Wednesday, August 06, 2025
एक अद्वितीय गायिका : दावा ग्याल्मो - प्रकाश सायमी
Saturday, July 19, 2025
ठूलो आँधी विपा मकाउ-हङकङतर्फ बढ्दै, सतर्कता जारी
Sunday, July 13, 2025
मकाउमा नेपाली कामदारको मृत्यु
मकाउ, १२ जुलाई । वैदेशिक रोजगारीको क्रममा मकाउमा रहनु भएकानेपाली कामदार श्री गंगा प्रसाद दाहालको मृतक शरीर स्थानीय आवासमा फेला परेको जानकारी एनआरएनए मकाउ राष्ट्रिय समन्वय परिषद मकाउले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । यस दुःखद घटनाले मकाउमा कार्यरत नेपाली समुदायलाई ठूलो सदमामा पारेको छ। घटनाको तत्काल जानकारी पाएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ शाखा र नेपाल महावाणिज्य दूतावास (हङकङ/मकाउ)ले मृतकका परिवार, मकाउ प्रशासनसँगसमन्वय गरी कानुनी र मानवीय सहयोग प्रक्रिया सुरु गरेको प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।
Saturday, July 05, 2025
पोखरामा ग्रासरुट फुटबलको नयाँ अध्याय: रामघाट युवा क्लबले सुरु गर्यो प्रशिक्षण
Saturday, June 28, 2025
सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छु : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
मकाउ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ ।
आज काठमाण्डौमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताउनुभयो ।
Monday, June 23, 2025
मकाउमा नेपाली चलचित्र 'तेल भिषा' को विशेष प्रदर्शन हुने
Sunday, June 01, 2025
भोटो जात्रा: सहस्त्रौं वर्षे परम्परा, सांस्कृतिक एकताको प्रतीक
Wednesday, May 21, 2025
नेपाली भाषामै वेबसाइटको डोमेन
Wednesday, March 26, 2025
नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन- पहाड छोड्ने धेरै
Saturday, March 22, 2025
नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरलाई १-० ले हरायो
नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।
भारतीय समकक्षीसँग भेट - परराष्ट्रमन्त्री देउवा
Friday, February 28, 2025
BREAKING NEWS- भैरव कुण्ड केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प
Sunday, February 09, 2025
पर्यटन र सामाजिक दिगोपनसँग यसको सम्बन्ध- डा. सन्दीप बस्न्यात
Wednesday, January 29, 2025
ऐतिहासिक विजय हासिल गरेका केशर जंग आले सम्मानित
Saturday, January 18, 2025
Macao Hills Urban Trail Race मा 7 स्टार नेपालले कीर्तिमान

Thursday, January 16, 2025
पुलिस बन्यो जय ट्रफी च्याम्पियन
इजरायल र हमासबीच युद्धविराम सम्झौता
Wednesday, January 15, 2025
बुलबुल - एउटा इरानी चरा - 21
पार्टी जोड्ने र फुटाउने काममा लाग्दैन : प्रधानमन्त्री ओली
छुटे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रवि लामिछाने
Tuesday, January 14, 2025
मकाउको आर्थिक परिदृश्य र नेपाली श्रमिकको भूमिका
-राम प्रसाद पन्त
मकाउको आर्थिक अवलोकन
मकाउ, चीनको एक विशेष प्रशासनिक क्षेत्र (Macau SAR, China) हो । यसको मुख्य रूपमा फस्टाउदो क्यासिनो र पर्यटन क्षेत्र एक गतिशील अर्थव्यवस्था छ। मकाउको अर्थतन्त्रले 2024 मा उल्लेखनीय सुधारको अनुभव गरेको छ, जीडीपी वृद्धि दर तेस्रो त्रैमासिक को तथ्याङ्क अनुसार 4.7% पुगेको छ, यस वर्षको पहिलो तेस्रो त्रैमासिकमा अर्थतन्त्र वार्षिक आधारमा 11.5 प्रतिशतले विस्तार भएको छ। मुख्य भूमि चीनबाट आगन्तुकहरूको आगमनमा निर्भर रहेको सन् 2024 को लागि जीडीपी वृद्धि पूर्वानुमान 8.3% र 21.0% बीचमा गरिएको थियो, सेवाहरूको निर्यातमा पनि उल्लेखनीय वृद्धिले अर्थतन्त्र 10.3% र 26.7% को बीचमा हुने अनुमान गरिएको छ। मकाउ SAR सरकारको राजस्व संकलन Mop 95.3 बिलियन देखि Mop 109.6 बिलियनको बीचमा हुने अनुमान गरिएको छ।मकाउको पर्यटन क्षेत्रमा सन् 2024 मा पर्याप्त सुधार देखियो। जनवरीदेखि अगस्टमा आगन्तुक आगमन 32.7% ले वृद्धि भयो जुन 2023 को समान अवधिको तुलनामा 23.39 मिलियन पुगेको छ। सबै आगन्तुकहरूको बस्ने औसत लम्बाइ 1.2 दिन थियो, जबकि रातको आगन्तुकहरू औसत 2.3 दिन बसेका थिए ।
Tuesday, January 07, 2025
प्रतिनिधि सभाले विधेयकहरू अड्काइदियो- राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूसँग राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा छलफल गरेका छन् । त्यसक्रममा विषयगत समितिका सभापतिहरूले प्रयाप्त बिजनेस नरहेको बताए । राष्ट्रिय सभामा दर्ता भएका विधेयक पास गरेर प्रतिनिधि सभामा पठाइएको तर, त्यसलाई पास गरेर प्रतिनिधि सभाले नफर्काइदिएको र प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरू पनि राष्ट्रिय सभामा पुग्न नसकेको उनीहरुको भनाइ छ ।