्रकाश दाहाल माओवादी राज्य समिति सदस्य छन् । छविलाल भए पुष्पकमल कक्षा १० मा छँदा छविलाल दाहालबाट उनले नाम परिवर्तन गरे- पुष्पकमल दाहाल । भूमिगत राजनीतिमा प्रवेश गरेपछि उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम प्रयोग गरे । तर, सशस्त्र जनयुद्धले उनलाई प्रचण्डको रूपमा स्थापित गरिदियो । उनले पकटपटक भनेका छन्, 'मलाई प्रचण्ड नाम नै प्यारो लाग्छ ।'आइएस्सी सकेर प्रचण्ड चितवन फर्किए । उनले एसएलसी पास गरेको विद्यालय नारायणी विद्यामन्दिर मावि शिवनगरमै ०२९ मा पढाए । यही वर्ष उनले नवलपरासीस्थित डण्डा माविमा पनि पढाए । राष्ट्रिय स्वयंसेवक तालिमअन्तर्गत उनलाई तेह्रथुम आठराईमा खटाइएको थियो । तर, उनले गोरखा आरुघाटको भीमोदय माविमा पढाउने अवसर मिलाए । आरुघाटमा ०३३ देखि ०३५ सम्म पढाए । उनले ०३२ मा अमेरिकी सहयोग संस्था युएसएडमा पनि काम गरे । राजनीतिमा साइत एसएलसीको समयमा नै प्रचण्डलाई राजनीतिको हावाले छोएको थियो । संयोग ! शिवनगरको नहरदेखि तलको बस्तीमा कम्युनिस्ट र माथि रहेछन् कांग्रेस । प्रचण्डको घर नहरदेखि तल थियो, त्यसैले प्रचण्डले ०२८ मा पुष्पलाल समूहको पार्टी सदस्यता लिए । त्यतिखेर पुष्पलाल समूहमा रहेका (पछि सर्वहारावादी श्रमिक संगठनका नेता) रूपलाल विश्वकर्माले उनलाई सदस्यता दिएका थिए । ०३१ मा प्रचण्डसहित रामबहादुर थापा बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेल मिलेर 'माक्र्सवादी अध्ययन समूह' गठन गरे । ०३४ मा खम्बसिंह कुँवरबाट सदस्यता लिएर उनी चौथो महाधिवेसनमा प्रवेश गरे । गोरखाको आरुघाटबाट मास्टरी छाडेर चितवन फर्किएपछि उनी पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडे । पूर्णकालीन भएको एक वर्षपछि अर्थात् ०३६ मा चौथो महाधिवेसनको चितवन जिल्ला समितिमा पुगे । ०३८ मा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव बने । ०४० मा उनी संघको अध्यक्ष बने । उनले अयोध्यामा भएको पार्टीको प्लेनममा भाग पनि लिए । त्यही वर्ष मोहनविक्रम सिंह र निर्मल लामा गरी पार्टी दुई भागमा विभाजित भयो । उनी लागे मोहनविक्रमतिर । ०४१ मा नेकपा मशालको पाँचौं केन्द्रीय महाधिवेसनबाट उनी केन्द्रीय समितिमा निर्वाचित भए । उनी ०४२ मा नेकपा मशालको पोलिटब्युरो सदस्य भए । पार्टीभित्र द्वन्द्व चर्किएपछि ०४२ मा फेरि मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी पनि फुट्यो । मोहन वैद्य किरणले नेतृत्व गरेको बहुमतपक्षतिर लागे प्रचण्ड । मोहनविक्रम सिंहको नेकपा मसाल (पातलो स) र मोहन वैद्य किरणले नेतृत्व गरेको मशाल (मोटो श) को रूपमा चिनियो । प्रचण्ड भए महामन्त्री ०४४ मा भएको 'सेक्टर आन्दोलन'को असफलतापछि मोहन वैद्य किरणले महामन्त्री पद त्यागे । महामन्त्री भए प्रचण्ड । ०४६ मा प्रचण्ड नेकपा मशालको महामन्त्री बने । उनले ०४६ को आन्दोलनमा पार्टीको भूमिका राजधानीमै बसेर निर्वाह गरे । ०४८ मा रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन, निर्मल लामाले नेतृत्व गरेको चौथो महाधिवेसन र प्रचण्डले नेतृत्व गरेको नेकपा मशालबीच एकता भएर बन्यो- नेकपा एकता केन्द्र । र, त्यसको महामन्त्री बने प्रचण्ड । नेकपा एकता केन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपाल बन्यो । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको जनमोर्चाले ०४८ को संसदीय चुनावमा नौ सिट जितेर तेस्रो ठूलो दल बन्यो । संसदीय व्यवस्थाको भण्डाफोर गर्न भन्दै मोर्चा संसद्मा थियो, पार्टीले सशस्त्र जनयुद्धको तयारी गर्‍यो । तत्काल जनयुद्ध थाल्ने विषयमा प्रचण्ड र निर्मल लामा समूह (जसको नेतृत्व अहिले प्रकाशले गरेका छन्) बीच द्वन्द्व चर्कियो । अन्ततः ०५१ मा नेकपा एकता केन्द्र विभाजित भयो । प्रचण्ड समूहले बनायो नेकपा माओवादी र प्रकाश समूहले उही नाम कायम गर्‍यो- नेकपा एकता केन्द्र । सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने समूहको नेतृत्व गरेका प्रचण्ड ०५१ मा नेकपा माओवादीको महामन्त्री बने । ०४६ को जनआन्दोलनताकादेखि जनयुद्ध थालनीसम्म ललितपुरमा डेरा लिएर बसेका थिए प्रचण्ड । तर, जनयुद्धको थालनीसँगै उनी र उनका सहकर्मीको कडा भूमिगत जीवन थालनी भयो ।जनयुद्ध थालिएको एक महिनापछि स्याङ्जाको एउटा गाउँमा पोलिटब्युरो बैठक बस्यो । बैठकपछि प्रचण्ड केही समय लुम्लेको कृषि फाराम बसे । त्यसपछि उनी भारतको सिलगुढी छिरे । जनयुद्ध थालिएको पाँच महिनापछि सिलगुढीमा केन्द्रीय समितिको बैठक बस्यो । नेपाल आउन-जान सजिलो भएकाले माओवादीको हेडक्वार्टर सिलगुढीमै राखियो, एक वर्षसम्म । भूमिगत रूपमा उनी गाजियावाद, पञ्जाब, जालान्धरमा बसेर जनयुद्ध हाँके । प्रचण्ड डेढ वर्ष मुम्बई पनि बसे । माओवादी अध्यक्ष २०५७ मा भएको माओवादी दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादी महामन्त्री प्रचण्ड पार्टी अध्यक्ष बने । सशस्त्र संघर्ष गर्न गठन भएको जनमुक्ति सेनाको सर्वोच्च कमान्डर बने २०५८ म्ाा । भारतमा माओवादी नेता भकाभक पक्राउ पर्न थालेपछि प्रचण्ड नेपाल फर्किए । हेडक्वार्टर रोल्पा सर्‍यो । जनयुद्धका पछिल्ला वर्ष हेडक्वार्टर रोल्पा र रुकुममा बस्यो । शाहीकालमा पनि प्रचण्ड रोल्पा-रुकुमै रहे । प्रचण्डले ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए । प्रचण्ड असार २ ०६३ मा बालुवाटारमा सार्वजनिक भए । त्यस दिनयता प्रधानमन्त्री प्रचण्डको खुला राजनीति सुरु भयो । माओवादीको प्रत्यक्ष भूमिकामा शान्ति-सम्झौता, अन्तरिम संविधान र व्यवस्थापिका संसद्को अभ्यास पूरा गर्दै संविधानसभा चुनाव पनि सम्पन्न भएको छ । चुनावपछिको चारमहिने खिचातानीपछि शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । रोल्पा र रुकुममा बंकरमा बसेर जनतालाई सपना बाँड्ने प्रचण्ड अब प्रधानमन्त्री निवास बालुवाटारमा बसेर जनताका सपना पूरा गर्ने भूमिकामा पुगेका छन् । प्रचण्डले गणतन्त्र स्थापनाका लागि हाँकेको जनयुद्धमा १३ हजार दुई सय ४६ मानिस मारिए । सयौं अहिले पनि बेपत्ता छन् । गणतन्त्र स्थापना भएर शक्तिशाली प्रधानमन्त्री भएका प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सहिद र बेपत्ता परिवारको सपना र विश्वास कसरी पूरा गर्छन् ? जनता प्रतीक्षा गरिरहेका छन्, प्रचण्डको अग्निपरीक्षा सुरु भइसकेको छ । - नवीन विभास/नयाँ पत्रिका

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]