सैनिक व्यारेक राख्ने तयारी सबैतिर तीव्र विरोध

भरतपुर। गणतन्त्र बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको भरतपुर मैदानमा अनाधिकृत रुपमा नेपाली सेनाले व्यारेक राख्ने सुरसार गरिरहेको छ । नेपाली सेनाले देउखुरीको गढवाबाट व्यारेक उठाइसकेपछि कसैलाई जानकारी नै नदिई शनिबार बिहानैदेखि भरतपुर मैदानमा त्रिपाल र तारबार बार्नुका साथै धमाधम टहराहरु बनाउन शुरु गरेको छ । नेपाली सेनाको यस्तो गैरजिम्मेवारीपूर्ण कार्यको सबैतिरबाट तीव्र विरोध भइरहेको छ । स्थानीय बासिन्दा विद्यार्थी बुद्धिजीवी व्यापारी सबैले सेनाको उक्त कि्रयाकलापप्रति आक्रोश व्यक्त गरेका छन् । यसैबीच विभिन्न विद्यार्थी संघ संगठनहरुले संयुक्तरुपमा विज्ञप्ती निकाली नेपाली सेनाको उक्त कार्यप्रति आपत्ति प्रकट गरेका छन् । फिल्डलाई क्याम्पसको हितमा प्रयोग गर्नका लागि पहल भइरहेको साथै जिल्ला परिषद्ले स्टेडियम बनाउन प्रस्ताव पारित गरिसकेको अवस्थामा बिना कुनै जानकारी रातारात व्यारेक राख्न खोज्नु निन्दनीय भएको वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा क्याम्पसको पठनपाठनमा समेत असर पर्ने भएकोले त्यहाँबाट तत्काल सेना हटाउन जिल्ला प्रशासन र सैनिक व्यारेकमा अनुरोध पनि गरेका छन् । तत्काल सेना नहटेमा कडा आन्दोलनमा उत्रिने विद्यार्थीहरुले चेतावनीसमेत दिएका छन्

सभासद् खरिदबिक्री हुन थाल्यो भारतीय चलखेल तिब्र रुपमा

काठमाडौं । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिय निर्वाचनले हिजो पूर्णता पाउन सकेन । राष्ट्रपतिमा उम्मेदवार बनेका दुईमध्ये कसैले पनि स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले पुनः मतदान गर्नुपरेको छ भने उपराष्ट्रपतिमा मधेसी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेका परमानन्द झा विजयी भएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत रहेका झा राजनीतिमा प्रवेश गर्नेवित्तिकै उच्च राजनीतिक ओहोदामा पुगेका छन् । उनको प्रतिद्वन्द्वी माओवादीका तर्फबाट उम्मेदवार बनेकी शान्ता श्रेष्ठले २ सय ४३ मत प्राप्त गरेकी छिन् । सहमति भएपछि निस्क्रिय बनेका कांग्रेसका तर्फबाट उपराष्ट्रपति पदका अर्का उम्मेदवार मानबहादुर विश्वकर्मालाई २ र एमालेकी अष्टलक्ष्मी शाक्यलाई ४ मत परेको थियो ।
निर्वाचन परिणामअनुसार राष्ट्रपतिका लागि नेपाली कांग्रेस एमाले र मधेसी जनअधिकार फोरमका संयुक्त उम्मेदवार बनेका डा। रामवरण यादवले २ सय ८३ मत प्राप्त गरेका छन् ।
उता माओवादीका तर्फबाट उम्मेदवार बनेका रामराजाप्रसाद िसंहलाई २ सय ७० मत प्राप्त भएको छ । स्पष्ट बहुमत आउन २ सय ९८ मत प्राप्त हुनुपर्ने भएकाले त्यति मत नपाउँदासम्म मतदान प्रकि्रया जारी रहनेछ । कुल खसेको मतमध्ये रामवरण यादवको ७ मत र रामराजाप्रसाद िसंहको १८ मत बदर भएको थियो भने १६ सवासद्ले मतदान प्रकि्रयामा भाग लिएका थिएनन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपतिको टुंगो नलागेपछि भोलि सोमबार हुने अर्को निर्वाचनमा प्रभावित पार्न देशी-विदेशी शक्तिहरुको व्यापक चलखेल सुरु भएको छ । लामेा समयसम्म भारतको आश्रयमा बसेका रामराजाप्रसाद िसंहलाई जिताउन भारतीय राजदूतावास खुलेआम लागेको छ । भारतीय राजदूतावासले जुनसुकै हालतमा भए पनि रामराजाप्रसाद िसंहलाई जिताउन दलहरुलाई दबाब दिन थालेको छ भने सांसद खरिद बिक्रीको क्रम पनि त्यत्तिकै रुपमा बढेको छ । माओवादी र अन्य गठबन्धन तीन दलले आफ्ना उम्मेदवारलाई जिताउन साना दलहरुसँग छलफल अगाडि बढाइरहेका बेला विदेशी शक्तिहरुको चलखेल बढेकाले भोलि अप्रत्यासित परिणाम आउन सक्ने संकेतसमेत देखापरेको छ । स्वच्छ प्रतिस्पर्धा सहमतिको राजनीतिबाट हटेर सत्ता खिचातानीको प्रकि्रयामा प्रवेश गरेको मुलुकको राजनीतिमा सभासद् खरिदबिक्रीको यो चरणले राजनीतिक स्वच्छताको छविमाथि हिलो छ्यापिएको छ ।

कला महोत्सवमा नेपाली कलाकार

वाल्टिमोर अमेरिका जुलाई २० अमेरिकामा आफ्नै कला स्टुडियो साचालन गर्ने पहिलो नेपाली कलाकार पर्ल रेग्मीका कलाकृतिहरु वाल्टिमोरमा हरेक वर्ष आयोजना गरिने ३ दिने कला महोत्सवमा राखिएका छन् । पर्लको यो सहभागिताले नेपालको प्रतिनिधित्व भएको छ । वाल्टिमोर कला प्रवर्धन कार्यालयले प्रस्तुत गरेको अमेरिकाकै सवैभन्दा ठूलो कला महोत्सवमा ५०० भन्दा वढी कलाकारहरुको जमघट थियो । व्रोमो सेल्जर आर्टस् टावरमा अवस्थित कला स्टुडियो साचालक रेग्मीका कलाकूतिहरु उल्लेख्य संख्यामा विक्री समेत भएका थिए ।